Thursday, March 29, 2012

युएइसगको हवाइ सम्झौता परिमार्जन हुदै


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १४ चैत । सरकारले संयुक्त अरव इमिरेट्स (युएई) सगको हवाइ सेवा सम्झौता पुनरावलोकनको प्रक्रिया शुरु गरेको छ । उडान संख्या नपुगेको भन्दै युएइले थप्न माग गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता पुनरावलोकन गर्न लागेको हो । 
मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार युएइले दुइ बर्षअघिदेखि नै सम्झौता पुनरावलोकनका लागी आग्रह गर्दै आएको थियो । उसले प्रतिसाता कम्तिमा ५६ वटा उडान गर्न पाउनुपर्ने माग गरेको छ । युएइ अन्तर्गत ७ वटा इमिरेट्स पर्ने भएकोले सबैले उडान गर्न सम्झौता अपर्याप्त रहेको उसको भनाइ छ । हाल युएइका चारवटा विमान सेवा कम्पनिले प्रतिसाता ३८ वटा उडान काठमाडौंमा गरिरहेका छन् । युएइको एयर अरेविया र फ्लाइ दुवइले साताको १४/१४ वटा उडान गर्छन् भने इत्तिहादले साताको ७ र र्याक एयरवेजले साताको ३ उडान गर्दै आएको छ । दुवै देशबीच पहिलोपल्ट सन् १९९९ मा भएको हवाई सम्झौता सन् २००७ मा सम्झौता पुनरावलोकन भएको थियो ।
सहसचिव आचार्यका अनुसार गत सेप्टेम्बरमै सम्झौताका लागी वार्ताको मिति तय भएपनि विभिन्न कारणले हुन सकेको थिएन । अप्रिलको तेस्रो साता वार्ता गर्ने सहमति दुइ पक्षविच भएको उनले जानकारी दिए । नेपालको तर्फबाट वार्ताको नेतृत्व पर्यटन मन्त्रालयका सचिव र युइएको तर्फबाट त्यहाको यातायात मन्त्रालयका उच्च अधिकारीले गर्ने छन् । अधिकांश मुलुकमा हवाइ सेवा यातायात मन्त्रालय अन्तर्गत राख्ने गरिएको पाइन्छ । 
वार्ताका क्रममा विवादास्पद विषय नउठाउने सर्त नेपाली पक्षको छ । युएइसग पाचौ स्वतन्त्रता अधिकार (फ्थि फ्रिडम राइट) को विषय विवादास्पद छ । युएईको सारजहाबाट काठमाडौंका लागि दैनिक दुई उडान गरिरहेको त्यहाको राष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले काठमाडौं क्वलालम्पुर दुइतर्फि उडानको माग गरेको थियो । दुई देशबीचको हवाई सम्झौताअनुसार नेपालले यो अनुमति दिएपनि पछि रोकिएको थियो । यससम्बन्धि मुद्धा सर्वोच्च अदालतमा पनि विचाराधिन छ । 
युएइ मध्यपूर्वको ‘एभिएसन लिडर’ हो । हरेक बर्ष युएइले एयर शो गर्छ । हवाइ सेवा सम्झौता पुनरावलोकन भएपछि अन्य विषयमा पनि सहयोग आदानप्रदानको कुरा गर्न सकिने आचार्यले बताए । ‘दुइ सरकार विच सम्झौता भएपछि प्राधिकरण स्तरमा हुने अन्य सम्झौताका लागी बाटो खुल्छ ।’ आचार्यले भने । युएइ बाहेक साउदी अरेविया, भुटान, पाकिस्तान र अष्टे«लिया संगको सम्झौता पनि पुनरावलोकनको तयारी भइरहेको उनले जानकारी दिए । 
मध्यपूर्वको अर्को मुलुक साउदी अरेवियासगको सम्झौता अनुसार त्यहाको एक मात्र विमान कम्पनिले नेपाल उडान गर्न पाउछ । त्यस्तै नेपालको पनि एउटा मात्र विमान कम्पनिले त्यहा उडान गर्न सक्छ । साउदी अरेविया नेपाली कामदारको मुख्य रोजगार गन्तव्य मध्येको एक हो । त्यहा करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको तथ्यांक छ । 
नेपालले हालसम्म ३६ वटा मुलुकसग हवाइ सेवा सम्झौता गरेको भएपनि हाल भारत, चिन, भुटान, कतार, बहराइन, पाकिस्तान, बंगलादेश, हङकङ, सिंगापुर, डामन, ओमान, मलेसिया, साउथ कोरिया लगायतका १६ मुलुकका वायुसेवा कम्पनिले मात्र उडान गरिरहेका छन् । सम्झौता पछि दुई देश बिच निरन्तर सम्पर्क नहुनु, सम्झौताप्रति गम्भीर नहुनु, सम्झौताको पूर्व मूल्यांकन नगरिनु र सम्झौता कार्यान्वयन गर्ने विषयमा सरकारसग स्पष्ट नीति नभएका कारण कतिपय मुलुकसग भएका सम्झौता औपचारिकतामा सिमित हुने गरेको विज्ञहरु बताउछन् । 
नेपालले २०५० पछि उदार हवाइ निति लिन थालेको भएपनि विभिन्न कारणले खुला निति तर्फ जान सकेको छैन । राष्ट्रिय ध्वजाबाहक कमजोर बन्दै गएपछि विदेशी विमान कम्पनि नेपालतर्फ आकिर्षत भइरहेका छन् । सम्झौता गरिएका मुलुक सबै गरि वार्षिक ५७ लाख ६ सय ५६ हवाई सिट नेपाललाई उपलब्ध छन् । तर हाल वार्षिक २२ लाख २ हजार ३ सय ४ सिट मात्र प्रयोग भएको नागरिक उड्डयन प्राधिकरणको जनाएको छ । यो कुल हवाई सिटको ३९ प्रतिशत मात्र हो ।

Tuesday, March 27, 2012

अमेरिका भन्छ बढाऊ, चीन भन्छ घटाऊ

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १३ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल आफैले अहिलेसम्म नापेको छैन । फलस्वरूप पछिल्लो समय अमेरिका र चीनले सगरमाथाको उचाइबारे दुई फरक प्रस्ताव नेपालसामु अघि सारेका छन् ।
सन् १८५६ देखि नै सगरमाथाको उचाइ पत्ता लगाउने अभियान सुरु भए पनि आधिकारिक उचाइबारे विवाद हु“दै आएको छ । नेपालले मान्यता दिदै आएको ८ हजार ८ सय ४८ मिटर उचाइ भारतीय सर्वेक्षण टोलीले १९५५ मा गरेको नापका आधारमा कायम भएको हो ।
तर, अमेरिकाले सन् १९९९ मा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ५० मिटर निर्धारण गरेको थियो । केही विकसित मुलुक यही उचाइलाई मान्यता दिन्छन् । त्यस्तै, सन् १९९९ मा नेसनल जोग्राफीले गरेको मापनमा पनि ८ हजार ८ सय ५० मिटर नै देखिएको थियो ।
सगरमाथाको उचाइ विवादित भएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण संघले हालै एउटा प्राविधिक समिति गठन गरेको छ । समितिमा चीन र अमेरिकाले आ–आफ्नो प्रस्ताव पेस गरेका छन् । अमेरिकी प्रस्तावमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर हुनुपर्ने उल्लेख छ भने चीनले हालको भन्दा करिब चार मिटर उचाइ कम गर्न प्रस्ताव गरेको छ ।
चट्टानको उचाइलाई मात्रै आधिकारिक मान्नुपर्ने तर्क गर्दै चीनले हालको भन्दा ३.५६ मिटर घटाउनुपर्नेमा जोड दिएको हो । हिउको मात्रा बर्सेनि घटबढ हुने भएकाले सगरमाथाको आधिकारिक उचाइ नाप्दा हिउलाई समेट्न नहुने उसको अडान छ । यद्यपि, चट्टानी उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउसहितको उचाइ ८ हजार ८ सय ४८ मिटर भनेर दुईवटा मापदण्ड राख्न सकिने चिनिया प्रस्तावमा उल्लेख रहेको स्रोतले बतायो । अत्याधुनिक प्रविधि प्रयोग गरी वैज्ञानिक रूपमा आफूले उचाइ मापन गरेको चिनियाको दाबी छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार दुई वर्ष अघिदेखि नै चीनले आफ्नो मुलुकले नापेको उचाइलाई मान्यता दिन नेपाललाई दबाब दिइरहेको छ । त्यतिबेला चिनिया उपविदेशमन्त्री ली होङ काईले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई सगरमाथाको उचाइ कम गर्न प्रस्ताव गरेका थिए । ‘सरकारले चीनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिसकेको थियो । विवादित विषय भनेर हामीले विरोध गरेपछि रोकियो,’ शेर्पाले भने । शेर्पाका अनुसार आफ्नो प्रस्ताव स्वीकृत गराउन अहिले पनि चीनले कूटनीतिक दबाब दिइरहेको छ ।
हालसम्म विदेशीले नै सगरमाथाको उचाइ मापन गरिरहेकामा नेपाल आफैले गर्ने तयारी भइरहेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार मन्त्रालयले यसका लागि चालु आर्थिक वर्षमा ९४ लाख रुपिया बजेट छुट्याएको छ । यो आवमा उदयपुरको बासघारीदेखि नाम्चे तासिन्दोसम्मको समतल नापी गर्ने योजना छ । उचाइ मापनको जिम्मा नापी विभागलाई दिइए पनि हालसम्म कुनै काम हुन सकेको छैन ।
चीनले मापन गरेको उचाइ साविकभन्दा ३ दशमलव ५६ मिटर कम भएकाले अन्तर्राष्ट्रिय क्षेत्रले मान्यता दिएको छैन । तिब्बततर्फबाट सगरमाथा आरोहण गर्दा कम उचाइको प्रमाणपत्र पाइने भएकाले दोब्बर महगो भए पनि नेपालतर्फबाट सगरमाथा चढ्ने टोली धेरै हुन्छन् । आफूले कायम गरेको उचाइले अन्तर्राष्ट्रिय मान्यता पाए तिब्बततर्फबाट चढ्ने टोली ह्वात्तै बढ्ने चीनको आशा छ । त्यसो भएमा नेपालको पर्वतारोहण क्षेत्र नै धराशयी हुने पर्यटन व्यवसायी बताउछन् ।
समय–समयमा हुने सीमा बैठकमा पनि चीनले यो विषय उठाउने गरेको छ । सन् २००६ मा भएको नेपाल–चीन सीमा बैठकदेखि नै उसले सगरमाथाको उचाइ हालको भन्दा कम भएको दाबी गर्दै आएको थियो । बेलायतले भने सन् १९६५ देखि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई मान्यता दिइरहेको छ ।
विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय प्रचलन, मापदण्ड र प्राकृतिक सिद्धान्तका आधारमा विश्वका विभिन्न हिमचुलीको उचाइ हिउको माथिल्लो भागलाई नै आधार बनाएर लिने गरिन्छ । संसारका अग्ला शिखरको उचाइ हिउसहित र हिउबाहेक भनेर दुई प्रकारको मापन गर्ने प्रचलन कतै पनि छैन । नेपालमा पनि हिउले पुरिएको चुचुरोमा पुगी झन्डा गाडेपछि मात्र सगरमाथा विजय गरेको मानिन्छ । आरोहीका अनुसार उनीहरूले लैजाने अल्टिमिटरमा सगरमाथाको साविकको उचाइभन्दा कम देखिदैन ।
प्राकृतिक तथा परम्परागत सिद्धान्त एवं प्रचलित कानुनअनुसार सामान्यतया जुन वस्तु जुन देशमा छ, त्यसै देशको क्षेत्राधिकारभित्र पर्छ । सगरमाथाको चुचुरो नेपालको सीमाभित्र रहेकाले यसको वास्तविक उचाइ निर्धारण गर्ने हक नेपाललाई छ । तर, यो काम विश्वका वैज्ञानिक तथा अनुसन्धानद्वारा प्रतिपादित सिद्धान्त तथा मापदण्डअनुसार हुनुपर्ने विज्ञहरू बताउछन् । सगरमाथाको नाम राख्नेदेखि उचाइ नाप्नेसम्म सबै काम विदेशीले गरिदिए । सर जर्ज एभरेस्ट नामका बेलायतीको नाममा यो शिखरको नाम राखियो । भारत, चीन, बेलायत र अमेरिकाले यसको उचाइ नापे । नेपालले पछि मात्र सगरमाथा नाम राखेको हो ।

