Saturday, June 4, 2011

सुल्झेन क्यासिनो विवाद


नया पत्रिका
काठमाडौं, २० जेठ
सरकारले राजधानीमा चारवटा क्यासिनो सञ्चालन गरिरहेको नेपाल रिक्रिएसन सेन्टरको नाममा रहेको अचल सम्पत्ति लिलाम गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनिले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नतिरेपछि सरकारले लिलामीको प्रक्रिया शूरु गरेको हो ।
व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको शुक्रवारको वैठकमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले राजश्वको कानुनले कालोसूचिमा राख्न नमिल्ने भएकोले आर्थिक ऐन अनुसार सम्पत्ति लिलाम गर्न लागिएको बताए । एक साताभित्र रिक्रिएसन सेन्टरको नाममा रहेको सम्पत्ति लिलामी गरिने जानकारी उनले दिए । नेपाल रिक्रिएसन सेन्टरको नाममा कालीमाटीमा ३ रोपनी जग्गा र भवन फेला परेको छ ।
क्यासिनोका सम्बन्धमा समितिले दिएका निर्देशनको प्रगति विवरणका बारेमा जानकारी दिन वैठकमा अर्थ मन्त्री, अर्थ सचिव, पर्यटन सचिव, गृह सचिव, प्रहरी महानिरिक्षक, राजश्व अनुसन्धान विभागका महानिर्देशक लगायतका अधिकारीहरु उपस्थित थिए । समितिले गत पुष, माघ र चैत महिनामा दिएका निर्देशनको कार्यान्वयनका सम्बन्धमा विवरण पेश गर्न बोलाएको थियो । समितिले पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्मालाइ पनि बोलाएको भएपनि उनी भने वैठकमा उपस्थित भएनन् ।
वैठकमा पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले समितिको निर्देशन पछि पाचतारे देखि पर्यटक स्तरसम्मका ४० वटा होटलको अनुगमन गरिएको बताए । क्यासिनो सञ्चालन कार्यविधि मन्त्रिस्तरिय निर्णयबाट पारित भइ स्विकृतिका लागी मन्त्रिपरिषद्मा पठाइएको जानकारी उनले दिए । नेपाली नागरिकलाइ क्यासिनो प्रवेश गराइ खेलाएको पाइए इजाजतपत्र तत्काल रद्ध गर्न सम्बन्धित होटल र क्यासिनो सञ्चालकलाइ निर्देशन दिइएको उनले बताए । मन्त्रालयले फागुन १७ मै यस्तो निर्देशन जारी गरेपनि अहिलेसम्म कुनै क्यासिनोको इजाजत रद्ध भएको छैन । हरेक साता प्रहरीले विभिन्न क्यासिनोबाट नेपाली पक्राउ गरिरहेको छ ।
मन्त्रालयले कानुन र कार्यविधि नबनेसम्म मिनि क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय गरेपनि सर्वोेच्च अदालतको आदेशका कारण मिनि क्यासिनो सञ्चालन भइरहेको जोशीले बताए । सर्वोच्चले गत चैत १४ गते इजाजत पत्रको नविकरण अवधि कायम रहदा सम्म मिनि क्यासिनो बन्द गर्नु नपर्ने अन्तरिम आदेश जारी गरेको थियो । हाल मुलुकभर तिनवटा मिनि क्यासिनो सञ्चालनमा छन् भने भैरहवामा अर्को एक सञ्चालनको तयारीमा छ ।
