Friday, April 1, 2011

निगम–एयरबस सम्झौता अवधि सकियो


नया पत्रिका
काठमाडौं, १७ चैत
युरोपेली विमान निर्माता कम्पनी एयरबस र नेपाल वायुसेवा निगमबीच भएको जहाज खरिद सम्झौता अवधि सकिएको छ । निगम र एयरबसबीच २ वर्षअघि भएको सम्झौता बिहीबार सकिएको हो ।
सम्झौता अवधि सकिएपछि जहाज खरिद प्रक्रिया स्वतः रद्द भएको निगम अधिकारीले बताएका छन् । ‘अवधि सकिएपछि सम्झौता खारेज भएको मानिन्छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता ओबी गुरुङले भने । सम्झौता अवधि सकिएपछि के गर्ने त्यसबारे सञ्चालक समितिले निर्णय गर्नुपर्ने उनले बताए । केही महिनादेखि निगम सञ्चालक समिति बैठक बसेको छैन । पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले सञ्चालक समिति पुनर्गठन गर्न लागेको बताइएको छ ।
निगम–एयरबस सम्झौताको अवधि गत डिसेम्बरमै सकिए पनि निगमको आग्रहमा ३ महिना थपिएको थियो । सम्झौता अवधि थप्न सञ्चालक समितिले निर्णय गर्नुपर्ने भएकाले एयरबसलाई आग्रह नगरिएको गुरुङले बताए । एयरबससग जहाज खरिदमा सम्बन्धमा कुनै छलफल नभएको उनले जानकारी दिए ।
निगम महाप्रबन्धक केबी लिम्बूले सार्वजनिक लेखासमिति र अर्थ मन्त्रालयको निर्देशनअनुसार खरिद प्रक्रिया रद्द भएको जानकारी दिए । पुनः प्रक्रिया सुरु गर्न सञ्चालक समितिले निर्णय गर्नुपर्ने उनको भनाइ छ । जहाज खरिदका लागि सम्झौता गर्ने निगमका तत्कालीन कार्यकारी सुगतरत्न कंसाकारलगायत ६ उच्च अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।
पर्यटन व्यवसायी एयरबसलाई सम्झौता अवधि थप्न आग्रह गर्नुपर्ने र चालू प्रक्रियाबाट नै जहाज खरिद गर्नुपर्ने बताउछन् । एयरबसले बैना रकम फिर्ता गर्दा सम्झौता खारेज नगर्ने बताएकाले सरकारले निर्णय गरी जहाज खरिद गर्नुपर्ने उनीहरूको सुझाब छ । विश्वबजारमा जहाज मूल्य बढेकाले नया प्रक्रिया सुरु गर्ने हो भने निगमले हाल किन्न खोजेका जहाज किन्न थप डेढ अर्ब रुपैया तिर्नु पर्नेछ ।
निगमले ०६६ कात्तिक ९ मा एयरबसको जहाज किन्ने निणय गरेको थियो भने एयरबससग ०६६ कात्तिक १९ मा २ जहाज किन्ने सर्तसहित समझदारीपत्रमा हस्ताÔर भएको थियो । निगमको आर्थिक विनियमावलीमा सञ्चालक समितिले जहाज खरिद गर्ने निणय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ ।
निगमले १ सय ५० सिटको ए ३२०–२०० न्यारो बडी र २ सय ७० सिट क्षमताको ए ३३०–२०० वाइड बडी किन्न लागेको थियो । एयरबसले निगमलाई ४ करोड १२ लाख ८९ हजार डलरमा न्यारो बडी र ९ करोड २८ लाख ४५ हजार डलरमा वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो । सार्वजनिक लेखासमितिले निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको कारण् देखाउदै ०६६ पुस १३ मा रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

