Monday, April 30, 2012

टिम्स’ कार्डको अवैध कारोबार


काठमाडौं, १८ वैशाख । ट्रेकिङमा जाने विदेशी पर्यटकका लागि लागू गरिएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) अवैध रूपमा बिक्री भएको भेटिएको छ । १० अमेरिकी डलरमा खरिद गरेर कम्पनीहरूले ४० डलरसम्म कार्ड बेच्ने गरेको पाइएको हो ।
व्यक्तिगत रूपमा ट्रेकिङमा जाने पर्यटकले २० डलर र कम्पनीमार्फत जानेले १० डलर तिर्नुपर्ने प्रावधान छ । तर, पर्यटकले बढी रकम तिर्नुपरेको गुनासो गरेका छन् । अनधिकृत रूपमा टिम्स कार्ड बचेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आधा दर्जन ट्रेकिङ कम्पनीसँग स्पष्टीकरण गरेको छ ।
टानका महासचिव मोहन लम्सालले केही कम्पनीले बदमासी गरेकाले कारबाहीस्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिए । टिम्स प्रणालीलाई पारदर्शी बनाउन अनलाइन गर्ने तयारी पूरा भइसके पनि पर्यटन बोर्डले सहमति नदिएका कारण लागू गर्न नसकिएको उनले बताए । ‘सºटवेयरलगायत सबै पूर्वाधार तयार भइसकेको छ, बोर्ड कार्यकारी प्रमुख नहुँदा लागू गर्न सकिएको छैन,’ लम्सालले भने ।
ट्रेकिङमा जाने थुप्रै पर्यटकले टिम्स कार्डबारे ‘कम्प्लेन’ गरेका छन् । टानको बेसीसहर चेकपोस्टमा मात्र एक दर्जन बढी पर्यटकले ‘कम्प्लेन’ गरेको ट्रेकिङ गाइडहरूले बताएका छन् । फ्रान्सेली पर्यटक स्टिन जर्जेन्सनले आफूसँग कम्पनीले टिम्स कार्डबापत बढी रकम लिएको गुनासो गरेकी छन् । अनलाइन र चिठीमार्फत नै दर्जनौँ पर्यटकले टिम्सबारे ‘कम्प्लेन’ गरेको बताइएको छ ।
१ अप्रिल २०१० देखि लागू भएको टिम्सप्रणालीबाट हालसम्म करिब २१ करोड रुपियाँ संकलन भएको बताइएको छ । यसमध्ये ३३ प्रतिशत बोर्डले खर्च गर्न पाउँछ भने ३३ प्रतिशत बोर्ड, पर्यटन मन्त्रालय र टानको संयुक्त खातामा जम्मा गर्नुपर्ने प्रावधान छ । बाँकी ३३ प्रतिशत टानको मातहतमा ट्रेकिङ मजदुरको हकहितका लागि खर्चगर्ने सहमति बोर्ड र टानबीच भएको छ । निश्चित मापदण्ड र कार्यविधिको अभावमा टिम्सबाट उठेको रकम खर्च गर्न समस्या भइरहेको टान महासचिव लम्सालले बताए ।
पर्यटन बोर्डले कार्डको विस्तृत विवरण टानलाई उपलब्ध गराउनुपर्ने र टिम्स कार्ड बाँड्ने काउन्टर ठमेल सारिनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । एक्लै ट्रेकिङमा जाने पर्यटकले धेरै फोहोर गरेको भन्दै व्यक्तिगत टिम्स कार्ड दिन हँदैन भन्ने आवाज पनि उठिरहेको छ । बोर्डमा कार्यकारी प्रमुख नभएकाले टिम्सको नीतिगत काम हुन नसकिरहेको टान अधिकारीहरूको भनाइ छ ।
टिम्स कार्ड चेक गर्न लुक्ला, धुन्चे, जोमसोम, म्याग्दीको तातोपानी, कास्कीका पोथाना र बिरेठाटीलगायत ठाउँमा चेकपोस्ट स्थापना गरिएको छ तर कतिपय चेकपोस्टमा टिम्स कार्ड नै नहँदा पर्यटक त्यत्तिकै ट्रेकिङमा जाने गरेका छन् ।
पर्याप्त गृहकार्य नगरी लागू गर्दा टिम्स प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् । लागू भएको दुई वर्ष बितिसक्दा पनि धेरै पर्यटकलाई टिम्स कार्ड लिनुपर्छ भन्ने जानकारीसमेत छैन । पर्यटन बोर्डकै भवनमा रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को त्यहाँबाट अनुमति लिँदा टिम्स कार्ड पनि लिनुपर्छ भनेर मात्र भनिदिने हो भने पनि टिम्स प्रभावकारी हुने ट्रेकिङ व्यवसायीहरू बताउँछन् । ‘एक्यापले असहयोग गरेको छ,’ टानका एक अधिकारीले भने । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये करिब ३० प्रतिशत पदयात्रामा जाने गरेको तथ्यांक छ ।

Sunday, April 29, 2012

पर्यटन उद्योगलाई छुटैछुट


काठमाडौं, १७ वैशाख । राजधानीबाहिर नयाँ होटल खोल्न चाहने व्यवसायीलाई १० वर्षसम्म आयकर छुट दिने सिफारिस एक कार्यदलले गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको कार्यदलले यस्तो सुझाब दिएपछि व्यवसायीले कर छुट पाउने भएका हुन् ।
कार्यदलले काठमाडौंबाहिरका ३५ जिल्लामा नयाँ होटल खोल्ने व्यवसायीलाई कर छुटको सिफारिस गरेको छ । सरकारले पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिने सम्बन्धमा आवश्यक सुझाब दिन प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडयालको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई १५ दिनको समय दिइएको भए पनि ६ महिनापछि मात्र प्रतिवेदन तयार गरेको छ ।
कार्यदलले पर्यटन नीति, २०६५ को प्रावधानअनुसार कर छुट दिन सकिने सुझाब दिएको छ । नीतिमा ग्रामीण क्षेत्रमा होटल तथा रेस्टुरेन्ट खोल्न आवश्यक सुविधा र सहुलियत दिन सकिने उल्लेख छ । औद्योगिक व्यवसाय ऐन, २०४९ मा उल्लिखित २२ वटा अति कम विकसित र १३ वटा अविकसित जिल्लामा होटल खोल्दा १० वर्षसम्म कर छुट दिन सिफारिस गरिएको छ । ऐनअनुसार दार्चुला, बाजुरा, बझाङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा, मुस्ताङ, मनाङ, सोलुखुम्बू, संखुवासभा, खोटाङ, भोजपुर, अछाम, दैलेख, जाजरकोट, रुकुम, ओखलढुंगा, म्याग्दी, तेह्रथुम र रामेछाप अति अविकसित जिल्लामा पर्छन् ।
त्यस्तै अविकसित जिल्लामा ताप्लेजुङ, रोल्पा, बैतडी, रसुवा, गुल्मी, पर्वत, डडेलधुरा, प्युठान, डोटी, सल्यान, पाँचथर, बाग्लुङ र सिन्धुपाल्चोक पर्छन् । ३५ वटै जिल्लामा पर्यटकीय होटल तथा रिसोर्ट खोल्न जमिन लिजको सुविधा, एकपटकका लागि पूरै भन्सार छुट, होटल तथा रेस्टुरेन्टको सेवामा कर छुट र होम–स्टेलाई ५ वर्षसम्म आयकर छुट दिने सिफारिस पनि कार्यदलले गरेको छ ।
कार्यदलले २० जनाभन्दा बढी दलित, द्वन्द्वपीडित वा अपांगता भएका कामदार कार्यरत रहेको होटललाई सरकारी सभा वा समारोहको आयोजनाका लागि प्राथमिकता दिन पनि सिफारिस गरेको छ । यसबाहेक कार्यदलले पर्यटन उद्योगलाई संकटबाट बचाउन औद्योगिक पुनरुत्थान कोषको सञ्चालन गर्नुपर्ने, हरियो प्लेटयुक्त सवारीसाधन खरिदमा भन्सार छुट दिनुपर्ने, विद्युत् महसुलमा अन्य उद्योगसरह छुट दिनुपर्ने, काठमाडौंबाहिर ‘माइस’ पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
साथै नेपाल र चीनको सिमानामा रहेका हिमाल आरोहणमा रोयल्टी छुट दिनुपर्ने, प्रतिष्ठित विदेशीलाई हिमाल आरोहण रोयल्टीमा छुट दिनुपर्ने, दुर्गम जिल्लामा प्याकेज बनाई वार्षिक पाँच सयभन्दा बढी पर्यटक लैजानेलाई प्रोत्साहन रकम दिनुपर्ने, आन्तरिक पर्यटकलाई पर्यटकको मान्यता दिनुपर्ने, पदयात्रा नबिग्रने गरी मोटरबाटो निर्माण गर्नुपर्ने तथा मजदुर युनियनको राजनीतिक सम्बन्धनलाई गैरकानुनी घोषणा गर्नुपर्ने कार्यदलको सुझाब छ ।
कार्यदलले हालै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई २४ बुँदे प्रतिवेदन बुझाएको छ । कार्यदल संयोजक पौडयालका अनुसार सुझाब र सिफारिस आगामी आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयन गरिनेछ । मन्त्रिपरिषद् बैठकले गत १० असोजमा गठन गरेको कार्यदलमा पर्यटन तथा नागरिक उड्डयन, कानुन, श्रम र उद्योग मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बन्धित विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधि सदस्य थिए ।

नेवानिको सेवा बन्द गर्ने चेतावनी


काठमाडौं , १७  वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा कार्यरत ट्रेड युनियनका कर्मचारीले निगमको आन्तरिक सेवा बन्द गर्ने चेतावनी दिएका छन् । निगम हितविपरीत काम भइरहेको भन्दै निगमको संयुक्त ट्रेड युनियनले सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेवानि इकाइ) अध्यक्ष राजेन्द्र रेग्मीले निगम डुब्न नदिन सेवा बन्द गर्नुपर्ने अवस्था आएको दाबी गरे । जहाजविहीन अवस्थामा पुग्न लागेको निगमलाई थप जहाज उपलब्ध गराउनुको सट्टा झन् घाटा हुने काम भइरहेकोले आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए । नयाँ जहाज खरिदका लागि प्रक्रिया अगाडि नबढाउने तथा प्रक्रियामा रहेको एयरबस र चिनियाँ जहाज खरिद गर्न ढिलाइ गर्ने जस्ता काम रोक्न उडान बन्द गर्नुपरेको रेग्मीको भनाइ छ ।
निगमसँग भएका आन्तरिक उडान गर्ने ट्विनअटर जहाज निजी विमान कम्पनीलाई भाडामा दिइएकोमा समेत सो कर्मचारी युनियनले आपत्ति जनाएको छ । हाल निगमले दुईवटा ट्विनअटर आफैँले सञ्चालन गरिरहेको छ भने दुईवटाचाहिँ निजी कम्पनी तारा एयरलाई भाडामा दिएको छ । निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएको छ । निगम व्यवस्थापनका अनुसार आन्तरिक सेवा वार्षिक करिब १२ करोड रुपियाँ घाटामा छ । 

निगमको प्रमुख आयस्रोत मानिएको ग्राउन्ड हयान्डलिङ सेवासमेत निजी कम्पनीलाई सुम्पिने षडयन्त्र भइरहेको कर्मचारी युनियनको आरोप छ । निगम सबल बनाउन निगम व्यवस्थापनसँग बारम्बार वार्ता गरे आफूले उठाएका विषयको सुनुवाइ नभएको रेग्मीले बताए । जहाज खरिद गर्नुपर्ने तथा कर्मचारीले यातायात भत्ता पाउनुपर्ने लगायतका माग युनियनले व्यवस्थापनसमक्ष राखेको छ ।


Saturday, April 28, 2012

एउटा फोटोग्राफरको फ्ल्यासब्याक जिन्दगी


एक खेल–जस्तै जुवा, जहाँ हार्नेको नाममा आँसु मात्रै पर्छ र जित्नेले संसार जितेको भवभंगिमा देखाउँछ । जिन्दगी पनि खेल हो, जहाँ औसत मान्छेका भागमा आँसु नै आँसु पर्छ । जित्नेहरू त बस् जितिरहन्छन्, जिन्दगी जुवाको खालजस्तै रोमाञ्चक ढंगले बाँच्छन् । ‘जो जीता वही सिकन्दर’ भन्ने कहावतजस्तै छ, सामान्य मान्छेको जीवनयात्रा । यहाँ जित्नेकै राज चल्छ अनि हार्नेको भागमा निराशा बाँकी रहन्छ । संसारलाई दुई चस्माको फ्रेमबाट चियाउने बानी परेका वैकुण्ठबहादुर श्रेष्ठलाई लाग्छ–जीवन बडो लद्दु रहेछ । जीवनरूपी ठूलो पोखरीमा उनले निराशामात्रै भेट्टाएका छन् ।