जहाज खरिद चाडो गर्न प्रधानमन्त्रीको निर्देशन सौर्य समाचार


काठमाडौं, १३ चैत । नेपाल वायुसेवा निगमले खरिद गर्ने भनेको जहाजमा कमिसनको चलखलबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराइले जहाज खरिद प्रक्रियामा भइरहेको अलमल तत्काल हटाउन सरोकारवालाहरुलाइ निर्देशन दिएका छन् । सरोकारवालासँग सोमबार भएको अनौपचारिक वैठकमा प्रधानमन्त्री भट्टराइले सबै अन्यौलता हटाई खरिद प्रक्रियालाई मुर्त रुप दिन आग्रह गरेका हुन् । 
वैठकमा भट्टराइले अन्तराष्ट्रिय उडानका लागी आवश्यक जहाज किन्नको लागि सवै प्रकारका वाधा अड्चन हटाउने तर्फ सरकार लाग्ने बताएका थिए । ‘जहाज खरिदमा देखिएका सबै समस्या समाधान गरेर अगाडी बढ््नुपर्ने उहाँको धरणा छ । जसरी पनि जहाज चाहिन्छ भन्ने उहाँको ‘स्पिरिट’ हो ।’ वैठकमा सहभागी नेपाल वायुसेवाका नायब महाप्रवन्धक तथा प्रवक्ता राजु केसीले भने । वैठकमा जहाज खरिदको विषयमा सर्वोच्च अदालतमा लामो समयदेखि थाति रहेकोे मुद्धा छिटो किनारा लगाईदिन अनुरोध गर्ने बारे पनि छलफल भएको थियो । हरेक कुरामा विवाद सृजना गर्ने तर काम नटुंग्याउने प्रवृति गलत भएको भन्दै प्रधानमन्त्री भट्टराइले यस्तो प्रवृत्ति नदोहो¥याउन आग्रह गरे । 
बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र बिष्ट मगर, भौतिक योजना तथा पुननिर्माण मन्त्री हृदयेश त्रिपाठी, एनेकपा माओवादीका सभासद नारायण दाहाल, नेकपा एमालेका सभासद रवीन्द्र अधिकारी, मुख्य सचिव माधव घिमिरे, पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशी, अर्थ मन्त्रालयका सचिव कृष्णहरी बास्कोटा तथा नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख एवं उच्च अधिकारीहरु सहभागी थिए । 
वैठकमा सहभागी पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीका अनुसार निगमले खरिद गर्न लागेको चिनियाँ जहाजबारे वैठकमा अनौपचारिक रुपमा मात्र छलफल भएको थियो । अर्का सहभागी सभासद् रविन्द्र अधिकारीले नयाँ प्रक्रिया शुरु गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको बताए । 
सरकारले ०६५÷०६६ को बजेट भाषणमा नै निगमका लागी २ वटा ठुला जहाज किन्ने घोषणा गरेपनि विचमै प्रक्रिया अवरुद्ध भएको थियो । निगमले यसका लागी एयरबस कम्पनिलाइ लक अप मनि समेत पठाइसकेको थियो । हालसम्म पनि सो रकम फिर्ता हुन सकेको छैन । एयरबससँगको सम्झौता अवधि सकिएपछि निगमले चिनसँग जहाज खरिदको प्रक्रिया अगाडी बढाएको थियो । तर यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक लेखा समितिमा उजुरी परेपछि प्रक्रिया रोकिएको छ । 
प्रकाशका लागी सहयोग माग्दै पर्यटन व्यवसायी
सगरमाथा चढ्ने तयारीमा रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको टोलीलाइ आर्थिक सहयोग जुटाउन पर्यटन व्यवसायीहरु सक्रिय भएका छन् । व्यवसायीहरुले बैंकमा खाता खोलेर अभियानका लागी सहयोग गर्न आग्रह गरेका हुन् । ‘दिगो शान्ति र संविधानका पक्षधर माओवादी समर्थक पर्यटन व्यवसायीहरु’ को नाममा सोमबार जारी गरिएको विज्ञप्तिमा पर्यटन व्यवसायीलाइ आर्थिक, नैतिक तथा अन्य सबै किसिमको सहयोगका आग्रह गरिएको छ । 
लुम्विनी सगरमाथा शान्ति अभियानका सचिव युवराज दुलालले सरकारको रकम फिर्ता गरेपछि सहयोगको आग्रह गर्दै बैंक खाता खोलिएको बताए । बैंकमा हालसम्म कति रकम जम्मा भएको छ भन्ने बारे चाहिं उनले बताएनन् । चौतर्फि दवावपछि टोलीले सरकारले दिएको २ करोड रुपैयाँ नलिने घोषणा गरेको थियो । सरकारी सहयोग फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा दाहालपुत्र प्रकाशले अभियान कुनै हालतमा नरोकिने र रत्नपार्कमा पाल टाँगेर तीन करोड नेपालीबाट एक एक रुपैयाँ सहयोग माग्ने घोषणा गरेका थिए । माओवादी केन्द्रिय सदस्य कृष्ण केसी नेतृत्वको सगरमाथा चढ्ने टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल लगायत छन् ।
दिगो शान्ती र स्थायि सविधान विनाको पर्यटन उद्योगको कल्पना समेत गर्न नसकिने भन्दै व्यवसायीहरुले संविधानको मुल नारा लिएर लुम्विनी सगरमाथा शान्ति अभियान नेपाल घोषणा भएको दावी गरेका छन् । ‘अभियानबाट हामी उत्साहित छौ र यसबाट पर्यटन उद्योगको प्रचार प्रसार विश्वभर हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ । अभियानबाट पर्यटन उद्योगलाइ राष्टिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापीत गर्न समेत पुग्ने दावी पर्यटन व्यवसायीहरुको छ । 
अभियानका लागी नाम चलेका पर्यटन ब्यबसायीबाट रकम उठाउने काम भइरहेको स्रोतले बताएको छ । ऐच्छिक भनिएपनि माओवादीका उच्च नेतामार्फत् दवाव आइरहेको एक पर्यटन व्यवसायीले बताए । ‘हैसियतभन्दा बढि रकम माग्ने काम भइरहेको छ ।’ उनले भने । स्रोतका अनुसार टे«किङ तथा ट्राभल एजेन्सी सञ्चालकहरुको सूची नै बनाएर चन्दा उठाउने काम भइरहेको छ । अभियानको सहयोगका लागी सांस्कृतिक कार्यक्रम समेत गर्ने तयारी भइरहेको बताइएको छ । जेठ १४ को आसपास सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ सो टोली आगामी साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

Monday, March 26, 2012

जहाज खरिदमा कमिसनको आशंका


काठमाडौ, १२ चैत । नेपाल वायुसेवा निगमले चीनसग खरिद गर्ने भनेको जहाजमा कमिसनको खेल भएको भन्दै सभासद्हरूले आपत्ति जनाएका छन् । संसद्को राज्यव्यवस्था समितिमा आइतबार भएको बैठकमा उनीहरूले जहाज खरिद प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।
जहाज खरिद प्रक्रियामा करोडौको कमिसन र भ्रष्टाचार हुदैछ भन्ने विभिन्न प्रमाण फेला परेको भन्दै सभासद्हरूले प्रधानमन्त्रीले त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए । नेपाली कांग्रेसका सभासद् जगदीश्वर नरसिंह केसीले कमिसनका लागि भएको बार्गेनिङको आफूसग अडियो–भिडियोसमेत भएको दाबी गर्दै कारबाही गर्न प्रधानमन्त्रीलाई चुनौती दिए । ‘तपाईंको पार्टीका अध्यक्ष सम्लग्न भएको प्रमाण मसग छ । सक्ने भए कारबाही गर्नुस्,’ केसीले भने । जवाफमा प्रधानमन्त्री बाबुराम भट्टराईले यस विषयमा आफूले अध्ययन गरेर मात्र बोल्ने बताए । आफ्नो कार्यकालमा हुने हरेक कामकारबाही पारदर्शी हुने दाबी उनले गरे ।
जहाज खरिदका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फागुन अन्तिमसाता नै उजुरी परेको छ । अख्तियारमा परेको उजुरीमा जहाज खरिद प्रक्रियामा केही मन्त्री, राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीको कमिसनका लागि मिलेमतो रहेको आरोप लगाइएको छ । दुई वर्ष अघिदेखि नै चीनको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनले नेपाल वायुसेवा निगमलाई बिक्री गर्न लविङ गरिरहेको उजुरीमा उल्लेख छ ।
जहाज खरिदमा अर्थमन्त्री वर्षमान पुन, माओवादी अध्यक्ष दाहाल, अर्थसचिव कृष्णहरी बास्कोटा, माओवादी नेता जनार्दन शर्मा, प्रधानमन्त्री पत्नी हिसिला यमी र निगम अध्यक्ष मनरूप शाहीले कमिसन लिने सहमति भएको दाबी गर्दै उजुरीमा कसले कति प्रतिशत कमिसन पाउने भन्ने उल्लेख गरिएको छ ।
तत्कालीन अर्थमन्त्रीहरू भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेको असहमतिका कारण प्रक्रिया अगाडि नबढेको र एनेकपा माओवादीका  पुन अर्थमन्त्री भएपछि खरिद प्रक्रियाले गति लिएको उजुरीमा दाबी गरिएको छ । त्यसपछि नै चिनिया“ कम्पनीले प्रेमसागर पौडेललाई नेपालका लागि एजेन्ट तोकेको थियो । त्यसलगतै निगमले चिनिया“ जहाज किन्ने निर्णय गरेको बताएको छ ।
निगमको आग्रहबमोजिम पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोज १ गते अर्थ मन्त्रालयलाई पत्र लेखी दुर्गम क्षेत्रमा उडान गर्न १९ सिट क्षमताका पा“चवटा वाई १२ र सुगम क्षेत्रमा उडान गर्न ५० देखि ७० सिट क्षमताका तीनवटा एमए ६० टर्वोप्रप जहाज अनुदानमा उपलब्ध  गराउने प्रक्रिया मिलाइदिन अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । 

Sunday, March 25, 2012

मोबाइलमा ५२ प्रतिशतको पहुंच

लक्ष्मीप्रसाद खतिवडा

काठमाडौँ, ११ चैत । कुनैबेला बिलासिताका रूपमा लिइने मोबाइलमा अहिले प्रत्येक सयमध्ये ५२ जना नेपालीको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदनअनुसार मुलुकभर एक करोड ३८ लाख ४५ हजार चार सय ५० नेपालीसँग अहिले मोबाइल छ ।
दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाले शुल्क घटेपछि मोबाइल प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा छ । यसमा मोबाइल सेटको मूल्यमा आएको उच्च गिरावटले सघाउ पुर्‍याएको छ । मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा भएको वृद्धिले कुल टेलिफोन प्रयोगकर्ताको प्रतिशत पनि बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ५८ दशमलव ६६ प्रतिशतमा टेलिफोन सेवा पुगेको छ । यसअनुसार एक करोड ५६ लाख १६ हजार नो सय चार नेपालीको भ्वाइसटेलिफोन सेवामा पहुँच छ ।
पछिल्ला केही वर्षमा मोबाइल सेवाको विस्तार तीव्र गतिमा भइरहेको छ । कुल टेलिफोन प्रयोगकर्तामध्ये ५२ प्रतिशत मोबाइलका छन् । विभिन्न कम्पनीका गरी मुलुकभर एक करोड ३८ लाख ४५ हजार चार सय ५० मोबाइल ग्राहक रहेका छन् । यसमध्ये आठ लाख ५१ हजार दुई सय ८३ सिडिएमएका छन् भने बाँकी जिएसएम प्रविधिका ग्राहक छन् । सेवा प्रदायकहरूले एक महिनाको अवधिमा दुई लाख ८० हजार मोबाइल उपभोक्ता थपेका छन् ।
मोबाइल सेवामा सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कुल टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका भए पनि मोबाइलमा एनसेल अगाडि छ । गत माघ मसान्तसम्म टेलिकमका मोबाइल ग्राहक ६६ लाख ६७ हजार चार सय ४२ रहेकामा एनसेलका ७१ लाख ७८ हजार पुगेका छन् । टेलिकमले जिएसएम र सिडिएमए दुवै प्रविधिमा सेवा प्रदान गरिरहेको छ भने एनसेलले जिएसएममा मात्र सेवा सञ्चालन गरिरहेको छ । टेलिकमका सिडिएमए ग्राहक आठ लाख ५१ हजार दुई सय २३ छन् । सबै प्रविधिका गरी टेलिकमका ग्राहक ७४ लाख ३५ हजार नौ सय २९ पुगेका छन् ।
मोबाइल विस्तार तीव्र गतिमा भए पनि ल्यान्डलाइनको विस्तार भने निकै सुस्त देखिएको छ । एक महिनामा एक हजार सात सय ५५ मात्र ल्यान्डलाइनका उपभोक्ता थपिएका छन् । नेपाल टेलिकम, एसटिएम र स्मार्ट टेलिकमले यो सेवा दिइरहेका छन् । कुल टेलिफोन प्रयोगकर्तामध्ये ३.१८ प्रतिशत ल्यान्डलाइनका छन् । एक महिनामा इन्टरनेट प्रयोगकर्ता एक लाख ४५ हजार पाँच सय ७८ थपिएका छन् । कुल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४१ लाख ९३ हजार दुई सय ४३ पुगेको छ । यो नेपालको जनसङ्ख्याको १५.७५ प्रतिशत हो । इन्टरनेट ग्राहकमा पनि टेलिकम र एनसेलबीच प्रतिस्पर्धा छ । टेलिकमका ४० प्रतिशत र एनसेलका ५७ प्रतिशत इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्याङ्क छ । टेलिकमका इन्टरनेट ग्राहक १६ लाख ७२ हजार रहेकामा एनसेलका २३ लाख ८९ हजार सात सय ८८ पुगेका छन् ।
टेलिफोन सेवाप्रदायकले इन्टरनेट सेवामा पनि जोड दिन थालेपछि इन्टरनेट सेवा प्रदायक -आइएसपी) कम्पनीका ग्राहक भने बढ्न सकेका छैनन् । एक महिनामा टेलिफोन कम्पनीका एक लाख ४५ हजार इन्टरनेट ग्राहक थपिएकामा आइएसपी कम्पनीले करिब पाँच सयमात्र ग्राहक थपेका छन् । आइएसपीका ग्राहक ६२ हजार नौ सय ३२ छन् भने आइएसपीका एक प्रतिशतमात्र ग्राहक छन् । इन्टरनेट प्रयोगकर्तामा पनि सबैभन्दा बढी मोबाइलमा चलाउन मिल्ने जिपिआरएस सेवाका छन् । कुल प्रयोगकर्तामध्ये ३८ लाख ६८ हजार पाँच सय ७५ जिपिआरएसका रहेका छन् । एक महिनामा एक लाख ४१ हजार जिपिआरएस प्रयोगकर्ता थपिएको तथ्याङ्क छ । एडिएसएलका ग्राहक भने ७८ हजार सात सय ४० मात्र रहेका छन् । 

Saturday, March 24, 2012

सगरमाथामा पहिलोपटक


आप्पा शेर्पा, कीर्तिमानी आरोही  
सानैदेखि एउटा सपना थियो– सगरमाथा चढ्ने । पहिलोपटक चुचुरामा पुग्दा स्वर्ग पुगेजस्तो अनुभूति भएको भयो । सगरमाथाको चुचुरो टेक्नेहरूको कुरा सुन्दा ‘एकपटक त कसो नपुगिएला ?’ भन्ने लाग्थ्यो । सन् १९९० मे १० मा त्यो सपना पूरा भयो ।

