Tuesday, January 3, 2012

दुर्गम क्षेत्रमा हवाइ सेवा विस्तार हाम्रो प्राथमिकता

लोकेन्द्र विष्ट मगर
मन्त्री, पर्यटन तथा नागरिक उड्डयन


नागरिक उड्डयन प्राधिकरणको कामलाइ कसरी मुल्याङकन गरिरहनु भएको छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण विगत १३ बर्ष देखि नेपालमा हवाई सेवाको समायोचित विकासका लागि कृयाशिल रहि आएको छ । प्राधिकरणले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिई आन्तरिक विमानस्थलहरुको स्तरोन्नती गर्ने कामलाई निरन्तरता प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । विमानस्थल निर्माण मात्रै भएर हु“दैन त्यहा“ नियमित रुपमा हवाई सेवा समेत संचालन हुनु आवश्यक छ । त्यसैले वायुसेवा कम्पनीहरुले पनि सिमित नाफा हुने स्थानमा मात्र आफ्नो सेवा केन्द्रित नगरी मुलुकभर हवाई सेवाको विस्तारमा ध्यान दिनुपर्ने मेरो आग्रह छ । 
 
मुख्य समस्या र चुनौतिहरु के के छन् ?

नागरिक उड्डयनलाइ मैले यसको प्राबिधिक पक्ष, त्यस भित्रको जटिलता, जेट तथा वायुयान उडान अवतरणको आकर्षण भन्दा पनि हाम्रो देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने जनताको यातायातको एक आधारभूत साधनको रूपमा बढी बुझेको छु । । यहाका धेरै दुर्गम जिल्लाहरु अभैmपनि सडक यातायातको पहुचबाट टाढा छन् । देशका दूर्गम भूभागमा बसोबास गर्ने जनताका लागि दैनिक उपभोगका वस्तुहरु, खाद्यात्र, लत्ताकपडा, विद्यार्थीहरुका पाठ्यसामाग्री, विकास निर्माणका सरसामान आदि सबै जहाजबाटै झिकाउनु पर्ने बाध्यता छ । विरामी पर्दा औषधी उपचारका लागि अस्पताल भएका सुगम स्थानमा जानपनि जहाज नै चढ्नु पर्ने हुन्छ । त्यसैले हवाई जहाज पुगीसरी आउने व्यक्तिले उपभोग गर्ने मात्र नभएर देशका विकट भू–भागका आम जनताले पनि यात्रा गर्नुपर्ने यातायातको साधनको रूपमा रहेको छ । यस तथ्यलाई मनन गरी हामीले हवाई सेवाको विकासका नीति तर्जुमा गर्नु पर्ने हुन्छ । दुर्गम क्षेत्रका विमानस्थलहरुलाइ चुस्त दुरुस्त रुपमा सञ्चालन गरि जनतालाइ सहज सेवा दिन प्राधिकरण अग्रसर हुनु पर्छ । यो नै प्राधिकरणका लागी सबै भन्दा ठूलो चुनौति पनि हो ।
अन्तराष्ट्रिय पर्यटकको मुख्य प्रवेशद्धार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकास तथा विस्तार गरी अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्ने, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बुट प्रकृया अन्तर्गत निर्माण अगाडि बढाउने, गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी कार्यलाई अगाडि बढाउने र पोखरामा नयां क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग जुटाउने तर्पm पहल भैरहेको छ । प्राधिकरणको पनि यसमा महत्वपूर्ण भूमिका रहन्छ । 

के कस्तो सुधारको खाचो छ ?

देशभरी छरिएर रहेका महत्वपूर्ण पर्यटकीय स्थानहरुमा पर्यटकहरुको पहुच बढाउन सकेको खण्डमा मात्र मुलुकमा पर्यटनको समानुपातिक विकास हुन सक्दछ । यसका लागि प्रमुख पर्यटन पूर्वाधारका रुपमा हामीले आन्तरिक हवाई यातायातको बलियो सञ्जाल तयार गर्नुपर्ने मैले ठानेको छु । प्राधिकरणले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिई आन्तरिक विमानस्थलहरुको स्तरोन्नती गर्ने कामलाई निरन्तरता दिनुपर्छ । साथै प्राधिकरणमा व्यवस्थापकीय र संरचनागत सुधारको पनि खा“चो छ ।

हवाइ क्षेत्रको विकासका लागी कस्तो निति आवश्यक छ ?

