Tuesday, June 28, 2011
आन्तरिक पर्यटकले धानिदै हेलम्बु
Monday, June 27, 2011
आयो नानो
Sunday, June 26, 2011
विमानस्थल समस्याले पर्यटन बर्ष प्रभावित हुनसक्ने
Thursday, June 23, 2011
हेलम्बु अब 'गुम्बा गाउँ’
'हेलम्बुलाई स्याउको गाउँ होइन, अब गुम्बाको गाउँ भन्नु ठीक हुन्छ' हेलम्बुका बासिन्दा भन्छन्
नयाँ पत्रिका
सिन्धुपाल्चोक, ८ असार
कुनै वेला स्याउका लागि प्रख्यात सिन्धुपाल्चोकको हेलम्बु गाउँ अहिले गुम्बा गाउँका रूपमा चिनिन थालेको छ । केही वर्षअघिदेखि स्याउ फल्न छाडेपछि गुम्बाहरूले भरिएको हेलम्बुलाई 'गुम्बा गाउँ' भन्न थालिएको हो ।
'हेलम्बुलाई स्याउको गाउँ होइन, अब गुम्बाको गाउँ भन्नु ठीक हुन्छ' हेलम्बुका बासिन्दा भन्छन् । यहाँ साना-ठूला ३० भन्दा बढी गुम्बा छन् । एक वर्षमा मात्र यहाँ आठवटा गुम्बा थपिएका छन् । स्याउ फल्न छाडेपछि नयाँ परिचय बनाउन गाउँलेले गुम्बा निर्माणमा जोड दिएको स्थानीयवासी बताउँछन् । 'अब हेलम्बुलाई गुम्बाहरूको गाउँ भनेर चिनाउने अभियानमा छौँ,' तार्केघ्याङ गुम्बा संरक्षण समूहका अध्यक्ष कुइसाङ लामाले, 'ह्योल्मो समुदायको बाहुल्य रहेको हेलम्बुमा गुम्बालाई सुरुमा धर्म र संस्कारसँग जोडिन्थ्यो भने अहिले धार्मिक पर्यटनसँग जोड्न थालको छौँ ।' तिब्बतीयन संस्कृति रहेको हेलम्बुमा बुद्धिस्ट पर्यटकलाई आकषिर्त गर्न सकिने सम्भावना रहेको उनले बताए ।
अहिले गाउँमा आएको बजेट पर्यटक लोभ्याउन स्थानीयबासीले गुम्बामा खर्च गर्न थालेका छन् । गुम्बाभित्रका बुद्धका मूर्ति तथा आकृति मन लोभ्याउने खालका छन् । हालै मात्र यहाँको पुरानो चिरी गुम्बा जीर्णोद्धार गरेर आकर्षक बनाइएको छ । राष्ट्रपति रामवरण यादवले दुई साताअघि यहाँ आएर गुम्बाको उद्घाटन गरेका थिए । चन्दा संकलन गरेर सामूहिक प्रयासमा मात्र होइन, व्यक्तिगत लगानीमा समेत गुम्बा बनाउने क्रम सुरु भएको छ ।
पछिल्लो समयमा यहाँका युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले आर्थिक स्तर राम्रो भएका कारण निजी स्तरमा पनि गुम्बा निर्माण हुन थालेको हो । यहाँका एउटै गुम्बामा पाँच लाखदेखि एक करोड रुपैयाँसम्म लगानी भएको छ । स्थानीय ह्योल्मो भाषामा गुम्बालाई 'घ्याङ' भनिन्छ । हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङगुल, नाखाते गाउँ गुम्बाले भरिन थालेका छन् । एकै टोलमा तीनवटासम्म गुम्बा छन् ।
यहाँका केही गुम्बा अत्यन्तै पुराना छन् । चिरिघ्याङ हेलम्बुको सबैभन्दा पुरानो गुम्बा हो । यो गुम्बा ६ सय ७५ वर्ष पुरानो भएको बताइन्छ । त्यतिवेलै ५० लाख रुपैयाँभन्दा बढी खर्चेर बनाइएको तार्केघ्याङ गुम्बाको ०२८ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको स्थानीयबासी बताउँछन् । शाहीकालमा गुम्बा निर्माणका लागि राजपरिवारबाट जग्गा उपलब्ध गराइएको थियो । हेलम्बुका केही पुराना गुम्बामा बौद्ध शिक्षासमेत सञ्चालन गरिँदै आएको छ ।
गुम्बा संरक्षणका लागि भने सरकारबाट खासै सहयोग नपाएको स्थानीयवासीको गुनासो छ । सरकारले सहयोग नगरेपछि निजी खर्चमा गुम्बा संरक्षण गरिँदै आएको छ । 'यहाँका गुम्बा हामीले नै संरक्षण गर्दै आएका छौँ । सरकारले कुनै सहयोग गरेको छैन,' अवलोकन भ्रमणका क्रममा हेलम्बु पुगेको पर्यटन पत्रकार संघ (जाट) नेपालको टोलीसग तार्केघ्याङ गुम्बा संरक्षण समूहका अध्यक्ष कुइसाङ लामाले भने । गुम्बा संरक्षणका लागी दर्जनौं संघसंस्था क्रियाशिल भएपनि आफूहरुले कुनै सहयोग नपाएको गुनासो लामाको छ ।
गुम्बा संरक्षणका लागि स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्थापन समिति, बौद्ध क्षत्र विकास समिति, पुरातत्व विभाग, गुम्बा विकास समितिलगायतका सरकारी संस्थाहरु कार्यरत छन् । देशभरका गुम्बाहरुको रेखदेख तथा जिर्णोद्धारमा सहयोग पुयाउदै आएको गुठी संस्थानले समेत हेलम्बु क्षेत्रका गुम्बाको संरक्षणका लागि कुनै पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।
बौद्ध धर्म अनुसार एउटा गुम्बामा साना ठूला गरि वर्षमा १२ वटा पूजा हुन्छन् । ठूलो पूजाका लागि १७ दिन, मध्यमका लागी १० दिन र सानोका लागी चार दिन लाग्छ । यस्ता पूजाका लागि ५० हजार रुपैया“ भन्दा बढि चाहिने लामाले बताए । जति दिनसम्म पूजा चल्छ त्यति नै दिनसम्म सम्पूण गाउले पूजामा उपस्थित हुने र खानपिन गर्ने चलन छ ।
बजेट सक्न विदेश घुमघाममा
नयाँ पत्रिका
काठमाडौं, ८ असार
आर्थिक बर्ष सकिन लागेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक दर्जन भन्दा बढि कर्मचारी विदेश घुमघाममा निस्केका छन् । फ्रिज हुन लागेको रकम सक्ने उद्धेश्यले कर्मचारी विदेश भ्रमणमा निस्केका हुन् ।
ग्रामिण पर्यटन सम्वन्धि अध्ययन गर्न भन्दै मन्त्रालयका कर्मचारी हरु गत साता मलेसिया र भारत भ्रमणमा गएका छन् । घुम्न निस्कनेमा मन्त्रालयका सहसचिवदेखि अधिकृत स्तर सम्मका कर्मचारी छन् । मलेसिया भ्रमणमा लागि ४ जना र भारतको दिल्ली तथा कलकत्ताका लागि ६÷६ जनाको दुई टोलि त्यसतर्फ प्रस्थान गरेको छ ।