प्हिलोपटक सगरमाथाको चुचुरो चुम्दा बिहानको ११ बजेको हुदो हो । चुचुरो पुग्दा सुुरुमा त केही सम्झिनै सकिन । त्यहा टेक्नेबित्तिकै नेपाली झन्डा फहराए । गर्वले छाती ढक्क फुल्यो, खुसीले आखा रसाए । सबै दुःखकष्ट बिर्सिए । परिवारलाई सम्झे तर खबर गर्न सकिएन । त्यो खुसी श्रीमतीसग सेयर गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।
मसगै सगरमाथा आरोहण गरेका थिए– पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारीका छोरा पिटर हिलारीले । उनको आरोहणले पनि होला, मिडियाले निकै कभरेज गरे । विदेशी मिडियाले समेत मेरो नाम र फोटो छापे । मलाई त त्यति धेरै प्रचारप्रसार होला भन्ने लागेकै थिएन । पहिलोपटक भएकाले तयारी पनि निकै गर्नुपर्‍यो । कपडा र अन्य सामान महगो थियो । अहिलेजस्तो राम्रो सामान पनि पाइन्नथ्यो । ५, ६ वटा त ज्याकेट लगाउनुपथ्र्यो । अहिलेजस्तो एउटै लगाए पुग्ने डाउन ज्याकेट पाइदैनथ्यो त्यसबेला । कुनै पनि सामान सजिलै पाइदैनथ्यो । विदेशीको टोलीमा चढेकाले धेरै सामान उनीहरूले नै उपलब्ध गराए तर त्यतिले मात्रै पुगेन । आङ्खनो पनि निकै खर्च भयो ।
त्यसबेला म २६ वर्षको थिए । बिहे भइसकेको थियो । ‘सगरमाथा चढ्छु’ भन्दा परिवारलाई निकै डर लागेको थियो तर पेसा नै यही भएकाले रोकावटचाहि भएन । अन्नपूर्ण र अन्य ससाना हिमाल चढिसकेकाले कन्फिडेन्स निकै बढेको थियो । तैपनि, मनभित्र एउटा डरचाहि थियो । घरबाट निस्केको डेढ महिनापछि घर फिर्दा सबैजना निकै खुसी भएका थिए ।
पहिलोपटक सगरमाथा चढेको २१ वर्ष नाघिसकेछ । हरेक वर्ष चढिरहेको छु तर निकै परिवर्तन देख्छु अहिले । पहिले हिउ नै हिउ थियो, अहिले ढुङ्गा धेरै देखिन्छन् । सञ्चारका लागि सजिलो थिएन, स्याटेलाइट फोन थियो तर अहिलेजस्तो आधुनिक प्रविधि थिएन ।
सगरमाथाको टुप्पामा पुग्न जति गाह्रो छ सुरक्षितसाथ आधार शिविर आइपुग्न त्योभन्दा निकै गाह्रो छ । बेस क्याम्प नआइपुगुन्जेल डर लागिरहन्छ । धेरै मान्छे चढ्दाभन्दा झर्दा मर्छन् । जतिपटक चढे पनि सगरमाथा चढ्न सजिलोचाहि कहिल्यै नहुने रहेछ । ज्यानको जोखिम लिएरै चढ्नुपर्छ हरेकपटक । १६ पटकसम्म पेसाका रूपमा चढे । त्यसपछि भने देशका लागि चढिरहेको छु । सन् २००८ देखि ‘इको एभरेस्ट एक्स्पिडिसन’मार्फत् सगरमाथा सफाइ अभियान चलाइरहेको छु ।

प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा 

Friday, March 23, 2012

चर्को ब्याजदरले आर्थिक भार


काठमाडौं ९ चैत । एसियाली विकास बैंक -एडिबी) बाट लिएको ऋणका लागि तिर्नुपर्ने चर्को ब्याजका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आर्थिक अवस्था कमजोर हुने देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि लिइएको ऋणको ब्याज तिर्न मुस्किल परिरहेको प्राधिकरणका अधिकारी बताउँछन् ।
प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धर एडिबीको पुरै ऋण ब्याजसहित चुक्ता गर्न अझै कम्तीमा १० वर्ष लाग्ने बताउँछन् । प्राधिकरण र एडिबीबीच त्रिभुवन विमानस्थल सुधारका लागि सात करोड अमेरिकी डलर -पाँच अर्ब १८ करोड रुपियाँ) ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार प्राधिकरणले एडिबीलाई आठ प्रतिशत ब्याज तिर्दै आएको छ । मुद्रा विनिमय दरमा हुने परिवर्तनका कारण पनि आर्थिक भार बढेको प्राधिकरणको भनाइ छ । ‘ब्याजदर धान्न सक्ने अवस्थामा छैन, घटाउनेबारे अर्थ मन्त्रालयसँग कुरा भइरहेको छ ।’ महानिर्देशक मानन्धरले भने । ब्याजदर चार प्रतिशतसम्म झार्न अनुरोध गरिएको र यसमा अर्थ मन्त्रालय सकारात्मक देखिएको मानन्धरले बताए । चर्को ब्याज तिर्नुपर्ने भएपछि नाफामा चलिरहेको संस्था ऋणले डुब्ने अवस्था आएको अधिकारी बताउँछन् । ‘उच्च तहबाट सम्झौता भएकाले ऋण लिँदैनाँ भन्न पनि नसकिने अवस्था छ ।’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।
प्राधिकरणका कर्मचारी युनियन र सङ्गठनहरुले एडिबीले राखेको प्रस्तावभन्दा पनि आफ्नो आवश्यकता के हो, त्यसका आधारमा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एडिबीको ऋण सहयोगमा प्राधिकरणले विमानस्थल सुधारका विभिन्न योजना अगाडि सारेको छ । विमानस्थल सुधारका लागि एडिबीसँग २०६६ पुसमा दुई चरणको काम गर्ने सम्झौता गरिएको छ ।
सन् २०१० देखि २०२८ सम्मका लागि बनाइएको गुरुयोजनाअन्तर्गत पहिलो चरणमा धावनमार्ग तीन सय मिटर बढाउने, आन्तरिक जहाज पार्किर्ङ विस्तार गरी ४२ वटा अट्ने बनाउने, ट्याक्सी वे फराकिलो बनाउने, आन्तरिक टर्मिनल सार्ने, अन्तर्रार्र्ष्रय टर्मिनल विस्तार गर्ने, नयाँ अन्तर्राष्ट्रिय एप्रोन बनाउने लगायतका काम गर्ने सम्झौता छ । पहिलो चरणको काम सन् २०२० मा सक्ने लक्ष्य छ । तर एडिबीले दिने ऋणबाट तोकिएको समयमा सबै काम गर्न नसकिने स्थिति देखिएको प्राधिकरण इन्जिनियर बताउँछन् ।
उता प्राधिकरणले विमान कम्पनी तथा अन्य विभिन्न निकायसँग एक अर्ब ६० करोड रुपियाँ बक्यौता उठाउन सकेको छैन । बन्द भएका एयरलाइन्स कम्पनी, विमानस्थलमा सञ्चालित होटल तथा रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाबाट उठाउनुपर्ने बाँकी राजस्व प्राधिकरणले लामो समयदेखि उठाउन सकेको छैन । विमानस्थलभित्र कार्यरत विभिन्न निकायले ग्राउन्ड ह्यान्डलिङ, पार्किङ, बिजुली, पानी, सुरक्षालगायतका सेवा सुविधाबापत प्राधिकरणलाई शुल्क बुझाउनु पर्छ । विमानस्थल क्षेत्रमा बर्सैंदेखि कवाडीका रुपमा थन्किएका जहाजको पार्किङ शुल्क एक करोड रुपियाँभन्दा बढी भइसकेको बताइएको छ । कतिपय विमान कम्पनी त बन्द भइसकेका छन्  

Thursday, March 22, 2012

एफएम फ्रिक्वेन्सी माग्नेको भिड


काठमाडौ, ८ चैत । सूचना तथा सञ्चार मन्त्रालयमा एफएम रेडियो सञ्चालनका लागि फ्रिक्वेन्सी माग्नेको भिड बढेको छ । तर, मन्त्रालयले भने पर्याप्त फ्रिक्वेन्सीको अभावमा अनुमति दिनसकेको छैन ।
‘थप फ्रिक्वेन्सी दिनसक्ने अवस्था छैन,’ मन्त्रालयका प्राविधिक उपसचिव अनुप नेपालले भने । विशेषगरी बढी जनसङ्ख्या भएका तराईका जिल्लाबाट बढी माग आएको छ । मन्त्रालयका अनुसार तराईका झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, सप्तरी, सिराहा, काठमाडौ र आसपासका जिल्लाबाट पनि अत्यधिक माग आएको छ । ‘पूर्वपश्चिम राजमार्ग र त्यससग जोडिएका जिल्लामा फ्रिक्वेन्सी उपलब्ध छैन, तर त्यही क्षेत्रबाट बढी माग आएको छ,’ नेपालले भने । उनका अनुसार यो क्षेत्रमा फ्रिक्वेन्सी उच्च विन्दु (स्याचुरेसन प्वाइन्ट) मा पुगिसकेको छ ।
रेडियो फ्रिक्वेन्सीका लागि सभासददेखि उच्चतहका राजनीतिक नेताको समेत दबाब रहेको बताइएको छ । पछिल्ला केही वर्षमा व्यावसायिक फाइदाका लागिभन्दा पनि नाम, पहु“च र सामाजिक प्रतिष्ठाका लागि एफएम खोल्ने प्रवृत्ति बढेको छ । राजनीतिक प्रोपगान्डा फैलाउनसमेत एफएम खोल्ने गरेको पाइएको मन्त्रालयका अधिकारी बताउ“छन् । सीमित विज्ञापन बजार तथा अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालमा एफएम व्यावसायिक रूपमा सफल हुन सकिरहेका छैनन् ।
रेडियो फ्रिक्वेन्सीको अवस्थाबारे मन्त्रालयले गत वर्ष कातिकदेखि देशव्यापी रूपमा फ्रिक्वेन्सी ‘म्यापिङ’ गरिरहेको छ । ‘कुन क्षेत्रमा कति फ्रिक्वेन्सी उपलब्ध छ भनेर अध्ययन गरिरहेका छौ“,’ उपसचिव नेपालले भने । हालसम्मको स्थिति हेर्दा तराईका अधिकांश जिल्लामा थप फ्रिक्वेन्सी दिन नसकिने अवस्था देखिएको उनले जानकारी दिए । केही पहाडी र हिमाली जिल्लामा भने फ्रिक्वेन्सी दिन सकिन्छ, तर त्यहा“बाट माग आएको छैन । मनाङबाहेक हाल मुलुकका सबै जिल्लामा एफएम सञ्चालनमा छन् ।
मन्त्रालयमा भएका परम्परागत र सीमित जनशक्तिले एफएमको अनुगमन गर्न सकिरहेको छैन । पछिल्लो समयमा फ्रिक्वेन्सी जुधेका बारेमा पनि विवाद आइरहेको बताइएको छ । केही स्टेसन फ्रिक्वेन्सी जुधेर हैरानी झेलिरहेका छन् भने सानो क्षमताका स्थानीय रेडियोहरू काठमाडौ“बाट उच्च क्षमतासहित प्रसारण गर्न आएका ठूला रेडियोबाट पीडित छन् । सुरुमा कम क्षमताको फ्रिक्वेन्सी लिने र पछि जानकारी नै नगराई बढाउने कतिपय स्टेसनको हेपाहा प्रवृत्तिले पनि फ्रिक्वेन्सीमा समस्या उत्पन्न भएको मन्त्रालयको भनाइ छ ।
नीतिमा नै संशोधन गरेर थप फ्रिक्वेन्सी नदिने व्यवस्था गर्नुपर्ने प्राविधिकहरू बताउ“छन् । तर, मन्त्री नहु“दा रेडियो फ्रिक्वेन्सी नीतिनिर्धारण समितिको बैठक बस्न सकेको छैन । सञ्चारमन्त्री अध्यक्ष रहने यो समितिले रेडियो फ्रिक्वेन्सीसम्बन्धी नीतिगत निर्णय गर्छ । तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा जेल गएपछि सञ्चार मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । एफएम फ्रिक्वेन्सीका सम्बन्धमा सञ्चार सचिव अवनिन्द्रकुमार श्रेष्ठस“ग जिज्ञासा राख्दा ‘फुर्सद नभएको’ भन्दै कुरा गर्न चाहेनन् । सचिव श्रेष्ठलाई तराईका जिल्लामा एफएम अनुमति दिन मधेसी नेताहरूको दबाब रहेको बताइएको छ ।
केही वर्ष अघिसम्म फ्रिक्वेन्सी लिएर बेच्ने प्रवृत्ति भए पनि ०६५ सालमा लाइसेन्स लिएको एक वर्षभित्र सञ्चालन गर्नुपर्ने प्रावधान लागू गरेपछि यो क्रम हटेको छ । त्यतिखेर सञ्चालन नभएका ६५ वटा एफएमका लाइसेन्स रद्द गरिएको थियो । एफएम लाइसेन्सका लागि क्षमता हेरेर १० हजारदेखि सात लाख रुपिया“सम्म शुल्क लाग्छ । उपकरण आयातका लागि छुट्टै शुल्क तिर्नुपर्छ ।
रेडियो फ्रिक्वेन्सी वितरणका लागि हालसम्म कुनै निश्चित नीतिनियम बनेको छैन । मन्त्रालयले मागअनुसार फ्रिक्वेन्सी उपलब्ध गराउ“दै आएको छ । ८८ देखि १०८ मेगाहर्जसम्मको फ्रिक्वेन्सी रेडियो प्रसारणका लागि छुट्याइएको छ । एफएमहरूले आºनो आम्दानीको दुई प्रतिशत सरकारलाई बुझाउनुपर्ने व्यवस्था भए पनि आम्दानी नभएको भन्दै बुझाउने गरेका छै्रनन् । हालसम्म मन्त्रालयले पा“च सय ५५ वटा एफएम लाइसेन्स बा“डिसकेको छ । यसमध्ये ३७ वटा काठमाडौ“मा छन् । उपत्यकामा थप लाइसेन्स नदिने निर्णय सरकारले गरिसकेको छ । एफएम रेडियो सञ्चालकहरूले सरकारले जथाभावी एफएम लाइसेन्स बा“डेको भन्दै रोक्न माग गर्दै आएका छन् । सरकारले लाइसेन्समात्र बा“डेको तर नियमन गर्न नसकेको आरोप उनीहरूको छ ।