नेपालमा आन्तरिक हवाई सेवा संचालनको क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । यसलाइ ग्रामिण क्षेत्रमा विस्तार गर्नु जरुरी छ । नेपाल वायुसेवा निगमसग आवश्यक मात्रामा विमानहरु छैनन् । यस तथ्यलाई नागरिक उड्डयनको क्षेत्रमा कार्यरत हामी सबैले गम्भिरतापूर्वक लिई विद्यमान अवस्थामा रहेका कमि कमजोरीलाई सुधार गरी एउटा उपयुक्त नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ ।

प्राधिकरणको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपाल पर्यटनका दृष्टिले प्रचुर सम्भावना भएको मुलुक हो । पर्यटनको यथोचित विकास गर्न सकेको खण्डमा राष्ट्र«को दीगो विकासमा ठूलो सघाउ पुग्न सक्दछ भन्ने कुरा हामी सबैले बुझेकै छौं । पर्यटन बर्ष समापनको संघारमा छ । हामीले नेपालमा साँचो अर्थमा पर्यटन उद्योगको विकास चाहने हो भने हरेक बर्षलाई पर्यटन बर्षकै रुपमा लिई पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्दछ । पर्यटन विकासमा नागरिक उड्डयन प्राधिकरणको पनि महत्वपूर्ण भूमिका रहन्छ । मुलुकमा हवाइ सेवको विकास गरि ठुलो संख्यामा पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।
कुनै पनि संस्थाको लागि वास्तविक पूजि भनेको त्यहा कार्यरत जनशक्ति नै हो । प्राधिकरणको विशिष्ठ कार्य प्रकृति अनुसार विभित्र थरीका पेशागत जनशक्तिहरुको कार्यस्थल रहेको संस्था हो । यसकोे उत्रति र विकास यहा कार्यरत कर्मचारीहरुको कार्यक्षमता, कार्यदक्षता र इमान्दारितामा निर्भर गर्दछ । सरकारको एक स्वायत्त निकायको रुपमा प्राधिकरणले मुलुकको हवाइ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालमा अन्तराष्ट्रिय स्तरको हवाइ सेवा उपलब्ध छ

रामप्रसाद न्यौपाने, महानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण


नेपालमा एयर टाफिकको अवस्था कस्तो छ ?

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले प्रकाशित गरेको हवाई ट्राफिक प्रक्षेपण अनुसार सन् २०११ मा हवाई यात्रु आवागमन विश्व व्यापी रुपमा  ५.३ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको थियो । एशिया–प्रशान्त क्षेत्रमा सन् २०११ मा ७.९ प्रतिशतले हवाई यात्रु बृद्धि हुने आइकाओ को प्रक्षेपण रहेको छ । नेपालमा बर्ष २०११ लाई पर्यटन बर्ष घोषणा गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल नभएता पनि सन् २०११ म नेपालको पर्यटन इतिहासमै सर्वाधिक पर्यटक आगमन भएको तथ्यांकहरुले पुष्टि गरिसकेका छन्, यसलाई हामी सबैले उत्साहप्रद नै मान्नुपर्दछ ।

समग्र हवाई यात्रु आवागमनको स्थिती हेर्दा नेपालमा सन् २००९ को तुलनामा सन् २०१० मा अन्तर्राष्ट्रिय हवाई सेवा तर्फ हवाई यात्रु आवागमन २०.२ प्रतिशतले बढेको पाइन्छ भने वायुयान आवागमन २३.७ प्रतिशतले बृद्धि भएको देखिन्छ । कार्गो ढुवानी तर्फ भने यस अवधिमा ८.६ प्रतिशत ह्रास भएको पाइएको छ । यस बर्ष सन् २०११ म हामीसँग उपलब्ध तथ्यांक विश्लेषण गर्दा सन् २०१० को पहिलो दश महिनाको तुलनामा सन् २०११ को यो दश महिनामा हवाई यात्रु तर्फ १०.२२ प्रतिशत बृद्धि भएको छ । यस अवधिमा वायुयान आवागमन तर्फ १४.७८ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कार्गो आवागमन तर्फ केही न्यूनता आएको देखिन्छ ।

आन्तरिक हवाइ यातायातको स्थिति चाहिं नी ?