लक्ष्मीप्रसाद खतिवडा
उमेरले ६ दशक काटिसक्दा पनि उनको जीवनयात्राले भन्छ–यो त दु:ख र हारको लामो लाइन रहेछ । त्यसैले त उनको जीवनबाट आशा र हौसला चन्द्रमाको कालो धब्बाजस्तै गरी बसेका छन् । ‘के गर्ने, मर्नु भएन । नराम्रो काम गरेको होइन । देशलाइ पनि हुने आफूलाई पनि हुने भनेर गरेको हुँ,’ उनी विरक्तिन्छन् । कुनै समय जीवनमा ‘उज्यालो’ मात्रै देखेका वैकुण्ठ जीवनका थुप्रै इन्द्रधनुषी रङहरूबाट कसरी भुइँमा पछारिए ? उनको जीवनयात्राले यसको वर्णन गर्छ ।
अरूको जस्तै वैकुण्ठको जीवनको युवाकाल पनि बडो रोमाञ्चक थियो । त्यसबेला उनी खोलाका ठूला जँघार पनि तर्थे, ‘अग्ला पहाड पनि एकै निमेषमा चढ्छु’, यस्तै सोच्थे । हो, त्यसैबेला उनलाई एउटा भूत चढ्यो–फोटोग्राफीको । जुनबेला नेपालमा फोटोग्राफीबारे साह्रै कमलाई मात्र थाहा थियो, त्यस समयमा उनले कसरी सोचे होलान्–यसैमा करिअर र भविष्य छ । जीवनको ब्ल्याक एन्ड ह्वाइट दौडमा उनी पनि सामेल भए, जीवनजस्तै ब्ल्याक एन्ड ह्वाइट क्यामरा बोकेर–हिमालदेखि पहाड, तराई सबैतिर दगुरे । नेपाल चिनाउने अभियानमा यहाँका सम्पदा, कला, संस्कृति क्यामेरामा कैद गरे । मुलुकलाई आफ्नो क्यामेरामा उतारेर इतिहास जोगाउने सत्प्रयास गरे ।
फोटोग्राफीले वैकुण्ठबहादुरलाई नाम, दाम र माम सबै दियो तर समयको व्यापक भागदौडमा दौडिन उनले सकेनन् । जीवनमा त्यही फोटोग्राफी बनिदियो–नीलकाँडा । त्यसैले दिलायो ऋण । ‘दिन नै बिग्रेपछि ऋणको त के कुरा भयो र,’ उनी भन्छन् । नेपाली समाजलाई ऋणभन्दा दिन ठूलो लाग्छ । ‘दिन बिग्रेन भने जे पनि गर्न सकिन्छ’ भन्ने मान्यताका आधारमा हाम्रो समाजमा कर्मवादले नै प्रश्रय पाएको छ ।
०००
बुढ्यौलीले छोपिसक्यो । आँखा पनि मधुरो हुन थालिसके । अनुहारमा छन्–सैयौं मुजा, समयले पारेका । जुनबेला बाग्मती सङ्लो थियो, उनी पनि हट्टाकट्टा थिए तर अहिले बाग्मती खिइँदै छ, उनको उमेरले पनि डाँडो काट्दै छ । ‘सहरमा नौलो पेसा–फोटोग्राफी’ अँगालेपछि बाग्मतीमा ढल (त्यहाँ पानी बग्न छाडिसक्यो) कति बग्यो, त्यसको हिसाबकिताब उनले गरेका छैनन् । उमेरले साठी काटिसक्यो तर ऋणको भारी खुइलिएको तालुबाट हटेको छैन । चर्को स्प्रिरिटले जस्तो तन र मन खाइरहेको छ–मात्र चिन्ताले । चिन्ता निको पार्ने ओखती कुन पसलमा किन्न पाइएला हँ ? न नीद छ, न भोक । काला केश तिलचामले बनेर पनि झरिसक्यो तर टाउकाबाट ऋण झरेन । ‘बासै उठायो, फोटोग्राफीले’, उनी खुइय्य गर्छन् ।
डिल्लीबजार महाकवि मार्गमा आधा शताब्दीसम्म हिउँद–बर्खा खेपेको पुरानो रङ खुइलिएको घरमा बस्छन् उनी । घरका भित्तामा छन्–हाँसिरहेका सुन्दर हिमाली दृश्यहरू तर हिमालजस्तै मन हाँस्न सकेन  ।
आफँैंले खिचेर, प्रिन्ट गरेर, माउन्ट गरेर तयार पारिएका तस्बिरले उनलाई व्यवसायको असफलता र बाँकी रहेको दायित्व सम्झाइरहेका छन् । बैठक कोठाको बोरामा खाँदिएका उनैले बडो मिहेनतसाथ खिचेका फोटोहरू ‘पोस्टर’ र ‘पोस्टकार्ड’ बनेर कोच्चिएका छन्, कुनबेला संसार नियालूँसरि वैकुण्ठलाई हेर्छन् होला, गुनासाका नजरले । सूचना विभागको प्रेस पासको अभिलेख अनुसार उनी नेपालका पहिलो आधिकारिक फोटोग्राफर हुन् । उनीपछि सयाँैं व्यावसायिक फोटोग्राफर यस क्षेत्रमा आए, अनि सफल पनि भए । कत्ति त जीवनबाटै हार खाएर अलप भए होलान् ।
उनले क्यामेरा समाउँदा नेपालमा भर्खरै फोटो खिच्ने चलन सुरु भएको थियो । व्यावसायिकताको त कुरै थिएन । अहिलेजस्तो ‘क्लिक’ गर्नेबित्तिकै स्क्रिनमा फोटो हेर्न सकिने क्यामेरा पनि थिएनन् । ‘म्यानुअल्ली’ खिच्नुपर्ने श्यामश्वेत फोटोग्राफीको जमाना थियो त्यो ।
०००
वैकुण्ठ हिमालदेखि तराईसम्म घुमेर फोटो खिच्थे, अनि त्यसलाई डार्क रुमबाट फोटो बनाएर निकाल्थे । फोटोग्राफीमा लाग्दालाग्दै सरकारी जागिर खान चलचित्र क्षेत्रमा लागे । तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा एसिस्टेन्ट क्यामेराम्यान भएर काम पनि गरे । त्यसैक्रममा धेरै देशका राजकीय भ्रमणमा सहभागी पनि भए । संस्थानमा जागिर खाँदा नेपाल झल्काउने डकुमेन्ट्री र सिनेमा बनाएका उनले नेपाली कला र सौन्दर्यलाई तस्बिरमा कैद गरेर बेच्न सकिने निष्कर्ष निकाले । अनि सरकारी जागिर च्वाट्टै छोडे । ‘हो, यहीँनेर मैले गल्ती गरेँ’, जीवनको भयानक गल्ती सायद यही भयो ।
जागिर छाड्दा उनीसँग स्टिल फोटोग्राफी र सिनेमा दुवै बनाउन सक्ने क्षमता र ज्ञान थियो । त्यसलाई आफ्नो आर्थिक उन्नतिका लागि प्रयोग गर्न उनले सुरु गरे ‘नेपा : फोटो’ । नेपाली सौन्दर्यलाई फोटोमा उतारेर पोस्टर र पोस्टकार्डको व्यापार सुरु गरे ।
त्यतिखेर नेसनल ट्रेडिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्रि सपमा नेपाल चिनाउने उनको पोस्टर र पोस्टकार्ड बेचिदिन्थ्यो । माग पनि थियो त्यसैले ऋण गरेरै उनले लगानी गरे ।
प्हिला–पहिला मद्रास पुगेर पोस्टर छपाउँथे, पछि बंैकक र जापानसम्म पुगे । ‘नेपाल पनि चिनाउने आफू पनि चिनिने’, यही लोभमा आफ्नो सम्पूर्ण जवानीका चर्को जोस खर्चिए वैकुण्ठले । एकैपटक धेरै फोटो पोस्टर र पोस्टकार्डमा छापेर ल्याए । तर, एकाएक यता व्यापार बिग्रियो । अहिले पनि लाखौं पोस्टर थन्केका छन् घरमा ।
बिपी कोइरालाको शवयात्राको वृत्तचित्रदेखि अरू फोटोहरू बेच्ने प्रयास पनि नगरेका होइनन् उनले तर कसले वास्ता गर्छ र ? उनले निवेदन हाले नेपाल पर्यटन बोर्डमा–मेरा केही राम्रा फोटो किनिदिनुस् । तर, दु:खीको जीवनमा आँसु मात्रै आउनेरहेछ, कहाँ किन्थ्यो फोटो ? उल्टै गायब गरिदियो बोर्डले ।
गीतामा श्रीकृष्णले भनेजस्तै–उनले पनि कर्म गरे, फलको आशा नगरी । यो श्रीकृष्णको युग होइन, अहिले त फल नमिले, ऊ कहिल्यै नउठ्ने गरी पछारिन्छ । उनी पनि पछारिए, कहिल्यै उठ्न सकेनन् । सायद, श्रीकृष्ण फ्लप खाए । घरबारै बेच्नुपर्ने भइसक्यो । मानसिक सन्तुलन पनि गुम्ने अवस्था छ । ‘म बिरामी छु’, यति भनेको केही समयमै भन्छन्, ‘मलाई के भएको छ र ?’ तर, यति भन्दा उनको अनुहारका धर्साहरू गुटुमुटु परेका हुन्छन् र आँखाका चेपमा आँसु भरिएका ।
वैकुण्ठको व्यथाले उनी मात्र कहाँ हो र ? सम्पूर्ण परिवारै सिकिस्त छ । श्रीमती पूर्णमाया त दिक्किइसकिन् । ‘अब घरबार सबै बेचेर ऋण चुक्ता गर्छु, म देवघाट गएर काल कुर्छु’, उनको जीवनले यही निचोड फेला पारेको छ ।

Thursday, April 26, 2012

भारतमा मोबाइल शुल्क बढ्ने


काडमाडौं, १४ वैशाख । दूरसञ्चार क्षेत्रको विकास तीव्र भइरहेको छिमेकी मुलुक भारतमा मोबाइल कलको शुल्क बढ्ने देखिएको छ । भारतीय दूरसञ्चार क्षेत्रको नियामक निकाय ‘टेलिकम रेगुलारिटी अथोरिटी अफ इन्डिया’ (ट्राई) ले टुजी स्पेक्ट्रम लिलामीका लागी न्यूनतम शुल्क तोकेपछि मोबाइल कलको शुल्क बढ्ने निश्चित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्राईले टुजी स्पेक्ट्रमको न्यूनतम शुल्क सात लाख करोड भारतीय रुपियाँ हुनुपर्ने सिफारिस दूरसञ्चार विभागलाई गरेको छ । यो रकम सन् ०१० मा थ्रिजी स्पेक्ट्रमको लिलामीबापत सरकालाई प्राप्त एक लाख करोड रुपियाँको तुलनामा करिब सात गुणाले बढी हो । उल्लेखनीय कुरा के छ भने भारतीय सर्वोच्च अदालतले सन् ००८ मा विगतमा वितरण गरिएको एक सय २२ टुजी लाइसेन्स रद्द गर्दै ट्राईलाई स्पेक्ट्रम लिलामीबारेमा काम गर्न निर्देशन दिइएको थियो । अदालतले ट्राईलाई शक्तिशाली बनाएपछि यसबाट मोबाइल कलको शुल्क बढ्ने आशंका अझ बढेको छ ।
नियामक निकायको सिफारिसपछि टेलिकम सेवाप्रदायकलाई ठूलो आर्थिक बोझ थपिने निश्चित छ । कम्पनीले आफूलाई परेको बोझ ग्राहकलाई थोपर्न सक्ने विज्ञहरू बताउँछन् । भारतीय एयरटेललाई ३० हजार करोड तथा भोडाफोनलाई ४५ हजार करोड भारतीय रुपियाँको बोझ पर्ने बताइएको छ । अन्य सेवाप्रदायकको पनि खर्च बढ्ने निश्चित छ । दूरसञ्चार कम्पनी भारतीय समूहका प्रमुख सुनिल मित्तलले कम्पनीहरूसँग स्पेक्ट्रमको अतिरिक्त शुल्क लिने हो भने मोबाइल कलको शुल्क बढ्ने बताएका छन् । भारतमा टेलिफोन शुल्क अफ्रिकाभन्दा पनि सस्तो छ ।
मोबाइल वल्र्ड कंग्रेसमा मित्तलले कम शुल्कमा सेवा दिने कुराको आफूहरूले समर्थन गरे पनि यो उद्योग सञ्चालन गर्न व्यावहारिक हुनुपर्ने बताए । भारतीय दूरसञ्चार उद्योगका लागि अहिले सहजअवस्था नरहेको बताउँदै मित्तलले शुल्क बढ्ने कुराको संकेत गरे । दूरसञ्चार सामाजिक परिवर्तनको महत्त्वपूर्ण आधार भएकाले यसको सन्तुलित विकास हुनुपर्नेमा उनले जोड दिए । दूरसञ्चार कम्पनी संकटमा परे कसैलाई फाइदा नहुने दाबी उनको छ ।
पछिल्ला केही समय भारतमा पहिले नै बाँडिसकिएको स्पेक्ट्रममा अतिरिक्त शुल्क लगाउने बहस चलिरहेको छ । गत महिना भारतीय सर्वोच्च अदालतले नयाँ दूरसञ्चार कम्पनीलाई दिइएको टुजी स्पेक्ट्रमका एक सय २२ लाइसेन्स रद्द गर्दै स्पेक्ट्रमजस्तो प्राकृतिक स्रोत बाँड्नका लागि लिलामीको प्रक्रिया अपनाउन सरकारलाई भनेको थियो ।
पछिल्ला केही वर्षमा भारतमा मोबाइल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा मोबाइल फोनको संख्या शौचालयभन्दा पनि बढी छ । सन् ०११ मा नै सहरी क्षेत्रमा मोबाइल फोन कनेक्सनको संख्या जनसंख्याको करिब दोब्बर भइसकेको बताइएको छ । सन् ०१६ सम्ममा भारतीय मोबाइल सेवाको बजार ३० अर्ब डलर पुग्ने अनुमान छ । भारतमा अहिले ६३ करोड ८० लाख मोबाइलधारी छन् ।
विश्वका एक सय ४२ मुलुकको मोबाइल–टेलिफोन सेवालाई अध्ययन गरेर वल्र्ड इकोनमिक फोरमले हालै सार्वजनिक गरेको ग्लोबल इन्फरमेसन टेक्नोलोजी रिपोर्ट ०१२ अनुसार भारतमा मोबाइल कल शुल्क सरदर ६ सेन्ट छ ।
प्रतिवेदनअनुसार दक्षिण एसियामा बंगलादेश, श्रीलंका, पाकिस्तान, भारत नेपालभन्दा अगाडि छन् । संसारमा सबैभन्दा सस्तो मोबाइल सेवा दिने राष्ट्रमा नेपाल भने आठौँ नम्बरमा पर्छ । नेपालमा प्रतिमिनेट मोबाइल टेलिफोन महसुल सात अमेरिकी सेन्ट छ । प्रतिमिनेट मोबाइलको महसुल संसारमै सबैभन्दा सस्तो मुलुक हङकङ हो । हङकङमा प्रतिमिनेट मोबाइल महसुल दुई सेन्टमात्र छ ।