स्रोतका अनुसार मलेसिया जाने कर्मचारीले प्रतिव्यक्ति १ देखि २ लाख रुपैयासम्म खर्च गर्नेछन् । त्यस्तै भारत भ्रमणमा जाने कर्मचारीले प्रतिव्यक्ति ७५ रुपैया हजार खर्च गर्ने बताइएको छ ।
कर्मचारीहरु मन्त्रालयको ग्रामिण पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गतको बजेटमा विदेश गएका हुन् । ग्रामिण स्तरमा पर्यटन प्रवद्र्धन गर्न भन्दै मन्त्रालयले गत आर्थिक वर्षदेखि रकम छुट्टयाउने गरेको छ । ग्रामिण स्तरमा पर्यटन प्रवद्र्धनका लागी खर्च गर्नुपर्ने रकम विदेश भ्रमणमा खर्च गरेर दुरुपयोग गरेको भन्दै मन्त्रालयका अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
ग्रामिण पर्यटन प्रवद्र्धनका लागी मन्त्रालयले कुनै कार्यक्रम नबनाएपछि बजेट फ्रिज हुने अवस्था आएको थियो । आर्थिक वर्ष सकिन लाग्दा समेत पैसा खर्च नभएपछि मन्त्रालयले विदेश भ्रमण गरेर सक्ने योजना बनाएको हो । मन्त्रालयका एक अधिकारीले भने । स्रोतका अनुसार मलेसिया जाने भ्रमण टोलीले ५ लाख ५० हजार र भारत जानेले ९ लाख रुपैया खर्च गर्ने छ ।
मलेसिया भ्रमणको टोलीमा मन्त्रालयका सहसचिव लोकबहादुर खत्री, उपसचिव रामचन्द्र ढकाल, लेखा अधिकृत कृष्ण गोपाल र तथ्यांङ्क सहायक मदन पोखरेल छन् । स्रोतका अनुसार मलेसिया भ्रमणमा सहसचिवले २ लाख, उपसचिवले १ लाख ५० हजार र शाखा अधिकृतले १ लाख खर्च गर्न पाउने छन् ।
टोलीले मलेसियामा ग्रामिण पर्यटनको बारेमा स्थलगत अध्ययन गर्ने बताइएको छ । मलेसियाको होमस्टे तथा कृषि पर्यटनको अवलोकन गर्न भ्रमण कार्यक्रम बनाइएको मन्त्रालयको दावी छ । बजेट सक्न आवश्यकता भन्दा बढि कर्मचारी भ्रमणमा गएको बताइएको छ । विदेश भ्रमणमा जाने कर्मचारीले प्रतिदिन १ सय २५ डलर मात्र खर्च गर्न पाउने व्यवस्था छ ।
भैरहवा विमानस्थलमा एयर एसियाको चासो
Tuesday, June 21, 2011
हेलम्बु, मनसुन र जोक
असारको पहिलो साता पर्यटन विषयमा कलम चलाइरहेका पत्रकारहरुको संगठन पर्यटनका लागी पत्रकार संघ (जाट) नेपाल को एउटा टोली काठमाडौंको कोलाहलमय वातावरणलाइ छोडेर हेलम्बुसम्मको यात्रामा निस्कियो । उद्धेश्य थियो प्रकृतिको आनन्द लिनु र हेलम्बुको पर्यटकीय सम्भावना उजागर गर्नु र केहि हदसम्म मोजमस्ती गर्नु पनि ।
नेपाल पर्यटन बोर्डको सहयोगमा जाट नेपालले मेलम्ची हुदै हेलम्बुसम्मको ‘फेमिलिराइजेसन टुर’ को आयोजना गरेको थियो । विहान ११ बजे १० जना पत्रकार र बोर्डका एक प्रतिनिधि बोकेको टोयोटा ल्याण्डक्रुजर काठमाडौंबाट हुइकियो । ६ लेन क्षमताको अन्तराष्ट्रिय स्तरको कोटेश्वर सुर्यविनायक सडक हुदै गाडी पुग्यो धुलिखेल ।
भक्तपुर कटेपछि हामीले दैनिक काठमाडौं पूर्वका यात्रुले गर्नुपर्ने कष्टकर यात्रा देख्यौं । बसको भित्र मात्र नभएर छतमा पनि कोचाकोच गरेर यात्रु चढाउँदा रहेछन् बसहरु । यो क्षेत्रमा अरनिको यातायातको मोनोपोली रहेको समाचारमा त सुनेको हो तर यसपटक भने आफ्नै आँखाले देख्ने मौका पाइयो । तर अहिले केहि हदसम्म यो मोनोपोली तोडिएको छ । धुलिखेल भन्दा केहि पर पाचखाल अर्गानिक कफि र लस्सीका लागी प्रख्यात छ । काठमाडौंबाट गाडी लिएरै अर्गानिक कफि र लस्सी पिउन पारखीहरु त्यहा पुग्छन् ।
हामीले पनि पाचखालमा लस्सीको चुस्की लियौं । राजमार्गसंगै लस्सी पिलाउने आधा दर्जन पसल यहा छन् । धान हरियो फिर्न थालेको कुन्ताबेंशीको सुन्दर फाँट छिचोलेर बिशाल पहाडको फेद भएर बगेको इन्द्रावतीको आडमा तेर्सिएको धुलाम्मे सडक हुँदै हामी चढेको ल्याण्ड क्रुजर अगाडी बढ्यो ।
पाचखालपछि जिरोकिलो, कुन्ताबेंसी, सिपाघाट हुदै मेलम्ची पुगिन्छ । कुन्ताबेंसी लिची, करेला, गोलभेडा तथा अन्य तरकारीका लागी प्रख्यात छ । बाह्रै महिना यहाका किसान तरकारी उत्पादनमा व्यस्त रहन्छन् ।
इन्द्रावती यो क्षेत्रको लाइफलाइन हो । खोलाकिनारका व्रmसर उद्योगले प्राकृतिक स्रोतको दोहन गर्दै प्राकृतिक सुन्दरतालाइ नै कुरूप बनाइरहेका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले बनाइदिएको बाटो गिट्टी, बालुवा ओसार्ने टिपरले बिगारेर चौपट पारेका छन् । ठूलो बगर र धेरै बालुवा भएकोले यहा प्रशस्त क्रसर सञ्चालित छन् । दैनिक दर्जनौं टिपरले यहाबाट बालुवा ओसार्छन् । केहि समयअघि यहाका क्रसर चल्न नदिने निर्णय भएपनि त्यो कार्यान्वयन हुन सकेन । टिपरको लोडका कारण कतिपय स्थानमा सडक नै जिर्ण भइसकेको छ ।
मेलम्ची खानेपानी आयोजनाका कारण यो क्षेत्रको कायापलट नै भएको छ । गाउाउसम्म सडक पुगेको छ । स्थानिय जनताको अपेक्षा बढेको छ । मेलम्चीमा आयोजनाको साइट अफिस छ । केहि होटल र रिसोर्टहरु छन् । चिसो पानीको मिठो माछा खान पाइन्छ ।
मेलम्चीमा माछा खाएर हामी अघि बढ्यौं । हाम्रो बास आज तिम्बुमा हुनेछ । मेलम्ची खोलाको किनारमा रहेको सानो बजार हो तिम्बु । तिम्बुसम्म अहिले काठमाडौंको जोरपाटीबाट बस लाग्छ । साखुबाट मेलम्ची जोड्ने बाटो पनि खुलिसकेको छ । सडक विस्तार भएपछि मेलम्चीको बजार तिम्बुसम्म विस्तार भएको छ ।