आन्तरिक हवाई यातायात तर्फ त्रि.अ.वि.मा यस बर्षको पहिलो १० महिनामा सन् २०१० को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमन तर्फ ३.८० प्रतिशत र वायुयान आवागमन तर्फ १.३६ प्रतिशत बृद्धि भएको पाइन्छ । अर्थात सन् २०११ को  पहिलो १० महिना अर्थात अक्टोवर सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव २२ लाख अन्तराष्ट्रिय उडानका हवाई यात्रु र १३ लाख भन्दा बढी आन्तरिक उडानका हवाई यात्रु ओसार पसार भएको देखिन्छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई ट्राफिक आवागमन स्थिती अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विश्वव्यापी तथा एशिया प्रशान्त क्षेत्रको लागि प्रक्षेपण गरेको बृद्धिदर भन्दा नेपालको बृद्धिदर उल्लेखनीय रुपमा बढी छ ।

प्राधिकरणको आर्थिक अवस्था मजबुद नै छ  ?

प्राधिकरणको आ.व. २०६६/६७ सम्मको महालेखापरीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण कार्य सम्पन्न भइसकेको छ । महालेखापरीक्षकको कार्यालयबाट गत आ.व. २०६७/२०६८ को लेखापरिक्षण को कार्य जारी रहेको छ । प्राधिकरणको आय व्ययको विवरण तर्फ दृष्टि दिंदा आ.व. २०६६/६७ मा आम्दानी तर्फ शुरु अनुमान रु २ अर्ब ३१ करोड २३ लाख भएकोमा यथार्थमा रु २ अर्व ४२ करोड १९ लाख आम्दानी भई अनुमान भन्दा ४.७४ प्रतिशत बढी लक्ष्य हासिल भएको छ । त्यस्तै गत आ.व. २०६७/६८ मा आम्दानी रु ३ अर्ब १४ लाख अनुमान गरिएकोमा यथार्थमा ११ महिनाको वास्तविक र १ महिनाको अनुमानित लिंदा रु २ अर्ब ५४ करोड ४८ लाख रहेको छ जुन यथार्थ भन्दा १५.२२ प्रतिशतले न्यून रहेता पनि  अघिल्लो आर्थिक बर्षको तुलनामा ५.०७ प्रतिशतले बढेको देखिन्छ । प्राधिकरणले आ.व.२०६८/६९ का लागि रु ३ अर्ब २० करोड ४ लाख आम्दानी अनुमान गरेको छ । यो प्रक्षेपण आ.व. २०६८/६८ को यथार्थ आम्दानीको तुलनामा २५.७६ प्रतिशतले बढी रहेको छ । हवाई यातायात सेवा विस्तृत हुँदै गइरहेको तथा परिवर्तित यात्रु सेवा शुल्कको सन्दर्भमा लक्षित आय प्रक्षेपण पूर्ति हुने अनुमान गरिएको छ । 
प्राधिकरणको व्यय तर्फ आ.व. २०६६/६७ मा आन्तरिक श्रोत तर्फ रु ५ अर्ब २५ करोड ७३ लाख र नेपाल सरकारबाट विभिन्न विमानस्थल सुधारको लागि शेयर लगानी वापत रु १ अर्ब २५ करोड ८४ लाख गरी जम्मा रु ६ अर्ब ५१ करोड ५७ लाख संशोधित व्यय अनुमान गरिएकोमा संचालन खर्च र पुँजिगत खर्च गरी यथार्थमा रु ३ अर्ब ६२ करोड ४२ लाख खर्च भएको देखिन्छ । आ.व. २०६७/६८ मा प्राधिकरणको संशोधित व्यय अनुमान रु ४ अर्ब ८४ करोड ५ लाख रहेकोमा केन्द्रीय अभिलेख अनुसार रु २ अर्ब ९६ करोड ४० लाख बजेट निकासा भएको र २०६८ को प्रारम्भिक बैंक मौज्दातलाई दृष्टिगत गर्दा रु २ अर्ब ७५ करोडको हाराहारीमा खर्च हुने देखिन्छ । चालु आर्थिक बर्ष २०६८/६९ को लागि प्रस्तावित कुल व्यय रु ४ अर्ब ९५ करोड ९७ लाख मध्ये पूँजिगत तर्फ रु ३ अर्ब ६ करोड ३४ लाख र कार्य संचालन तर्फ १ अर्ब ९० करोड ६३ लाख प्रस्ताव गरिएको छ । यस आ.ब.मा प्राधिकरणले ऋणको सावां र व्याज समेत गरी ९० करोड ८० लाख नेपाल सरकारलाई भुक्तानी गर्न बजेट व्यवस्था गरिएको छ ।

