Monday, February 20, 2012

दश महिनामा २२ लाख हवाइ यात्रु


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, ७ फागुन । नेपाल उडान गर्ने अन्तराष्ट्रिय विमान कम्पनिहरुले सन् २०११ को पहिलो १० महिनामा २२ लाख भन्दा बढि यात्रु ओसारपसार गरेका छन्  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको तथ्यांक अनुसार यो अवधिमा २२ लाख २१ हजार १ सय ९७ यात्रुले विभिन्न विमान कम्पनि मार्फत् यात्रा गरेका हुन् । 
नेपाल उडान गर्ने अन्तराष्ट्रिय विमान कम्पनि मध्ये भारतको जेट एयरवेजले सबै भन्दा बढि २ लाख ३० हजार ६ सय ८८ यात्रु बोकेको छ । जेट पछि दोश्रो नम्बरमा कतार एयरवेज छ । उसले २ लाख २४ हजार ५ सय ८ यात्रु बोकेको छ । दुवै कम्पनिले काठमाडौंमा साताको २१ उडान गर्छन् । 
तेश्रो नम्बरमा भने नेपाल वायुसेवा निगम रहेको छ । निगमले दश महिनामा १ लाख ६७ हजार २ सय ४ यात्रु बोकेको छ । निगमले आधा दर्जन अन्तराष्ट्रिय गन्तव्यमा साताको २२ वटा उडान गर्छ । त्यसपछि बढि यात्रु ओसार पसार गर्नेमा एयर अरेविया, फ्लाइ दुवइ, स्पाइसजेट, थाइ एयरवेज, गल्फ एयर र इथियाड एयरवेज छन् । यि कम्पनिहरुले डेढ लाखको हाराहारीमा यात्रु बोकेको तथ्यांक छ । 
गत बर्ष १ लाख ७५ हजार यात्रु बोकेको भारतिय सरकारी विमान कम्पनि एयर इन्डियाले भने यात्रु तथ्यांक उपलब्ध गराएको छैन । कम्पनिले भारतका विभिन्न गन्तव्यबाट साताको २२ वटा उडान काठमाडौमा गर्छ । अन्तराष्ट्रिय उडान गर्ने मुलुकको एकमात्र निजि कम्पनि बुद्ध एयरले भने यो अवधिमा ६ हजार ३ सय ५७ यात्रु बोकेको छ । बुद्धले भुटानको पारो तथा भारतको लखनउ उडान गर्छ । एयर अरेविया, फ्लाइ दुवइ र स्पाइस जेटले साताको १४ उडान गर्छन् । गल्फले साताको १२ र इथियाडले ७ वटा उडान गर्छन् । विमान वंगलादेश, एयर चाइना, जिएमजी, बहराइन एयर, किङफिसर, थाइ एयरवेज, जेटलाइट र युनाइटेड एयरवेजले साताको ७ वटा उाडन गर्छन् । नेपाल आउने विमान कम्पनिले साताको २ सय २६ उडान गर्ने विमानस्थलले जनाएको छ । 
दश महिनाको अवधिमा कुल १८ हजार ६ सय २८ अन्तराष्ट्रिय उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएका छन् । सबैभन्दा बढि २ हजार १ सय ६२ उडान अक्टोबरमा भएका छन् । यो नेपालका लागी मुख्य पर्यटकीय सिजन हो । अन्य महिनामा १८ सयको हाराहारीमा उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । 
२८ वटा अन्तराष्ट्रिय विमान कम्पनिले नेपालमा उडान गरिरहेका छन् । यसमध्ये नेदरल्याण्डको आर्केफ्लाइ र भुटानको डु«क एयरले हाल आफ्नो उडान स्थगित गरेका छन् । अन्य कतिपय विमान कम्पनिले पनि सिजनमा मात्र नेपाल उडान गर्ने गरेका छन् । ५ वटा विमान कम्पनि २०१० मा थपिएका छन् भने इन्डिगोले गत अक्टोबर देखि मात्र नेपाल उडान शुरु गरेको हो । इन्डिगोले दिल्ली काठमाडौं दैनिक एउटा उडान गर्छ । 