लेखा समितिले मजदुर व्यवस्थापन नगरि क्यासिनो बन्द नगर्न निर्देशन दिएकोले क्यासिनो बन्द गर्न कठिनाइ भएको उनले बताए । मजदुरको हकहितका लागी के गर्ने भन्ने सम्बन्धमा क्यासिनो मजदुर संघ, होटल व्यवस्थापव र सरकार विच छलफल भइरहेको छ । जोशीले भने । क्यासिनोलाइ कारवाहि गर्न समग्र प्रणाली नै कमजोर भएको भन्दै उनले व्यवहारिक निर्देशन दिन लेखा समितिलाइ आग्रह गरे ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले रोयल्टी असुल्ने काममा मन्त्रालयले लेखा समितिलाइ पूर्ण सहयोग गरेको बताउदै बक्यौता नतिरि कुनै पनि किसिमको कारोबार गर्न दिनु हुदैन भन्ने मन्त्रालयको अडान रहेको बताए । कारवाहि गर्न नसकिए आर्थिक अध्यादेश अनुसार साउन १ गते पछि रोयल्टी नबुझाउने क्यासिनोको इजाजत स्वत रद्ध हुने उनको भनाइ थियो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले क्यासिनो अन्नाको नया व्यवस्थापनले टोकन मनि भन्दै शुक्रवार २५ लाख रुपैया बुझाएको जानकारी दिदै सोमबार नै बाकी बक्यौता बुझाउने आश्वासन दिएको बताए ।
गृह मन्त्रालयका सचिव लिलामाणी पौड्यालले समितिले दिएको निर्देशन बमोजिम जुवा ऐन २०६७ को मस्यौदा तयार गरेर रायका लागी कानुन मन्त्रालयमा पठाइएको जानकारी दिए ।
प्रहरी महानिरिक्षक रविन्द्रप्रताप शाहले राजधानीमा क्यासिनो धेरै भएको र नेपालीविना क्यासिनो नचल्ने दावी गरे । क्यासिनोका विकृति हटाउने जिम्मेवारी प्रहरीको मात्र नभएको भन्दै उनले प्रहरीले क्यासिनोमा धेरै ध्यान दिन नसकेको स्विकारे ।
अर्थ मन्त्री भरतमोहन अधिकारीले रोयल्टी नतिर्ने क्यासिनोलाइ कानुन बमोजिम कारवाहि गर्न आफुले मातहतका निकायलाइ निर्देशन दिएको बताए ।
वैठकमा सभासद्हरुले समितिको निर्देशन पालना नभएको भन्दै असन्तुष्टि जनाएका थिए । नेकपा एमालेका सभासद् रविन्द्र अधिकारीले १५ दिनमा क्यासिनो कार्यविधि लागु गर्न निर्देशन दिएको चार महिना वितिसक्दा पनि लागु नभएको भन्दै तत्काल लागु गर्नुपर्ने बताए ।
नेपाली कंग्रेसका धनराज गुरुगले बारम्बार नेपाली समातिदा पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको भन्दै नेपालीलाइ क्यासिनोमा कडाइ गरिनुपर्ने बताए ।
माओवादी सभासद् नारायण दाहालले सम्बन्धित निकायहरु विच समन्वय नहुदा क्यासिनोमाथीको कारवाहिमा समस्या परेको बताए । बन्द गर्दा मजदुरलाइ पर्ने असरप्रति सचेत हुनुपर्ने भन्दै उनले नेपाल रिक्रिएसन सेन्टरको सम्पत्ति लिलामी गरेर बक्यौता उठाउनु पर्ने र बाकी रकम मजदुरका लागी खर्च गर्नुपर्ने माग गरे ।
नेपाली काग्रेसका दिपकुमार उपाध्यायले बक्यौता बाहेक क्यासिनोमा दैनिक रुपमा हुने कारोबार पनि पारदर्शि हुनुपर्ने बताए । लामो समयसम्म बक्यौता किन उठेन भन्ने सबन्धमा छानविन गर्नुपर्ने भन्दै उनले यसमा राजश्वका कर्मचारी नै सम्लग्न हुनसक्ने आशंका व्यक्त गरे । राजपाका प्रकाशचन्द्र लोहनीले राजनितीक नेतृत्वको संरक्षणमा अवैधानिक रुपमा क्यासिनो सञ्चालन भइरहेको दावी गरे ।
लेखा समितिको आइतवारको वैठकले यसअघिका निर्देशनको कार्यान्वयन गरेर सोको प्रतिवेदन हरेक १५ दिनमा समितिमा बुझाउन निर्देशन दिएको छ । त्यस्तै क्यासिनो कार्यविधि मन्त्रिपरिषद्बाट तत्काल पारित गराइ लागु गर्न पनि समितिले पर्यटन मन्त्रालयलाइ निर्देशन दिएको छ ।