Tuesday, March 20, 2012

गर्भवतीलाई डायरी


लक्ष्मीप्रसाद खतिवडा
पेटमा बच्चा हुर्कंदै गर्दा नारीको मनमा सँगसँगै हुर्कने अनुभूति कस्ता होलान् ? यो अवधिका अनुभूति पक्कै विशेष हुन्छन् ।
थोरै डर, थोरै पीडा, अनि थोरै लाजका बीच आफ्नै शरीरभित्रको सुन्दर शिशु बिस्तारै आफ्नो काखमा हुर्कंदै ठूलो भएको कल्पना मात्रैले पनि रोमाञ्चित बनाउँदो हो उनीहरूलाई । मनोवैज्ञानिकहरूले भनेकै छन्– गर्भवती महिलाका मनमा तात्कालिक अवस्थामा विभिन्न भावना सलबलाइरहन्छन् । जन्मिन लागेको बच्चाको तस्बिर झलझली आँखा अगाडि आइरहन्छ रे ! बजारमा उपलब्ध हुने शिशुका आकर्षक तस्बिर कोठामा टाँसेर कल्पिइरहन्छन् । तर, बच्चा जन्मिएको केही समयमै सक्रिय व्यवहारमा प्रवेश गरेसँगै उनीहरूका यी अनुभूति बिस्तारै धूमिल हुँदै जान्छ ।
मुम्बईस्थित अञ्जली फाउन्डेसनले नारीहरूको गर्भावस्थाकालीन यी अनुभूतिको सुरक्षा गर्ने भएको छ । त्यसका लागि एउटा विशेष डायरी प्रकाशन गरेको छ । त्यसमा गर्भावस्थाका क्रममा नारीहरूमा सकारात्मक भावना अनि धारणा विकास गर्ने खालका  फोटोसहितको डिजाइन गरिएको दाबी फाउन्डेसनले गरेको छ । यसमा गर्भवतीले सो अवधिका अनुभूति अनि घटनाबारे उल्लेख गर्न सक्नेछन् । फाउन्डेसनका अनुसार लामो मनोवैज्ञानिक अनुसन्धानपछि यो डायरी बनाइएको हो  ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रकाशित डायरी भारतपछि पहिलोपटक नेपालमा ल्याइएको छ । नेपाल भित्र्याउने रङ्ग नेपालका अध्यक्ष निर्मल थापाका अनुसार यो सामान्य डायरीभन्दा फरक र आकर्षक छ । सुन्दर तस्बिर, सुन्दर वाणी अनि सकारात्मक ऊर्जा दिने कुरा छन् ।
मेमोरी डायरी समाजका दुई स्तम्भ डाक्टर र शिक्षकमा समर्पित गरिएको फाउन्डेसनले जनाएको छ । अञ्जली किचेनवेयर प्रालिका अध्यक्ष तथा अञ्जली फाउन्डेसनका संस्थापक आत्माराम पटेलले डाक्टरले जीवन दिने र शिक्षकले जीवन जिउन सिकाउने भएकाले यी दुई वर्गको सम्मानमा डायरी प्रकाशन गरिएको बताए । ‘डाक्टर र शिक्षक जन्माउने आमाका लागि यो डायरी बनाइएको हो’ –पटेलले भने । सामाजिक उत्तरदायित्वस्वरूप प्रकाशन गरिएकाले यसको शुल्क न्यून रहेको उनले सुनाए ।
मनोवैज्ञानिक डा अरुणा उप्रेतीको विचारमा गर्भवती महिलालाई आफ्नो अनुभूति खुलस्त रूपमा प्रस्तुत गर्न यस्तो डायरी लेखन उपयुक्त विकल्प हो । उनी आफूले चाहिँ १० वर्षको उमरेदेखि नै डायरी लेख्न थालेकी रहिछन् । ‘डायरी भनेको हरेक मान्छेको आफ्नो गीता हो, जहाँ उसको जीवन र जगत् हुन्छ’ –उनले भनिन् ।
मनोचिकित्सकका अनुसार डायरी लेख्ने बानीले स्मरणशक्ति बढ्छ । आमाको गर्भ जन्मभन्दा पहिलेको पाठशाला भएकाले यो अवस्थामा नारीको मानसिकता सकारात्मक हुनुपर्छ । डायरी लेखनले यस्तो वातावरण तयार गर्ने बताइन्छ । गर्भवती महिलाले गर्भाधानसँगै डायरी लेख्न सुरु गर्दा पेटको बच्चाप्रति स्नेह बढ्ने र भ्रूणहत्याजस्तो अपराध कम हुने निष्कर्ष अञ्जली फाउन्डेसनको छ । यो डायरी पतिले पत्नीलाई उपहारका रूपमा दिन सक्छन्, जुन भविष्यमा जन्मिने बच्चाका लागि पनि सङ्ग्रहणीय वस्तु हुन सक्छ ।

त्रिभुवन विमानस्थलमा नयाँ प्रविधि परिक्षण


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ६ चैत

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज उडान तथा अवतरण (एप्रोच) प्रणालीका लागी नयाँ प्रविधि लागु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपिएआर) प्रविधि लागु गर्न लागेको हो । 
त्रिभुवन विमानस्थलको रनवे
जहाज निर्माता कम्पनि एयरवस सँगको सहकार्यमा प्राधिकरणले सोमबार नयाँ प्रविधिको परिक्षण उडान गरेको छ । यसका लागी जहाज भने कतार एयरवेजले उपलब्ध गराएको थियो । परिक्षण उडानमा नेपाल तथा कतारको नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए । 
नयाँ प्रविधिको उडान परिक्षणका कारण सोमबार अपरान्ह करिव तिन घण्टा अन्य उडान प्रभावित हुने बताइए पनि कुनै पनि उडान प्रभावित नभएको विमानस्थलमा खटिएका एयर ट्राफिक कन्टोलर (एटिसि) हरुले जानकारी दिएका छन् । ‘सामान्य दिनमा जस्तै उडान अवतरण भयो ।’ एक एटिसिले भने । परिक्षण उडानमा कुनै समस्या नदेखिएको र नयाँ प्रविधि पूर्णरुपमा लागु गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार नेपालले ४ बर्ष अगाडी देखि यो प्रविधि लागु गर्ने प्रयास गरिरहेको थियो । प्राधिकरण संचालक समितिको वैठकले गत वैशाखमै यो प्रविधि लागु गर्ने निर्णय गरेको थियो । कतार एयरवेजको ए ३२० एयरवस जहाजमा सोमबार गरिएको परिक्षण उडानबाट प्राप्त प्राविधिक प्रतिवेदन अध्ययन गरि अध्ययन गरी नयाँ प्रविधिको स्विकृति दिइने मानन्धरले जानकारी दिए । 
प्राधिकरणका अनुसार नेपाल आउने अधिकांश विमान कम्पनिका जहाजमा यो प्रविधि जडान भएको छ । कतार बाहेक अन्य विमान कम्पनिका जहाजले पनि दिउँसो मौसम सफा भएको बेला आरएनपिएआरको परिक्षण गर्न सक्ने प्राधिकरणले जनाएको छ । तर पूर्णरुपमा यो प्रविधि लागु गर्न भने नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनिको मुलुकले अनुमति दिनुपर्छ । मध्यपूर्वबाट नेपाल उडान गर्ने अधिकांश जहाज अत्याधुनिक प्रविधि युक्त छन् । तर नेपाल वायुसेवा निगमका बोइङ जहाजमा भने यो प्रविधि छैन । 
प्राविधिकहरुका अनुसार स्याटेलाइटमा आधारित यो प्रविधिमा जहाजको ककपिटमा रहेको स्क्रिनमा हेरेर जहाज अवतरण गराउन सकिन्छ । यसलाइ ‘अटो पाइलट’ भनिन्छ । अहिले भिओर डिएमइ, राडार लगायतका स्थलमा रहेका उपकरणको सहायताले जहाज अवतरण गराउनुपर्छ । 
प्राधिकरणका निर्देशक सञ्जिव गौतमका अनुसार स्याटेलाइटमा आधारित यो प्रविधिबाट जहाजमै रहेका उपकरणबाट जहाज उडान तथा अवतरण गर्न सकिन्छ । राडार लगायतका उपकरणको आवश्यकता पर्दैन । कठिन भुबनोटका कारण त्रिभुवन विमानस्थलमा यान्त्रिक अवतरण प्रणाली राख्न नमिल्ने भएकोले हालको सिमिततालाई यो प्रविधिबाट निराकरण गर्न सकिने गौतमको भनाइ छ । 
नयाँ प्रविधिबाट जहाजले डाँडा छल्दै घुमाउरो तरिकाले समेत उडान र अवतरण गर्न सक्छन् । यसबाट विमानस्थलमा ठुला तथा अन्तराष्ट्रिय जहाजको उडान र अवतरण बढि सुरक्षित, प्रभावकारी तथा नियमित हुने विश्वास प्राधिकरणको छ । आरएनपिएआर प्रविधि पूर्णरुपमा लागु भएपछि खराब मौसममा पनि जहाज उडान तथा अवतरण गर्न सक्ने बताइएको छ ।

Sunday, March 18, 2012

एक वर्षमा देशभर ब्रोडब्यान्ड इन्टरनेट


काठमाडौँ, ४ चैत । सरकारी दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले मुलुकका सबै गाविस र नगरपालिकामा द्रुतगतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने भएको छ । कम्पनीले वाइम्याक्स प्रविधिको प्रयोग गरी वाइफाई इन्टरनेट विस्तार गर्न लागेको हो । सेवा विस्तारका लागि काम सुरु भइसकेको टेलिकमले जनाएको छ ।
सन् २०१२ को अन्त्यसम्ममा मुलुकभर वाइफाई इन्टरनेट चलाउन सकिने दाबी कम्पनीको छ । यो इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता दुई सय ५६ केबिपिएस हुनेछ । ब्रोडब्यान्डको काम दुई चरणमा सम्पन्न गर्ने टेलिकमको योजना छ । पहिलो चरणमा पूर्वी क्षेत्रका मेची, कोसी, सगरमाथा, जनकपुर वागमती र नारायणी अञ्चलमा पर्ने गाविस तथा नगरपालिकामा सेवा विस्तार हुने बताइएको छ । दोस्रो चरणमा पश्चिमी नेटवर्कमार्फत गण्डकी, धवलागिरी, लुम्बिनी, राप्ती, भेरी, कर्णाली, सेती र महाकाली अञ्चलहरू रहेका छन् । आयोजनाले पूर्वी नेपालका दुई हजार ९२ गाविस र ३४ नगरपालिका तथा पश्चिम नेपालका एक हजार नौ सय २३ गाविस र २४ नगरपालिका समेट्ने छ ।
वाइम्याक्स एउटा आइपीमा आधारित ताररहित प्रविधि हो, जसको मद्दतबाट ठूलो क्षेत्रफलभित्र तीव्र गतिको इन्टरनेट तथा दूरसञ्चार सेवा सञ्चालन गर्न सकिन्छ । फोर–जी प्रविधिको वाइम्याक्सबाट एकैसाथ भ्वाइस, डाटा र भिडियो सेवा उपलब्ध हुन्छ । विज्ञहरूका अनुसार यसले वाइफाई जसरी नै काम गर्छ, तर यो वाइफाईभन्दा फरक, सुधारिएको र सजिलो प्रविधि हो । वाइम्याक्सको आधिकारिक वेबसाइट वाइम्याक्सफोरम डटओआरजीका अनुसार हाल एक सय ४९ राष्ट्रका पाँच सयभन्दा बढी सेवाप्रदायकले वाइम्याक्स प्रविधिमा आधारित सेवा प्रदान गरिरहेका छन् ।
यो प्रविधिमार्फत् मुलुकभर ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न टेलिकमले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत एयरस्पान नामक अमेरिकी कम्पनी छनोट गरी सम्झौतासमेत गरिसकेको छ । आयोजनाका लागि चिनियाँ कम्पनीहरू हुवाई र जेडटिईसहित चारवटा कम्पनीले आवेदन दिएका थिए । ७८ करोड रुपियाँ लागत रहेको यो आयोजनाका लागि सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई ३० मेगाहर्ज वाइम्याक्स फ्रिक्वेन्सी दिने निर्णय गरिसकेको छ । निजी सेवाप्रदायकहरूले भने सरकारी स्वामित्व भएकै कारण टेलिकमलाई कम मूल्यमा वाइम्याक्स फ्रिक्वेन्सी प्रदान गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
इन्टरनेटको पहुँच गाउँसम्म पु¥याउन सरकारले आगामी पाँच वर्षभित्र ७५ वटै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरले जोड्ने नीति लिएको छ । यसैअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभर उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यसहित ब्रोडब्यान्ड नितीको हालै मस्यौदा तयार गरेको हो । सन् ०१५ सम्ममा नेपाललाइ ब्रोेडब्यान्ड देश बनाउने प्राधिकरणको लक्ष्य छ । प्रस्तावित नीतिमा दुई सय ५६ किलोबाइट्स प्रतिसेकेन्डभन्दा बढी गतिको इन्टरनेटलाई उच्च गतिको इन्टरनेटका रूपमा परिभाषित गरिएको छ । नेपालमा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १५.२० प्रतिशत पुगेको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा ४० लाख ४७ हजार इन्टरनेट प्रयोगकर्ता छन् ।
अध्ययनअनुसार ब्रोडब्यान्ड इन्टरनेटमा भएको एक प्रतिशत वृद्धिले ०.३ प्रतिशत रोजगारी बढाउन सहयोग पुग्छ । सरकारले लिएको इ–गभर्नेन्सको नीतिलाई पनि त्यसले सहयोग पुग्ने विज्ञहरू बताउँछन् । 