विमान कम्पनि उडान प्रतिसाता यात्रु (जनवरी–अक्टोबर)
नेपाल वायुसेवा         २२ १६७२०४
जेट एयरवेज २१ २३०६८८
कतार एयरवेज २१ २२४५०८
एयर अरेविया १४ १५७८०१
फ्लाइ दुवइ १४ १५०७३०
स्पाइसजेट १४ १४५१८०
थाइ एयरवेज १२४४१५
गल्फ एयर १२ ११७१६१
इथियाड एयरवेज         १०१३३५
जेटलाइट ९०२०४
स्रोत : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

सामाजिक सञ्जालमा सरकारी चासो


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ७ फागुन । सरकारले सामाजिक सञ्जाल व्यवस्थित गर्न ‘गाइडलाइन’ बनाउने प्रक्रिया सुरु गरेको छ । फेसबुक, ट्विटर, गुगल प्लस जस्ता बेवसाइटको दुरुपयोग रोक्न गाइडलाइन बनाउन लागिएको हो ।
सामाजिक सञ्जालमा समस्या देखिएको र सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखेपछि सम्बद्ध अधिकारीहरू गाइडलाइनको तयारीमा जुटेका हुन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले गाइडलाइन बनाउन सम्बद्ध निकायसँग छलफल थालेको छ । ‘प्रधानमन्त्री आपैले चासो व्यक्त गरेकाले गाइडलाइन बनाउन लागिपरेका छौँ ।’ कार्यालयका प्रमुख प्रमाणीकरण नियन्त्रक राजनराज पन्तले भने । गत महिना प्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खल्बलिने गरेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
विज्ञान मन्त्रालयले मातहतको कार्यालयलाई सामाजिक सञ्जाल प्रयोगको गाइडलाइन बनाउन निर्देशन दिइसकेको छ । गाइडलाइनले विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेटबाट प्रसारण हुने सामग्रीलाई पनि समेट्नेछ । कार्यालयले नेपालमा सबैभन्दा बढी हेरिने साइट फेसबुक मुख्यालयलाई पत्राचार गरी नेपाल हेर्ने आधिकारिक व्यक्तिका बारेमा जानकारी मागेको छ । ‘नेपालमा फेसबुकको कार्यालय तथा सम्बद्ध आधिकारिक प्रतिनिधि नभएकाले समस्या देखिएको छ,’ प्रमुख पन्तले भने । फेसबुकले जवाफ पठाएपछि नेपाल हेर्ने सम्बद्ध प्रतिनिधिसँग फेसबुक प्रयोग व्यवस्थित गर्नेबारे सरकारी स्तरमा नै छलफल गरिने उनले बताए । साइबर अपराध बढ्दै गएपछि गृहमन्त्रालय र नेपाल प्रहरीले विज्ञान प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने गाइडलाइन बनाउन आग्रह गर्दै आएका छन् । अर्काको फेसबुक एकाउन्टमा अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गरेको गुनासो प्रहरी र मन्त्रालयमा पनि आउने गरेको छ ।
गाइडलाइनको प्रयोगबाट सामाजिक सञ्जालको प्रयोग व्यवस्थित हुने विश्वास सरकारको छ । सरकारले हालै डिजिटल सिग्नेचर प्रणाली तयार गरेको छ । साइबर अपराधमा सबैभन्दा महत्वपूर्ण प्रमाणका रूपमा लिइने यो प्रणाली निर्माणको जिम्मा सरकारले प्रमाणीकरण नियन्त्रकको कार्यालयलाई सुम्पेको थियो ।
विश्वव्यापी रूपमै सामाजिक सञ्जालमार्पmत अश्लीलता तथा सामाजिक सद्भावमा नकारात्मक असर पर्ने सामग्री प्रवाहित हुन थालेपछि विभिन्न मुलुकले यससम्बन्धी नीतिनियम बनाइसकेका छन् । छिमेकी राष्ट्र चीनले केही समयअघि नै फेसबुक, गुगल, याहु र ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिसकेको छ भने भारतले पनि सामाजिक सञ्जालमार्पmत नकारात्मक सामग्री प्रसारण भएको भन्दै तिनका सञ्चालकलाई त्यस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउन पत्राचार गरेको थियो । सामाजिक सञ्जालका सञ्चालकले भारतको कुरालाई गम्भीर रूपमा नलिए त्यस्ता साइटमाथि कडाइ गरिने भारतले बताएको थियो । तर, गत सातामात्र भारतीय सञ्चार तथा सूचना प्रविधिमन्त्री कपिल सिब्बलले सामाजिक सञ्जालमा सेन्सरसिप लगाउने भारतको योजना नरहेको प्रतिक्रिया दिएका छन् ।
फेसबुक प्रयोगकर्ताबारे जानकारी दिने आधिकारिक बेवसाइट फेसब्याकर डट कमका अनुसार विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा नेपाली प्रयोगकर्ताको सङ्ख्या शनिबारसम्म १३ लाख ८० हजार आठ सय ६० पुगेको छ । प्रोफाइलमा आफ्नो देशको नाम राख्ने प्रयोगकर्ताको आधारमा यो संख्या पुगेको हो । नेपाल धेरै फेसबुक प्रयोगकर्ताको सूचीमा ६८औँ स्थानमा छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा समस्या देखिएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमाथि नियन्त्रणको प्रयास सुरु भएको छ तर करिब तीन वर्षअघि अर्थमन्त्री हुँदा उनले फेसबुकमार्फत अन्तत्र्रिmया गर्ने गरेका थिए 