उडान सुरक्षाको स्थिति राम्रो छैन भनिन्छ नी, ?

नागरिक उड्डयनलाई सुरक्षित, स्तरीय र भरपर्दो तुल्याई दिगो विकास तर्पm अग्रसर रहनु प्राधिकरणको मूलभूत उद्देश्य हो । नागरिक उड्डयन उच्च प्रविधियुक्त, गतिशिल, पूजीमूलक, वहुआयामिक र अन्तर्राष्ट्रिय चरित्र बोकेको क्षेत्र भएकोले हाम्रा क्रियाकलापहरु पनि अन्तर्राष्ट्रिय मूल्य मान्यता, स्तर र मापदण्डसंग तालमेल राखी संचालन गर्नु पर्ने कुरामा दुइमत हुन सक्दैन । आइकाओ को आफ्ना सदस्य राष्ट्रहरुको उडान सुरक्षा स्थितिको निगरानी गर्ने विश्वव्यापी कार्यक्रम अन्तर्गत मे २००९ मा नेपालको उडान सुरक्षा अडिट सम्पन्न भएको थियो । उक्त अडिटबाट उडान सुरक्षासँग सम्बन्धित विशेष गरी प्रचलित नागरिक उड्डयन सम्बन्धि कानून, प्राधिकरणको संगठन स्वरुप, जनशक्ति विकास, उडान सुरक्षा निगरानी, लाइसेन्सिंग, सर्टिफिकेशन तथा अपरेसन्स सम्बन्धमा औंल्याएका निकर्षहरु हरुको निराकरणका लागि सुधारात्मक कार्य योजना बनाई आइकाओ मा प्रस्तुत गरिएको र सोही अनुरुप अल्पकालिन सुधार काय अधिकांश सम्पन्न भइसकेका र दीर्घकालिन सुधार कार्यका लागि तदारुकताका साथ कार्य भइरहेको छ ।

मुलुकको हवाई सेवाको स्थिति सन्तोषजनक नभएको गुनासो छ, कारण के हो ?