तिम्बुमा दुइ तिनवटा सामान्य स्तरका लज छन् । दाल भात तरकारी पाइन्छ । माछा मासु भने यहा पाइन्न । खानाको एक सय रुपैया पर्छ भने सुतेको प्रतिव्यक्ति ५० रुपैया । खोंच भएकोले सञ्चार सम्पर्कबाट तिम्बु विच्छेद छ ।
तिम्बु बासपछि हामी उकालो लाग्नु छ । आन्तरिक पर्यटकको रुपमा हिडेका हाम्रो गन्तव्य तार्केघ्याङ यहाबाट ११ किलोमिटर टाढा छ । कच्ची बाटो माथी तार्केघ्याङ सम्मै पुग्छ । तर बर्षायाममा भने पानी परिरहने भएकोेले गाडी चल्न गाह्रो हुन्छ । रातभरि पानी परेकोले गाडी नजाला भन्ने डर थियो हामीलाइ । नभन्दै केहि माथी पुगेपछि पहिरोका कारण गाडी जान सकेन । गाडी र डाइभर लाइ तिम्बुमै छोडेर हामी पैदलै उकालो लाग्यौं । अक्सर पानी परिरहन्छ यो क्षेत्रमा । पानीमा रुझ्दै र जुकासंग संघर्ष गर्दै उकालो लागिरह्यौं । साथीहरुका ननभेज जोक्सले यात्रालाइ रमाइलो बनाउन सहयोग पुग्यो । न्यूज चौविसका नारायण भण्डारी, सनराइज नेपालका देवी पन्त र रिपब्लिकाका विष्णु भट्टराइले प्रतिस्पर्धात्मक रुपमा जोक सुनाएर बोर हुन दिएनन् ।
तिम्बुपपछिको गन्तव्य ककनी हो । यहा चिया खाजा खान पाइन्छ । ककनीमा विश्राम गरेर हामी पुन उकालो लाग्यौं । आज विहानको खाना आलु । एक घरमा पाच धार्नी आलु उसिन्न लगाएर आलु भोज गरियो । हेलम्बुको आलु निकै मिठो । सिजनको बेला स्याउ पनि पाइन्छ ।
हाम्रो गन्तव्य तार्केघ्याङ अव दुइ घण्टामा पुगिन्छ । तिनवजे तार्केघ्याङ पुगियो । सानो पहाडी गाउ । २५÷३० घरको सानो गाउ छ । केहि पुराना गुम्बाहरु छन् । पानी घट्टजस्तो पानीले घुमाउने मानेहरु छन् । पारी पट्टि नाम्चे बजारजस्तो देखिने मेलम्ची गाउ छ । माथी आमा याङग्री डाडा । तार्केघ्याङबाट सुर्य हिमाल अत्यन्तै राम्रो देखिन्छ ।
तार्केघ्याङ तिव्वतियन संस्कृतिबाट प्रभावित छ । राजधानीमा प्रचण्ड गर्मि भएपनि यहा सिरक ओढेर सुत्नुपर्छ । यहा दुइवटा राम्रा होटल छन् । भर्खरै होमस्टेको पनि शुरुवात भएको छ । यहा नेपाली देखि विदेशी सबै प्रकारका खानेकुरा र पेय पदार्थ पाइन्छ । नन भेज भने यहा पनि पाइदैन । केहि बर्ष सम्म प्रशस्त विदेशी पर्यटक पुग्ने यहाका होटल अहिले भने आन्तरिक पर्यटकले धानिएका छन् । एक रात खाएर सुतेको ५ सय सम्म पर्छ नेपालीलाइ ।
तार्केघ्याङमा हामीले गुम्बाका लामाहरु र स्थानिय बासीसंग यहाको पर्यटकीय र अन्य सम्भावनाहरु बारे छलफल ग¥यौं । बसाइ सराइको समस्याबाट यो ठाउ पनि अछुतो छैन । अवसरको खोजीमा शहर र विदेश जाने क्रम बढ्दो छ । विस्तारै गाउ सुनसान हुन थालेको छ । पछिल्ला केहि बर्षमा पर्यटक पुग्न छाडेका छन् । तर स्थानिय बासी पर्यटक बढाउन लागिपरेका छन् । कुनै बेला नेपालीलाइ नगन्ने यहाका होटलले अहिले आन्तरिक पर्यटकलाइ पनि प्राथमिकता दिन थालेका छन् । हेलम्बुमा प्रशस्त पर्यटकीय सम्भावना छन् खाचो छ त केवल प्रचारप्रसार र प्याकेजिङको ।
Monday, June 13, 2011
विमानस्थलमै छैन पर्यटन बर्ष
दश लाख पर्यटक भित्र्याउन थुप्रै चुनौति छन् । नेपाल भित्रिने पर्यटकले सबैभन्दा पहिले देख्ने विमानस्थल हो । मुलुकको एकमात्र अन्तरािष्टय विमानस्थलमा थुप्रै व्यवस्थापकिय समस्या छन् । पर्यटकमैत्री वातावरण छैन । पर्यटन बर्षको प्रचारप्रसारका लागी सरकारले २३ करोड रुपैया छुट्याएको छ । यो रकमले यूरोप अमेरिकासम्म प्रचार प्रसार गर्ने योजना सरकारको छ । पर्यटन बर्षको प्रचारका लागी सयौं सद्भावना दुत नियुक्त गरिएका छन् । सरकारी अधिकारीहरु पर्यटन बर्षको लहर देश विदेशमा फैलिरहेको दावी गर्छन् तर सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको मुख्य नाका त्रिभुवन विमानस्थलमा पर्यटन बर्षको नामनिसान छैन । नेपाल आइसकेका पर्यटकले पनि नेपालले पर्यटन बर्ष मनाइरहेको छ भनेर थाहा पाउने अवस्था छैन ।
अहिलेसम्मको पर्यटक आगमनको तथ्यांक हेर्दा सात लाख हवाइ पर्यटकको लक्ष्य त्यत्ति सजिलो देखिदैन । पर्यटन बर्षको पहिलो पाच महिना वितिसक्दा २ लाख ८ हजार पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । बाकी ७ महिनामा पाच लाख पर्यटक हवाइ मार्गबाट ल्याउनु चुनौतिपूर्ण छ । अनुभविहरुका अनुसार पर्यटक आगमनका लागी ‘माउथ टु माउथ’ प्रचार महत्वपूर्ण हुन्छ । नेपालको प्रचार अहिलसम्म पनि पर्यटकको मुख्य बजार सम्म पुग्न सकेको छैन । पर्यटन प्रवद्र्धनकै लागी भनेर स्थापना भएको नेपाल पर्यटन बोर्ड १२ बर्षपछि बल्ल पर्यटकको उद्गमस्थलसम्म पुग्ने प्रयास गर्दैछ ।
पर्यटन वर्Èको कुल बजेटमध्ये १३ करोड रुपैया अन्तराष्टिय प्रबर्धनमा मात्र खर्च गर्ने योजना सरकारको छ । युरोपका लागि बिबिसी र अमेरिकाका लागि सिएनएनबाट प्रचार प्रसार गर्ने तयारी भइरहेको छ । बिबिसीले यसका लागि २ करोड ५० लाख भारु मूल्यको प्याकेज दिएको छ । त्यसमा बिबिसीको वेबसाइट, टेलिभिजन, रेडियोमा तीन महिनासम्म पर्यटन सम्बन्धी प्रचार सामग्री प्रशारण हुन्छन् । भारत र चीनबाट भने ११ एजेन्सीले प्याकेज दिएका छन् । त्यहा पनि होडिर्ङ बोर्ड, एसएमएस, रेडियो, टिभीमा तीन महिनाजति प्रचार प्रसार हुन्छ । अन्तराष्टिय प्रवद्र्धनमा नै जोड दिएको सरकारले आन्तरिक प्रवद्र्धनमा भने कुनै ठोस योजना बनाएको छैन ।