Friday, January 13, 2012

मोबाइल सेवा सुधार्न निर्देशन

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २८ पुस
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर कमजोर भएको भन्दै सेवा प्रदायक कम्पनीहरूलाई गुणस्तर सुधार्न निर्देशन दिएको छ । प्राधिकरणले सेवा सुधारका लागि ६ महिनाको समय दिएको हो ।
प्राधिकरणले गत जुलाई, अगस्ट र सेप्टेम्बरमा काठमाडौं उपत्यका तथा पोखरा, विराटनगर र नेपालगन्जमा गरेको सर्भेअनुसार मोबाइल सेवाको गुणस्तर कमजोर छ । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र युटिएलले प्रदान गरिरहेको मोबाइल सेवाको गुणस्तर मापन गरेको थियो । ‘बिजी आवर’ मा बढी समस्या रहेको गुनासो आएपछि सोही समयमा सर्भे गरिएको प्राधिकरणका उपनिर्देशक उदय राज रेग्मीले बताए । मोबाइल सेवाको गुणस्तर तुलनात्मक सुधार नभएको र अधिकांश स्थानमा सेवा नराम्रो रहेको सर्भेको निष्कर्ष छ । ‘उपभोक्ताको पक्षबाट हेर्दा त सेवा खराब नै छ,’ रेग्मीले भने ।
प्राधिकरण आफैंले नभई स्वतन्त्र परामर्शदातामार्फत सर्भे गरेको हो । ‘सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिस्टेसन’ (सेडा) मार्फत गुणस्तर सर्भे गरिएको प्राधिकरणका प्राविधिक निर्देशक आनन्दराज खनालले बताए । सेडाकै सहयोगमा प्राधिकरणले गुणस्तरसम्बन्धी कार्यविधिसमेत बनाएको छ । प्राधिकरणले पछिल्लोपटक ०६४ साल असारमा तयार गरेको मापदण्ड अहिले कायम छ ।
अनौपचारिक रूपमा पनि प्राधिकरणले बारम्बार गुणस्तर सुधार्न भनिरहेको र सेवा प्रदायकले सुधार्ने प्रतिबद्धता व्यक्त गर्ने गरेको निर्देशक खनालले बताए । ‘तर सेवा प्रदायकले आफ्नै प्रतिबद्धता पनि पूरा गरेका छैनन्,’ उनले भने । कम्पनीहरूले त्रैमासिक रूपमा गुणस्तरसम्बन्धी प्रतिवेदन प्राधिकरणलाई बुझाउनुपर्ने प्रावधान भए पनि कतिपयले नबुझाउने गरेको उनले बताए ।
पछिल्लो सर्भे नेटवर्कको क्षमता र उपभोक्ताको सन्तुष्टिलाई आधार बनाएर गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको मापदण्डअनुसार कल गुणस्तर ९० प्रतिशतभन्दा बढी र कल पूर्णता ४५ प्रतिशतभन्दा बढी हुनुपर्छ तर सर्भेअनुसार यो प्रतिशत कम छ । मोबाइलमा कुरा पूरा नभई काटिने समस्या उपभोक्ताले भोग्दै आइरहेका छन् ।