Tuesday, April 24, 2012

६ अर्ब आम्दानी गर्ने लक्ष्य


काठमाडौं, एकएक वैशाख । जहाज अभावमा खुम्चिदै गएको नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्ष ०६८/६९ मा ६ अर्ब रुपियाको कारोबार हुने प्रक्षेपण गरेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा तथा अन्तर्राष्ट्रिय उडानबाट हुने आम्दानीका आधारमा निगमले यो लक्ष्य राखेको हो । 
विदेशी विमान कम्पनीले नेपाल उडान वृद्धि गरेकाले ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी बढ्ने निगमको अनुमान छ । यो निगमको आम्दानीको मुख्य स्रोत हो । गत आवमा ग्राउन्ड ह्यान्डलिङबाट एक अर्ब ५० करोड रुपिया आम्दानी भएकामा चालु आवमा एक अर्ब ७० करोडको लक्ष्य लिइएको निगम प्रवक्ता तथा नायव महाप्रबन्धक राजुबहादुर केसीले बताए । निगमले थाई एयरवेज र इन्डियन एयरलाइन्सबाहेक सबै विदेशी वायुसेवा कम्पनीको ग्राउन्ड ह्यान्डलिङ गर्छ । 
अन्तर्राष्ट्रिय सेवातर्फ चालु आवमा चार अर्ब ४९ करोड ५७ लाख रुपियाको कारोबार हुने निगमको अपेक्षा छ । निगमले बैंकक, हङकङ, दुबई, दोहा र क्वालालम्पुरमा उडान गरिरहेको छ । ‘दुईवटै बोइङ जहाज नियमित सञ्चालनमा रहेकाले लक्ष्य पूरा हुने देखिएको छ,’ प्रवक्ता केसीले भने । नाफायोग्य सेक्टरका रूपमा लिइने क्वालालम्पुर, हङकङ र दोहामा ९० प्रतिशत अकुपेन्सी रहेको उनले जानकारी दिए । 
गत आवमा सात करोड रुपिया नाफा गरेको निगमले जनाएको छ । यो करपछिको नाफा हो । करअघिको नाफा भने ६० करोड रुपिया थियो । निगमले गत आवमा पाच अर्ब ६० करोड रुपियाको कारोबार गरेको थियो । 
अन्तर्राष्ट्रियतर्फ सन् ०११ मा निगमले एक हजार ६ सय १९ उडानमार्फत दुई लाख दुई हजार ४१ यात्रु बोकेको तथ्यांक छ । एक वर्षमा यसले एक लाख एक हजार एक सय ७५ यात्रु नेपाल भिœयाएको थियो भने एक लाख आठ सय ६६ यात्रु नेपालबाट बाहिर लिएर गएको थियो । 
आन्तरिकतर्फ चालु आवमा २८ करोड २३ लाख रुपियाको कारोबार गर्ने निगमको लक्ष्य छ । दुर्गम क्षेत्रका विमानस्थलमा सेवा सञ्चालन गरिरहेको निगमको आन्तरिक सेवा भने घाटामा छ । गत आवमा आन्तरिक सेवामा १२ करोड रुपिया घाटा भएको निगमले जानकारी दिएको छ । 
यात्रु संख्याका हिसाबले निगम मुलुकको छैठौ आन्तरिक वायुसेवा प्रदायक हो । यसले सन् ०११ मा दुई हजार ६ सय ५७ उडानमार्फत् ३७ हजार सात सय ९५ यात्रु बोकेको तथ्यांक छ । आन्तरिक सेवाका लागि हाल निगमका दुईवटा ट्विनअटर जहाज उडिरहेका छन् । 
गत आवमा पाच अर्ब ५२ करोड रुपिया“ सञ्चालन खर्च भएको निगमले जनाएको छ । ‘सबैभन्दा धेरै खर्च अपरेसनमै हुन्छ । इन्धन तथा मेन्टेनेन्स मा पनि उत्तिकै खर्च हुन्छ,’ निगमका नायब महाप्रबन्धक केसीले भने । पुराना जहाज भएकाले मर्मत सम्भारमा बढी खर्च हुने गरेको उनले बताए । 
कुल खर्चमध्ये ४० प्रतिशत इन्धनमा, २५ प्रतिशत मर्मतसम्भारमा तथा १० प्रतिशत कर्मचारीका लागि हुने गरेको छ । निगमले वार्षिक करिब २५ करोड रुपिया सरकारलाई राजस्व तिर्छ । ‘धेरै सार्वजनिक संस्थान घाटामा गएर सरकारले खर्च उपलब्ध गराउनु परेको छ तर निगमले सरकारसग एक पैसा लिएको छैन,’ केसीले भने । सरकारले ३९ करोड रुपिया लगानी गरेर ०१५ सालमा निगम स्थापना गरेको थियो । हाल निगमको सम्पत्ति १६ अर्ब रुपिया छ । 

Monday, April 23, 2012

१ करोड ६० लाखमा दुरसञ्चार सेवा


काठमाडौं, १० वैशाख । मुलुकको जनसंख्या दुई करोड ६६ लाखमध्ये १ करोड ६० लाखभन्दा बढीको पहुँचमा दूरसञ्चार सेवा पुगेको छ । दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाका कारण दूरसञ्चारमा पहुँच बढेको हो । घट्दो शुल्क यसको अर्को कारण बनेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ६०.३४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको छ । सेवाप्रदायक कम्पनीहरूले प्राधिकरणलाई उपलब्ध गराएको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । कुल दूरसञ्चार उपभोक्तामध्ये ५३.३९ प्रतिशत मोबाइलका रहेको तथ्यांक छ ।
कुनैबेला बिलासिताको सेवाका रूपमा लिइने मोबाइलमा अहिले प्रत्येक सयमध्ये ५३ जना नेपालीको पहुँच पुगेको छ । प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदनअनुसार मुलुकभर एक करोड ४२ लाख १५ हजार ४१ नेपालीसँग अहिले मोबाइल छ । अघिल्लो महिना यो संख्या एक करोड ३८ लाख ४५ हजार चार सय ५० थियो । एक महिनाको अवधिमा तीन लाख ६९ हजार पाँच सय ९१ मोबाइल प्रयोगकर्ता थपिएका छन् ।
मोबाइल प्रयोगकर्तामध्ये सबैभन्दा बढी जिएसएम प्रविधिका छन् । विभिन्न कम्पनीका गरी एक करोड ३३ लाख जिएसएम मोबाइल प्रयोगकर्ता रहेको तथ्यांक छ । सिडिएमएम प्रयोगकर्ता भने आठ लाख ४८ हजार छन् ।
दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाले शुल्क घटेपछि मोबाइल प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन् । यसमा मोबाइल सेटको मूल्यमा आएको उच्च गिरावटले सघाउ पुर्‍याएको छ । मोबाइल प्रयोगकर्ताको संख्यामा भएको वृद्धिले कुल टेलिफोन प्रयोगकर्ताको प्रतिशत पनि बढेको छ ।
मोबाइल सेवामा सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कुल टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका बढी भए पनि मोबाइलमा एनसेलले उछिनेको छ । टेलिकमका मोबाइल ग्राहक ६७ लाख ५१ हजार नौ सय ७० रहेकामा एनसेलका ७४ लाख ६३ हजार ७१ पुगेका छन् । अघिल्लो महिना यो संख्या क्रमश: ६६ लाख ६७ हजार चार सय ४२ र ७१ लाख ७८ हजार थियो । टेलिकमले जिएसएम र सिडिएमए दुवै प्रविधिमा सेवा प्रदान गरिरहेको छ भने एनसेलले जिएसएममा मात्र सेवा सञ्चालन गरिरहेको छ । सबै प्रविधिका गरी टेलिकमका ग्राहक ७४ लाख ३५ हजार नौ सय २९ पुगेका छन् ।
मोबाइल विस्तार तीव्र गतिमा भए पनि ल्यान्डलाइन टेलिफोनको विस्तार भने निकै सुस्त देखिएको छ । एक महिनामा तीन हजार मात्र ल्यान्डलाइनका उपभोक्ता थपिएका छन् । नेपाल टेलिकम, एसटिएम र स्मार्ट टेलिकमले यो सेवा दिइरहेका छन् । कुल टेलिफोन प्रयोगकर्तामध्ये ३.१८ प्रतिशत ल्यान्डलाइनका छन् ।
एक महिनामा इन्टरनेट प्रयोगकर्ता दुई लाख ४४ हजार  थपिएका छन् । फागुन मसान्तसम्ममा कुल इन्टरनेट प्रयोगकर्ताको संख्या भने ४४ लाख ३७ हजार पुगेको छ । यो नेपालको जनसंख्याको १६.६७ प्रतिशत हो । अघिल्लो महिना ४१ लाख ९३ हजार दुई सय ४३ इन्टरनेट प्रयोगकर्ता थिए ।
इन्टरनेट ग्राहकमा पनि टेलिकम र एनसेलबीच प्रतिस्पर्धा छ । टेलिकमका ४० प्रतिशत र एनसेलका ५७ प्रतिशत इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्यांक छ । टेलिकमका इन्टरनेट ग्राहक १७ लाख ६८ हजार रहेकामा एनसेलका २५ लाख ३४ हजार पुगेका छन् ।
टेलिफोन सेवाप्रदायकले इन्टरनेट सेवामा पनि जोड दिन थालेपछि इन्टरनेट सेवाप्रदायक (आइएसपी) कम्पनीका ग्राहक भने बढ्न सकेका छैनन् । एक महिनामा टेलिफोन कम्पनीका दुई लाख ४४ हजार इन्टरनेट ग्राहक थपिएकामा आइएसपी कम्पनीले करिब पाँच सय मात्र ग्राहक थपेका छन् । आइएसपीका ग्राहक ६३ हजार चार सय ६० छन् ।
इन्टरनेट प्रयोगकर्तामा पनि सबैभन्दा बढी मोबाइलमा चलाउन मिल्ने जिपिआरएसका छन् । कुल इन्टरनेट प्रयोगकर्तामध्ये ४१ लाख ६९ हजार जिपिआरएसका छन् । एक महिनामा दुई लाख ३८ हजार जिपिआरएस प्रयोगकर्ता थपिएको तथ्यांक छ । द्रुत गतिको एडिएसएलका ग्राहक भने ८१ हजार ६ सय ६१ छन् ।

Sunday, April 22, 2012

भारतमा पान बेचेर पढ्थे


मेरो जन्म भारतको मणिपुरमा २०२५ साल पुसमा भएको हो । बुबा पुख्र्यौली थलो बाग्लुङबाट बर्मा जानुभएको थियो । बर्मामै उहाले बिहे गर्नुभएछ । बर्मा सरकारले नेपालीलाई खेदेपछि उहाहरू पूर्वी भारतको मणिपुर जानुभएको थियो ।

एलपी भानु शर्मा, शिक्षक

प्राथमिक शिक्षा मणिपुरको इभिनेजर हाइस्कुलमा पढे । अंग्रेजले खोलिदिएको स्कुल थियो त्यो । ‘पर्फरमेन्स’ अनुसार क्लास चढ्न पाइने भएकाले एक वर्ष पनि पर्खिनु नपर्ने सिस्टम थियो त्यहा । त्यसैले मैले चाडोचाडो पढे । जम्मा ६ वर्ष मात्र स्कुल पढेका भरमा एसएलसी पास गरे । एसएलसीको रिजल्ट आउदा १२ वर्ष नौ महिनाको मात्र थिए ।
म पढ्ने स्कुलमा तीन जना मात्र नेपाली विद्यार्थी थिए, पास हुनेचाहि म मात्र । सानो भएकाले सबैले माया गर्थे । अन्य साथीहरू ठूला थिए । सानो भएकाले साथीहरू ‘स्कुल नजा फुटबल बनाउलान्’ भन्थे । मलाई पढ्न असाध्यै रुचि थियो । स्कुल जान्थे तर बिरामी भइरहन्थे । हरेक दिन १२ किलोमिटर हिड्नुपथ्र्यो स्कुल जान–आउन ।
स्कुलमा एक शिक्षकबराबर दुई तीन सय विद्यार्थी हुन्थे । हेडमास्टर पनि उही । कक्षाको प्रथम विद्यार्थीले सबैलाई पढाउनुपर्ने नियम थियो । मैले नै सबैलाई पढाउनुपथ्र्यो । खरको छानो भएको लामो टहरोको कुनाबाट हेडमास्टर चाहि चुरोट तान्दै हेरिरहन्थे । साह्रै भद्रगोल अवस्था थियो । आठ कक्षासम्म पहिलो भए तर एसएलसीमा फस्र्ट डिभिजन आएन ।
म पाच कक्षामै हुदा शिक्षकले ‘यसले १५ दिन कोचिङ पढ्यो भने एसएलसी पास हुन्छ’ भनेका थिए । पढ्न पाए मलाई केही चाहि दैनथ्यो । होमवर्क बाटैमा सक्थे । घरमा पढ्ने कुरा हुदैनथ्यो । पर्याप्त पुस्तक पाइदैनथ्यो, पाएसम्म हरेक किताब पढ्थे । आमाले पढ्न प्रेरणा दिइरहनुहुन्थ्यो ।
पूरै गाउमा एउटा स्कुटर थियो, स्कुलकै शिक्षकको । साह्रै लुरे भएकाले उनलाई मेरो माया लागेछ । एक दिन भने– ‘चार पेज कण्ठ गरेर सुनाउने भए एक वर्षसम्म सगै स्कुटरमा स्कुल पुर्‍याइदिन्छु ।’ नभन्दै मैले चारै पेज कण्ठ सुनाए । उनले पनि आङ्खनो वाचा पूरा गरे ।
खेल्ने–रमाइलो गर्ने ठाउ थिएन । मिल्ने साथी पनि थिएनन् । फुटबलमा रुचि थियो तर किन्ने पैसा हुदैनथ्यो । मोजामा कपडा पोको पारेर फुटबल बनाई खेल्थ्यौ ।
हाम्रो पेसा कृषि र गाई–भैसी पालन थियो । गोठालो जानु र गोबर सोहोर्नु मेरो काम हुन्थ्यो । बहिनीहरू सानै थिए । ठूलै हुदासम्म पनि जुत्ता लाउन पाइएन । पछि बुबाले प्लास्टिकको जुत्ता किनिदिनुभएको थियो । वर्षमा एक जोर जुत्ता पाइन्थ्यो । फाटेपछि चिम्टा तताएर टाल्थे । एकपटक त जुत्ता टाल्दा त्यसले मेरो पेट डाम्न पुग्यो । कति दिनसम्म स्कुलै जान सकिन । घरको एक्लो छोरा भए पनि सुख थिएन । एसएलसीपछि भने छालाको जुत्ता लाउन पाइयो ।
नागाबस्तीको माझमा थियौ । भित्रभित्रै एक किसिमको त्रास भइरहन्थ्यो । सानो नेपाली गाउ थियो । बुबा पण्डित भएकाले संस्कृत पनि पढे । कर्मकाण्ड पनि गरे । पान पनि बेचे । पैसाका लागि विभिन्न काम गर्नुपथ्र्यो । स्कुल खर्च आफै पुर्‍याउथे ।
पढाइमा तेज भएकाले सबैले माया गर्थे । दुई कक्षादेखि अंग्रेजी पनि सिक्न थाले । एक दिन शिक्षकले तैले अंग्रेजी मात्र बोल्नुपर्छ भनेपछि सिकिहाले । त्यही अंग्रेजी अहिले पनि काम लागिरहेको छ । त्यतिखेर पढेको भारतको इतिहास अहिले पनि याद छ । दुई कक्षामा पढेको किताब अहिले पनि सुरक्षित राखेको छु ।
एसएलसीचाहि सन् १९८१ मा माओमारम हाइस्कुलबाट गरे । त्यसपछि त्यहीको प्रेसिडेन्सी कलेजमा आइए र नेपाल आएर बिकम गरे । बिकमपछि चार्टर्ड एकाउन्टेन्ट पढ्न मुम्बई गए ।
भाइबहिनीहरू, मैले भोगेको अनि बुझेको परिस्थितिअनुसार पढ्नका लागि वातावरण मुख्य कुरा हो । राम्रो वातावरण पाए हरेक बालबालिकाले राम्रो गर्न सक्छन् । उनीहरूभित्रको क्षमता चिन्न सक्नुपर्छ । हरेक व्यक्तिभित्र सम्भावना हुन्छ, त्यसको उजागर गर्नु नै शिक्षा हो ।
प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा

श्रम स्विकृतिको व्यवस्था पालना गर्न निर्देशन


काठमाडौं, ९ वैशाख । सरकारले नेपालको हवाइ उद्योगमा काम गर्न आउने वैदेशिक जनशक्तिले अनिवार्य रुममा कार्य सहमति, श्रम स्वीकृति र गैर पर्यटक भिषा लिनुपर्ने व्यवस्थाको पालना गर्न सरोकारवालाहरुलाइ निर्देशन दिएको छ । लामो समयदेखि गैरकानुनी रुपमा हवाइ उद्योगमा विदेशी जनशक्ति कार्यररत रहेको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बमोजिम यस्तो निर्णय गरेको हो । 
सबै क्षेत्रमा काम गर्ने विदेशी जनशक्तिले अनिवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने कानुनी व्यवस्था भएपनि हवाइ क्षेत्रमा यो लागु हुन सकेको थिएन । हवाइ क्षेत्रमा काम गर्न आउने वैदेशिक जनशक्तिले पर्यटक भिषामा रहदाको अवस्थामा नेपालमा काम गर्न नपाउने गरि लाइसेन्स नविकरण, अथोराइजेसन वा भ्यालिडेसन प्रदान गर्दा सबै कानुनी सर्त पुरा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ मन्त्रालयले निर्देशन दिएको छ । साथै मन्त्रालयले विमान कम्पनिहरुलाइ पनि सोहि बमोजिम गर्न जानकारी गराएको छ । 
नेपाली हवाई उद्योगको प्रारम्भदेखि हालसम्म वैदेशिक जनशक्तिबाट हवाई उद्योग संचालन हुदै आए पनि यसअघि भने त्यस्तो जानकारी मन्त्रालयले गराएको थिएन । मन्त्रालय अन्र्तगतको हवाई सम्झौता, वायुसेवा तथा विमानस्थल संचालन महाशाखाका सहसचिव सुरेश आचार्यले छोटो समयका लागी आउने विशेषज्ञको हकमा निर्देशन लागु नहुने बताए । ‘सकेसम्म नेपालीलाइ नै लगाउनु राम्रो तर विदेशी ल्याउनैपर्ने भएमा छोटो समयको लागी आउने विशेषज्ञको हकमा समस्या छैन ।’ आचार्यले भने । विशेषज्ञलाइ सबै प्रक्रिया पु¥याउन नपर्ने गरि सहजीकरण गरिदिन प्राधिकरणलाइ अनुरोध गरिएको उनले जानकारी दिए । मन्त्रालयले सरोकारवालाहरुलाइ पठाएको पत्रमा कति समयावधि सम्म नेपालमा काम गर्ने वैदेशकि जनशक्तिलाई श्रम स्विकृति र गैर पर्यटक भिसा अनिवार्य गरिएको भन्ने उल्लेख गरिएको छैन । 

छोटो समयका लागि आउने जनशक्तिका लागी समेत सम्पूर्ण प्रक्रिया पु¥याउनु पर्दा समस्या हुने गरेको वायुसेवा सञ्चालकहरुको गुनासो छ । लामो समयका लागि काम गर्न आउने वैदेशिक जनशक्तिका लागि आवश्यक प्रक्रिया पु¥याउदै आए पनि  पर्यटन मन्त्रालयले गत आकस्मिक रुपमा पत्राचार गरेपछि समस्या सृजना भएको उनीहरुको भनाइ छ । गृह मन्त्रालयको आग्रह बमोजिम भन्दै पर्यटन मन्त्रालयले प्राधिकरण मार्फत् विमान कम्पनीमा कार्यरत वैदेशिक जनशक्तिका लागि श्रम स्विकृति र गैर पर्यटक भिसा माग गर्न पत्राचार गरेको थियो । 
मन्त्रालयका अनुसार विमान कम्पनिको समस्याका सम्बन्धमा छलफल भइरहेको छ । ‘मन्त्रालयको उद्धेश्य विमान कम्पनिलाइ अप्ठ्यारो पार्ने होइन । सहजिकरण गर्ने हो ।’ सहसचिव आचार्यले भने । नया“ व्यवस्थाका लागी प्रक्रिया अगाडी बढेकोले केहि दिनमै मन्त्रालय निर्णयमा पुग्ने उनले बताए । 
विमान मर्मत सम्भारदेखि सञ्चालनका लागि समेत वैदेशिक जनशक्ति अनिवार्य भएकाले केहि दिनका लागि श्रम स्विकृति र गैर पर्यटक भिसा लिनुपर्दा कम्पनिलाइ समस्या परेको सञ्चालकहरुको दावी छ । मन्त्रालयले समयावधि निर्धारण नगरेका कारण केहि दिनका लागि समेत प्रक्रिया अनिवार्य हुदा विमान बन्दै गर्नुपर्ने अवस्था रहेको सिम्रिक एयरका महाप्रबन्धक योगराज क“डेलले बताए । उनका अनुसार नया विमानको परीक्षण उडानदेखि पाइलटको परीक्षण उडान तथा मेन्टिनेन्सका लागि समेत वैदेशिक जनशक्ति अनिवार्य छ । 
श्रम स्विकृतिका लागि विमान कम्पनीले उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, गृह मन्त्रालय तथा अर्थ मन्त्रालय धाउनु पर्ने लामो प्रक्रिया छ । श्रम स्विकृति लिन लामो समय तथा झन्झटिलो प्रक्रियाका कारण सो समयसम्म विमान बन्द गर्दा कम्पनीहरु मार पर्ने महाप्रबन्धक कडेलले बताए । 
मन्त्रालयले भने श्रम ऐन तथा नियमावली अनुसार काम गर्न आउने वैदेशिक जनशक्ति पर्यटक भिसा मार्फत काम गर्न नपाउन् भन्ने उद्देश्यले त्यस्तो निर्देशन दिइएको जनाएको छ । विमान कम्पनिले उठाएका समस्या बारे मन्त्रालय, प्राधिकरण र वायुसेवा सञ्चालकहरु बीच दुई चरणमा छलफल भइसकेको र आवश्यक निर्णय लिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले कार्यदल गठन गर्ने निर्णय गरेको बताइएको छ । कार्यदलको निष्कर्षपछि मात्र दीर्घकालिन समाधान निकालिने मन्त्रालयले जनाएको छ ।

Saturday, April 21, 2012

प्रचण्डपुत्रको टोली लियाजोविनै बेसक्याम्पमा


लक्ष्मीप्रसाद खतिवडा

काठमाडौं, ७ वैशाख । सगरमाथा आरोहण अभियानमा रहेको एकीकृत नेकपा  (माओवादी) अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशसम्मिलित टोली मन्त्रिपरिषद्बाट रोयल्टी छुटको निर्णय नै नगराई सगरमाथा चढ्न गएको खुलासा भएको छ । टोलीले न रोयल्टी तिरेको छ न त छुटको निर्णय नै गराएको छ । सरकारले रोयल्टी नतिर्ने वा मिनाहा नपाउनेहरूका साथ सम्पर्क अधिकृत पठाउदैन । सम्पर्क अधिकृत नभएको टोलीले सगरमाथा चढ्न पाउदैन ।
सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर अर्थात् करिब दुई लाख ५० हजार रुपिया रोयल्टी तिर्नुपर्ने प्रावधान छ । टोलीमा १० आरोही छन् ।
प्रकाश दाहालले आफ्नो फेसबुकमा राखेको तस्विर । 
विदेशी आरोहीले अनिवार्य रोयल्टी तिर्नुपर्छ भने नेपालीको हकमा मन्त्रिपरिषद्को निर्णयबाट छुट हुन सक्ने प्रावधान छ । रोयल्टी छुटको निर्णय नभएका कारण पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहण दलका लागि कसैलाई सम्पर्क अधिकृत खटाएको छैन । ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पर्वतारोही दलले सरकारले तोकेको एकजना सम्पर्क अधिकृत अनिवार्य लैजानुपर्ने कानुनी व्यवस्था छ तर टोलीले विनासम्पर्क अधिकृत ६ हजार १ सय ८९ मिटर अग्लो आइल्यान्ड पिक आरोहण गरिसकेको छ ।
हिमाल आरोहणको अनुमति दिने पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका सहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रिपरिषद्को निर्णयविना सम्पर्क अधिकृत खटाउन नमिल्ने भएकाले कसैलाई नखटाइएको बताए । ‘क्याबिनेटले रोयल्टीबारे निर्णय नगरेका कारण टोलीमा सरकारी प्रतिनिधि गएको छैन,’ सापकोटाले भने । प्रक्रिया पूरा नभई सम्पर्क अधिकृत खटाउन नसकिने उनले स्पष्ट पारे ।
आरोहणको व्यवस्थापन गरिरहेको कम्पनी एसियन टे«किङले प्रकाशको टोली आइल्यान्ड पिक आरोहण गरेर बेसक्याम्पमा ‘आराम’ गरिरहेको जनाएको छ । यसलाई ‘बडी एक्लोमेटाइज’ गर्ने भनिन्छ । एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले रोयल्टी छुट तथा सम्पर्क अधिकृतबारे अनभिज्ञता प्रकट गर्दै सगरमाथा आरोहणका लागि लामो समय लाग्ने भएकाले सरकारले सम्पर्क अधिकृत खटाउने बताए । ‘सम्पर्क अधिकृत गएका छैनन् तर चा“डै जाने अपेक्षा छ,’ उनले भने । नेपालीले रोयल्टी तिर्नु नपर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय आवश्यक नहुने दाबी उनले गरे ।
हिमाल आरोहणको आधिकारिकताका लागि सम्पर्क अधिकृत अनिवार्य हुन्छ । पर्यटन मन्त्रालयका अनुसार आरोहण पुष्टिका लागि सम्पर्क अधिकृतले आरोहणको समय खुल्ने तस्बिर, त्यसको भिडियो फुटेज तथा आधिकारिकता प्रदान गर्नका लागि प्रयोग गरेको सञ्चार उपकरणको रेन्ज तथा त्यसको कल डिटेल पेस गर्नुपर्छ । ‘सम्पर्क अधिकृतविना आरोहणको पुष्टि नै हुदैन,’ मन्त्रालयका एक अधिकारीले भने । पर्यटन ऐन २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ८ मा सरकारले पर्वतारोहणमा जाने आरोहण दलका लागि सम्पर्क अधिकृत खटाउने उल्लेख छ । यसअनुसार सगरमाथासहित नेपालका तीन सय २६ वटा हिमाल आरोहण गर्न सम्पर्क अधिकृत जरुरी हुन्छ ।

ल्यापटपको विकल्प ट्याब्लेट


लक्ष्मीप्रसाद खतिवडा

युवा लेखक निर्मल थापाले ल्यापटप थन्क्याएर चिटिक्कको ट्याब्लेट पिसी बोक्न थालेको एक महिना भयो । बोक्न सजिलो, ल्यापटपले गर्ने सबैजसो काम गर्न सक्ने र स्टाइलिससमेत भएकाले धेरै युवाको रोजाइमा पर्न थालेको छ– ट्याब्लेट । ‘डायरी र ल्यापटपको झन्झटबाट मुक्ति मिलेको छ’ –थापा भन्छन् । ट्याब्लेटले डेक्सटप कम्प्युटर र ल्यापटपको युग समाप्त गर्न लागेको थापालाई लाग्छ ।
सूचनाप्रविधिका क्षेत्रमा जन्मेको सम्भवतः सबैभन्दा कान्छो तर महत्वपूणर् उपकरण् हो– ट्याब्लेट पिसी । स्मार्ट फोन र आइफोनजस्ता उपकरण्लाई चुनौती दिदै यस्तै काम गर्ने विभिन्न ब्रान्डका आधुनिक ट्याब्लेट बजारमा आइसकेका छन् । नेपालको सहरी जनजीवनमा ट्याब्लेट पिसीको बढ्दो आकर्षण्ले सूचनाप्रविधिप्रति नेपालीको चासो र लगावको समेत संकेत गरेको छ । कामकाजी मान्छेका लागि बाटामा हिडिरहेका बेला आङ्खनो अफिसियल काम गर्न तथा इनबक्समा भएका इमेल हेर्न र प्रत्युत्तर लेख्न यसबाट धेरै सजिलो भएको छ ।
घन्टौ“ लोडसेडिङ हुने मुलुकका प्रविधिप्रेमी थोरैबेर चार्ज गरेर धेरैबेर काम गर्ने र बिजुली पनि कम खपत हुने उपकरण खोजिरहेका थिए । त्यो आवश्यकता पूरा गरिदिएको छ, ट्याब्लेटले । हरेक काम कम्प्युटरले गर्नुपर्ने जमानामा साना, छरिता र आकर्षक ट्याब्लेटले डेक्सटप र ल्यापटपको स्थान लिने प्रयास गरिरहेका छन् ।
सन् २०१० अप्रिल ३ मा आइप्याड वान बजारमा ल्याएर एप्पल कम्पनीले सूचनाप्रविधि क्षेत्रमा नया तरंग फैलाएको थियो । बजारमा आएको ८० दिनमै विश्वभर ३० लाखवटा आइप्याड वान बिक्री भएका थिए । छोटो समयमै ट्याब्लेटले पनि नेपाली बजारमा कब्जा जमाउन थालिसकेको छ ।
एप्पललाई पछ्याउदै ग्यालेक्सी स्मार्टफोन सिरिज उत्पादन गरिरहेको कोरियाली कम्पनी सामसुङले पनि २०१० सेप्टेम्बरमा ग्यालेक्सी ट्याब सार्वजनिक गर्‍यो । एप्पल र सामसुङलाई पछ्याउदै अरू थुपै्र कम्पनीले ट्याब्लेट पिसी बजारमा ल्याए । फलस्वरूप यो आम मानिसको पहुचमा आयो । महगो एप्पल अफोर्ड गर्न नसक्नेका लागि विकल्प बने, सस्ता ट्याब्लेट ।
सूचनाप्रविधि क्षेत्रमा अध्ययन गर्ने कम्पनी गार्टनरले सन् २०११ मा पाच करोड ४८ लाखवटा ट्याब्लेट पिसी बिक्री भएको बताएको छ । सन् २०१४ सम्ममा यो संख्या २० करोड आठ लाखसम्म पुग्ने कम्पनीले अनुमान गरेको छ । नेपाली बजारमा भने एप्पलको आइप्याड, सामसुङको ग्यालेक्सी, ओलिभ प्याड, प्रोलिंकको टी एट, ग्लोबल ट्याब, जेडटिई लाइटसहित दर्जनौ ट्याब्लेट पिसी उपलब्ध छन् ।