त्रिभुलन विमानस्थलबाट अहिले दैनिक सरदर दुइ हजार पर्यटक भित्रिरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । २७ वटा विदेशी विमान कम्पनिले दैनिक ५० वटा भन्दा बढि उडान गरिरहेका छन् । पर्यटकको पहिलो आखा पर्ने त्रिभुवन विमानस्थलमा पर्यटन बर्षको एउटा होर्डिङ बोर्डसम्म छैन । निजी दुरसञ्चार कम्पनिका ठूला ठूला होर्डिङ बोर्ड टर्मिनल बाहिर देखि गोल्डेन गेटसम्मै सजिएका छन् तर पर्यटन बर्षको एउटा ब्यानरसम्म छैन । एक करोड खर्च गरेर बनाइएको गोल्डेनगेटमा समेत पर्यटन बर्षको कुनै संकेत छैन । विमानस्थल परिसरमा पर्यटन बर्ष स्मारक र पार्क बनाउने योजना सार्वजनिक भएको लामो समय भइसके पनि अहिलेसम्म केहि काम भएको छैन ।
पर्यटन बर्ष सचिवालयको रुपमा काम गरिरहेको नेपाल पर्यटन पर्यटन बोर्डले करोडौं रुपैया खर्च गरेर ब्रोसर तथा पोष्टर पम्प्लेट तयार गरेपनि विमानस्थलमा पर्याप्त उपलब्ध छैनन् । नेपालबारे पर्याप्त जानकारी चाहने पर्यटकले खोज्दै हिड्नुपर्ने अवस्था छ । त्रिभुवन विमानस्थल भित्र दुइ दर्जन बढि सरकारी तथा गैरसरकारी निकाय कार्यरत छन् तर तिनले पर्यटन बर्षको प्रवद्र्धनमा सिन्को सम्म भाचेका छ्रनन् ।
निजी क्षेत्रको प्रस्तावमा घोषणा गरिएको कार्यक्रम भएपनि पर्यटन बर्षको कामबाट व्यवासयी सन्तुष्ट छैनन् । आन्तरिक प्रचारप्रसारमा ध्यान सरकारले ध्यान नपुयाएको गुनासो उनीहरुको रहदै आएको छ । नेपालमा व्यापारको सम्भावना देखेपछि पछिल्ला केहि बर्षमा विदेशी विमान कम्पनि आउने क्रम निकै बढेको छ । अहिले २७ वटा विदेशी एयरलाइन्स कम्पनिले नेपाल उडान गर्छन् । उनीहरुले क्षमता वृद्धिसहित सेवा विस्तार गरिरहेका छन् । न्यारो बडीबाट सेवा सञ्चालन गरिरहेका विमान कम्पनीले वाइड बडी ल्याएका छन् । फ्रिक्वेन्सी पनि बढेको छ । यसका साथै नेपाललाई हव बनाएर विङ विस्तार गर्ने एयरलाइन्स पनि आइरहेका छन् । सरकारले हालै नेपालमा उडान गरिरहेका १५ मुलुकका विमान कम्पनिलाइ नेपालमा उडान थप गर्न आग्रह गरेको छ ।
विदेशी विमान कम्पनिको संख्या बढिरहे पनि तिनले नेपालको पर्यटन प्रवद्र्धनमा खासै योगदान पुयाएका छैनन् । दुइ सय यात्रु चढ्ने जहाजमा पर्यटन बर्षको एउटा पर्चा छैन । लोगो छैन । पर्यटन बर्षको प्रचारका लागी विमान कम्पनिसंग सहकार्य गर्ने सरकारी योजना भएपनि यसका लागी विमान कम्पनि सहयोगी छैनन् ।
पर्यटन बोर्डले उठाउने प्रतिटिकट ५ सय रुपैयाबाहेक विदेशी विमान कम्पनिको पर्यटन क्षेत्रमा कुनै योगदान छैन भन्दा हुन्छ । उनीहरुको मुख्य उद्धेश्य नाफा कमाउने नै हो । पर्यटन बोर्डले पर्यटन बर्षको प्रचारका लागी आग्रह गरेपनि विमान कम्पनिले टेरेका छैनन् । विदेशी विमान कम्पनिले सरकारलाइ नटेरेको भन्दै अधिकारीहरु लाचारी व्यक्त गर्छन् । अहिले नेपाल आउने विदेशी एयरलाइन्सहरु प्राय खाडी मुलुक भएर आउछन् । यूरोपबाट सिधा उडान गर्ने एयरलाइन्स छैनन् । सबै विदेशी एयरलाइन्स कम्पनी कामका लागि बाहिरिने नेपाली युवा लक्षित छन् । जहा टाढा उडान भर्नुभन्दा निकै बढी फाइदा छ । मलेसिया र खाडी मुलुकका लागि हानथाप भइरहे पनि अन्यत्र चासो छैन ।
राष्टिय ध्वजाबाहक कमजोर हुदा पर्यटक आगमनमा प्रभाव परेको मात्र नभई ठूलो रकम बिदेसिइरहेको छ । विद्यार्थी र कामका लागि बिदेसिने युवाहरुले तिर्ने हवाई भाडाको आधारमा बार्षिक करिब ८ अर्ब रुपैया बिदेसिन्छ । विद्यार्थीहरुको मात्रै गन्तव्यसम्म पुग्न लाग्ने एयरलाइन्सको खर्च करिब १ अर्ब ९० करोड रुपैया रहेको अनुमान छ । बेलायत, अमेरिका र अस्ट्रेलिया जान औसत ७० हजार रुपैया टिकट खर्च लाग्छ । बार्षिक ३ लाख कामका लागि युवा बिदेसिन्छन् । औसत २० हजार टिकट खर्चका आधारमा करिब ६ अर्ब यसरी बिदेसिन्छ । नेपाल वायु सेवा निगमको विदेशी उडानमा ६ प्रतिशत मात्रै रहेको आधारमा टिकट खर्चको ठूलो हिस्सा विदेश नै गइरहेको छ ।
पर्यटक बढाउन विदेशमा मात्र प्रचारप्रसार गरेर पुग्दैन । यहा आएका पर्यटकलाइ पनि पर्यटन बर्ष अभियानबारे पर्याप्त जानकारी दिन आवश्यक छ । नेपालबारे पर्याप्त बुझेको र सन्तुष्ट भएर फर्केको एक जना पर्यटकले थप पाचजनालाइ यहा पठाउन सक्छ तर एउटा असन्तुष्ट पर्यटकले १० जनालाइ यहा आउन बाट रोक्छ । यसका लागी विमानस्थल देखि नै पर्यटन बर्षको प्रचारलाइ सशक्त बनाउनु आवश्यक छ । पर्यटकको पहिलो नजर पर्ने विमानस्थलमा निजी कम्पनिका विज्ञापन गर्नुभन्दा सरकारी अभियानको प्रचार गर्नु जरुरी छ । विदेशी विमान कम्पनि नेपाल आउनु सकारात्मक नै हो । तर तिनले नेपालको पर्यटनमा कति योगदान पुयाइरहेका छन् भन्ने कुराको मूल्याकन गर्नु आवश्यक छ । राष्टिय ध्वजाबाहकको विदेशमा सशक्त उपस्थिति हुन नसकेको अवस्थामा पर्यटन प्रवद्र्धनका लागी विदेशी विमान कम्पनिसँग सहकार्य गर्नु जरुरी छ । यसका लागी विमान कम्पनिले सहयोगी भूमिका खेल्नुपर्छ ।