Saturday, March 17, 2012

कमजोर इन्टरनेट स्वतन्त्रता

इन्टरनेट स्वतन्त्रता तथा सामाजिक सञ्जालमाथिको सेन्सरसिपको विषय अहिले चर्चामा छ । गत महिना द इकोनोमिस्ट पत्रिकाले सामाजिक सञ्जालमाथिको सेन्सरसिपका बारेमा खुला बहस चलाएको थियो । पक्ष र विपक्षमा थुपै्र तर्क आए । सेन्सरसिपको विपक्षमा तर्क गर्नेले यसबाट समाज पछाडि फर्किने विचार राखे भने पक्षधरले सामाजिक सञ्जालबाट सामाजिक रुपान्तरण हुने दाबी गरे ।
उता पत्रकारको सुरक्षा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रिपोर्टर्स विदाउट वोर्डर्सले हालै इन्टरनेट स्वतन्त्रताका बारेमा एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । इन्टरनेट सेन्सरसिपविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर गत साता प्रकाशित प्रतिवेदनमा विभिन्न मुलुकका सरकारले कसरी इन्टरनेटमाथि बन्देज लगाउने प्रयास गरिरहेका छन् भन्नेबारे उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०११ मा केही मुलुकमा इन्टरनेट र मोबाइल फोन बन्द गर्ने काम भयो । सरकारविरोधी आन्दोलन चर्केपछि इजिप्ट सरकारले पााच दिनसम्म इन्टरनेट र मोबाइल फोन बन्द गर्ने काम गर्‍यो । त्यस्तै क्यामरुन, कजाकस्तान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि एसएमएस, मोबाइल फोन र इन्टरनेट बन्द गरियो ।
कतिपय मुलुकमा इन्टरनेटमा राखिने सामग्रीको विषयवस्तु वा सामग्री फिल्टर गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्वमा प्रजातान्त्रिक आन्दोलन चलिरहादा चीनले निश्चित विषयवस्तुमाथि फिल्टर गरेको थियो । त्यस्तै उज्वेकिस्तानले पनि अरब आन्दोलनबारे सामग्री खोज्न आˆनो मुलुकभित्रका इन्टरनेट प्रयोगकर्तालाई बन्देज लगाएको थियो । थाइ सरकारले समेत त्यहााको राजसंस्था र राजतन्त्रविरुद्धका सामग्री खोज्न बन्देज लगाउनाका साथै यस्ता कुरा इन्टरनेटमा पोस्ट गर्नेलाई जेल हाल्नेसम्मका काम गरेको प्रतिवेदनमा उल्लेख छ । थाइल्यान्डले इन्टरनेटमा राखिएका निश्चित सामग्री हटाउन इन्टरनेट सेवाप्रदायक र वेबसाइट सञ्चालकलाई दबाबसमेत दिएको थियो । रिपोर्टर्स विदाउट बोर्डर्सले थाइ सरकारको यस्तो रबैया कायम रहने हो भने आगामी वर्ष उसलाई इन्टरनेटको शत्रुको सूचीमा राख्ने चेतावनी दिएको छ ।
सन् २०११ मा विश्वभर भएका इन्टरनेट स्वतन्त्रताविरोधी गतिविधिलाई आधार मानेर संस्थाले सन् २०१२ का लागि इन्टरनेटका शत्रु देशको एक सूची प्रकाशन गरेको छ । यो सूचीमा बहराइन, बेलारुस, म्यानमा, चीन, क्युबा, इरान, उत्तर कोरिया, साउदी अरब, रिरिया, तुर्कमेनिस्तान, उज्वेकिस्तान र भियतनाम छन् । यी सबै मुलुकले कुनै न कुनै रुपमा इन्टरनेट स्वतन्त्रतामाथि प्रहार गरेको बोर्डर्सले उल्लेख छ । संस्थाले केही मुलुकलाई निगरानीको सूचीमा राखेको छ । यो सूचीमा भारत पनि छ । भारतको राष्ट्रिय सुरक्षा नीतिले इन्टरनेट प्रयोगकर्ताको विचार अभिव्यक्ति स्वतन्त्रताका साथै वैयक्तिक गोपनीयताको हकमाथि समेत धावा बोलेकाले भारतलाई यो सूचीमा राखिएको प्रतिवेदनमा उल्लेख छ । 
भारतले सन् २००८ मा पनि मुम्बइ बमकाण्डपछि इन्टरनेट सेवाप्रदायकमार्फत प्रयोगकर्तामाथि निगरानी बढाएको थियो । निगरानी गर्नुपर्ने मुलुकको सूचीमा अस्ट्रेलिया, प|mान्स, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड, रुस, इरिटि्रया, मलेसिया, टर्की, र संयुक्त अरव इमिरेट्स छन् । लिबिया र भेनेजुएला भने यो सूचीबाट हटेका छन् । प्रतिवेदनले यो वर्ष पाकिस्तान, अजरबैजान, मोरक्को र ताजिकिस्तान इन्टरनेटप्रति अझ असहिष्णु हुने अल्याएको छ । पाकिस्तानले त इन्टरनेटमा राखिने सामग्री फिल्टर गर्ने संयन्त्र बनाउन निजी कम्पनीलाई  आहृवान गरिसकेको छ ।
नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तथा दुरुपयोग बढेपछि यसका बारेमा बहस सुरु भएको छ । केही समयअघि प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रममै सामाजिक सञ्जालको दुरुपयोग बढेको र यसले सामाजिक सद्भाव खल्बलिएको बताएका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि विज्ञान तथा प्रविधि मन्त्रालयले फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल प्रयोगका लागि गाइडलाइन बनाउने काम सुरु गरेको छ । त्यस्तै विद्युतीय कारोबार ऐन अनुसार सरकारले इन्टरनेट सेवाप्रदायकमार्फत अश्लील सामग्री फिल्टर गर्ने काम गरिरहेको छ ।
- एजेन्सीको सहयोगमा


- एजेन्सीको सहयोगमा लक्ष्मीप्रसाद खतिवडा 

Friday, March 16, 2012

गुणको उडान बन्द

काठमाडौ, २ चैत
निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले बिनाजानकारी आˆनो उडान सेवा स्थगन गरेको छ । जहाज मर्मत गर्नुपर्ने भन्दै कम्पनीले दुई साताका लागि उडान स्थगन गरेको हो ।

गुण एयरलाइन्ससाग हाल तीनवटा १९०० डी बीचक्राˆट जहाज छन् । यसमध्ये दुईवटा मर्मत गर्नुपर्ने र एउटा बिक्रीका लागि राखिएको अपरेसन विभागले जनाएको छ । विभागका अनुसार मर्मतपछि दुई सातामा उडान सुचारु हुने छ । मर्मतका लागि इन्जिन तथा आवश्यक पार्टपुर्जा समयमा नआएको कम्पनीले बताएको छ ।
काठमाडौंालाई आधार बनाएर गुणले माउन्टेन ˆलाइटका साथै विराटनगर, भैरहवा,  पोखरालगायत ६ वटा सुगम गन्तव्यमा उडान गरिरहेको छ । एक दिन सेवा बन्द हुादा दैनिक करिब १५ लाख रुपिया घाटा हुने बताइएको छ । गुण एयरलाइन्स यात्रु सङख्याका आधारमा मुलुकको चौथो ठूलो वायुसेवा कम्पनी हो । यसले सन् २०११ मा पाच हजार पाच सय ७६ उडान गरी ७७ हजार ८ सय ८९ यात्रु बोकेको नेपाल नागरिक उड्डन प्राधिकरणको तथ्याङ्क छ ।
बिनासूचना उडान स्थगन गरिएकाले यात्रुलाई असुविधा पुगेको ट्राभल एजेन्सी सञ्चालकले बताएका छन् । उनीहरुका अनुसार अहिले गुणको कुनै पनि उडान भएको छैन । सेवा बन्दबारे कम्पनीले हालसम्म सार्वजनिक सूचना प्रकाशन गरेको छैन । टिकट एजेन्ट, शाखा काउन्टर तथा ट्राभल एजेन्सीलाई भने व्यक्तिगत तथा संस्थागत रुपमै सेवा बन्दबारे जानकारी गराइएको कम्पनीले जनाएको छ । १५ दिनभन्दा बढी सेवा बन्द गर्नुपर्ने भएमा उड्डयन प्राधिकरणलाई समेत जानकारी गराउनुपर्ने हुन्छ ।
कम्पनीले सेवा स्थगन गर्नाको कारण जहाज मर्मतलाई देखाए पनि सम्बन्धित स्रोतका अनुसार मर्मतको खर्च अधिक भएका कारण सेवा बन्द भएको हो । दुईवटा जहाज मर्मतका लागि आवश्यक रकम बेहोर्न नसकेपछि इन्जिन तथा पार्टपुर्जा आउन ढिलो भएको र कम्पनीले बिमाको पि्रमियम पनि तिर्न नसकिरहेको स्रोतको दाबी छ । उडान सेवा बन्द भए पनि कार्यालयको दैनिक काम नियमित रुपमा भइरहेको कम्पनीले जनाएको छ । दुई वर्षअघि बुद्ध एयरबाट जहाज खरिद गरी सेवा सुरु गरेको गुण एयरलाइन्स गुण गु्रपअन्तर्गत सञ्चालित छ । ग्रुपले सिनेमा, को-अपरेटिभ, मोबाइल, फुड कोल्ड स्टोरेज, रियल स्टेटलगायतका क्षेत्रमा पनि काम गरिरहेको छ  ...

दुइ बर्षदेखि नागरिक खोज्दै अमेरिकी दुतावास

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १ चैत
काठमाडौंस्थित अमेरिकी राजदुतावास विगत करिव २ बर्ष देखि हराइरहेकी एक युवतिको खोजी गरिरहेको छ । दुतावास बारम्बार प्रहरी तथा सेनालाइ पत्र पठाउँछ र खोजी कार्यमा भइरहेको प्रगति बारे विवरण माग्छ । राजधानीको महाराजगन्ज स्थित अमेरिकी दूतावासका भित्ताहरुमा उनी हराएको जानकारी सहितको तस्बिर राखिएको छ । 
हराइरहेकी युवति स्याक्को
२२ अप्रिल २०१० देखि नेपालमा वेपत्ता भएकी यि युवति हुन् अमेरिकाको कोलोराडो राज्यकी ओव्री क्यारोलिन स्याक्को । टे«किङका लागी हिडेकी स्याक्को रसुवाको लामा होटलमा अन्तिम पटक देखिएकी थिइन् । टे«किङ गाइडहरुका अनुसार रसुवाका गाउँगाउँमा उनका खुइलिएका तस्विर अझै भेटिन्छन् । पर्यटक बढि पुग्ने ठमेलका होटल र खाजाघरहरुमा पनि उनको तस्विर टाँसिएको छ । 
२० अप्रिल २०१० मा नेपाल पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टे«किङ परमिट कार्ड (टिम्स) लिएर काठमाडौंबाट स्याफ्रुबेसी हुँदै लाङटाङ क्षेत्रको पदयात्रामा हिडेकी स्याक्को त्यसको २ दिनमै हराइन् । टिम्स कार्ड अनुसार उनी मे १ सम्ममा काठमाडौं फर्किनुपर्ने थियो । 
स्याक्को परिवारले मृत्युको प्रमाण फेला नपरेसम्म खोजी कार्य जारी राखिने बताएको छ । ‘६ सय ९२ दिन भयो हामी राम्ररी सुत्न नसकेको । उनी कतै हुनुपर्छ भनेर आशा मारेका छैनौं ।’ छोरीको खोजीमा चौथो पटक नेपाल आएकी आमा कोन्नी स्याक्कोले भनिन् । उनले नेपाल प्रहरीका महानिरिक्षक रविन्द्र प्रताप शाह र प्रहरीका अन्य उच्च अधिकारीलाइ भेटिन् । भौगोलिक कठिनाइका कारण खोजी कार्य प्रभावकारी हुन नसकेको तर प्रयास जारी राख्ने आश्वासन पाएको उनले बताइन् । स्याक्कोको खोजीका लागी अमेरिकी सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको तर यहाँको गृह मन्त्रालयले यो स्विकार नगरेको दावी उनको छ । उनी प्रधानमन्त्री डा. बाबुराम भट्राइलाइ भेट्ने प्रयास गरिरहेकी छिन् । 
खोजि कार्यमा एक करोड रुपैयाँ भन्दा बढि खर्च भइसकेको स्याक्को परिवारले बताएको छ । ‘हाम्रो लागी पैसा ठूलो कुरा होइन, उनी भेट्टिनुप¥यो ।’ कोन्नीले भनिन् । स्याक्कोको सूचना दिने व्यक्तिलाइ २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । 
नेपालमा पटक पटक पर्यटकमाथी आक्रमण भइरहेको भन्दै कोन्नीले यसले नेपालको पर्यटनमा नै असर पुग्ने बताइन् । ‘पर्यटकको सुरक्षा गर्नु तपाइहरुको दायित्व हो ।’ उनले भनिन् । सुरक्षा निकायले छोरीको खोजीमा चासो नदेखाएको आरोप लगाउँदै उनले यो विषयलाइ अन्तराष्ट्रियकरण गरेर नेपालको पर्यटन नै धराशायी बनाइदिने चेतावनी समेत दिइन् । परिवारका अनुसार अमेरिकाबाट सन् २००९ डिसेम्बरमा उनी पहिलो पटक एसियाका लागि हिडेकी थिइन् । उनी श्रीलंका, भारत हुँदै नेपाल आइपुगेकी थिइन् ।  
गत डिसेम्बरमा पनि एक अमेरिकी महिला लेना सेसन गोसाइकुण्ड क्षेत्रमा वेपत्ता भएकी थिइन् । तर त्यसको खासै चर्चा भएन । ओब्रीका बुवा पउल स्याक्को कोलोराडो राज्यका न्यायधिश भएकाले दुतावासलाइ अमेरिकाको दवाव रहेको बताइएको छ । अमेरिकी संस्था एफबीआईले पनि उनको खोजीका लागी दवाव दिइरहेको छ । आमा स्याक्कोका अनुसार उनको स्थिति थाहा पाउन ८ हजार भन्दा बढि पत्र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई बुझाइएको छ ।
टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) अनुसार स्याक्को लाङटाङ राष्ट्रिय निकुञ्ज स्थित सेनाको चेकपोष्टमा ‘इन्ट्री’ भएकि छिन् तर त्यसपछि उनको कुनै रेकर्ड छैन । यो प्रकरणमा अप्रत्यक्ष रुपमा सेना जोडिएपछि स्याक्को खोजी अभियानको संयोजन गरिरहेको टानले सेनासँग केहि विवरण मागेको छ । ‘स्याक्को इन्ट्री भएको दिन को को ड्युटीमा थिए, को बाहिर थियो, कोहि शंकास्पद छ कि भनेर सोधेका छौं तर अहिलेसम्म जवाफ आएको छैन ।’ टानका महासचिव मोहन लम्सालले भने । सेनाले समेत सक्रियतापूर्वक स्याक्कोको खोजी गरिरहेको उनले जानकारी दिए । 
स्याक्को हराए पछि टानको संयोजनमा अमेरिकी दुतावास, सेना, प्रहरी र स्थानिय प्रशासनको सहयोगमा फिस्टेल एयरको हेलिकोप्टरबाट शंका लागेको सबै ठाउँमा खोजिएको थियो । ‘५ पटकसम्म ‘स्टिङ अपरेसन’ गरियो । सेनाले २ पटक छुट्टै हेलिकोप्टरबाट खोज्यो ।’ लम्सालले भने । टानले आफ्नै खर्चमा पनि स्थानिय मानिसहरु खटाएको र महिनौंसम्म काम गर्ने मान्छेको भेषमा विभिन्न व्यक्ति राखिएको उनले जानकारी दिए । 
टे«किङ जाने पर्यटकको सूचना व्यवस्थित गर्न पर्यटन बोर्डले तिन बर्ष अघि टिम्स प्रणाली लागु गरेको थियो । तर यो प्रभावकारी हुन सकेको छैन । काठमाडौंबाट टिम्स लिएर हिडेपनि ठाउठाउमा चेकिङ प्याइन्ट नहुदा समस्या भएको टे«किङ व्यवसायीहरुको भनाइ छ । टिम्स प्रभावकारी बनाउन अनलाइन फर्मको व्यवस्था गरिएको र ठाउठाउमा चेकिङको व्यवस्था गरिएको टानले जनाएको छ । यसबाट कुन पर्यटक कहाँ पुगेको छ थाहा पाउन सकिन्छ । व्यक्तिगत टिम्स कार्ड नदिने र कम्तिमा एक जना सहयोगी लिएरै हिड्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको बताइएको छ ।