क्यासिनोको रोयल्टी उठाउ : लेखा


 सौर्य समाचार
काठमाडौं, ६ वैशाख । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले क्यासिनोको बक्यौता रकम असुल गर्न निर्देशन दिएको छ । समितिको बुधवार बसेको वैठकले बक्यौता रकम नतिर्ने क्यासिनोहरूलाई थप केही समय दिएर रकम उठाउन अर्थ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै वैठकले देशव्यापी रुपमा अनुमति दिइएको ‘इलेक्ट्रोनिक गेमिङ’ पनि तत्काल रोक्न पर्यटन मन्त्रालयलाइ निर्देशन दिएको छ । 
विना कानुन र कार्यविधि क्यासिनो तथा इलेक्ट्रोनिक मेसिनका माध्यमबाट क्यासिनोको नाममा गैरकानुनी धन्दा भइरहेकाले भन्दै लेखा समितिले त्यसलाई रोक्नुपर्नेमा जोड दिएको छ । यसअघि समितिले गत बर्ष पुसमा नै इलेक्टोनिक गेमिङ रोक्न निर्देशन दिएको थियो । 
वैठकमा राजस्व अनुसन्धान विभागका अधिकारीले २०६८ मङ्सिरसम्म ७ वटा क्यासिनोले सबै रोयल्टी  बुझाएको र ३ वटाले बुझाउन बाकी रहेको जानकारी दिएका थिए । रोयल्टी बुझाउने क्यासिनोमा क्यासिनो एभरेष्ट, क्यासिनो तारा, क्यासिनो साङ्ग्रिला, क्यासिनो ग्राण्ड, क्यासिनो भेनस र क्यासिनो ¥याड छन् । क्यासिनो रोयलले ४ करोड ५६ लाख, क्यासिनो नेपालले १६ करोड ९३ लाख ९८ हजार ६०४, क्यासिनो फूलबारी पोखराले ६ करोड ७९ लाख ९१ हजार ६६७ र क्यासिनो अन्नाले ११ करोड ८३ लाख ३२ हजार ६१ रुपैया रोयल्टी रकम बुझाउन बँकी रहेको विभागले जनाएको छ । 
बैठकमा अर्थमन्त्री बर्षामान पुन तथा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले आ आफ्नो मन्त्रालयका तर्फबाट भए गरेका काम कारवाहिबारे जानकारी गराएका थिए । अर्थमन्त्री पुनले रकम तिर्न चाहने क्यासिनोलाई उपयुक्त वातावरण बनाउन र नतिर्नेलाई नियमअनुसार नियमन गर्न अर्थ मन्त्रालय तयार रहेको बताए । त्यस्तै पर्यटन मन्त्री विष्टले मन्त्रालयको पहलमा १९ करोड रुपैया भन्दा बढि रोयल्टी उठेको जानकारी दिदै स्पष्ट निति नियमको अभावमा क्यासिनोको बक्यौता रकम उठाउन नसकिएको बताए । 
क्यासिनो बन्द गराएर मजदुरको रोजगारी र अरवौं लगानी डुबाउने पक्षमा आफू नरहेको भन्दै उनले त्यसलाई नियमसंगत बनाउन मन्त्रालय लागि परेको बताए । वैठकमा सभासद्हरुले क्यासिनोलाई नियम कानुनअनुसार सञ्चालन गराउन सरकारले नै विशेष पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Thursday, April 19, 2012

बुद्धको बोइङ अट्ने ह्याङ्गर


सौर्य समाचार

काठमाडौं, ६ वैशाख । निजी वायुसेवा कम्पनी बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बोइङ तथा एयरबसका जहाजसमेत अट्ने आधुनिक ह्याङ्गर निर्माण गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को आर्थिक सहयोगमा कम्पनीले अन्तर्राष्ट्रियस्तरको ह्याङ्गर निर्माण सम्पन्न गरेको हो । २५ लाख अमेरिकी डलर अर्थात् करिब २० करोड ५० लाख रुपिया लागतमा निर्माण गरिएको ह्याङ्गरमा बोइङ ७३७ तथा एयरबस ३२० जहाज अट्ने बताइएको छ ।
३७ हजार वर्गफिटमा फैलिएको ह्याङ्गरमा सुरक्षित उडान सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरका करिब ७५ करोड रुपिया बराबरका पार्टपुर्जा भण्डारण गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले ह्याङ्गर निर्माणका लागि आइएफसीसग सन् ००८ मै सम्झौता गरेको भए पनि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध नगराएका कारण काम सुरु गरेको थिएन । दुई वर्षअघि शरत्सिंह भण्डारीका पालामा जग्गा उपलब्ध गराउने निर्णय भएपछि ०१० मा निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ ।
प्राधिकरणबाट जग्गा भाडामा लिएर ह्याङ्गर निर्माण गरेको कम्पनीले प्राधिकरणलाई प्रतिमहिना प्रतिस्क्वायर फिट एक सय ६५ रुपिया बुझाउनु पर्छ । यसअनुसार वार्षिक करिब ६५ लाख रुपिया जग्गाभाडा तिर्नुपर्ने कम्पनीले जनाइएको छ । बुधबार आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले ह्याङ्गर उद्घाटन गरे । सो अवसरमा मन्त्री विष्टले हवाई सेवामा निजी क्षेत्र अगाडि आउनु सकारात्मक भएको उल्लेख गर्दै सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने बताए । साना जहाज ल्याएर दुर्गम क्षेत्रमा पनि सेवाविस्तार गर्न उनले आग्रह गरे । सुगम गन्तव्यमा उडान गर्नुपर्ने वायुसेवा कम्पनीले दुर्गममा पनि उडान गर्नुपर्ने प्रावधान भए पनि बुद्धले सुगममा मात्र उडान गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले नेपालको हवाईक्षेत्रमा बुद्ध एयरले कोसेढुंगा स्थापित गरेको बताउदै लगानी बढे पनि थोरैमात्र सफल भएको बताए । कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत तथा एटिआर र आइएफसीका प्रतिनिधि उपस्थित थिए ।
ह्याङ्गर उद्घाटनसगै कम्पनीले ५०० सिरिजको अर्को एउटा एटिआर ७२ जहाज किन्ने घोषणा गरेको छ । आगामी सेप्टेम्बर पहिलो सातासम्म आइपुग्ने बताइएको सो जहाज खरिदका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र जहाजनिर्माता कम्पनी एटिआरका सिइओ फिलिपो ब्याग्नोटोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । करिब ६५ करोड रुपिया पर्ने सो जहाजबाट बजारको मागअनुसार सुगम गन्तव्यहरूमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ । दुर्गम गन्तव्यमा उडान गर्न ट्विनअटर जहाज ल्याउने गृहकार्य सुरु भएको र सन् ०१४ सम्ममा तीनवटा ट्विनअटर जहाज आइपुग्ने कम्पनीले बताएको छ । कम्पनीसग हाल तीनवटा बिचक्र्याºट १९००, तीनवटा एटिआर ४२ र दुईवटा एटिआर ७२ जहाज छन् ।

Wednesday, April 18, 2012

गुण एयरलाइन्सको उडान दुइ सातामा


सौर्य समाचार
काठमाडौं, ५ वैशाख । निजि क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सको उडान सेवा दुई सातामा सुचारु हुने भएको छ । प्राविधिक समस्याका कारण आकस्मिक रुपमा गत महिना बन्द भएको उडान चा“डै सुचारु हुने कम्पनिले जनाएको छ । 
तीनवटा बीचक्राफ्ट जहाज संचालन गर्दै आएको एयरलाइन्सका जहाज मर्मत गर्नुपर्ने भएपछि सेवा बन्द हुन पुगेको थियो । सकेसम्म चाडै सेवा संचालन गर्ने जनाए पनि इन्जिन तथा विमानका स्पेयर पार्ट्स विदेशबाट आइपुग्न समय लागेका कारण सेवा संचालनमा ढिलाई हुन पुगेको कम्पनिले बताएको छ । ‘जहाजको इन्जिन र स्पेयर पार्टस आउन समय लागेकाले समयमै सेवा सुचारु गर्न सकेनौ’ गुण एयरलाइन्सका प्रमुख रणनितिक अधिकृत घनश्याम आर्चायले भने । 
आचार्यका अनुसार जहाजको इन्जिन नेपाल आइपुगि सकेको छ । बुधबारबाट जहाजमा इन्जिन जडान कार्य शुरु गरि दुई साता भित्र उडान सुचारु गरिने उनले जानकारी दिए । ‘आगामी दिनमा प्राविधिक कारणले सेवा बन्द हुन नसक्ने गरि तयारी भइरहेको छ ।’ आचार्यले भने । जहाजको इन्जिन ‘ओभरहल’ गरेपछि इन्जिन परीक्षणका लागि परीक्षण उडान गर्नुपर्ने हुन्छ । उडान सुचारु गर्न लाग्ने समय बारे कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी गराई सकेको छ । १५ दिन भन्दा बढि सेवा बन्द गर्नुपर्ने भएमा नागरिक उड्डयन प्राधिकरणलाइ समेत जानकारी गराउनुपर्ने हुन्छ । 
उडान बन्द गर्दा यात्रुले असुविधा व्यहोर्नुका साथै दैनिक १० लाख गुमाउनु परेको कम्पनिको भनाइ छ । कम्पनिले काठमाडौंलाइ आधार बनाएर गुणले माउन्टेन फ्लाइटका साथै विराटनगर, भैरहवा, विराटनगर, पोखरा लगायत ६ वटा सुगम गन्तव्यमा उडान गरिरहेको छ । ६ वटा गन्तव्यमा उडान गर्दै आएको थियो । दुई वर्ष अघिदेखि सेवा संचालन गरेको गुण एयरलाइन्स ‘गुण गु्रप’ अन्र्तगत सञ्चालित छ । 
कम्पनिले विना कुनै जानकारी उडान बन्द गर्दा यात्रुलाइ असुविधा पुगेको ट्राभल एजेन्सी सञ्चालकहरुले बताएका छन् । जहाज मर्मत गर्नुपर्ने भन्दै दुइ साता उडान बन्द गर्ने कम्पनिले जनाएको थियो । गुण एयरलाइन्स यात्रु संख्याको आधारमा मुलुकको चौथो ठूलो वायुसेवा कम्पनि हो । यसले सन् २०११ मा ५ हजार ५ सय ७६ उडान गरि ७७ हजार ८ सय ८९ यात्रु बोकेको नागरिक उड्डन प्राधिकरणको तथ्यांक छ ।

Tuesday, April 17, 2012

अझै परीक्षा भएन वायुसेवा निगममा


लक्ष्मीप्रसाद खतिवडा 

काठमाडौं, ४ वैशाख । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि आवेदन मागेको ६ महिना भइसक्दा पनि परीक्षा गराउन सकेको छैन । आन्तरिक कारण भन्दै निगमले परीक्षा सञ्चालन नगरेको हो ।

लामो समयसम्म परीक्षा नहुँदा तनाव भएको आवेदकहरूको गुनासो छ । निगमले वरिष्ठ सहायक, वरिष्ठ लेखासहायक, लेखाअधिकृत र प्रशासनअधिकृत पदका लागि गत १७ कात्तिकमा आवेदन मागेको थियो । चारवटा पदमा एक सय १९ जनाका लागि करिब २५ हजार प्रतिस्पर्धामा उत्रिएका भए पनि उनीहरूले अहिलेसम्म परीक्षा दिन पाएका छैनन् ।
निगम मानव संशाधन विभागअनुसार परीक्षा सञ्चालनका लागि स्टाफ कलेजलाई आग्रह गरिएको छ तर कलेजले बढी रकम माग गरेकाले समस्या भइरहेको बताइएको छ । ‘हामीले प्रतिव्यक्ति प्रतिपद पाँच सय रुपियाँ उठाएका छौँ, कलेजले सात सय रुपियाँ मागेको छ,’ निगमका एक अधिकारीले भने । संख्या धेरै भएकाले आफैंले परीक्षा गराउन सक्ने अवस्था नरहेको निगमको भनाइ छ । घाटा खाएरै भए पनि असार मसान्तसम्ममा परीक्षा गराउने योजना निगमको छ ।
निगम प्रवक्ता राजुबहादुर केसीले आवेदक धेरै भएकाले परीक्षाका लागि समय लागेको भए पनि प्रक्रियाअन्तर्गत नै परीक्षा गराउने दाबी गरे । परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगलाई पनि अनुरोध गरिएको उनले जानकारी दिए । निगममा रिक्त रहेका थुपै्र पदमा पर्यटनमन्त्री तथा सञ्चालक समिति सदस्यहरूले करारमा भर्ना गरेकाले पनि परीक्षा गराउन गाह्रो भएको बताइएको छ । ‘यिनैले आन्दोलन गरेर पनि परीक्षा रोक्न सक्छन्,’ निगमका एक अधिकारीले भने । पर्यटनमन्त्री लोकेन्द्र विष्टको सिफारिसमा दैनिक एक/दुईजना आफन्त तथा कार्यकर्ता निगममा आउने गरेको बताइएको छ । हालसम्म मन्त्रीको सिफारिसमा करिब ६० जना कर्मचारी करार तथा ज्यालादारीका रूपमा भर्ना भइसकेको निगमस्रोतले जनाएको छ । त्यस्तै, सञ्चालक समिति सदस्यहरू भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा र पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले समेत निगममा आफन्तलाई जागिर दिलाएको बताइएको छ ।
निगमले खुला गरेको माग संख्या हालसम्मकै बढी हो । पदका लागि परेको आवेदन पनि रेकर्ड नै कायम भएको छ । हवाई उडानमा निरन्तर घाटामा रहेको संस्थानले आह्वान गरेको विज्ञापनमा पदसंख्या भन्दा एक सय ९३ गुणाबढी आवेदन परेको छ ।
निगमले नियमितरूपमा पदपूर्तिको आवेदन खुला नगर्दा एकैचोटि यति धेरै आवदेन परेको हो । जागिरका लागि बाह्य व्यक्तिहरूले दलालीसमेत थालेको भन्दै निगम व्यवस्थापनले विज्ञप्ति जारी गर्नुपरेको थियो । हाल निगममा एक हजार पाँच सय कर्मचारी छन् ।