नया पत्रिका, ३० जेठ
Thursday, June 9, 2011
आन्तरिक पर्यटकका लागि पनि प्याकेज
काठमाडौं, २४ जेठ
पर्यटन वर्ष सफल बनाउने उद्देश्यले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन टुर तथा ट्राभल एजेन्सीले आन्तरिक पर्यटकका लागि प्याकेज ल्याउन थालेका छन् । आन्तरिक पर्यटनमा सम्भावना देखेपछि एजेन्सीले प्याकेज बनाउन थालेका हुन् ।
आन्तरिक पर्यटकका लागि प्याकेज बनाउने एजेन्सी निकै कम छन् । नेपालीमा घुम्ने प्रवृत्ति बढे पनि धेरै खर्च गर्न सक्ने क्षमताका आन्तरिक पर्यटक नभएको ट्राभल एजेन्सी सञ्चालक बताउछन् । इमेरी ट्राभल्सका प्रबन्ध–निर्देशक प्रमोद श्रेष्ठले आन्तरिक पर्यटकले पनि खर्च गर्दै आएको बताए । ‘धेरै नेपाली वर्षमा एक–दुईपल्ट विदेश घुम्न जान्छन्, स्वदेशमा घुम्न नसक्ने भन्ने नै हुदैन,’ श्रेष्ठ भन्छन् ।
पर्यटन वर्षलाई लक्षित गरी इमेरीले नेपालका सबै पर्यटकीय गन्तव्यका लागि ३ सय ९९ रुपैया“को प्याकेज ल्याएको छ । प्याकेजमा एक रात बस्न, खान र बिहानको ब्रेकफास्ट समावेश हुनेछ । विद्यार्थी र युवा समूहलाई लक्षित गरी जनवरी १ देखि २२ वटा आन्तरिक गन्तव्यका लागि प्याकेज ल्याइएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । प्याकेजमा पोखरा, चितवन, इलाम, धरान, नगरकोट, जिरी, जोमसोमलगायत पर्यटकीय गन्तव्य समावेश छन् । प्याकेजका लागि न्यूनतम १५ जनाभन्दा बढीकोे समूह हुनुपर्नेछ । त्यस्तै, कम्पनीले राराका लागि एक साताको प्याकेज ल्याएको छ । १२ हजार रुपैया“को प्याकेज हालसम्मकै सबैभन्दा सस्तो भएको दाबी कम्पनीको छ ।
सन् १९९८ देखि इमेरीले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि नेपालका कुनै पनि पर्यटकीय गन्तव्यमा प्रतिव्यक्ति ५ सय ९९ रुपैयामै प्याकेज उपलब्ध गराउ“दै आएको छ । आन्तरिक पर्यटनलाई संस्थागत गर्न सकिए नेपालमा आन्तरिक पर्यटक संख्या उल्लेख्य बढ्ने विश्वास श्रेष्ठको छ ।
पर्यटन वर्ष सुरु भएलगत्तै मुलुकभर हुने महोत्सवमा पनि प्याकेज बन्न थालेका छन् । महोत्सव प्रवद्र्धन गर्ने नेपाल पर्यटन बोर्डले आयोजकलाई पर्यटन वर्षभरि स्थान परिचय समेटिएको ब्रोसरसहित प्याकेज बनाउन आग्रह गरेको छ । बोर्डले सहयोग गर्ने भएपछि प्याकेज बनाउने क्रम बढेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजकले सम्बन्धित क्षेत्रका टुर तथा ट्राभल व्यवसायीको सहकार्यमा २ रात ३ दिनदेखि स्थानअनुसार तीन सातासम्मका प्याकेज बनाउन थालेका छन् ।
प्याकेज व्यवस्थाबाट स्थानीयस्तरमा आर्थिक लाभ हुने बोर्डको भनाइ छ । ‘प्याकेजले स्थानीय गन्तव्यकोे प्रवद्र्धनमा पनि सहयोग पुग्छ र व्यवस्थित घुमाइ सुरु हुन्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने । स्थानीय स्रोत–साधन परिचालनका साथै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक पर्यटन महŒवपूर्ण हुने श्रेष्ठको तर्क छ ।
महोत्सवबाट ग्रामीण क्षेत्रमा आय वृद्धि हुनुका साथै गन्तव्य पहिचान गर्न सहयोग पुग्ने भन्दै बोर्डले प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले महोत्सवको प्रकृति हेरी २० हजारदेखि ४ लाख रुपैया“सम्मको प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि चालू आवमा ८८ लाख रुपैया छुट्याएको छ । यो वर्ष मात्र २ सयभन्दा बढी महोत्सव भएको बोर्डले जनाएको छ ।
राजधानीबाहिरका केही होटलले समेत आन्तरिक पर्यटकका लागि प्याकेज सञ्चालन गरेका छन् । होटलले विदेशी पर्यटक कम आउने अफ सिजनलाई लक्षित गरी प्याकेज ल्याउने गरेका हुन् । त्यस्ता प्याकेज सञ्चालन गर्नेमा पोखरा, नगरकोट र धुलिखेलका होटल बढी छन् । उनीहरूले राजधानीमा कर्पोरेट कार्यालय स्थापना गरी प्याकेज बेच्दै आएका छन् ।
होटलले सञ्चालन गर्ने प्याकेजलाई लिएर ट्राभल एजेन्सी र होटलबीच विवाद हु“दै आएको छ । ट्राभल एजेन्सीले प्याकेज सञ्चालन गर्ने अधिकार होटललाई नभएको बताउ“दै आएका छन् भने एजेन्सीले प्याकेज नल्याएपछि सक्रिय हुनुपरेको होटल सञ्चालकको भनाइ छ ।
ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) ले हालसम्म आन्तरिक पर्यटकका लागि प्याकेज तयार गर्ने योजना बनाएको छैन । टुर प्याकेज बनाउने काममा नाटाको योगदान नहुने अध्यक्ष अर्जुन शर्माले बताए । ‘व्यवसायीले प्याकेज बनाएर बेच्छन्, तर बजार बिग्रिने र कपी हुने कारणले सार्वजनिक गर्दैनन्,’ शर्माले भने । पर्यटकीय उत्पादन बेच्ने र किन्नेबीच समन्वय नभएकाले आन्तरिक पर्यटन फस्टाउन नसकेको उनको भनाइ छ । प्याकेज बनाउन सम्भाव्यता अध्ययन गर्नुपर्ने र कतिपय अवस्थामा महगो हुने भएकाले व्यवसायीले जोखिम लिन नचाहने उनको तर्क छ ।
महोत्सव आयोजकले व्यवसायीसग समन्वय नगर्ने भएकाले प्याकेजमा ध्यान नगएको भन्दै महोत्सवसगै आन्तरिक पर्यटकका लागि प्याकेज बनाउन आग्रह गरिएको नाटाले जनाएको छ । आयोजकले प्याकेजका लागि नाटासग हालसम्म प्याकेज बनाउन समन्वय गरेका छैनन् । नया गन्तव्य स्थापित गर्न स्थानीय समुदाय तथा सरकारको सहभागिता महŒवपूर्ण हुने भएकाले पूर्वाधारमा लगानी नगरेसम्म प्याकेज बनाउन नसकिने व्यवसायीको भनाइ छ ।