कहिले के भयो ?
आव ०६५÷६६ को बजेटमा निगमले किन्ने २ जहाजका निम्ति सरकार जमानी बस्ने उल्लेख
०६५ पुस ११
निगमलाई गति दिन ४ वटा न्यारो बडी र २ वटा वाइड बडीका जहाज थप गर्ने योजना सार्वजनिक
०६५ फागुन ४
एयरबस र बोइङ कम्पनीसग छलफल गरी प्रतिवेदन बनाउन समिति गठन
०६५ चैत १९
सञ्चय कोषद्वारा ऋणका लागि १० वटा सर्त
०६५ चैत २५
विमान खरिदका लागि टेन्डर माग
०६६ जेठ ८
टेन्डर खोलेको ५ महिनापछि जहाज किन्ने निणय
०६६ असोज २
लेखासमितिद्वारा न्यारो बडी जहाजको आवश्यकता देखिए पनि वाइड बडीको औचित्य नदेखिएकाले औचित्य पुष्टि नहुन्जेल प्रक्रिया अगाडि नबढाउन पर्यटन मन्त्रालयलाई निर्देशन
०६६ कात्तिक ९
एयरबसको जहाज किन्ने निणय
०६६ कात्तिक १७
निगम सञ्चालक समितिद्वारा जहाज खरिदको सैद्धान्तिक स्वीकृति
०६६ कात्तिक १९
एयरबसग २ जहाज किन्ने सर्तसहित समझदारी
०६६ कात्तिक २०
निगमद्वारा एयरबसलाई वाइड बडीका निम्ति ५ लाख र न्यारो बडी जहाजका निम्ति २ लाख ४९ हजार ९ सय ९२ अमेरिकी डलर बैना
०६६ पुस १३
संसद्को सार्वजनिक लेखासमितिद्वारा लामो छलफल र बहसपछि जहाज खरिद प्रक्रिया रोक्न निर्देशन
०६७ जेठ १०
अर्थ मन्त्रालयद्वारा जहाज खरिद प्रक्रिया रद्द गरी बैना ब्याजसहित असुली सम्बद्ध अधिकारीमाथि कारबाही गर्न निर्देशन
०६७ पुस ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा निगम कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र अन्य ६ अधिकारीविरुद्ध मुद्दा दायर
०६७ माघ २०
एयरबसद्वारा बैना फिर्ता दिन पर्यटन सचिव किशोर थापालाई सम्बोधन गरी पत्र । निगमको बैंक खाता नम्बर माग
०६७ माघ २८
थापाद्वारा एयरबसद्वारा पैसा फिर्ता दिन पठाइएको पत्रबारे आवश्यक कारबाही अगाडि बढाउन निगम व्यवस्थापनलाई निर्देशन
०६७ फागुन ६
निगम महाप्रबन्धक केबी लिम्बूद्वारा बैना फिर्ता लिने प्रक्रिया अगाडि बढाउन मिल्नेनमिल्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसग निर्देशन माग
०६७ फागुन १३
अध्यÔ थापाद्वारा पुनः निगम व्यवस्थापनलाई पत्र पठाई बैना फिर्ता लिन निर्देशन
०६७ फागुन १६
निगमद्वारा एयरबसलाई खाता नम्बर प्रदान
०६७ फागुन २०
एयरबसद्वारा बैना रकम पूरै फिर्ता
०६७ चैत १७
एयरबस निगम सम्झौता अवधि समाप्त ।