यसअघि ०६६ मंसिरमा पनि प्राधिकरणले गुणस्तर सर्भे गरी सुधारको निर्देशन दिएको थियो । प्राधिकरण ऐनको दफा १५ अनुसार गुणस्तर सुधारका लागि ६ महिनाको समय दिइन्छ ।प्राधिकरणले गुणस्तर कमजोर रहेको निष्कर्ष निकाले पनि सेवा प्रदायकले भने आफ्नो सेवा राम्रो भएको दाबी गरेका छन् । निजी क्षेत्रको कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले गुणस्तर मापन गरिनु राम्रो पक्ष भए पनि आफ्नो निष्कर्ष फरक रहेको बताए । ‘हामी पनि अन्तर्राष्ट्रियस्तरमा गुणस्तर मापन गरिरहेका छौ। प्राधिकरणको सर्भेसग एनसेल सहमत छैन,’ उनले भने । प्राधिकरणले तोकेको मापदण्ड कम्पनीले पूरा गरिरहेको दाबी उनले गरे ।
नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक भगतमान सिंह प्रधानले माग पूरा गर्न नै धौ–धौ परिरहेकाले गुणस्तर कमजोर भएको स्विकार्दै सुधारको प्रयास भइरहेको बताए । प्रविधि ‘अपडेटेड’ नहु“दा पनि गुणस्तर कमजोर भएको उनको भनाइ थियो । सरकारी प्रक्रियाका कारण उपकरण भिœयाउन समय लाग्ने भएकाले समस्या भइरहेको गुनासो उनले गरे ।
युटिएलका प्रतिनिधि केशव ज्ञवालीले इन्टरकनेक्सन सहज नहुदा पनि गुणस्तर कमजोर भएको बताए । ८ घन्टाको मात्र ब्याट्री ब्याकअप हुने भएकोले लोडसेडिङका कारण गुणस्तर कमजोर भएको उनले दाबी गरे । प्राधिकरण निर्देशक खनालले भने लोडसेडिङ नभएको वेला सर्भे गरिएकोले लोडसेडिङ बहाना मात्र भएको बताए ।
पछिल्ला केही वर्षमा सेवा प्रदायकले ग्राहक विस्तारमा जोड दिए पनि गुणस्तर कमजोर हुदै आएको छ । भ्यालु एडेड सर्भिसको बिलिङ तथा इन्टरनेटमा पनि गुणस्तर मापन गरिने प्राधिकरणले जनाएको छ ।
नेपालमा मोबाइल सेवा सुरु भएदेखि नै गुणस्तर कमजोर भएको गुनासो रहदै आएको छ । नेपाल टेलिकमले पहिलोपटक ०५६ सालमा जिएसएम प्रविधिमा आधारित मोबाइल सेवा सुरु गरेको थियो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर सबै कम्पनीका गरी १ करोड ३१ लाख मोबाइल प्रयोगकर्ता छन् ।