पर्यटन नीति २०६५ मा आन्तरिक पर्यटकलाई भ्रमणमा प्रोत्साहित गरिने र निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेज विकास गरिने उल्लेख छ । त्यस्तै, नीतिले पहिलोपटक मुलुकको एक ठाउबाट अर्को ठाउमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटकका रूपमा मान्यता दिनुका साथै आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रका रूपमा अघि बढाइने उल्लेख छ ।
Wednesday, June 8, 2011
एयर एसियाको जिएसए विवादमा
नयाँ पत्रिका
काठमाडौं, २४ जेठ
जुन पहिलो सातादेखि नेपालमा उडान भर्ने घोषणा गरेको मलेसियाको बजेट एयरलाइन्स एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट -जिएसए) नियुक्ति विवादमा परेको छ । दुई कम्पनीले जिएसएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।
आफूले प्रयोग गर्दै आएको जिएसए अधिकार विनासूचना अर्को कम्पनीलाई दिइएको भन्दै मल्टिनेसनल बिज कम्पनी नेपालले पर्यटन मन्त्रालयमा उजुरी दिएपछि विवाद बाहिर आएको हो ।
यसअघि कम्पनीले अफ लाइन एयरलाइन्सका रूपमा एयर एसियाको टिकट बेच्दै आएको थियो । सन् २००६ देखि नै जिएसएका रूपमा काम गरिरहेको भन्दै कम्पनीले अधिकार आफूले नै पाउनुपर्ने माग मन्त्रालयसमक्ष राखेको छ । अर्को कम्पनीलाई जिएसए नियुक्त गरिए त्यसको क्षतिपूर्ति पाउनुपर्ने माग कम्पनीको छ ।
मल्टिनेसनल बिजका प्रबन्ध निर्देशक डिआर सुवेदीले इन्सेन्टिभ ट्राभल्सले गलत प्रचार गरेको दाबी गर्दै एयर एसियाले कुनै कम्पनीलाई जिएसए नतोकेको जानकारी दिए । इन्सेन्टिभले गलत प्रचार गरेको दाबी गर्दै उनले एयर एसिया तत्काल नेपाल आउने सम्भावना नरहेको बताए । चार्टर्ड फ्लाइटका लागि पहल गरिरहेको उनको भनाइ छ ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मल्टिनेसनल बिज कम्पनीको उजुरी प्राप्त भएकाले त्यसबारे मलेसियाको नागरिक उड्डयन विभागसँग जानकारी मागिने बताए । 'यथार्थ के हो, सम्बन्धित निकायसँग जानकारी माग्छौँ,' उनले भने । नयाँ नियुक्त गरिएको भनिएको कम्पनीसँग जिएसए अनुमतिपत्र मागिने उनले बताए । जिएसएका रूपमा काम गरिरहेको एजेन्सीलाई हटाएर नयाँ आउन चाहे नयाँले पुरानोको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
इन्सेन्टिभ ट्राभल्स एन्ड टुर्सले एयर एसियाले १ वर्षअघि नै जिएसए नियुक्त गरिसकेको दाबी गरेको छ । कम्पनीले यसअघि जुन पहिलो साता एयर एसियाका प्रतिनिधि नेपाल आउने र जिएसएको सम्झौता हुने बताएको थियो । इन्सेन्टिभ ट्राभल्सका प्रबन्ध निर्देशक विजय नेपालले आगामी साता एयर एसियासँग जिएसए सम्झौता हुने जानकारी दिए । एयर एसियाले सर्तसहितको सम्झौताको मस्यौदा पठाएको र कम्पनीले त्यसको अध्ययन गरिरहेको उनले बताए । 'जुनभरमा प्रक्रिया पूरा भई जुलाईदेखि उडान सुरु हुन्छ,' उनले भने । त्यसका लागि कम्पनीका कार्यकारी प्रमुख हरिमान लामा मलेसियामा रहेको जानकारी उनले दिए ।
कुनै पनि नेपाली ट्राभल एजेन्सीले विदेशी विमान कम्पनीको जिएसएका रूपमा काम गर्न परराष्ट्र मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा व्यापारिक योजना तथा सम्झौतासहित प्रस्ताव बुझाउनुपर्छ । तर, इन्सेन्टिभले हालसम्म त्यस्तो प्रस्ताव नबुझाएको प्राधिकरणले जनाएको छ । विदेशी एयरलाइन्सको जिएसए लिन चाहने एजेन्ट प्राधिकरणमा दर्ता भएको हुनुपर्ने प्रावधान छ ।
जिएसए विवादकै कारण जुन पहिलो सातादेखि हुने भनिएको एयर एसियाको नेपाल उडान पछि सर्दै आएको छ । एयर एसियाले जुन पहिलो सातादेखि उडान गर्ने घोषणा इन्सेन्टिभले गरेको थियो । सबै प्रक्रिया पूरा गरी जुलाई पहिलो सातादेखि उडान सुरु हुने महाप्रबन्धक नेपालले दाबी गरेका छन् ।
एयर एसियाले काठमाडांै-क्वालालम्पुर उडान १६ हजार रुपैयाँमा गर्ने बताएको छ । हाल नेपाल वायुसेवा निगमले सो सेक्टरमा १८ हजार रुपैयाँ भाडा लिँदै आएको छ । मलेसियाको यातायात व्यवस्था मन्त्रालय र नागरिक उड्डयन विभागले नेपालमा साताको चारपटक उडान गर्ने अनुमति दिइसकेको दाबी कम्पनीको छ । तत्कालका लागि सातामा दुई उडान भर्ने तयारी भइरहेको इन्सेन्टिभको भनाइ छ । मलेसियाबाट अनुमति लिइसके पनि कम्पनीले नेपाल सरकारको स्वीकृति लिएको छैन । विदेशी एयरलाइन्सको जिएसए विवाद मन्त्रालयसम्म पुगेको यो पहिलो घटना हो । यसअघि त्यस्तो विवाद मन्त्रालयसम्म आइपुगेको थिएन ।
यसैबीच नेपालका लागि मलेसियन राजदूत इलान कोभान कोलान्डाभेलुले एयर एसिया नेपालमा उडान गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री झलनाथ खनालसँगको बिदाई भेटमा उनले एयर एसियाको विशेष चासो लुम्बिनीमा रहेको जानकारी दिए । आगामी शनिबार आफ्नो कार्यकाल सकेर मलेसिया जाने तयारीमा रहेका कोलान्डाभेलुले एयर एसियालाई नेपाल भित्र्याउने प्रयास गरिरहेको बताएका थिए ।