Thursday, June 2, 2011

पर्यटक आगमन उत्साहजनक

नया पत्रिका
काठमाडौं, १८ जेठ
सन् २०११ को पाचौ महिना मेमा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक रूपमा बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१० को मेको तुलनामा २०११ को मेमा ४७ प्रतिशत बढी पर्यटक हवाईमार्ग हुदै नेपाल भित्रिएका छन् । यो महिना ३९ हजार १ सय ७९ पर्यटक सो मार्गबाट नेपाल भित्रिएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यो संख्या २६ हजार ६ सय ३४ थियो ।
गत महिना सबै क्षेत्रबाट आउने पर्यटक बढेका छन् । दक्षिण एसिया क्षेत्रबाट आउने पर्यटकमा ७१ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । मुख्य बजार भारतबाट आउने पर्यटक यो महिनामा ७८ दशमलब ४ प्रतिशतले बढेका छन् । यस वर्षको मेमा १७ हजार ३ सय ४९ भारतीय पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही महिनामा ९ हजार ७ सय २६ थियो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरिदैन ।
भारतबाहेक बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक क्रमशः ३.३, २४ र ३१.६ प्रतिशतले बढेका छन् । मेमा दक्षिण एसिया क्षेत्रबाट कुल १९ हजार २ सय १३ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकमा पनि उल्लेख्य वृद्धि भएको अध्यागमन कार्यालयले जनाएको छ । यो क्षेत्रबाट आउने पर्यटक यो महिनामा ६४ प्रतिशतले बढेका छन् । २०११ को मेमा चिनिया पर्यटक दोब्बर बढेका छन् । गत वर्षको मेमा १ हजार ४२ चिनिया पर्यटक हवाईमार्ग हदै नेपाल आएकोमा यस वर्षको मेमा करिब ३ हजार आएका छन् । अन्य एसियाली मुलुकहरू मलेसिया, थाइल्यान्ड, सिंगापुर र दक्षिण कोरियाका पर्यटक पनि यो महिनामा बढेको देखिएको छ । मलेसियाली पर्यटक १ सय ३४ प्रतिशतले बढेका छन् भने थाई पर्यटक पनि दोब्बरले बढेका छन् । त्यस्तै, सिंगापुरबाट ७८ प्रतिशत र दक्षिण कोरियाबाट ९४ प्रतिशत बढी पर्यटक आएका छन् । यद्यपि जापानिज पर्यटक भने यो महिना केही घटेका छन् ।
युरोपियन मुलुकबाट आउने पर्यटक सरदरमा ११ प्रतिशतले बढेको अध्यागमन कार्यालयले जनाएको छ । बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्वीडेन, स्विट्जरल्यान्ड र रसिया सबै मुलुकबाट आउने पर्यटक बढेका छन् । युरोपियन मुलुकबाट कुल ६ हजार ९ सय ४० पर्यटक मेमा नेपाल आएका छन् ।
त्यस्तै, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक पनि क्रमशः ५३.२ र १३० प्रतिशतले बढेका छन् । अमेरिकी पर्यटक १९.४ र क्यानाडेली पर्यटक १३.५ प्रतिशतले बढेका छन् ।
पर्यटन वर्ष २०११ सुरु भएपछिका पहिलो पाच महिनामा कुल २ लाख ८ हजार १ सय ३७ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले बढी हो । सन् २०१० को पहिलो पा“च महिनामा यो संख्या १ लाख ६९ हजार थियो । यस वर्षको मेमा ५२ हजार ४ सय ८९ विदेशी पर्यटक त्रिभुवन विमानस्थल हुदै बाहिरएका छन् । त्यस्तै, ५१ हजार ६ सय १० नेपाली स्वदेश फर्किएका छन् भने ६७ हजार ९ सय ८ नेपाली बाहिरएका छन् ।
कहाबाट कति पर्यटक ?

क्षेत्र संख्या बजार हिस्सा
दक्षिण एसिया १९२१३ ४९ प्रतिशत
एसिया ५४९० १४ प्रतिशत
युरोप ६९४० १७.७ प्रतिशत
अमेरिका ३५१८ ९ प्रतिशत
ओसेनिया ११३३ २.९ प्रतिशत
अन्य २८८५ ७ प्रतिशत