Thursday, March 31, 2011

ब्रोडव्यान्डका लागी टेन्डर गरिने


काठमाडौं, १६ चैत्र
सरकारले उच्च गतिको इन्टरनेट सेवा ब्रोडव्यान्ड विस्तारका लागी अन्तराष्टिय टेन्डर आह्वानको तयारी गरेको छ । ग्रामिण भेगमा सेवा विस्तार गर्ने उद्धेश्यले टेन्डर आह्वान गर्न लागिएको हो ।
दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडव्यान्ड विस्तारका लागी अन्तराष्टिय टेन्डर आह्वान गर्न सूचना तथा सञ्चार मन्त्रालयलाइ शिफारिस गरिसकेको छ । पहिलो चरणमा २५ जिल्लाका १ हजार ३ सय गाउ विकास समितिमा व्रोडब्यान्ड विस्तार गर्न टेन्डर आह्वान गर्न शिफारिस गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सञ्चार मन्त्रालयमा टेन्डरका लागी प्रस्ताव पठाएको छ ।
मन्त्रालयले सो प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको परियोजना अनुगमन कार्यालयमा पठाउनेछ । प्राधिकरण अध्यक्ष भेषराज कडेलले भने । कार्यालयबाट स्विकृत भएपछि प्रस्ताव एसियाली विकास बैंक एडिविमा पुग्ने र एडिविले स्विकृत गरेपछि टेन्डर आह्वान गरिने अध्यक्ष कडेलले जानकारी दिए । परियोजना एडिविको अनुदान सहयोगमा सञ्चालन हुन लागेको हो ।
एडिबिको सहयोगमा सञ्चालन हुने भएकोले परियोजनाका लागी नेपाली वा विदेशी दुवै कम्पनिले आवेदन दिन सक्नेछन् । यसका लागी केहि सर्तहरु तोकिएको छ । आवेदन दिन चाहने कम्पनिसंग अपलिंक र डाउनलिंक दुवैमा कम्तिमा पनि २ सय ५६ केबिपिएस गतिको ब्रोडव्यान्ड सेवा सञ्चालन गर्न सक्ने पूर्वाधार हुनुपर्नेछ ।
त्यस्तै कम्पनिको चुक्ता पुजी नेटवर्थ कम्तिमा साढे सात लाख मिलियन अमेरिकी डलर हुनुपर्नेछ । कन्सोर्टियम आउन चाहेमा चुक्ता पुजी ४ मिलियन अमेरिकी डलर हुनुपर्ने सर्त तोकिएको छ । नेपाली कम्पनिको हकमा तोकिएको पूर्वाधार तयार नभइ ब्रोडब्यान्डको लाइसेन्स दिइदैन । अध्यक्ष कडेलले भने । पूर्वसर्तका सम्बन्धमा टुगो नलागिसकेको र मन्त्रालयसग छलफल भइरहेको भएपनि निश्चित ग्राहक संख्या र कुल पुजी आदिलाइ आधार बनाइने कडेलले बताए ।
परियोजनाका लागी एडिविले बढिमा ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ भने बाकी लगानी सेवा सञ्चालककै हुनेछ । अनुमति पाउने कम्पनिले तिन बर्षमा परियोजना पूरा गरिसक्नु पर्नेछ । सबैभन्दा कम अनुदान रकम माग गर्ने कम्पनिलाइ परियोजना सञ्चालनको अनुमति दिइने प्राधिकरणले जनाएको छ । हाल इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकले पनि आवेदन दिन सक्नेछन् ।
तोकिएको सर्त पुरा गरेपछि यि कम्पनिले भिओआइपी सेवा सञ्चालनको समेत अनुमति पाउनेछन् । हालै मात्र सरकारले भिओआइपी सेवालाइ कानुनी दायरामा ल्याएको छ । हालसम्म कुनै पनि इन्टरनेट सेवा प्रदायकले भिओआइपीको लाइसेन्स पाएका छैनन् । टेलिफोन सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल, युटिएल र नेपाल स्याटलाइटले भने भिओआइपीको लाइसेन्स पाएका छन् ।