स्वादभन्दा स्वास्थ्यमा जोड


महिला स्वास्थ्य तथा पोषणका क्षेत्रमा विशेषज्ञको नाम हो डा. अरुणा उप्रेती । बेलायत-नेपाल मेडिकल ट्रस्टको टेक्निकल सल्लाहकार उप्रेतीले स्वदेशमा मात्र नभएर पनि विदेशमा पनि आफ्नो विशेषज्ञता देखाइसकेकी छन् ।
भान्सामा डा. अरुणा
सधैंभरि अस्पताल अनि बिरामीकै वरिपरि घुमिरहने यी नारी भान्सामा भने कमै छिर्दी रहिछन् । तैपनि बिहानको चिया भने प्रायः आफैं पकाउँदी रहिछन् । बिहान साढे ५ बजे चिनी नभएको कालो वा लेमन चिया पाक्छ उनका हातबाट- ‘घरमा आउने पाहुनालाई दिने चिया पनि यस्तै हो, स्वास्थ्यका लागि राम्रो र बनाउन पनि सजिलो !’
त्यसो त भ्याएका बेला भने खाना पनि नबनाउने कहाँ हुन् र उनी ! प्रायः उनको भान्सामा ‘सिम्पल’ खानेकुरा पँक्छ रे- दाल, भात, तरकारी र अचार । एक्लै हुँदा दाल, चामल, तरकारी एकैठाउँ मिसाएर खिचडी पकाउँछिन् । केही समयअघिसम्म दुई थोक तरकारी पाक्ने गरेको तर महँगी बढेपछि त्यो घटेर ‘एक थोक’ मात्र भएको रहेछ । टुसा उमारिएको चना, केराउ वा मेथीको सलाद र दहीमही उनका भान्सामा कहिल्यै टुट्दैनन् । धनियाँ, पुदिना र गोलभंेडाको अचार निकै मन पराउँछिन् । दहीमही घरमै बनाउँछिन्, डेरीबाट दूध ल्याएर ।
महीमा कोदो र फापरको पिठो घोलेर बनाइएको कडी उनलाई मनपर्ने अर्को आइटम हो । घरमा मम, चाउमिनजस्ता फास्टफुड बनाएर खाने चलनै रहेनछ । खाना बनाउँदा डढ्ने, पोखिने, उम्लिने तथा हात पोल्ने धेरै हुन्छ रे ! सुनाइन्- ‘खाना बनाउने काममा धेरै चाख नभएर पनि हो कि !’ उप्रेतीको भान्सामा विशेष परिकारको खोजी हुँदैन, कसैको विशेष च्वाइस छैन । जे उपलब्ध छ, त्यही पाक्छ । घरमा पाहुनाको जमघट हुँदा पनि टुसा उमारिएको सलाद र कोदो र  फापरको रोटी नै बन्छ, बेलुकीबेलुकी ।
अफिसियल कामका लागि बारम्बार विदेश गइरहने उप्रेती त्यता पनि साधारण खानेकुरामै जोड दिन्छिन् । ‘सुडान, अफगानिस्तान, श्रीलंकाजस्ता देशमा  जे भेट्यो त्यही खानुपर्छ, च्वाइसको त चान्स नै हुँदैन’ -उनी भन्छन् । त्यही बानी लागेर आफूमा खानाको सोख नपलाएको उनलाई लाग्छ ।
श्रीमान् डा. विश्वबन्धु शर्मा मनोचिकित्सक हुन् । मेडिकेयर हस्पिटलमा काम गर्ने शर्माको आफ्नै क्लिनिक पनि छ । ‘उहाँले खानामा कुनै कमेन्ट गर्नुहुन्न । खासै मन पनि पराउनुहुन्न । तिमीले खाना नपकाएकै राम्रो भन्नुहुन्छ’,उनले सुनाइन् । ‘शाकाहारी’ अरुणाको भान्सामा माछामासु निकै कम पाक्छ । मासु उनी आफू बनाउँदिनन् । सहयोगीले बनाइदिन्छन् । मासु नखाने भएकाले विदेशमा निकै समस्या हुने गरेको उनले बताइन् ।
सकेसम्म अर्गानिक खानेकुरा उनको प्राथमिकतामा पर्छ, त्यसैले तरकारी किन्दा ताजा नै रोज्छिन् । श्रीमान्ले कहिलेकाहीँ तरकारी किनेर ल्याइदिए पनि भान्सामा सहयोग भने गर्दैनन् रे ! भनिन्- ‘पाहुना आउँदा आवश्यक सामान ल्याइदिनुहुन्छ । मेनु बनाउनुहुन्छ । अरू सबै काम गर्ने भएकाले भान्सामा सहयोग गर्दिए हुन्थ्यो भन्ने पनि लाग्दैन ।’ त्यसो त भान्सामा छँदा एक्लै खट्न मन पराउँछिन्, आधा घन्टामा सबै थोक पकाइसक्छिन् । भान्सामा एक्लै काम गर्न रमाइलो लाग्छ उनलाई ।
भान्साको सरसफाइमा निकै जोड दिन्छिन् । पोषणसम्बन्धी अध्ययन गरेकी अरुणा भान्सामा पनि आफूले आर्जन गरेको ज्ञान उपयोग गर्छिन् । मीठो बनाउनेभन्दा स्वस्थकर बनाउनेमा उनको जोड हुँदो रहेछ । ‘चिल्लो, पिरो र मसालेदार खाना मीठो भए पनि स्वास्थ्यलाई असर गर्छ’, उनले सुझाइन्- ‘स्वाद हैन, स्वास्थ्यलाई ध्यान दिऊँ ।’
प्रायः स्टिलका भाँडाहरूका बीचमा गाउँघरतिर विस्थापन हुन थालिसकेको फलामको एउटा भाँडो पनि प्रयोग हुन्छ उनको भान्सामा । दाल, तरकारी पकाइसकेपछि एकपटक त्यो भाँडामा हालेर उमाल्दी रहिछन् । यसबाट आइरन प्राप्त हुने र मीठो पनि हुने उनी बताउँछिन् । ‘बच्चालाई पोषण पुर्‍याउन पनि यस्तो भाँडामा पकाइएको खानेकुरा उपयोगी हुन्छ’ -पोषणसम्बन्धी लेख संगृहीत पुस्तक बजारमा ल्याउन लागेकी डाक्टरले सुझाव दिइन् ।
तत्कालीन सोभियत सङ्घमा पढ्दा होस्टेलमा आफैंले पकाउनुपरेकाले खाना बनाउन सिकेकी उनले यससम्बन्धी कुनै त्यस्तो तालिम लिएकी छैनन् । ‘सानोमा खाना बनाउनेतिर ध्यान गएन, रसियामा बाध्यताले सिकियो’ -उनी भन्छिन् ।
जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यही खान सुझाव दिने अरुणा कोदो, फापर, मकै बेचेर प्याकेटको खानेकुरा खाने प्रवृत्ति बढेको देख्दा चिन्तित हुन्छिन् । उनी आफूचाहिँ गाउँबाट कोदो, फापर, गुन्द्रुक, तामा मगाइरहँदी रहिछन् । त्यसबाहेक कुनै ठाउँमा पुग्दा पनि त्यहाँका स्थानीय उत्पादन ल्याउनमा उनी चनाखो छिन् ।

शब्द/तस्बिरः लक्ष्मीप्रसाद खतिवडा

Monday, April 16, 2012

फस्टाउदै ‘माइस’ पर्यटन


काठमाडौं, ३ वैशाख । पर्यटक बढाउन सरकारले ‘मिटिङ इन्सेन्टिभ कन्फ्रेन्स एक्जिबिसन (माइस)’ पर्यटन प्रवद्र्धन गर्ने नीति लिएपछि तारे होटलले यसबाट राम्रो आम्दानी गर्न थालेका छन् । अन्तराष्ट्रिय स्तरका सभा सम्मेलन नेपालमा हुन थालेपछि पाचतारे होटलको आम्दानी र अकुपेन्सी बढेको हो । 
सरकारले बजेटमार्फत् माइस पर्यटन प्रवद्र्धन गर्न सयभन्दा बढी पर्यटक भित्र्याउने व्यवसायीलाई ५ लाख रुपैया उपलब्ध गराउने घोषणा गरेपछि पर्यटन व्यवसायी उत्साही भएका छन् । गत बर्ष एसियाली पर्यटन मन्त्रीहरुको सम्मेलन, पाटा ट्राभल मार्ट,  मेडिकल कंग्रेसको अन्तराष्ट्रिय सम्मेलन, अल्पाइन क्लवहरुको अन्तराष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय होटल रेष्टुरेन्ट एसोसिएसनको वल्र्ड कंगे्रेस लगायतका २ दर्जन कार्यक्रम नेपालमा भएको पर्यटन बोर्डले जनाएको छ । 
‘अफ सिजन’ का लागि माइस होटलको राम्रो आम्दानीको श्रोत भएको सञ्चालकहरु बताउछन् । होटल सोल्टीको ६० प्रतिशतभन्दा बढी आम्दानी सभा सम्मेलनबाट हुने व्यवस्थापनले जानकारी दिएको छ । अन्य तारे होटलमा समेत माइसका कारण अकुपेन्सी बढेको छ । माइस पर्यटक बढाउन सरकारले होटल व्यवसायीहरुलाइ आफ्नो क्षमता बढाउन आग्रह गर्दै आएको छ । राजधानीका पाचतारे होटलमा ७ सय क्षमतासम्मका सभाकक्ष छन् । 
सरकारले गत आर्थिक बर्षको बजेटमै सयभन्दा बढी विदेशी पाहुना हवाई मार्गबाट ल्याएर कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाइ ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको थियो । चालु आवको बजेटमा पनि यसलाइ निरन्तरता दिइएको छ । कुनै पनि व्यक्ति वा संस्थाले एकपटकमा सयभन्दा बढी हवाई मार्गबाट नेपाल आउने विदेशी राहदानी बाहकलाई सहभागी गराई सभा सम्मेलन गोष्ठी बैठक वा अन्तरक्रिया आयोजना गरेमा त्यस्तो आयोजकलाई प्रमाणका आधारमा सरकारका तर्फबाट ५ लाख रुपैया नगद सहयोग उपलब्ध गराइने बजेटमा उल्लेख छ । 
माइस पर्यटनका लागि पर्यटन मन्त्रालयले तयार गरेको कार्यविधिमा रकम उपलब्ध गराउन ई–टिकट आउनेको पासपोर्ट तथा भिसा परिचयपत्र होटलमा बसेको प्रमाण र कार्यक्रमको अडियो तथा भिडियो उपलब्ध गराउनुपर्ने उल्लेख छ ‘इभेन्ट पर्यटन’ समेत भनिने माइसको सम्भावित बजारको रुपमा भारतमा विभिन्न कार्यक्रम भइरहेको पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले बताए । हालैमात्र बोर्डले मुम्बइमा भएको चौथो माइस पर्यटन मेलामा नेपालको प्रवद्र्धन गरेको छ । विश्वभरका होटलको कारोबारमध्ये २० देखि ३० प्रतिशत माइसबाट हुने गरेको बताइन्छ । बार्षिक १५ लाख भन्दा बढि भारतिय माइसका लागी विदेश जाने गरेको तथ्यांक छ । यो संख्या बार्षिक २० प्रतिशतले बढिरहेको बताइएको छ । 
छोटो उडान अवधि तथा सहज हवाइ सम्पर्कका कारण भारतियलाइ माइसका लागी आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरु बताउछन् । माइसका लागी आउने पर्यटक अन्य गतिविधिमा पनि सम्लग्न हुने भएकोले आम्दानी बढि हुने गर्छ ।

Sunday, April 15, 2012

लुम्बिनी प्रवर्द्धनका लागि बजेट छैन


लक्ष्मीप्रसाद खतिवडा

काठमाडौं, २ वैशाख । सरकारले सन् ०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा घोषणा गरेको ६ महिना बितिसक्दा पनि अहिलेसम्म यसको प्रचारप्रसार सुरु हुनसकेको छैन । बजेट निकासा नभएका कारण लुम्बिनीको प्रवर्द्धन हुन नसकेको हो ।

लुम्बिनि स्थित मायादेवी मन्दिर  

लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापामगर सरकारले लुम्बिनी भ्रमण वर्षलाई कुनै प्राथमिकता नदिएको बताउँछन् । ‘गत वर्ष मनाइएको पर्यटन वर्षका लागि २३ करोड रुपियाँ छुट्याइयो, लुम्बिनी भ्रमण वर्षलाई बजेट दिन कुनै चासो छैन,’ थापाले भने । लुम्बिनी भ्रमण वर्षको घोषणालगत्तै कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्र्रसारका लागि सरकारसँग ११ करोड रूपियाँ बजेटसहितको कार्यक्रम पेस गरेको थियो । तर, कोषको सो कार्यक्रम स्वीकृत हुन सकेन । त्यसपछि कोषले पुनः पाँच करोड रुपियाँको कार्यक्रम बनाएर संस्कृति मन्त्रालयसँग बजेट माग गरेको थियो । थापाका अनुसार कोषले अहिलेसम्म भ्रमण वर्षका लागि कुनै रकम पाएको छैन ।
संस्कृति मन्त्रालयका सचिव ताना गौतमले कोषको प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाए पनि अर्थले कुनै वास्ता नगरेको बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय समुदायमा प्रचार गरी बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउने अभियान बजेटका कारण रोकिन नहुनेे उनको भनाइ छ । ‘जुन उत्साहका साथ अभियानको घोषणा भयो, त्यसअनुसार बजेट र कार्यक्रम छैन,’ गौतमले भने । गैरबजेटरी कोषबाट दुई करोड रुपियाँ विनियोजन गरिदिन आग्रह गरिएको भए पनि अर्थले एक करोड ५० लाख मात्र दिने जानकारी गराएको उनले बताए ।
लुम्बिनी भ्रमण वर्ष मनाउन प्रधानमन्त्रीको संयोजकत्वमा एक सय आठ सदस्यीय मूल समिति गठन गरिएको छ । त्यस्तै संस्कृतिमन्त्रीको संयोजकत्वमा १३ सदस्यीय छुट्टै समिति छ । लुम्बिनीमा १० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले गत कात्तिक २ गते  लुम्बिनी भ्रमण वर्षको घोषणा गरेको थियो । भारत, चीन, जापान, थाइल्यान्डलगायतका मुलुकबाट बौद्धमार्गी पर्यटक भित्र्याउनेे सरकारी लक्ष्य छ ।
लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गरी लुम्बिनीमा पूर्वाधार विस्तार गर्न भन्दै भ्रमण वर्ष घोषणा गरिएको भए पनि यसका लागि बजेट नभएको कोषको भनाइ छ । सदस्य सचिव थापाका अनुसार कोषले आफ्नै स्रोतबाट भ्रमण वर्ष उद्घाटन तथा आन्तरिक गृहकार्यको लागि २० लाख रुपियाँ खर्च गरिसकेको छ ।
हाल विश्व वन्यन्तु कोष -डब्लुडब्लुएफ) को पाँच लाख र लुम्बिनीस्थित होटल कसाइको १० लाख रुपियाँको सहयोगमा लुम्बिनी क्षेत्रभित्रको एक सय आठ स्थानमा ‘माइलस्टोन’ बनाउने काम भइरहेको उनले जानकारी दिए । सरकारले लुम्बिनीमा पूर्वाधार विकासमा सहयोग गर्ने हो भने मात्र धार्मिक पर्यटक बढाउन सकिने कोषको भनाइ छ । हाल लुम्बिनी क्षेत्रमा करिब दुई दर्जन मात्र पर्यटकीय स्तरका होटल छन् । १० लाख पर्यटकीय क्षमता विस्तार गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