नेपालले व्दिपक्षीय हवाई सेवा संझौता गरेका मुलुकहरुको संख्या अहिले ३६ पुगेको छ । जस बमोजिम बार्षिक दुई तर्फी गरी ५७ लाख ६ सय ५६ हवाई सिट उपलब्ध भएको छ । तर हाल बार्षिक रुपमा २२ लाख २ हजार ३ सय ४ सिट उपलब्ध भएको छ । हाल संचालनमा रहेका वायुसेवाहरुले कुल उपलब्ध हवाई सिटको ३९ प्रतिशत सिट मात्र उपभोग गर्न सकेको अवस्था छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वटा स्वदेशी तथा २६ वटा विदेशी वायुसेवाहरु गरी कुल २८ वटा अन्तर्राष्ट्रिय वायुसेवाहरुले १४ मुलुकका २४ गन्तव्यमा उडान संचालन गरिरहेका छन् । 
प्राधिकरणबाट हालसम्म ६० वटा वायुसेवा कम्पनीहरुलाई अनुमती प्रदान गरिएकोमा जम्मा २६ वटा मात्र संचालनमा रहेका छन् । जसमा १० वटा फिक्स्ड विङ , ५ वटा रोटर विङ , १३ वटा एभिएसन स्पोर्टस र एउठा फ्लाइङ स्कुल  संचालनमा रहेका छन् । दुर्गम क्षेत्रमा हवाई सेवाको पहुँच बढाउन सिङगल इन्जिन वायुयान तथा हेलिकप्टरबाट यात्रु तथा कार्गो चार्टर सेवा संचालन गर्न दिने नीति अनुरुप हेलिकप्टर तथा फिक्ड वींग सिंगल इन्जिन जहाजहरुबाट देशका विभिन्न दुर्गम पहाडी भेगहरुमा यात्रु तथा कार्गो चार्टर सेवा संचालन भैरहेको छ ।  अहिले सम्म नेपालमा रजिष्टर्ड वायुयानको सख्या ९१ रहेकोमा ती मध्ये ६४ वायुयान मात्र चालु अवस्थामा रहेका छन् ।