Sunday, March 27, 2011

क्यासिनोमा नेपाली प्रवेशको विवरण बुझाउ


नया पत्रिका
काठमाडौं, ११ चैत्र
संसदको सार्वजनिक लेखा समितिले क्यासिनोमा नेपाली प्रवेश गराउने संचालकहरुलाई हालसम्म गरिएको कारवाहीको विवरण १५ दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । शुक्रवार बसेको समितिको वैठकले यस्तो निर्देशन दिएको हो ।
नेपालीलाइ गरिएको कारवाहिको विवरण समितिलाइ पर्यटन मन्त्रालयले दिनुपर्ने छ । क्यासिनोमा नेपाली प्रवेशलाइ कानुनले अवैध मानेको छ । २०२३ सालमा पहिलोपटक क्यासिनो खुलेदेखि नै नेपाली प्रवेशमा रोक लगाइएको छ । वैठकले रोयल्टी तिर्न बाकी क्यासिनोहरुबाट यथाशिघ्र रोयल्टी उठाउन सरकारलाइ पुन निर्देशन दिएको छ । वैठकले क्यासिनोबाट रोयल्टी असुल गर्न पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय तथा राजश्व अनुसन्धान विभागलाइ निर्देशन दिएको हो ।
राजधानीमा पाचवटा क्यासिनो सञ्चालन गरिरहेको नेपाल रिक्रियशन सेन्टर तथा इजाजत प्राप्त व्यक्ति लगायतबाट असूल उपर गर्न बाँकी सबै राजस्व प्रचलित कानून बमोजिम असूल उपर गर्न सम्बन्धित निकायलाइ वैठकले भनेको छ । रोयल्टी असुल नभए क्यासिनो संचालन अनुमति पत्र रद्ध गर्न गराउन पनि समितिले निर्देशन दिएको छ । यसअघि गत पुस १२ र माघ १९ मा पनि समितिले यस्तो निर्देशन दिएको थियो । समितिको निर्देशन बमोजिम रिक्रिएसन सेन्टरले रोयल्टी नतिरेको भन्दै सभासद्हरुले आपत्ति जनाएका थिए । सरकारले गत पुसमै क्यासिनोलाई रोयल्टी तिर्न समयसीमा दिएर खारेजीको प्रक्रिया सुरु गरेको थियो तर क्यासिनोहरूले रोयल्टी तिर्न थालेपछि सो प्रक्रिया अन्योलमा परेको छ ।
समिति वैठकले व्यक्तिका नाममा दिइएको क्यासिनो संचालनको इजाजतपत्र तत्काल खारेज गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । १० क्यासिनो मध्ये आधा जतिको लाइसेन्स व्यक्तिको नाममा छ ।
वैठकले क्यासिनोमा कार्यरत मजदूरहरुको हक, हित र रोजगारीका सम्बन्धमा प्रचलित कानून बमोजिम समाधान गर्न सम्बिन्धत निकायहरुलाइ निर्देशन दिएको छ । क्यासिनो बन्द भए हजारौं मजदुर समस्यामा पर्ने भन्दै मजदुर यूनियनहरुले आवाज उठाउदै आएका छन् । समितिको वैठकमा समेत एकिकृत नेकपा माओवादीका सभासद्हरुले मजदुरको सामाजिक सुरक्षामा जोड दिदै आएका छन् । प्रत्येक क्यासिनोमा ८ सय देखि एक हजारको संख्यामा मजदुर कार्यरत रहेको बताइन्छ ।
हालसम्म क्यासिनोमा प्रवेश गर्ने व्यक्तिको दैनिक विवरण राख्ने नगरिएकोमा वैठकले अवदखि यस्तो विवरण राख्न निर्देशन दिएको छ । विवरणका साथै दैनिक कारोबारको पनि पारदर्शी ढङ्गले हिसाव देखिने गरी रेकर्ड राख्ने व्यवस्था गर्न समितिले भनेको छ ।
समतिले उठाएका विषयलाइ पर्यटन मन्त्रालयले तयार गरेको क्यासिनो तथा इलेक्टोनिक गेमिङसम्बन्धि निर्देशिकाले समेटेको छ । निर्देशिकामा क्यासिनो सञ्चालन अनुमति दिदा बैंक ग्यारेन्टी देखाउनुपर्ने प्रावधान राखिएको छ । क्यासिनोले ६–६ महिनमा कर नतिरे बैंक ग्यारेन्टीबाट असुल गरिने निर्देशिकामा उल्लेख छ ।
यसैविच राजधानीको पाचतारे होटल अन्नपूर्णमा सञ्चालित क्यासिनो अन्नामा पुरै रोयल्टी तिर्ने सर्तमा नया साझेदार आएको छ । क्यासिनो स्रोतका अनुसार क्यासिनो अन्नाको करिव ० करोड रुपैया रोयल्टी तिर्ने सर्तमा एक भारतियले ५५ प्रतिशत सेयर किन्ने भएका हुन् । क्यासिनोमा लगानी गर्न शिवम् इम्पेक्स होटल एण्ड रेष्टेरेन्ट प्राली खडा गरिएको छ । नया लगानीकर्ताले एक साताभित्र बाकी रोयल्टी तिर्ने बताइएको छ । क्यासिनो अन्नाको लाइसेन्स अन्नपूर्ण इन्टरनेसनलको नाममा छ । यसका मुख्य व्यक्ति नरेन्द्र प्रधान हुन् ।