Saturday, April 14, 2012

पर्यटनको देशव्यापी लहर


सरकारले राष्ट्रिय महत्वका साथ घोषणा गरेको पर्यटन बर्ष २०११ अभियान पर्यटन क्षेत्रका लागी बर्ष २०६८ को सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा रह्यो । प्रमुख तिन दल सहित दुइ दर्जन बढि राजनितिक पार्टीले पर्यटनका लागी एक बर्षभरि बन्द हड्ताल लगायतका अवरोधात्मक कार्यक्रम नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘आर्थिक क्रान्तिका लागी पर्यटन’ भन्ने नाराका साथ पर्यटनका लागी एकबद्ध भए राजनितिक दल । यहि प्रतिवद्धताको आडमा पर्यटन बोर्ड तथा निजि क्षेत्रले विदेशमा नेपालको बारेमा प्रचारप्रसार गरे । 
पर्यटन बर्ष सगै देशव्यापी रुपमा पर्यटनको लहर चल्यो । नेपाल आउने पर्यटकमध्ये कम्तिमा ४० प्रतिशतलाइ नया गन्तव्यमा पु¥याउने सरकारी निति अनुसार गाउगाउसम्म पर्यटक पु¥याउन जुटे स्थानिय वासिन्दा । पर्यटनलाइ तारे होटलबाट बाहिर पु¥याउन सरकारले होमस्टेको अवधारणा ल्यायो । 
स्थानिय जनता होमस्टे सञ्चालनमा जुटे । मुलुकभर उत्सव महोत्सवको लहर चल्यो । यसअघि व्यापारिक गतिविधिमा सिमित हुने गरेको यस्ता महोत्सवमा प्याकेजिङको शुरुवात गरेर स्थानियले आफ्नो ठाउको पर्यटकीय सम्भावना खोज्न थाले । स्थानिय स्तरमा हुने संस्कृति तथा रितिरिवाजलाइ पर्यटकीय प्रयोजनमा लगाउने क्रमको शूरुवात भयो । पर्यटन र यससग जोडिएका गतिविधि बर्षैभर भइरहे । 
विश्वकै सबैभन्दा लामो तथा सबैभन्दा उचाइको पदयात्रा मार्ग द ग्रेट हिमालयन टे«ल २०६८ सालमा नै खुला भयो । विश्वभर चर्चाको विषय बनेको यो पदमार्ग नेपालको पर्यटनका लागी एउटा महत्वपूर्ण उपलब्धि हो । देशभरका महत्वपूर्ण पर्यटकीय गन्तव्य समेटिने यो पदमार्गका कारण नेपालको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार हुने विश्वास गरिएको छ । पर्यटन बर्षले व्यवसायीको मनोबल बढाउने काम ग¥यो । नेपालको छवि अन्तराष्ट्रिय बजारमा सकारात्मक हुन थालेपछि विदेशी टुर अपरेटरहरुले पनि नेपाललाइ प्राथमिकताको सूचिमा राख्न थाले । 
पर्यटन बर्षमा पर्यटक बढ्ने आशाका साथ पर्यटन व्यवसायीले लगानी थप गरे । एक बर्षभित्रमा करिव १ अर्व रुपैया लगानी आतिथ्य सत्कार उद्योगमा थपिएको तथ्यांक छ । स्थापित होटलले क्षमता विस्तार गरे भने थुप्रै नया होटल खुले । आर्थिक सर्वेक्षण अनुसार २०६८ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १२.६७ दिन पुगेको छ । पर्यटकलाइ खर्च गर्ने ठाउको अझै अभाव छ । 
पर्यटन बर्षको प्रचारका लागी बजेट छुट्याउने, पर्यटनलाइ राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिने, १ सय भन्दा बढि पर्यटक एकै कार्यक्रमका लागी भित्र्याउने कम्पनिलाइ ५ लाख रुपैया प्रोत्साहन दिने लगायतका काम गरेर सरकारले पनि पर्यटन विकासका लागी अग्रसरता लियो । सन् २०२० सम्ममा बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भिजन २०२०’ घोषणा भइसकेको छ । साथै हरेक बर्ष पर्यटन अभियान मनाउने योजनाअन्तर्गत सन् २०१२ लाइ लुम्बिनि भ्रमण बर्षको रुपमा मनाइदैछ । 
पर्यटन बर्षमा पर्यटक आगमन करिव २२ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । तर राष्ट्रिय ध्वजाबाहक सबल नहुदा पर्यटकको आधा खर्च बिदेसिने गरेको तितो यथार्थ हामी सामु छ । नेपाल आउने पर्यटकले गर्ने कुल खर्चमध्ये ६० प्रतिशत रकम हवाई भाडामा खर्च हुन्छ र यसमध्येको अधिकांश रकम विदेशी विमान कम्पनिले लैजाने गरेका छन् । नेपाली हवाइ बजारको करिव ८० अर्व रुपैयाको कारोबार मध्ये करिव ६ अर्व मात्र निगमको हात पर्ने गर्छ । 
नेपाल आउने पर्यटकले घुम्नका लागि छुट्टयाएको रकममध्ये आधाभन्दा बढी हवाई टिकटमा खर्चिनु पर्दा देशभित्र आम्दानी पर्यटक आगमनको अनुपातमा बढ्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकले पनि पर्यटक बढेको तुलनामा तिनले गर्ने खर्च बढ्न नसकेको देखाएको छ । 
नेपाली पर्यटन उद्योग अहिले पनि छिमेकी मुलुकका पर्यटकले धानिरहेको अवस्था छ । सन् २०११ मा नेपाल घुम्न आएका पर्यटकमध्ये करिब ३५ प्रतिशत छिमेकी भारत र चीनबाट आएका छन् । तुलनात्मक रुपमा यूरोपियन तथा अमेरिकन पर्यटक बढि खर्च गर्ने पर्यटकको रुपमा चिनिन्छन् तर प्रभावकारी प्रचार प्रसारको अभाव, राजनितिक अस्थिरता तथा सिधा हवाइ सम्पर्कको अभाव जस्ता कारणले तेश्रो मुलुकका पर्यटक बढ्न सकेका छैनन् । 
पर्यटन बर्ष अभियानले राष्ट्रिय अभियानको रुप ग्रहण गर्नु, पर्यटन उद्योगमा लगानी थपिनु, ग्रामिण तहसम्म पर्यटनको चेतना पुग्नु, नया गन्तव्य प्रति चासो बढ्नु, पर्यटनका लागी राजनितिक प्रतिवद्धता जुट्न सक्नु तथा होमस्टेको देशव्यापी लहर चल्नु २०६८ मा भएका पर्यटन क्षेत्रका महत्वपूर्ण उपलब्धि हुन् । तर कमजोर राष्ट्रिय ध्वजाबाहक, अव्यवस्थित अन्तराष्ट्रिय विमानस्थल, झन्झटरहित सडक यातायातको अभाव तथा तेश्रो मुलुकसग सिधा हवाइ सम्पर्क नहुनु आदि जस्ता कारणले पर्यटन क्षेत्रको विकास उत्साहप्रद रुपमा हुन सकेको छैन । 
आर्थिक क्रान्तिका लागी पर्यटन, पर्यटनका लागी संगसंगै, समृद्धिका लागी पर्यटन, समृद्धिका लागी स्थायित्व जस्ता नाराका साथ २०६८ सालभर विभिन्न पर्यटकीय गतिविधि भएका छन् । पर्यटनको प्रतिफल गाउगाउसम्म पु¥याउन गरिएको सरकारी प्रयास तथा निजि क्षेत्रको सक्रियताले पर्यटनमार्फत् समृद्धिको नारा साकार हुन सक्ने सम्भावना देखिएको छ ।

स्लिम नै सेक्सी


सामान्यतया जिरो साइजले स्लिम र सेक्सी युवतीको प्रतिनिधित्व गर्छ । मोडलिङ र फिल्मी करिअर बनाउनेका लागि सबैभन्दा बढी चासोको विषय हुनेगर्छ जिरो साइज । जिरो साइज बनाउन के के गर्दैनन् युवति डायटिङ, फास्टिङ, एक्सरसाइज आदि आदि । युवति मात्र होइन, युवक पनि मोटो हुन चाहदैनन् । स्लिम बन्ने लहर युवामा पनि छ । 
प्रविधि पनि अहिले युवतीको फिगरभन्दा बाहिर छैन । प्रविधि हाम्रो शरिरभन्दा छरितो बनिसक्यो । शरिरको साइज जस्तै प्रविधि पनि जिरो साइजमा ढल्दैछ । ल्यापटप होस् नोटबुक, ट्याब्लेट होस् वा मोबाइल अथवा पेनड्राइभ नै किन नहोस् । स्लिमको जमाना आएको छ । आफ्नो शरिर मात्र होइन ग्याजेट्समा पनि युवा वर्गको रोजाइ पर्न थालेको छ स्लिम । 
‘स्लिम नै सेक्सी । खल्तिमा राखेको पत्तै हुदैन । चलाउन पनि छुट्टै मज्जा ।’ न्यूरोडको ताम्राकार कम्प्लेक्समा मोबाइल छानिरहेका अरुणिमा कलेजका प्रदिप पौडेलले भने । स्लिम भएपनि सुविधामा कमि छैन । मोबाइल मात्र होइन, मोबाइल आकारको भिडियो क्यामेरा, पकेट प्रोजेक्टर, पातला ल्यापटप, भित्तामै टपक्क टासिने एलसिडि टेलिभजन सबै उपभोग्य प्रविधिहरु स्लिम हुने होडमा छन् । आइफोन उत्पादक एप्पलदेखि सामसुङका स्मार्ट फोनसम्म साइज घटाउने प्रतिस्पर्धामा लागेका छन् ।
युवाको यहि चाहनालाइ ख्याल गर्दै विभिन्न कम्पनिले ग्याजेट्सको साइज स्लिम बनाउन थालेका छन् । आफ्नो ग्याजेट्स स्लिम बनाउने प्रतिस्र्धा नै चलेको छ कम्पनिहरु विच । स्लिम सेटको माग बढेपछि विक्रेताले पनि यस्तै सेट बढि ल्याउन थालेका छन् ।
आइप्याड, ट्याब्लेट तथा म्याकबुक एयरजस्ता अल्ट्राबुकले डिभाइसलाई पातलो बनाउने चलन प्रारम्भ गरे । सन् २०१२ मा पनि यस्ता पातला डिभाइसको निर्माणमा जोड दिने विभिन्न कम्पनिले घोषणा गरिसकेका छन् । डेल कम्पनीले अहिलेसम्मकै स्लिम दावी गर्दै ९.९९ एमएम मोटाईको ल्यापटप उत्पादन गरेको छ । सामसुङले हालै मात्र विश्वकै सबैभन्दा पातलो भएको दाबी सहित नया नोटबुक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार १५ इन्चको नोटबुक करिब १ किलो तौलको छ । यसको मोटाइ १२ दशमलव ९ मिलिमिटर छ । आधा इन्च पातलो मोबाइल बजारमा आइसकेको छ ।

थाइल्याण्ड घुम्ने नेपाली बढ्दै

काठमाडौं, २८ चैत । नेपाल घुम्न आउने विदेशी पर्यटक बढिरहेको बेला विदेश घुम्न जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । विभिन्न ट्राभल एजेन्सीले नेपालीलाइ लक्षित गरेर प्याकेज ल्याएपछि नेपाली विदेश घुम्न जान थालेका हुन् । 
सन् २०११ मा २५ हजार ७ सय ३८ नेपाली थाइल्याण्ड घुम्न गएको तथ्यांक छ । थाइल्याण्ड पर्यटन कार्यालयका अनुसार यो संख्या सन् २०१० मा अझ बढि थियो । २०१० मा ३२ हजार ८ सय ४४ नेपाली थाइल्याण्ड घुम्न गएका थिए । गत बर्ष भने थाइल्याण्डमा आएको बाढिका कारण पर्यटक घटेको बताइएको छ । थाइल्याण्ड घुम्न जाने नेपालीमध्ये सबै भन्दा बढि ‘इन्सेन्टिभ’ मा जाने छन् । ४१ प्रतिशत नेपाली विभिन्न कम्पनिले पंदान गर्ने उपहार लगायतका प्याकेज मा ४१ प्रतिशत पर्यटक थाइल्याण्ड गएको तथ्यांक छ । 
दोहो¥याएर थाइल्याण्ड घुम्न जाने नेपालीको संख्या पनि कम छैन । ७० प्रतिशतल नेपाली पुन भ्रमणका लागी थाइल्याण्ड जाने गरेको तथ्यांक छ । विदा मनाउन जानेको संख्या २५.५ प्रतिशत छ । अधिकांश नेपाली पताया, फुकेट तथा बैंकक जाने गरेका छन् । सस्तो, संस्कृति र खानपान मिल्ने तथा भिसा पाउन सजिलो र शुल्क पनि नलाग्ने भएकाले नेपालीको आकर्षण थाइल्यान्डप्रति बढेको छ । मध्यमवर्गले समेत ‘अफोर्ड’ गर्न सक्ने गरि विभिन्न ट्राभल्स कम्पनिले थाइल्याण्डको टुर–प्याकेज सञ्चालन गरिरहेका छन् । उच्चपदस्थ सरकारी कर्मचारी, कर्पोरेट ग्रुप, परिवार तथा बैंकिङ ग्रुपले थाइल्याण्ड रोज्ने गरेको बताइएको छ । 
यसैविच थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनि थाइ एयरवेजले नेपाली नया बर्षको अवसर पारेर छुटको घोषणा गरेको छ । बैंकक, सिंगापुर, क्वलालम्पुर, अष्ट्रेलिया, जापान लगायतका थुपै्र गन्तव्यका लागी विशेष ‘प्रमोसनल फेयर’ लागु गरिएको कम्पनिले जनाएको छ । नेपालको सगै थाइल्याण्डको पनि नया बर्ष पर्ने भएकोले नेपाली पर्यटकलाइ थाइल्याण्ड घुम्न आउन कम्पनिले आग्रह गरेको छ । 
विगत ४४ बर्षदेखि नेपालमा सेवा सञ्चालन गर्दै आएको थाइ एयरवेजले नेपाललाइ पनि सम्भावित बजारको रुपमा प्रवद्र्धन गर्न थालिएको बताएको छ । सन् २०१२ लाइ नेपालमा विशेष बर्षको रुपमा मनाउने जानकारी दिदै कम्पनिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन काउन्टरमा हुने भिड कम गर्न चेकिङ टाइम बढाइएको  जानकारी दिएको छ । थाइ एयरवेजले बैंकक काठमाडौं दैनिक तथा नेपाल वायुसेवा निगमले काठमाडौं बैकक साताको दुइवटा उडान गर्दै आएको छ ।