Wednesday, June 1, 2011

पतिपथमा श्रीमति हिलारी

मंगलवार ककनीस्थित पर्वतारोहि स्मृति उद्यानमा नेपाल पर्वतारोहण संघले निर्माण गरेको पतिको स्मृति स्तम्भ अवलोकन गर्दा सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोहि मध्येका एक एडमण्ड हिलारीकी पत्नि जुन मलग्रयु केहि भावुक भइन् पतिको स्मृति स्तम्भमा पुष्पगुच्छा चढाएपछि उनले नेपालसंग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताइन् नेपालका मानिस उनीहरुको व्यवहार मन पराउछु बारम्बार नेपाल आउने मलग्रयुले सञ्चारकर्मीहरु संग भनिन्
नेपाल पर्यटन बर्षको अवसरमा आफ्ना मुलुकका नागरिकलाइ नेपालको भ्रमण गर्न आग्रह गर्ने उनले बताइन् उनी बुधवार न्यूजिल्याण्ड फर्किदैछिन् चौथो अन्तराष्टिय सगरमाथा दिवस मनाउन आफ्ना पतिले खुम्जुङ गाउ विकास समितिमा स्थापना गरेको खुम्जुङ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती कार्यक्रममा भाग लिन उनी २० मे मा नेपाल आएकी हुन्
२९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गेसग सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले जीवनपर्यन्त नेपालसग गहिरो मित्रता गासिराखे हिमालयका विकट गाउमा बसोवास गर्ने नेपालीको उत्थान नै आङ्खना लागि सम्मान हुने ठानेका हिलारीले त्यसका लागि सन् १९६० मा हिमालयन ट्रष्टको स्थापना गरेका थिए, जसअन्तर्गत सोलुखुम्बुमा अहिले ६३ स्कुल, दुई अस्पताल कैयौं स्वास्थ्य केन्द्र सञ्चालित छन्
टस्टले स्थापना कालदेखि देखि नै सोलु क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका लागी सहयोग गर्दै आएको टस्टले सबै विद्यार्थीलाइ आवश्यक शैक्षिक सामगी्र तथा छात्रवृत्ति पुरस्कारको व्यवस्था गर्दै आएको हिमालयन टस्टका नेपाल निर्देशक आङरिता शेर्पा बताउछन् कैयौं विद्यार्थीलाई हिलारीले उच्च शिक्षाका लागी विदेशमा छात्रवृतिको व्यवस्था गरेका थिए
टस्टले फाप्लु खुन्देमा दुइवटा अस्पताल सञ्चालन गर्दै आएको सन् १९७५ मा खुन्देमा हिलारीकी पहिलि श्रीमति छोरीको हवाइ दुर्घटनामा परि मृत्यु भएको थियो १५ वेड क्षमताको फाप्लु अहिले सोलुखुम्बु जिल्ला अस्पतालको रुपमा सञ्चालित भने ४५ वेड क्षमताको खुन्दे अस्पताल टस्ट आफै्रले सञ्चालन गरिरहेको
टस्टको मुख्यालय न्यूजिल्याण्डमा सोलुखुम्बु क्षेत्रमा सञ्चालित स्कुल तथा अस्पतालमा टस्टले बार्षिक करिव करोड रुपैयाको सहयोग गरिरहेको निर्देशक शेर्पाले बताए ।। आलमुनियमबाट बनेको खुम्ुजुङ स्कुलका लागी हेलिकोप्टरबाट सामग्री ओसारिएको थियो यसै शैक्षिक बर्षदेखि सबै विद्यालयमा अंग्रेजी विषयमा समेत पढाइन थालिने शेर्पाले जानकारी दिए एक कक्षाबाट शुरु भएको खुम्जुङ स्कुलमा अहिले दश जोड दुइ सम्मको पढाइ हुन्छ
त्यसो हिलारीले लुक्ला विमानस्थल बनाउन पनि ठूलो पहल गरेको बताइन्छ काभ्रेदेखि सामान बोकेर लैजानुपर्ने कठिनाई पन्छाउन हिलारी अघि नसरेका भए त्यहा विमानस्थल बन्दैनथ्यो भन्छन् नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सयौं विदेशीले सगरमाथा चढिसके तर तर हिलारीले जति सहयोग कसैले गरेका छैनन् शेर्पाले भने सगरमाथा राष्टिय निकुञ्जको स्थापना पनि हिमाल को वातावरण जोगाउन चिन्तित उनकै प्रयासमा भएको थियो
हिलारी जहा पुगेपनि नेपालको सौन्दर्य नेपालीको सहयोग भावको तारिफ गर्न चुक्दैनथे भन्छन् उनलाइ नजिकबाट चिन्नेहरु नेपालको राजनीतिक अवस्थाका कारण सन् २००६ मा पश्चिमी मुलुकहरुले नेपाल भ्रमणमा रोक लगाएको बेला नेपाल आएर हिलारीले यही आएको छु सबै ठीकै देख्छु भनेपछि पर्यटनमा राम्रो प्रभाव परेको पुराना पर्यटन व्यवसायीहरु दावी गर्छन् उनले त्यसो भनेको भोलिपल्टै बेलायत सरकारले सो रोक हटाएको थियो
नेपाल पर्वतारोहण संघका जिम्बा जाङबु शेर्पा हिलारी नभएका भए शेर्पा जाति आजको अवस्थामा आइपुग्न नसक्ने बताउछन् किशोरावस्थादेखि नै पर्वतारोहणमा रुचि भएका माहुरीपालक हिलारी सगरमाथा आरोहण्पछि विभिन्न साहसिक अभियानमा संलग्न रहे, जसबारे उनको लेखन सहलेखनमा १३ वटा किताब प्रकाशित भएका छन्
तेन्जिङ नोर्गेको निधन भएको चौध बर्षपछि सन् १९९९ मा प्रकाशित भ्यू फ्रम समिट पुस्तकमा उनले आफूले पहिले सगरमाथा शिखरमा टेकेको लेखेका थिए सन् १९८५ देखि चार बर्ष नेपाल, भारत बङगलादेशका लागि उच्चायुक्त राजदूतका रुपमा समेत क्रियाशिल हिलारीलाई सन् २००३ को सगरमाथा आरोहण स्वर्ण जयन्तीमा मानार्थ नेपाली नागरिकता प्रदान गरिएको थियो हिलारीको ८८ बर्षको २७ पुस २०६४ मा न्यूजिल्याण्डमा निधन भयो