Sunday, January 1, 2012

५१ मध्ये २८ विमानस्थल घाटामा

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ पुस


नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गरेका मुलुकभरका ५१ विमानस्थलमध्ये २८ विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । दुर्गम क्षेत्रका विमानस्थलमा यात्रु चाप कम हुनु तथा विमानस्थल सेवाशुल्क न्यून भएका कारण विमानस्थल घाटामा गएका हुन् ।
मुलुकभर सञ्चालित विमानस्थलमध्ये २८ घाटामा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण्ँका अनुसार यात्रु चहलपहल बढी हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १० विमानस्थल मात्र नाफामा छन् । आव ०६७\६८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, लुक्ला, सिमरा, पोखरा, भैरहवा, जोमसोम, सुर्खेत र धनगढी विमानस्थल मात्र सञ्चालन नाफामा रहेको प्राधिकरण अर्थ विभागले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी नाफा कमाउने विमानस्थलमध्येमा पर्छ । प्राधिकरणको कुल आम्दानीमध्ये करिब ९० प्रतिशत त्रिवि विमानस्थलको हुने गर्छ । गत आर्थिक वर्षमा त्रिभुवन विमानस्थलले २ अर्ब ४९ करोड १५ लाख ९१ हजार रुपैया आम्दानी गरेको थियो । विमानस्थलको वार्षिक सञ्चालन खर्च भने ५५ करोड हाराहारी हुने गरेको प्राधिकरणले जनाएको छ ।
घाटामा सञ्चालित अधिकांश विमानस्थल दुर्गम क्षेत्रका हुन् । निजी विमान कम्पनी पर्यटक नजाने दुर्गम क्षेत्रमा जान नचाहने भएकाले हवाई चहलपहल कम हुने गरेको छ । नेपाल वायु सेवा निगमले मात्र नियमित उडान भर्ने दुर्गम क्षेत्रका थुप्रै विमानस्थलमा भौतिक पूर्वाधार तथा धावनमार्ग उपयुक्त नभएको भन्दै निजी वायु सेवा कम्पनीले आंशिक उडान मात्र गर्ने गरेका छन् ।
त्यस्तै, दुर्गम क्षेत्रका विमानस्थलको यात्रु सेवाशुल्क सरकारले जेठदेखि घटाएर प्रतियात्रु ५ रुपैयामा झारेको छ । दुर्गमका विमानस्थलमा गैरहवाई (ननएरोनटिकल) आम्दानी नहुने भएकाले पनि घाटा बढी हुने गरेको प्राधिकरणको भनाइ छ ।
खर्च तुलनामा आम्दानी कम भएका मुलुकभरका विमानस्थलबाट प्राधिकरणलाई गत आवमा ६ करोड १९ लाख ६५ हजार रुपैया नोक्सान भएको थियो । गत आवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका आन्तरिक विमानस्थलबाट २ अर्ब ६९ करोड ५५ लाख ३५ हजार रुपैया आम्दानी भएको प्राधिकरणले जनाएको छ । मुलुकभरका विमानस्थल सञ्चालनका लागि ७५ करोड ६२ लाख ७९ हजार रुपैया खर्च भएको थियो ।
घाटा भए पनि सामाजिक उत्तरदायित्वका कारण दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपानेले बताए । ‘सरकारको नीतिअनुसार प्राधिकरणले दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउन विमानस्थल सञ्चालन गरिरहेको छ,’ न्यौपानेले भने ।
सरकारले दुर्गम क्षेत्रमा हवाई सेवा सुदृढ गर्ने नीति लिएका कारण प्राधिकरणले त्यसमा जोड दिएको उनले बताए । बन्द अवस्थाका १५ विमानस्थल सञ्चालनका लागि स्थानीयदेखि सभासद्, मन्त्री र प्रधानमन्त्रीसम्मले दबाब दिने गरेको प्राधिकरण्ँको भनाइ छ । सरकारी स्वामित्वमा सञ्चालित प्राधिकरण्ले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विमानस्थल निर्माण र सञ्चालन गर्दै आएको छ ।
हाल मुलुकभर एउटा अन्तर्राष्ट्रिय, ४ क्षेत्रीय हब, ४२ अन्य, आन्तरिक र ४ वटा निर्माणाधीन गरी ५१ विमानस्थल रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये ३४ विमानस्थलमा मात्र हवाई सेवा सञ्चालनमा  छ ।
सञ्चालन प्रकृति, हवाई ट्राफिक, भौतिक पूर्वाधार तथा उपलब्ध सेवा सुविधाका दृष्टिले प्राधिकरणले मुलुकभरका विमानस्थललाई ७ वर्गमा वर्गीकरण गरेको छ । पहिलो वर्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ भने दोस्रोमा विराटनगर, नेपालगन्ज, गौतमबुद्ध र पोखरा विमानस्थल पर्छन् ।
त्यस्तै, तेस्रोमा सिमरा, भरतपुर, जोमसोम, लुक्ला, जुम्ला, जनकपुर र चन्द्रगढी विमानस्थल छन् । धनगढी, लामिडा“डा, सुर्खेत र तुम्लिङ्टार चौथो वर्गमा पर्छन् भने बझाङ, बाजुरा, भोजपुर, रुम्जाटार, चौरझारी, सिमिकोट, डोल्पा, सांफेबगर महेन्द्रनगर, मनाङ, मेघौली, फाप्लु, रामेछाप, रुकुम र ताप्लेजुङ विमानस्थललाई प्राधिकरणले पाचा वर्गमा राखेको छ ।
डोटी, दार्चुला, बैतडी, टीकापुर, दाङ र राजविराज छैटौ“ वर्गमा पर्छन् भने सातौ“ वर्गका विमानस्थलमा ढोेरपाटन, गोरखा, बाग्लुुङ, जिरी, रोल्पा, स्याङबोचे र लाङटाङ विमानस्थल छन् । छैटौ“ वर्गका विमानस्थलमा उडान सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति रहे पनि नियमित उडान हुन सकेको छैन भने सातौ“ वर्गमा पर्ने विमानस्थलमा लामो समयदेखि हवाई सेवा बन्द भइसकेको छ । उडान सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति उपलब्ध छैन ।
नाफामा भएका विमानस्थल
विमानस्थलको नाम नाफा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल    १९३२८७५५५१.८६
पोखरा विमानस्थल २१९०२७५४.८२
चन्द्रगढी विमानस्थल १०७७३१८८.३२
विराटनगर विमानस्थल ७१४५७५३.०९
लुक्ला विमानस्थल ५४४३८४४.९२
भैरहवा विमानस्थल २८१७१४९.९७
जोमसोम विमानस्थल १९००९८६.८४
सुर्खेत विमानस्थल  ५२५८१६०.७३
सिमरा विमानस्थल ७५०५४९.६९
धनगढी विमानस्थल ५०२७१९.७५
स्रोत: प्राधिकरण अर्थ विभाग