Thursday, April 12, 2012

व्यावसायिक बन्दै बैंकहरू


लक्ष्मीप्रसाद खतिवडा

कुनै समय थियो बैंकबाट पैसा झिक्न टोकन लिएर घण्टौँ लाइन लाग्नुपथ्र्यो । ब्यालेन्स थाहा पाउन बैंकमै पुग्नुपथ्र्यो । तर, अहिले अवस्था परिवर्तन भइसकेको छ । प्रविधिको विकास तथा बैंकिङ क्षेत्रमा बढेको प्रतिस्पर्धाले गर्दा बैंकिङ सेवा सहज र व्यावसायिक भएको छ ।
प्रतिस्पर्धाले व्यावसायिकता बढेको छ । राम्रो सेवा दिन नसक्नेे बैंक तथा वित्तीय संस्था टिक्न नसक्ने अवस्था आएपछि सेवा सुविधा दिने होड चलेको छ । पहिलेको र अहिलेको बैंकिङ सेवामा आकाश जमिनको अन्तर आइसकेको छ । संस्थागत सुशासनले गर्दा ग्राहकको विश्वास बैंकप्रति बढेको छ । नाफाघाटा पारदर्शीरूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्थाका कारण निक्षेपकर्ता ढुक्क हुने अवस्था आएको छ र विश्वसनीयता पनि बढेको छ ।
ग्राहकको सुविधाका लागि अहिले चोकचोकमा एटिएम छन् । परम्परागत किसिमले नचल्ने देखेपछि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकले पनि आधुनिक प्रविधि र छिटो-छरितो सेवामा जोड दिन थालेका छन् । मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, इन्टरनेट बिल भुक्तानी, स्कुल कलेजको बिल भुक्तानी आदि वाणिज्य बैंकका ‘बेसिक’ सुविधा भइसके ।  प्रतिस्पर्धाकै कारण बैंकहरूले ठूला भवन र आन्तरिक डेकोरेसनमा पनि ध्यान दिन थालेका छन् । सेवाको स्तर छुट्याउन थालेका छन् ग्राहकलाई । होटल जस्तै बैंकले पनि आफूलाई स्टार दिन थालेका छन् । गत वर्ष मात्र सुरु भएको मेगा बैंकले आफूलाई पाँच तारे स्तरको सुविधा दिने बंैकका रूपमा दाबी गरेको छ । यसबाट पनि बैंकिङ क्षेत्रमा बढेको व्यावसायिकता स्पष्ट हुन्छ ।
दक्ष जनशक्तिको उत्पादनले पनि व्यावसायिकतामा सघाउ पुर्‍याएको छ । ‘जनशक्ति दक्ष भएपछि सेवा राम्रो हुनु स्वाभाविक हो,’ विकास बैंक संघका पूर्व अध्यक्ष झपट बोहोरा भन्छन् । पछिल्लो समय बैंकिङ तालिम दिने संस्थाहरूको संख्या बढे पनि त्यसको तुलनामा दक्ष जनशक्ति उत्पादन भने नबढेको उनको ठहर छ । ‘प्रतिस्पर्धामा धेरै कलेज खुले तर गुणस्तर ‘मेन्टेन’ गर्न सकेका छ्रैनन् ।’ बोहोरा भन्छन् । इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ जस्ता आधुनिक प्रविधिले बैकिङ कारोबार सहज भएको छ । इन्टरनेट बैंकिङको माध्यमबाट सबै कारोबार अनलाइनबाटै गर्न सकिने भएकाले बैंकले खातावालालाई खातासम्बन्धी सबै जानकारी अनलाइनमै दिन सक्छन् ।
पहिले-पहिले बैंक धाउन अलग समय निकाल्नुपथ्र्यो । कामकाजीलाई बैंक जानुपर्दा अफिस छुट्ने डर हुन्थ्यो । कुनै समस्या परे बैंकको कार्यालय नै पुग्नुपथ्र्यो । तर, अहिले बैंकिङ कारोबारसँग जोडिएका सबै समस्यालाई घर वा कार्यालयमै बसेर सुल्झाउन सकिन्छ । बैंकमा जाने, टोकन लिने, लाइन बस्ने र घन्टौँ समय खर्चने आवश्यकता छैन । बैंकमा खर्च हुने समयलाई अन्य सिर्जनात्मक काममा लगाउन सकिन्छ । घरमै बसेर पनि किनमेल गर्न सकिन्छ । ई-बंैकिङका कारण यी सबै काम सम्भव भएका छन् । अहिले नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंंक, एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंकलगायतका बैंकले ई-बैंकिङ सेवा दिइरहेका छन् ।
बैंकरहरूले शाखारहित बैंकको कल्पना गर्न थालेका छन् । केही बैंकले यो सेवा सुरु गरिसकेका छन् । यो सेवामा आफ्नै घरआँगनमा बसेर ग्राहकले रकम झिक्न र जम्मा गर्न सक्छन् । राष्ट बैंकको अनुमतिमा स्थानीय व्यक्तिलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी यो सेवा सञ्चालन गर्न सकिन्छ ।
ग्राहककै सेवाका लागि किस्ट र सनराइज बैंकले घुम्ती बैंकिङ सेवा सुरु गरेका छन् । यसअन्तर्गत घुम्ती भ्यानबाट खाता खोल्न, रकम राख्न, रेमिट्यान्सबाट आएको रकम झक्िन, चेक बुक लिन र सीमित कर्जा लिन सकिन्छ । प्रविधिले सघाउने हो भने आगामी केही वर्षमै बैंक ल्यापटप र मोबाइलमा सीमित हुनेछ । १९९४ सालमा नेपाल बैंकको स्थापनापछि सुरु भएको नेपालको बैंकिङ कारोबार प्रविधिका कारण अन्तर्राष्ट्रिय स्तर ‘मेन्टेन’ गर्ने अवस्थामा पुगेको छ ।
पूर्वबैंकर बोहोरा वित्तीय संस्थाले प्रदान गर्ने सेवा लचिलो हुन थालेको बताउँछन् । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र बढी संवेदनशील हुने भएकाले पारदर्शिता अझ बढी आवश्यक हुने उनको भनाइ छ । ‘अहिलेको समय कर्पोरेट पारदर्शिताको हो,’ बोहोरा भन्छन् । नेपाल राष्ट्र बैंकको नियमित निगरानीमा रहने भएकाले पनि बैंकिङ क्षेत्र व्यावसायिक हुन सकेको उनको निष्कर्ष छ । बैंकिङ क्षेत्रको प्रतिस्पर्धा अन्य क्षेत्रजस्तो देखिने गरी नहुने भएकाले व्यावसायिकताको स्तर मापन गर्नसमेत गाह्रो हुने उनको भनाइ छ ।
व्यावसायिकता बढाउन सैद्धान्तिक साथै व्यावहारिक ज्ञानप्राप्त जनशक्ति उत्पादन गर्नुपर्नेमा बोहोराको जोड छ । ‘सेवाको क्षेत्र भएकाले व्यावहारिक ज्ञान महत्त्वपूर्ण छ,’ उनले भने । प्रतिस्पर्धा बढेपछि बैंकले ग्राहकमैत्री सेवामा जोड दिन थालेका छन् । ग्राहकलाई छनोट प्राप्त भएकाले एउटाको सेवा राम्रो नभए अर्कोमा जान्छन् । बैंकको संख्या बढेपछि नियामक निकायको अनुगमन पनि प्रभावकारी हुनुपर्नेमा विज्ञहरूको जोड छ ।

Tuesday, April 10, 2012

विना अनुमति प्याराग्लाइडिङ


काठमाडौं, २७ चैत । पर्यटकीय नगरी पोखरामा निकै फस्टाएको हवाई खेल प्याराग्लाइडिङ मुलुकका अन्य भागमा पनि विस्तार हुन थालेको छ । तर, अनुमति नलिएका कैयौं पाइलटले अवैधरूपमा प्याराग्लाइडिङ गराउँदा सुरक्षा खतरा भने बढेको छ ।
विदेशी पर्यटकका लागि नेपालमा ठूलै आकर्षण मानिने प्याराग्लाइडिङको अनुगमन शून्य बराबर छ । यसको नियमन गर्ने मुख्य निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ५६ अमेरिकी डलर राजस्व लिएर १५ दिनको उडान अनुमति दिने गरेको छ । तर, प्रभावकारी अनुगमन नहुँदा विनाअनुमति प्याराग्लाइडिङ गराउने क्रम रोकिएको छैन । यसका कारण बेलाबेला गम्भीर दुर्घटनासमेत हुने गरेका छन् ।
३० कात्तिक ०६७ मा पोखराको सराङकोटबाट प्याराग्लाइडिङमा उडेका ७१ वषर्ीय मलेसियाली नागरिक कि पेङ क्वानको शव पढेलीखोरमा प्राप्त भएको थियो । २५ कात्तिक ०६७ मा २८ बर्षीया स्विस नागरिक रोचट बेनेट दुर्घटनामा घाइते भएर अस्पतालको आइसियुमा भर्ना भए । १३ फागुन ०६६ मा ३८ बर्षीया रसियन ग्लाइडर अलेक्जेन्डर किडिस्किर्नको ढिक्कीडाँडामा दुर्घटना भएर मृत्यु भयो । २२ पुस ०६६ मा २६ वषर्ीय जर्मन नागरिक क्रिस्टोफ एन्डरसन साट्टलर फेवातालमा खसे । उनको ६ दिनपछि शव प्राप्त भयो । बाहिर नआउने सानातिना दुर्घटना बारम्बार भइरहने बताइन्छ । अधिकांश दुर्घटना प्राधिकरणको अनुमतिविना गरिने सोलो फ्लाइटमा हुन्छन् । प्याराग्लाइडिङमा पाइलट एक्लै उड्नुलाई सोलो र एक यात्रुसहित दुई जनाको उडानलाई टेन्डम फ्लाइट भनिन्छ ।
प्राधिकरणले सराङकोटमा प्याराग्लाइडिङका लागि तीन उडानस्थल तोकेको छ । तर, विदेशबाटै ग्लाइडर बोकेर पर्यटक भिसामा आउने प्याराग्लाइडरहरूले जहाँतहाँबाट सोलो फ्लाइट गर्ने गरेका छन् । अनुमति नलिने पाइलटले उड्ने र ओर्लने स्थान, मौसमको अवस्था, स्वास्थ्य, तौललगायतका परीक्षणसमेत गरेका हुँदैनन् ।
नेपालमा प्याराग्लाइडिङ हुन थालेको डेढ दशक बितिसके पनि सरकारले अहिलेसम्म यसका लागि कुनै नीतिनियम बनाएको छैन । सरकारी नीति स्पष्ट नभएका कारणविना अनुमति प्याराग्लाइडिङ गराउनु परिरहेको सञ्चालकहरूको भनाइ छ । नेपाल एयर स्पोर्टस् एसोसिएसनका अध्यक्ष राजेश बम्जन सरकारले प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएर पनि स्पष्ट नियम बनाउन नसकेको बताउँछन् ।
सरकारले नेपाल पर्यटन वर्ष ०११ सँगै हवाई खेलकुदको विकासका लागि छुट्टै नीति बनाउने घोषणा गरेको थियो । यसका लागि गत वैशाखभित्र नै नियमावली तयार गर्ने गरी ०६७ माघमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन महिनाभित्र काम पूरा गर्ने भनिए पनि अहिलेसम्म नियमावलीको खाका आउन सकेको छैन ।
हाल हवाई खेलसम्बन्धी सबै गतिविधि नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्दै आएको छ । यसम्बन्धी छुट्टै निकाय गठन गर्नुपर्ने माग व्यवसायीहरूको छ । अन्य मुलुकमा हवाई खेलकुद हेर्ने छुट्टै निकाय हुन्छ । नेपालमा व्यावसायिक प्याराग्लाइडिङ उडान गराउन नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स लिनुपर्छ ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य डाँडाडाँडामा प्याराग्लाइडिङ उड्न थालेकाले मन्त्रालय र प्राधिकरणले अनुगमन गर्न सक्ने अवस्था नै नरहेको बताउँछन् । विमानस्थल नभएको ठाउँमा प्राधिकरणको उपस्थिति नहुने भएकोले प्याराग्लाइडिङ अनुगमनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने उनको भनाइ छ ।
प्याराग्लाइडिङमा पछिल्लो केही समय विभिन्न कीर्तिमान बनाउनेसमेत होड चलेको छ । कीर्तिमानका नाममा पोखराको सराङकोट प्याराग्लाइडिङले दुई वर्ष ११ महिनाको बालकलाई प्याराग्लाइडिङ गराएको थियो । त्यस्तै ८४ वर्षका वृद्धले पनि प्याराग्लाइडिङ गरेर कीर्तिमान राखेका छन् । सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने कीर्तिमान पनि कायम भइसकेको छ ।
प्याराग्लाइडिङका क्रममा मृत्यु हुने गरेको, तालमा खसेको, रूखमा अड्केकाजस्ता समाचारहरू आउन थालेपछि नागरिक उड्डयन कार्यालय पोखराले बारम्बार प्याराग्लाइडिङ कम्पनीहरूलाई सुरक्षाको विषयमा गम्भीर हुन आग्रह गर्दै आएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । पोखराबाहेक पर्वत, भेडेटार, दाङ, अर्घाखाँची, स्याङजा, बुटवल, बन्दीपुर, पाल्पा, इलाम, चितवन, धुलीखेललगायतका थुप्रै जिल्लामा प्याराग्लाइडिङ सुरु भइसकेको छ । पोखरामा मात्र १६ वटा कम्पनीले अनुमति पाइसकेको र ४ वटा पाइपलाइनमा रहेको पर्यटन मन्त्रालयले जनाएको छ । पोखरा विमानस्थल कार्यालयले थप भार धान्न नसक्ने जानकारी गराएपछि मन्त्रालयले थप कम्पनीलाई अनुमति नदिने सैद्धान्तिक निर्णय गरेको छ ।
प्याराग्लाइडिङ कम्पनी खोल्न पर्यटन मन्त्रालयमा एक करोड रुपियाँ चुक्ता पुँजीसहित पाँच लाख रुपियाँ धरौटी राख्नुपर्ने प्रावधान छ । त्यस्तै, इजाजत शुल्कबापत ५० हजार र निवेदन दस्तुर पाँच हजार रुपियाँ बुझाउनुपर्छ । नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेसन सर्टिफिकेट -एओसीका लागि १२ सय ५० अमेरिकी डलर र नवीकरण शुल्कबापत हरेक वर्ष दुई सय ५० डलर लाग्ने व्यवस्था छ ।
मनोरञ्जनका लागि गरिने एउटा साहसिक हवाई खेल हो प्याराग्लाइडिङ । यो हावाको गतिबाट चल्छ । फेबि्रकको एउटा ठूलो पखेटामुनि बसेर हावाको मद्दतबाट उड्नु नै प्याराग्लाइडिङ हो । यसमा कुनै पनि इन्जिन जडान गरिएको हँुदैन । विना कुनै इन्जिन उड्ने भएकाले उडान भर्नका लागि डाँडाबाट फाल हाल्नुपर्छ । चालकले पखेटामुनिका डोरीहरू तान्दै, छोड्दै यसलाई नियन्त्रण गर्ने गरिन्छ । हावा कम चल्ने भएकाले असार, साउन र भदौ भने प्याराग्लाइडिङका लागि अफसिजन हो ।