Wednesday, March 14, 2012

सुरक्षित छैनन् महत्वपूर्ण सूचना

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ३० फागुन
मोबाइलको सिमकार्ड लिँदा होस् वा बैंकमा खाता खोल्दा, अथवा अन्य कुनै फाराम भर्दा हामी थुप्रै व्यक्तिगत सूचनाहरू भर्ने गर्छौँ । तर, हामीले उपलब्ध गराएका ती सूचना कतिको सुरक्षित राखिएका छन् हामी हेक्का राख्दैनौँ ।
सूचनाको सुरक्षा लेखाप्रणाली नहुँदा महत्वपूर्ण सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरू बताउँछन् । ‘नेपालमा हरेक वर्ष आर्थिक लेखापरीक्षण हुन्छ, तर कुनै पनि क्षेत्रको ‘डाटा’ कति सुरक्षित छ भनेर मूल्याङ्कन हुने गरेको छैन,’ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख राजनराज पन्तले भने । महत्वपूर्ण सूचनाको सुरक्षाका लागि लेखाप्रणाली आवश्यक रहेको र आन्तरिकमात्र नभएर स्वतन्त्र रूपमा पनि लेखापरीक्षण गराउनुपर्ने उनको भनाइ छ । सङ्घसंस्थाले प्रयोग गर्ने ‘एप्लिकेसन’ पनि कति भरपर्दो छ त्यसको मूल्याङ्कन हुनुपर्ने पन्तको भनाइ छ । ‘इलेक्ट्रोनिक डाटा बढी संवेदनशील हुन्छ र सुरक्षा गर्न पनि बढी गाह्रो हुन्छ, तर नेपालका कुनै पनि कम्पनीसँग डाटा नष्ट भए कसरी रिकभर गर्ने भन्ने योजना छैन,’ उनले भने । सूचनाको सुरक्षा लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय गाइडलाइन तोकिएको र विकसित मुलुकले अनिवार्य रूपमा यस्तो लेखापरीक्षण गराउने गरेको उनले बताए । नेपालमा करिब दर्जनजति सूचना सुरक्षा लेखापरीक्षक रहेको बताइएको छ ।
कुनै पनि कम्पनी तथा संस्थाका लागि सूचना महत्वपूर्ण सम्पत्ति हो । यो मेटिए आर्थिक नोक्सानीका साथै संस्थाको छवि पनि बिग्रिन सक्छ । तर, नेपालमा अहिलेसम्म सूचना राख्ने प्रणाली, सूचना रेकर्डको अवस्था, संस्थाको आइटी नीति, प्राविधिक कर्मचारीको अवस्था आदि बारे लेखापरीक्षण गर्ने प्रचलन सुरु भएकै छैन । विशेषगरी बैंकिङ क्षेत्रमा सूचनाको सुरक्षा कमजोर रहेको विज्ञहरूको टिप्पणी छ । ‘व्यक्तिको लाखाको सम्पत्तिबारे सूचना कति सुरक्षित छ भन्ने कुरा महत्वपूर्ण छ । तर, सूचना सुरक्षाको अवस्थाका बारेमा आन्तरिक तथा स्वतन्त्र लेखापरीक्षण गर्ने प्रचलन छैन’, पन्तले भने । सूचना प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा दिन थाले पनि यो पूर्ण रूपमा सुरक्षित नभएको विज्ञहरूको भनाइ छ । अनलाइनबाट लिइने सूचनाको दुरुपयोग हुनसक्ने सम्भावना बढी हुने भएकाले अनलाइन फाराम भर्दा व्यक्तिगत सूचना नदिन उनीहरूको सुझाव छ ।
गत पुसमा नक्कली एटिएम कार्डको प्रयोग गरी नबिल बैंकबाट ८० लाख रुपियाँ चोरी भएको थियो । यसमा बैंककै पूर्व कर्मचारीको सम्लग्नता देखिएपछि आन्तरिक रूपमा पनि सूचना सुरक्षाको अवस्था कमजोर रहेको देखिएको छ । ‘बाहिरबाट त खतरा छँदैछ, आन्तरिक रूपमा पनि खतरा छ,’ एक प्रविधि विज्ञले भने । बैंकहरूले अनावश्यक रूपमा व्यक्तिको सूचना लिने गरेको उनको दाबी छ । सूचना प्रविधिको विकाससँगै देखापरिरहेका नयाँनयाँ विषय सम्बोधन गर्न सरकारले कार्ययोजना बनाइरहेको विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशव भट्टराई बताउँछन् । विज्ञान र प्रविधिले सबै क्षेत्रलाई छुने भएकाले यसको विकासमा ध्यान दिनुपर्ने तर यसका लागि स्रोत स्–साधनको कमी रहेको उनको भनाइ छ । प्रविधि विकासका लागि मन्त्रालयअन्तर्गत आइटी विभाग स्थापना गर्ने काम अन्तिम चरणमा पुगको जानकारी उनले दिए ।

Tuesday, March 13, 2012

इन्टरनेट प्रयोगकर्ता ४० लाख


काठमाडौँ, २९ फागुन । सूचना प्रविधिको अभिन्न अङ्ग मानिने इन्टरनेटका प्रयोगकर्ता नेपालमा ४० लाख ४७ हजार पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको व्यवस्थापन सूचना प्रणाली (एमआइएस) को आधारमा यो तथ्याङ्क बाहिर आएको हो ।
प्राधिकरणका अनुसार १५.२० प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको छ । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता निजी कम्पनी एनसेलका छन् । उसका २३ लाख १३ हजार इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्याङ्क छ । तर, एनसेलका सबै प्रयोगकर्ता जिपिआरएसका हुन् । नेपाल टेलिकमका भने १६ लाख ५ हजार इन्टरनेट ग्राहक छन् । टेलिकमले डायलअप, एडिएसएल, जिपिआरएस र सिडिएमए आइएक्स प्रविधिमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ । टेलिकमका ७८ हजार तीन सय ९० ग्राहक एडिएसएलका छन् भने १४ लाख १३ हजार जिपिआरएस प्रयोगकर्ता छन् । सिडिएमए इन्टरनेट प्रयोगकर्ता एक लाख आठ हजार छन् । युटिएलका भने ६६ हजार तीन सय ७० इन्टरनेट ग्राहक छन् ।
सेवा महङ्गो भएका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) का ग्राहक भने बढ्न सकेका छैनन् । आइएसपीका ६२ हजार चार सय ग्राहक छन् । यीमध्ये वायरलेस इन्टरनेटका ग्राहक ३१ हजार र केवुलबाट इन्टरनेट चलाउने १७ हजार छन् । त्यस्तै १४ हजारले डायलअप इन्टरनेट चलाइरहेका छन् । प्राधिकरणले हालसम्म ४६ वटा कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स दिएको छ ।
कुल इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी ५७ प्रतिशत एनसेलका छन् । त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ता ४० प्रतिशत छन् भने युटिएल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको हिस्सा क्रमशः दुई र एक प्रतिशत छ । पछिल्लो समय इन्टरनेट मोबाइल टेलिफोनमा समेत चल्ने भएपछि यसका ग्राहक ह्वात्तै बढेका हुन् । एक महिनामा सरदर एक लाख ७० हजार जिपिआरएसका ग्राहक थपिने गरेको तथ्याङ्क छ । एडिएसएल र डायलअपका ग्राहक भने उल्लेख्य रूपमा बढ्न सकेका छैनन् ।
इन्टरनेट प्रयोगकर्तालाई मुलुकको आर्थिक विकासको एक महत्वपूर्ण सूचकाङ्कका रूपमा लिइन्छ । तर, प्रयोगकर्ता बढे पनि कुल गार्हस्थ उत्पादनमा यसको सकारात्मक प्रभाव देखिएको छैन । मोबाइलमा इन्टरनेट चलाउनेको सङ्ख्या बढी भएकाले आर्थिक प्रभाव नपरेको विज्ञहरू बताउँछन् । दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल तीव्र गतिको ब्रोडब्यान्ड इन्टनेट महङ्गो भएकाले उपभोक्ता बढ्न नसकेको बताउँछन् । ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको सवा पाँच अर्ब रुपियाँ ग्रामीण क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गर्ने, सेवा प्रदायकलाई अनुदान दिने योजना रहेको निर्देशक खनालले जानकारी दिए । पुस मसान्तसम्ममा टेलिफोन प्रयोगकर्ता नेपालीको सङ्ख्या भने १५ करोड ३२ लाख २७ हजार पुगेको छ । यो कुल जनसङ्ख्याको करिब ५८ प्रतिशत हो । दूरसञ्चार क्षेत्रको वार्षिक वृद्धिदर ४४ प्रतिशत रहेको र यही अवस्था कायम रहे दुई वर्षमा शतप्रतिशत टेलिघनत्व पुग्ने प्राधिकरणले जनाएको छ ।
मोबाइल प्रयोगकर्ताको सङ्ख्या १३ करोड ६० लाख नाघेको छ । पछिल्लो तीन वर्षमा मोबाइल प्रयोगकर्ता तीन गुणाले बढेका छन् भने मासिक दुई लाख ५० हजार मोबाइल प्रयोगकर्ता थपिइरहेका छन् ।  टेलिकम क्षेत्रमा गत आर्थिक वर्षमा ४६ अर्ब रुपियाँको कारोबार भएको थियो भने सरकारलाई २० अर्ब रुपियाँ राजस्व प्राप्त भएको थियो । यो क्षेत्रले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ ।  अन्तर्राष्ट्रिय अनलाइन पपुलेसन फोरकास्टको दाबीअनुसार सन् २०१३ सम्ममा विश्वभर इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब २० करोड पुग्नेछ । एसियामा ४३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुग्ने वेबसाइटको दाबी रहेको छ ।  हाल सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । विकसित मुलुकका तुलनामा नेपालजस्तो विकासोन्मुख मुलुकमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या तीव्र रूपमा बढ्ने प्रक्षेपण गरिएको छ ...