Monday, June 6, 2011
विमानस्थलमा दुई उपचार केन्द्र
काठमाडौं, २२ जेठ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्य पर्यटकका लागी दुइ छुट्टाछुट्टै प्राथमिक उपचार कक्ष सञ्चालनमा आएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तराष्ट्रिय टर्मिनल भवनमा र काठमाडौं मेडिकल कलेजले आन्तरिक टर्मिनल भवनमा उपचार कक्षको शुरुवात गरेका हुन् ।
हवाइ यात्रा गर्ने पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न उपचार कक्ष सञ्चालनमा ल्याइएको हो । दुवै उपचार कक्षको आइतवार पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गबहादुर विश्वकर्माले उद्घाटन गरे । उपचार कक्ष सञ्चालन गर्ने सम्बन्धमा अस्पताल र नागरिक उड्डयन प्राधिकरणविच हालै सम्झौता भएको थियो । सम्झौता अनुसार प्राधिकरणले अस्पताललाइ विमानस्थल भित्र स्थान उपलब्ध गराएको छ भने अस्पतालले यसवापत यात्रुलाइ निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
उपचार कक्ष उद्घाटन गर्दै मन्त्री विश्वकर्माले अस्पतालको तत्परताबाट हवाइ यात्रुलाइ ठूलो राहत पुग्ने भन्दै सेवाको गुणस्तरमा कमी आउन नदिन आग्रह गरे । विमानस्थलमा अन्तरराष्ट्रिय स्तरका पर्यटकीय सेवा सुविधा थप्न सरकार प्रयासरत भएको उनले बताए ।
उपचार कक्षमार्फत् पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गरिने अस्तिाल प्रशासनले जनाएको छ । प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध हुनेछ । क्लिनिकमा एक चिकित्सक र एक नर्सिङ्ग स्टाफ रहनेछन् भने बुथ बिहान ७ बजेदेखि रात्रि ११ बजेसम्म चालु रहनेछ ।
नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार कक्ष खोलिएको बताउदै पर्यटन बर्षको पर्यटनका लागि सँगसँगै नारामा अस्पचताल पनि सहभागि भएको बताए ।
Saturday, June 4, 2011
सुल्झेन क्यासिनो विवाद
Thursday, June 2, 2011
पर्यटक आगमन उत्साहजनक
काठमाडौं, १८ जेठ
सन् २०११ को पाचौ महिना मेमा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक रूपमा बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१० को मेको तुलनामा २०११ को मेमा ४७ प्रतिशत बढी पर्यटक हवाईमार्ग हुदै नेपाल भित्रिएका छन् । यो महिना ३९ हजार १ सय ७९ पर्यटक सो मार्गबाट नेपाल भित्रिएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यो संख्या २६ हजार ६ सय ३४ थियो ।
गत महिना सबै क्षेत्रबाट आउने पर्यटक बढेका छन् । दक्षिण एसिया क्षेत्रबाट आउने पर्यटकमा ७१ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । मुख्य बजार भारतबाट आउने पर्यटक यो महिनामा ७८ दशमलब ४ प्रतिशतले बढेका छन् । यस वर्षको मेमा १७ हजार ३ सय ४९ भारतीय पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही महिनामा ९ हजार ७ सय २६ थियो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरिदैन ।
भारतबाहेक बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक क्रमशः ३.३, २४ र ३१.६ प्रतिशतले बढेका छन् । मेमा दक्षिण एसिया क्षेत्रबाट कुल १९ हजार २ सय १३ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकमा पनि उल्लेख्य वृद्धि भएको अध्यागमन कार्यालयले जनाएको छ । यो क्षेत्रबाट आउने पर्यटक यो महिनामा ६४ प्रतिशतले बढेका छन् । २०११ को मेमा चिनिया पर्यटक दोब्बर बढेका छन् । गत वर्षको मेमा १ हजार ४२ चिनिया पर्यटक हवाईमार्ग हदै नेपाल आएकोमा यस वर्षको मेमा करिब ३ हजार आएका छन् । अन्य एसियाली मुलुकहरू मलेसिया, थाइल्यान्ड, सिंगापुर र दक्षिण कोरियाका पर्यटक पनि यो महिनामा बढेको देखिएको छ । मलेसियाली पर्यटक १ सय ३४ प्रतिशतले बढेका छन् भने थाई पर्यटक पनि दोब्बरले बढेका छन् । त्यस्तै, सिंगापुरबाट ७८ प्रतिशत र दक्षिण कोरियाबाट ९४ प्रतिशत बढी पर्यटक आएका छन् । यद्यपि जापानिज पर्यटक भने यो महिना केही घटेका छन् ।
युरोपियन मुलुकबाट आउने पर्यटक सरदरमा ११ प्रतिशतले बढेको अध्यागमन कार्यालयले जनाएको छ । बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्वीडेन, स्विट्जरल्यान्ड र रसिया सबै मुलुकबाट आउने पर्यटक बढेका छन् । युरोपियन मुलुकबाट कुल ६ हजार ९ सय ४० पर्यटक मेमा नेपाल आएका छन् ।
त्यस्तै, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक पनि क्रमशः ५३.२ र १३० प्रतिशतले बढेका छन् । अमेरिकी पर्यटक १९.४ र क्यानाडेली पर्यटक १३.५ प्रतिशतले बढेका छन् ।
पर्यटन वर्ष २०११ सुरु भएपछिका पहिलो पाच महिनामा कुल २ लाख ८ हजार १ सय ३७ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले बढी हो । सन् २०१० को पहिलो पा“च महिनामा यो संख्या १ लाख ६९ हजार थियो । यस वर्षको मेमा ५२ हजार ४ सय ८९ विदेशी पर्यटक त्रिभुवन विमानस्थल हुदै बाहिरएका छन् । त्यस्तै, ५१ हजार ६ सय १० नेपाली स्वदेश फर्किएका छन् भने ६७ हजार ९ सय ८ नेपाली बाहिरएका छन् ।
कहाबाट कति पर्यटक ?
क्षेत्र संख्या बजार हिस्सा
दक्षिण एसिया १९२१३ ४९ प्रतिशत
एसिया ५४९० १४ प्रतिशत
युरोप ६९४० १७.७ प्रतिशत
अमेरिका ३५१८ ९ प्रतिशत
ओसेनिया ११३३ २.९ प्रतिशत
अन्य २८८५ ७ प्रतिशत
Wednesday, June 1, 2011
पतिपथमा श्रीमति हिलारी
नेपाल पर्यटन बर्षको अवसरमा आफ्ना मुलुकका नागरिकलाइ नेपालको भ्रमण गर्न आग्रह गर्ने उनले बताइन् । उनी बुधवार न्यूजिल्याण्ड फर्किदैछिन् । चौथो अन्तराष्टिय सगरमाथा दिवस मनाउन र आफ्ना पतिले खुम्जुङ गाउ विकास समितिमा स्थापना गरेको खुम्जुङ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती कार्यक्रममा भाग लिन उनी २० मे मा नेपाल आएकी हुन् ।
२९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गेसग सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले जीवनपर्यन्त नेपालसग गहिरो मित्रता गासिराखे । हिमालयका विकट गाउमा बसोवास गर्ने नेपालीको उत्थान नै आङ्खना लागि सम्मान हुने ठानेका हिलारीले त्यसका लागि सन् १९६० मा हिमालयन ट्रष्टको स्थापना गरेका थिए, जसअन्तर्गत सोलुखुम्बुमा अहिले ६३ स्कुल, दुई अस्पताल र कैयौं स्वास्थ्य केन्द्र सञ्चालित छन् ।
टस्टले स्थापना कालदेखि देखि नै सोलु क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका लागी सहयोग गर्दै आएको छ । टस्टले सबै विद्यार्थीलाइ आवश्यक शैक्षिक सामगी्र तथा छात्रवृत्ति र पुरस्कारको व्यवस्था गर्दै आएको हिमालयन टस्टका नेपाल निर्देशक आङरिता शेर्पा बताउछन् । कैयौं विद्यार्थीलाई हिलारीले उच्च शिक्षाका लागी विदेशमा छात्रवृतिको व्यवस्था गरेका थिए ।
टस्टले फाप्लु र खुन्देमा दुइवटा अस्पताल सञ्चालन गर्दै आएको छ । सन् १९७५ मा खुन्देमा हिलारीकी पहिलि श्रीमति र छोरीको हवाइ दुर्घटनामा परि मृत्यु भएको थियो । १५ वेड क्षमताको फाप्लु अहिले सोलुखुम्बु जिल्ला अस्पतालको रुपमा सञ्चालित छ भने ४५ वेड क्षमताको खुन्दे अस्पताल टस्ट आफै्रले सञ्चालन गरिरहेको छ ।
टस्टको मुख्यालय न्यूजिल्याण्डमा छ । सोलुखुम्बु क्षेत्रमा सञ्चालित स्कुल तथा अस्पतालमा टस्टले बार्षिक करिव ३ करोड रुपैयाको सहयोग गरिरहेको निर्देशक शेर्पाले बताए ।। आलमुनियमबाट बनेको खुम्ुजुङ स्कुलका लागी हेलिकोप्टरबाट सामग्री ओसारिएको थियो । यसै शैक्षिक बर्षदेखि सबै विद्यालयमा अंग्रेजी विषयमा समेत पढाइन थालिने शेर्पाले जानकारी दिए । एक कक्षाबाट शुरु भएको खुम्जुङ स्कुलमा अहिले दश जोड दुइ सम्मको पढाइ हुन्छ ।
त्यसो त हिलारीले लुक्ला विमानस्थल बनाउन पनि ठूलो पहल गरेको बताइन्छ । काभ्रेदेखि सामान बोकेर लैजानुपर्ने कठिनाई पन्छाउन हिलारी अघि नसरेका भए त्यहा विमानस्थल बन्दैनथ्यो भन्छन् नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा । ‘सयौं विदेशीले सगरमाथा चढिसके तर तर हिलारीले जति सहयोग कसैले गरेका छैनन् ।’ शेर्पाले भने । सगरमाथा राष्टिय निकुञ्जको स्थापना पनि हिमाल को वातावरण जोगाउन चिन्तित उनकै प्रयासमा भएको थियो ।
हिलारी जहा पुगेपनि नेपालको सौन्दर्य र नेपालीको सहयोग भावको तारिफ गर्न चुक्दैनथे भन्छन् उनलाइ नजिकबाट चिन्नेहरु । नेपालको राजनीतिक अवस्थाका कारण सन् २००६ मा पश्चिमी मुलुकहरुले नेपाल भ्रमणमा रोक लगाएको बेला नेपाल आएर हिलारीले म यही आएको छु र सबै ठीकै देख्छु भनेपछि पर्यटनमा राम्रो प्रभाव परेको पुराना पर्यटन व्यवसायीहरु दावी गर्छन् । उनले त्यसो भनेको भोलिपल्टै बेलायत सरकारले सो रोक हटाएको थियो ।
नेपाल पर्वतारोहण संघका जिम्बा जाङबु शेर्पा हिलारी नभएका भए शेर्पा जाति आजको अवस्थामा आइपुग्न नसक्ने बताउछन् । किशोरावस्थादेखि नै पर्वतारोहणमा रुचि भएका माहुरीपालक हिलारी सगरमाथा आरोहण्पछि विभिन्न साहसिक अभियानमा संलग्न रहे, जसबारे उनको लेखन र सहलेखनमा १३ वटा किताब प्रकाशित भएका छन् ।
तेन्जिङ नोर्गेको निधन भएको चौध बर्षपछि सन् १९९९ मा प्रकाशित भ्यू फ्रम समिट पुस्तकमा उनले आफूले पहिले सगरमाथा शिखरमा टेकेको लेखेका थिए । सन् १९८५ देखि चार बर्ष नेपाल, भारत र बङगलादेशका लागि उच्चायुक्त र राजदूतका रुपमा समेत क्रियाशिल हिलारीलाई सन् २००३ को सगरमाथा आरोहण स्वर्ण जयन्तीमा मानार्थ नेपाली नागरिकता प्रदान गरिएको थियो । हिलारीको ८८ बर्षको २७ पुस २०६४ मा न्यूजिल्याण्डमा निधन भयो ।