Saturday, March 10, 2012

जुत्ता बजारको नम्बर एक खेलाडी

२०५२ सालमा ललितपुरको कुम्भेश्वरमा ४ वटा सिलाइ मेसिनबाट शुरु भएको एउटा जुत्ता उत्पादक कम्पनि अहिले मुलुककै सबैभन्दा ठूलो भएको छ । तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाको धनगढी डिलरका रुपमा काम गरेका शिखर शु इन्डस्टीका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइको दावी अनुसार अहिले नेपालमा शिखर जुत्ताको नम्बर वान ब्रान्ड हो ।
शिखर चुरोटबाट प्रभावित भएर शुरुदेखि नै शिखर ब्रान्डमा जुत्ता बनाएका प्रसाइले २०६४ मा प्राली दर्ता गराएका थिए । त्यतिबेला बाँसबारीको जुत्ताको निकै राम्रो बजार थियो । अहिले यो बन्द भइसकेको छ । निजिकरण भएपछि आधुनिक बासबारीका आधुनिक मेसिन बेचिए ।
करिव ७० जिल्लामा रिटेल नेटवर्क भएको शिखरले पार्टी, क्याजुअल, युनिफर्म लगायतका सबैजसो सेगमेन्टका जुत्ता उत्पादन गर्छ । निकट भविष्यमै महिलाका लागी जुत्ता, स्याण्डल तथा प्रहरी र सेनाका लागी चाहिले डिएमएस बुट बनाउने कम्पनिको योजना छ । ‘महिलालाइ लक्षित गरेर थुपै्र मोडल ल्याउदै  छौं ।’ प्रसाइले भने ।
ग्राहकको विश्वासका कारण नै कम्पनि सफल भएको प्रवन्ध निर्देशक प्रसाइ बताउँछन् । ‘शिखरलाइ ब्रान्ड बनाउन निकै लामो समय लाग्यो । तर ब्रान्ड बनाउन जति गाह्रो छ, त्यसलाइ कायम राखिराख्न त्यो भन्दा धेरै गाह्रो छ ।’ उनले भने । उपभोक्ताको विश्वास कायम राख्न सँधै लागिपर्ने उनको प्रतिवद्धता छ । सहज रुपमा उपलब्ध हुने तथा विक्रीपछिको सेवा र प्रतिस्पर्धि मुल्यका कारण पनि शिखर उपभोक्ताको रोजाइ बनेको प्रसाइको अनुभव छ ।
कम्पनिले केहि महिना अघि मात्र जुत्ता उत्पादनका लागी अत्याधुनिक मेसिन स्थापना गरेको छ । यसले गर्दा उत्पादन छिटो भएको छ र लागत पनि घटेको छ । २ दिन लाग्ने काम ४५ मिनेटमा हुन्छ अहिले । यो स्तरको मेसिन अहिले कुनैपनि नेपाली कम्पनिसँग नभएको प्रसाइको दावी छ ।
बजारको माग अनुसार आपूर्ति गर्न अझै नसकिरहेको कम्पनिको भनाइ छ । नेपालमा बार्षिक करिव २५ प्रतिशतले जुत्ताको माग बढिरहेको अनुमान छ । यसमध्ये छालाका जुत्ताको बढि माग छ । कम्पनिले हालै गरेको सर्वेक्षण अनुसार नेपालमी जुत्ता बजारमा कुल मागको करिव ५५ प्रतिशत स्वदेशी उत्पादनले धानेको छ ।
नेपाली जुत्ता बजारमा शिखरको बजार हिस्सा सबैभन्दा बढि छ । यसका काठमाडौंको भोटाहिटि, न्यूरोड, बौद्ध, नयाँ बानेश्वर, माछापोखरी, नयाँ बसपार्क, पुरानो बसपार्क र पाटनमा तथा उपत्यका बाहिर विराटनगर, नेपालगन्ज पोखरा लगायतका मुख्मुख्य शहरमा शोरुम छन् ।
शिखरले विशेष गरि मध्यम वर्गलाइ लक्षित गरेको छ । कम्पनिका अनुसार बढि विक्री हुने सेगमेन्ट पनि यहि हो । शिखरले ६ सय देखि २२ सय रुपैया सम्मका जुत्ता उत्पादन गरिरहेको छ । सबै मोडलमा यसले ६ महिनाको सर्भिस सहितको वारेन्टी दिन्छ । हर घर जुत्तामा शिखर भन्ने नाराका साथ जुत्ता उत्पादन गरिरहेको शिखरका करिव ३ सय मोडलका जुत्ता बजारमा उपलबध छन् ।
जुत्ता बजारमा आफू बाहेक दोश्रो ठूलो प्लेयर नभएकोले प्रतिस्पर्धा नभएको कम्पनिको दावी छ । शिखरबाहेक फिटराइट, स्काइ तथा गोल्डस्टार नेपाली बजारमा बढि विक्री हुने जुत्ता हुन् । नेपाली बजारमा अधिपत्य जमाउने क्रममा रहेको शिखरले भारत र चिनमा समेत ब्रान्ड दर्ता गरिसकेको छ ।


शब्द/तस्विर : लक्ष्मीप्रसाद खतिवडा

दुरसञ्चार मालिक विश्वक धनी

एजेन्सीहरु
मेक्सिकोको एक टेलिकम कम्पनिका मालिक विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिमा दरिएका छन् । टेलम्याक्स नामक कम्पनिका मालिक कार्लोस स्लिम हेलुलाइ अमेरिकी विजनेस म्यागजिन फोब्र्सले धनिको सूचिमा नम्बर एकमा राखेको हो । उनी विगत ३ बर्षदेखि पहिलो नम्बरमा छन् । फोब्र्सका अनुसार ७२ बर्षिय कार्लोसको सम्पत्ति ६९ अर्व अमेरिकी डलर छ । गत बर्ष उनको सम्पत्ति ७४ अर्व डलर थियो ।
हरेक बर्ष धनीहरुको सूची सार्वजनिक गर्ने फोब्र्सका अनुसार कार्लोसको सबैभन्दा ठूलो व्यवसाय टेलिकम्युनिकेसन हो भने वित्तिय संस्था, खनिज, रियलस्टेट, निर्माण जस्ता क्षेत्रमा पनि उनको ठूलो लगानी छ । सन् १९९० को अन्त्यतिर सरकारी स्वामित्वमा रहेको मेक्सिकोको टेलिफोन कम्पनी टेलम्याक्स निजीकरण भएपछि उनले यसको व्यवस्थापन सम्हालेका थिए । उनको युरोप र अमेरिकी टेलिफोन कम्पनीमा समेत लगानी रहेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्
दोश्रो धनिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । ५६ वर्षिय गेट्ससँग ६१ अर्ब डलर बराबरको सम्पत्ति छ । गत बर्ष उनीसँग ५६ अर्व डलर सम्पत्ति थियो भने फोब्र्सको सूचिमा दोश्रो नम्बरमै थिए । तेश्रो स्थानमा अमेरिकी नागरिक वारेन बफेट छन् । उनीसँग ४४ अर्ब डलर बराबरको सम्पत्ति छ । गत बर्ष पनि यहि स्थानमा रहेका वफेटसँग ५० अर्व डलर थियो ।
चौथो धनीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट छन् । उनीसँग ४१ अर्व डलर सम्पत्ति छ । ३७.५ अर्व डलर सम्पत्ति सहित पाँचौ स्थानमा स्पेनका आमासियो ओर्टेगा छन् । गत बर्ष पाँचौं स्थानमा अमेरिकाका ल्यारी इलिसन थिए । यस बर्ष इलिसन छैठौं स्थानमा झरेका छन् । फोब्र्सका अनुसार सातौं स्थानमा आइका बाटिस्टा, आठौंमा स्टेफन पेर्सन छन् । एसियाली अरवपतिमा हङकङका ली का शिंग सबैभन्दा अगाडी छन् । उनी नवौं नम्बरमा छन् । दशौं स्थानमा भने जर्मनीका कार्ल अल्र्बेच्ट छन् ।
गत बर्ष छिमेकी भारतका दुइ व्यापारी पहिलो दश स्थानमा रहेकोमा यस बर्ष दुवै बाहिरिएका छन् । गत बर्ष छैठौं स्थानमा रहेका भारतिय स्टिल व्यापारी लक्ष्मी मित्तल यस बर्ष २१ औं नम्बरमा पुगेका छन् । । गत बर्ष नवौं स्थानमा रहेका भारतिय व्यापारी मुकेश अम्बानी यस बर्ष १९ औं नम्बरमा झरेका छन् । भारतकै सफ्टवेयर व्यापारी अजिम प्रेमजी ४१ औं नम्बरमा छन् । अनिल अम्बानी ११८ औं नम्बरमा पुगेका छन् ।


विश्वका १० धनी
नाम                      सम्पत्ति         उमेर        स्रोत                नागरिकता

१. कार्लोस स्लिम    ६९ अर्व डलर    ७२ बर्ष        दुरसञ्चार          मेक्सिको
२. विल गेट्स         ६१ अर्व डलर    ५६ बर्ष        माइक्रोसफ्ट        अमेरिका
३. वारेन वफेट       ४४ अर्व डलर    ८१ बर्ष        वर्कशायर हाथवे   अमेरिका
४. बर्नार्ड आर्नल्ट    ४१ अर्व डलर    ६३ बर्ष        एलभिएमएच      फ्रान्स
५. एमान्सीओ ओर्टेगा ३७.५ अर्व     ७५ बर्ष         जारा                   स्पेन
६. ल्यारी इलिसन  ३६ अर्व डलर    ६७ बर्ष        ओराकल               अमेरिका
७. इक बाटिस्टा    ३० अर्व डलर     ५५ बर्ष        माइनिङ ओयल      ब्राजिल
८. स्टेफेन पर्सन    २६ अर्व डलर     ६४ बर्ष        एच एण्ड एम          स्विडेन
९. लि का शिङ       २५.५ अर्व डलर   ८३ बर्ष        विभिन्न                हङकङ
१०. कार्ल अल्वर्ट    २५.४ अर्व डलर   ९२ बर्ष        अल्दी                    अमेरिका

Thursday, March 8, 2012

वनारस-काठमाडौँ प्याकेज घोषणा

वनारस, २४ फागुन
नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयर र वनारसको ट्राभल एजेन्सी क्लासिक होलिडेजले वनारस तथा नेपालका विभिन्न गन्तव्य समेटेर संयुक्त धार्मिक प्याकेज ल्याएका छन् । वनारसका विश्वनाथ, अन्नपूणणा, सारनाथ तथा नेपालका पशुपतिनाथ र मुक्तिनाथलगायतका धार्मिकस्थल समेटेर सो प्याकेज ल्याइएको हो ।

वनारस र नेपालको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्दै भ्रमण प्याकेज ल्याइएको अधिकारीहरु बताउाछन् । ‘हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन नै हो, व्यावसायिक नाफा त छादैछ ।’ बुद्ध एयरका वनारस प्रबन्धक उद्धव सुवेदीले भने । वनारस आउने विदेशी पर्यटकलाई नेपालसम्म पुर्‍याउने उद्देश्यले नेपालको पनि प्रवर्द्धन गरिएको उनले बताए ।
बुद्ध एयरले हालै काठमाडौ वनारस सिधा उडान सुरु गरेको छ । तत्काल नाफा हुन नसके पनि वनारसमा बजार बनाउने योजना कम्पनीको छ । सिजनमा अकुपेन्सी ८० प्रतिशत हुने व्यवसायीको अपेक्षा छ । जुनदेखि सेप्टेम्बरसम्म वनारसका लागि मुख्य पर्यटकीय सिजन हो । दैनिक करिब एक हजार विदेशी पर्यटक वनारस आउने गरेको तथ्याङ्क छ । अफसिजनमा भारतीयलाई लक्षित गरिने तर सिजनमा विदेशी नै प्राथमिकतामा पर्ने सुवेद बताउाछन् । भारतमा स्कुल बिदा हुने समय आएकाले नेपाललाई बिदा मनाउने गन्तव्यका रूपमा प्रचार गर्ने कम्पनीको योजना छ ।
वनारसबाट काठमाडौ जाने टिकट ०१२ भरिका लागि सिरिज बुकिङ भइसकेको कम्पनीले जनाएको छ । जापानी, जर्मन तथा बेलायती पर्यटक वनारसबाट काठमाडौ जाने गरेको ट्राभल एजेन्सी सञ्चालकहरूको भनाइ छ ।
क्लासिक होलिडेजका निर्देशक अम्बुज के. नारायनले पशुपतिनाथलाई केन्द्रमा राखेर नेपालको प्रमोसन गरिरहेको बताए । कम्पनीले विश्वनाथ टु मुक्तिनाथको प्याकेजसमेत बनाएको छ । यो २५ हजार भारतीय रुपियां को प्याकेज हो । यसमा वनारसदेखि काठमाडौ र पोखरादेखि जोमसोमसम्मको हवाई टिकटका साथै होटलबास र काठमाडौा वनारसको टिकट समावेश छ ।
नेपालका लागि भारतका ठूला टुर अपरेटरले पनि चासो देखाएको निदेर्शक नारायनले बताए । ‘बुद्ध एयरसागको सहकार्यमा सबै वर्गका लागि प्याकेज ल्याउंछैा’ उनले भने । हाल भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले साताको चार दिन वनारस-काठमाडौ उडान गरिरहेको छ । तर, एयर इन्डियाको भाडादर बुद्धको भन्दा निकै कम छ । भारतीय यात्रु भाडामा सम्झौता नगर्ने भएकाले बुद्ध नै रोज्ने कम्पनीको दाबी छ ।
प्रबन्धक सुवेदीले पर्याप्त अध्ययन गरेर मात्र वनारस उडान सुरु गरिएकाले सफलता मिल्ने विश्वास व्यक्त गरे । यसअघि बुद्धले गरेका भुटानको पारो र भारतको लखनउ उडान व्यावसायिक रूपले सफल हुन सकेको छैन । एयर इन्डियाको वनारस काठमाडौ एकतर्फी भाडादर १३ हजार भारतीय रुपियां छ भने बुद्ध एयरको करिब नौ हजार मात्र छ । वनासरमा गङ्गा आरति, विश्वनाथ मन्दिर, वनारस हिन्दु विश्वविद्यालय, सिटी साइट टुर, सारनाथ आदि नेपालीका लागि प्रमुख गन्तव्य हुन् । बुद्ध धर्मावलम्बीका लागि भने सारनाथ प्राथमिकतामा पर्ने गर्छ ।
लुम्बिनी जान चाहने बुद्ध धर्मावलम्बीका लागि क्लासिक होलिडेजले विशेष प्याकेज तयार गरेको छ । ‘बसबाट भैरहवा जान झन्झटिलो भएकाले पर्यटक काठमाडौं हुंदै जान चाहन्छन् । यसका लागि बुद्ध एयर उपयुक्त विकल्प हुन सक्छ,’ क्लासिकका निर्देशक नारायनले भने । नेपालमा बुद्ध एयर चढिसकेका विदेशी यात्रुका लागि बुद्ध एयर परिचित भएकाले उनीहरूको रोजाइमा पर्ने उनको दाबी छ । यात्रु चाप बढेमा अतिरिक्त उडान थप्ने र ७२ सिट क्षमताको एटिआर ७२ जहाज प्रयोग गर्ने योजना बुद्ध एयरको छ ...

Tuesday, March 6, 2012

‘आफू गइजान्या, हामीलाई छोडीजान्या’


गत मङ्सिरको पहिलो साता कर्णाली क्षेत्रको पर्यटकीय सम्भावनाबारे अध्ययन गर्न पर्यटन पत्रकारको एउटा टोली मुगुको रारा जाने तयारी भयो । राजधानीबाट नेपालगन्ज, जुम्ला तथा सिंजा उपत्यका हुँदै चुच्चेमाराको लेक काटेर दुई दिनमा हामी रारा पुग्यौँ ।

रारामा रहेका सेनाको गुल्म, त्यहाँका होटल व्यवसायी तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको भलाकुसारीपछि हामी ताल्चा विमानस्थल झ¥यौँ । ताल्चा मुगु जिल्लाको एकमात्र विमानस्थल हो । संयोगवश हामी पुगेकै दिन मकालु एयरको सिङ्गल इन्जिन जहाज अवतरणका क्रममा दुर्घटनामा प¥यो । अवतरणका लागि जोखिमपूर्ण मानिने ताल्चामा दुर्घटनापछि अनिश्चितकालका लागि सिङ्गल इन्जिन जहाजले उडान नभर्ने अनौपचारिक सूचना प्राप्त भयो । अब हामीसँग दुई मात्र विकल्प थिए । पहिलो विकल्प, दुई दिन हिँडेर जहाजका लागि जुम्ला फर्किने र दोस्रो डबल इन्जिन जहाजको ‘सेड्युल’ उडान पर्खिने ।
मुगुको विकट ठाउँबाट चार पाँच दिन बोकेर ल्याइएका बिरामी विमानस्थलमा अलपत्र थिए । दुर्गम क्षेत्रका सबैजसो विमानस्थलमा यस्तै अवस्था देख्न सकिन्छ । केही दिनका लागि बोकेको औषधि सकिएर कतिपय बिरामीको ज्यान जाने अवस्था आइसकेको थियो । पत्रकार भएको थाहा पाएपछि बिरामीका आफन्त हामी बसेको होटलमा आउन थाले । हामीबाट उनीहरूले निकै आशा राखेका थिए । निश्चित समयको बिदामा गएका हामी आफै अलपत्र थियौँ । तर, उनीहरूका अगाडि त हाम्रो समस्या सामान्य रहेछ ।
हामीले जहाजका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सचिव तथा नेपाल एयरलाइन्सका हाकिमलाई अनुरोध गरायौँ । अन्ततः तीन दिनपछि राष्ट्रिय ध्वजावाहक नेपालगन्जबाट एउटा ‘चार्टड फ्लाइट’ गर्न तयार भयो । हामी बिरामी तथा कुरुवाको लिस्ट बनाएर जहाजको प्रतीक्षा गर्न थाल्यौँ । तर, जहाज आइनपुग्दै एउटा समूह जहाज आपूmहरूले ‘चार्टर्ड’ गरेको भन्दै टावरमा आइपुग्यो । ताल्चा टावरका प्रमुख भीमदत्त पन्तले सञ्चारकर्मी र बिरामीले जहाज चार्टर्ड गरेको जानकारी गराए तर उनीहरू मान्न तयार भएनन् । उनीहरूले यात्रुको छुट्टै लिस्ट बनाएका रहेछन् ।
वास्तवमा भएको के रहेछ भने काठमाडौँबाट मन्त्रीले ‘बिरामी र पत्रकार ल्याउनू’ भनेर पठाएको जहाज बीचैमा अर्को पक्षले चार्टर्ड गरेछ । बढी पैसा पाइने लोभमा निगमको नेपालगन्ज स्टेसनले युनिसेफको नाममा ८० हजार रुपियाँ अग्रिम लिएर जहाज चार्टर्ड गरिदिएछ । हामीसँग ताल्चामा वादविवाद गर्ने समूह युनिसेफकै रहेछ । केही विदेशीसहितको सो टोली बिरामी उद्धार गर्न तयार भएन । बरु हामीलाई पनि नलैजाने अड्डी कस्न थाल्यो । लामो वादविवादपछि हामी पाँच सञ्चारकर्मीचाहिँ जहाज चढ्न पाउने भयौँ । जिल्ला प्रशासनको सिफारिस हातमा बोकेका आधा दर्जन बिरामी त्यहीँ अलपत्र परे ।
मकालु, गोमा र एयर काष्ठमण्डपका सिङ्गल इन्जिन र वायुसेवा निगम तथा तारा एयरका जहाजले उडान भर्ने ताल्चा विमानस्थलमा जहाज चढ्न पनि ठूलै सङ्घर्ष गर्नुपर्ने रहेछ । त्यहाँ कम्पनीका स्थानीय एजेन्ट र युवाले गठन गरेको समितिको मनोमानी चल्दो रहेछ । कच्ची विमानस्थल भएकाले १९ सिट क्षमताको जहाज भए पनि १५ जनाभन्दा बोक्न नसक्ने रहेछ । तर, लोकल बसजस्तो तँछाडमछाड गर्दै यात्रु चढ्दा रहेछन् । कर्णालीमा हवाई सेवा नियमित नहुँदा वर्षौंदेखि यात्रुले यो नियति भोग्दै आएका छन् ।
नेपाल वायुसेवाका सेलिब्रेटी पाइलट विजय लामाले युनिसेफका मान्छे र सञ्चारकर्मीबाहेक सबैलाई जहाजबाट ओर्लिन आदेश दिएपछि बिरामी त्यहीँ छाडिए । युनिसेफका खैरेहरूले पनि बिरामीप्रति कुनै मानवीय संवेदना देखाएनन् । हामीले चाहेर पनि बिरामी ल्याउन सकेनौँ । उनीहरूको उद्धार गर्न नसकेकामा नरमाइलो लाग्यो । ‘पत्रकार आपूm गइजान्या, हामीलाई छोडिजान्या’ । एकजना बिरामीका आफन्तको यो भनाइ सम्झँदा अहिले पनि नरमाइलो लाग्छ  !

Sunday, March 4, 2012

जहाज मार्केटिङ गर्न जर्मन कम्पनी काठमाडौमा


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, २० फागुन
युरोपको एउटा जहाज निर्माता कम्पनी जहाज मार्केटिङका लागि काठमाडाँ आएको छ । जर्मनीको ‘आरयुएजी’ कम्पनीका प्रतिनिधि मण्डल जहाजसहित मार्केटिङका लागि नेपाल आएका हुन् ।
कम्पनीद्वारा निर्मित डोर्नियर ‘डीओ २२८’ न्युजेनेरेसन जहाज व्यावसायिक प्रवद्र्धनका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएको छ । निजी वायुसेवा कम्पनी सीता एयरको सहयोगमा जहाज नेपाल ल्याइएको हो । सीता एयरका मार्केटिङ डाइरेक्टर सुनिल बिस्टले नेपाली भूगोल सुहाउने भएकाले कम्पनीको विशेष अनुरोधमा जहाज नेपाल ल्याइएको बताए ।
कम्पनीले यसअघि सिङ्गापुर, मलेसिया, थाइल्यान्ड तथा श्रीलंकामा जहाजको मार्केटिङ गरेको र कतिपय मुलुकले अर्डरसमेत गरिसकेको बिस्टले जानकारी दिए । कम्पनीले सीता एयरलाई नेपालका लागि एजेन्ट तोकेको छ ।
जहाज अवलोकनका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिस्ट तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । १९ सिट क्षमताको सो जहाजबारे मन्त्री र प्राधिकरण अधिकारीहरूले विस्तृत विवरण लिएका थिए । प्राधिकरणले विभिन्न विमानस्थलमा परीक्षण उडान गर्न, दैवी विपत्तिमा उद्धार गर्न तथा व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्री बिस्ट प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुन् ।
नेपाल एयरलाइन्स तथा नेपाली सेनाका उच्च अधिकारीहरूले समेत जहाज अवलोकन गरेको कम्पनीले जनाएको छ । त्यस्तै निजी वायुसेवा कम्पनीहरूले पनि जहाजमा चासो देखाएका छन् ।
हाल नेपालमा उडिरहेका डोर्नियर जहाजको तुलनामा यसमा आधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ  । यो जहाज पूर्णरूपमा ग्लास ककपिटसँगै ‘एफएमएस’ प्रविधिमा उडाउन सकिने सीता एयरका प्राविधिकले बताएका छन् । हाल सीताले डोर्नियर जहाजमात्र उडाइरहको छ ।
६ दशमलव पाँच मिलियन युरो अर्थात् करिब ६८ करोड २५ लाख नेरु. पर्ने जहाज इच्छुक ग्राहकलाई सहुलियत ऋणमार्फत किस्ताबन्दीमा समेत बेच्न सकिने कम्पनीले जानकारी दिएको छ । आरयुएजीका नेपाल तथा भारत हेर्ने निर्देशक अशोक मारबाहले ‘डेमो’का लागि जहाज नेपाल ल्याइएको हो भन्दै कुनै ‘पार्टी’ खरिदका लागि इच्छुक भए तत्कालै बेच्न सकिने बताए ।
गत साता काठमाडौँ ल्याइएको जहाज सोमबार जर्मनी फर्कँदै छ । कम्पनीकै पाइलटले जर्मनीबाट भारतहुँदै जहाज काठमाडौँ ल्याइपुयाएका हुन् । डेढ वर्षअघि पनि कम्पनीका अधिकारी जहाजको मार्केटिङका लागि नेपाल आएका थिए । तर त्यतिखेर जहाज ल्याइएको थिएन । पुरानो मोडलको तुलनामा नयाँ मोडलले राम्रो पर्फमेन्स दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो जहाजको पङ्खामा पाँच ‘ब्लड’ छन् जसले गर्दा आवाज कम हुन्छ, गति बढी हुन्छ, इन्धन कम खपत गर्छ र कम थर्किन्छ । सानो दूरीमा रोक्न र उडाउन सकिने भएकाले नेपालका ‘स्टल’ एयरपोर्टका लागिसमेत जहाज उपयुक्त हुने प्राविधिकको भनाइ छ ...

Friday, March 2, 2012

घट्यो चिनियाँ पर्यटकको आगमन


काठमाडौं, १८ फागुन 
लामो समयदेखि बढ्दो क्रममा रहँदै आएको चिनियाँ पर्यटकको आगमन वृद्धिदर सन् ०१२ को दास्रो महिना फेब्रुअरीमा घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार फेब्रुअरीमा चिनियाँ पर्यटक गत वर्षको सोही महिनाको तुलनामा २३.१ प्रतिशतले घटेको हो । गत वर्षको फेब्रुअरीमा चार हजार एक सय ९३ चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएकोमा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या तीन हजार दुई सय २६ मा झरेको छ । सन् ०११ मा चिनियाँ पर्यटक ७७.६ प्रतिशतले बढेका थिए । गत वर्ष ४५ हजार चार सय चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको तथ्याङ्क छ । यो नेपाल आउने कुल पर्यटकको ८.३ प्रतिशत हिस्सा हो ।

यस वर्षको फेब्रुअरीमा सन् ०११ को सोही महिनाको तुलनामा १३.७ बढी विदेशी पर्यटक हवाइमार्गबाट नेपाल आएका छन् । गत वर्ष फेब्रुअरीमा ३७ हजार पाँच सय ८४ पर्यटक आएकामा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या ४२ हजार सात सय १६ पुगेको छ । फेब्रुअरीमा सबै क्षेत्रका पर्यटक आगमन वृद्धि सकारात्मक देखिएको छ ।
भारतबाट आउने पर्यटक २८.८ प्रतिशतले बढेका छन् । यो महिना भारतबाट ११ हजार ९३ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएका छन् । भारतबाहेक अन्य दक्षिण एसियाली मुलुकहरू बङ्गलादेश, श्रीलंका र पाकिस्तानबाट आउने पर्यटक भने केही घटेका छन् । समग्रमा दक्षिण एसियाली पर्यटकको वृद्धिदर २०.४ प्रतिशत छ । यो महिना सार्क मुलुकबाट १२ हजार आठ सय ८३ पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक ४.३ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । एसियाली मुलुकबाट यो महिना १० हजार दुई सय तीन पर्यटक आएका छन् । गत वर्षको फेब्रुअरीमा यो सङ्ख्या नौ हजार सात सय ७९ थियो । एसियाली मुलुकहरू जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटक क्रमशः ३३.२, १९.८, ३१.५ र ७.९ प्रतिशतले बढेका छन् । तर चिनियाँ र सिंगापुरे पर्यटक भने यो महिना घटेका छन् ।
युरोपियन बजारतर्फ १७.५ प्रतिशतले पर्यटक बढेका छन। बढी खर्च गर्ने पर्यटक आउने मुलुकहरू बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड तथा रसियाबाट आउने पर्यटक बढेका छन् । यद्यपि नेदरल्यान्ड र नर्वेबाट आउने पर्यटक भने केही घटेको तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियाली र अमेरिकी पर्यटक क्रमशः १८.५ र १०.४ प्रतिशतले बढेका छन् । त्यस्तै क्यानाडा र न्युजिल्यान्डबाट आउने पर्यटक पनि बढेको तथ्याङ्कले देखाएको छ । यो वर्षको पहिलो दुई महिनामा कुल ८४ हजार सात सय ४७ विदेशी पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढी हो । सन् ०११ को जनवरी र फेब्रुअरीमा गरी ७० हजार चार सय ९८ पर्यटक आएका थिए । सन् २००९ को जुनदेखि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ ...