Monday, May 30, 2011

अवको प्राथमिकता धार्मिक पर्यटन









लक्ष्मीप्रसाद खतिवडा

पर्यटनको माध्यमबाट मुलुकको आर्थिक कायापलट गर्ने महत्वाकांक्षी लक्ष्यका साथ घोषणा भएको पर्यटन बर्ष २०११ शुरु भएको पनि ५ महिना वितिसकेको छ । दश लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ शुरु भएको पर्यटन बर्षको सफलता असफलतालाइ लिएर निकै बहस हरु भइरहेका छन् । मुलुकमा भएका पर्यटकीय सम्भावनाहरुको कुरा गर्ने हो भने घोषित दश लाख पर्यटकको लक्ष्य टाढा छैन । सम्भावनाहरु अथाह छन् खाँचो छ त पहिचान र प्रमोसनको । हिमाल आरोहण, पदयात्रा, राफ्टिङ, एडभेन्चर गतिविधि लगायतका लागी त नेपाल परिचित भइसकेको छ । यसबाहेक धार्मिक कृषि तथा खेलकुद पर्यटनको पनि उत्तिकै सम्भावना छ ।
धार्मिक पर्यटनमा नेपालको पर्याप्त सम्भावना छ । भारतिय पर्यटकको पहिलो प्राथमिकतामा पर्दै आएको पशुपतिनाथ क्षेत्रको व्यवस्थापन, सुधार र प्रवद्र्धनलाइ सरकारले प्राथमिकतामा राख्नु पर्छ । यसका लागी लामो भिजन चाहिन्छ । पशुपति मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको पशुपति क्षेत्र विकास कोषले पर्यटन बर्ष २०११ मा दश लाख विदेशी भक्तजनलाइ पशुपति भित्र्याउने घोषणा गरेको छ । यो उत्साहजनक कुरा हो । तर पशुपतिनाथ क्षेत्रमा दुरदर्शिताका साथ लगानी गर्ने हो भने वार्षिक कम्तिमा १ करोड विदेशी पर्यटकलाइ पशुपति क्षेत्रमा ल्याउन सकिन्छ ।
विश्वभर करिव एक अर्व हिन्दु छन् । भारतमा मात्र कुल जनसंख्याको करिव ८० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको अनुमान छ । यो संख्याको ५ प्रतिशतलाइ मात्र नेपाल ल्याउन सके पनि पर्याप्त हुन्छ । यसका लागी पशुपति क्षेत्रलाइ विश्वकै नमुना मन्दिरको रुपमा विकास गर्नुपर्छ । कोषले आफ्नै सम्पतिको प्रयोग गरेर पनि धेरै काम गर्न सक्छ । सरकारले पनि यसमा लगानी गर्नुपर्छ । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा पाच सय भन्दा बढी मठमन्दिर रहेको बताइन्छ । तिनको संरक्षण हुन सकेको छैन । भएका मठ मन्दिरको संरक्षण गर्नुका साथै अन्य संरचना थप्न सकिन्छ ।
पशुपति क्षेत्रमा १ करोड शिवलिंग स्थापना गरेर ति सबैको जल एकै ठाउबाट आउने व्यवस्था गर्न सक्ने हो भने करोडौं आम्दानी गर्न सकिन्छ । यो जल सिन्चन गर्न लाखौं हिन्दु आउछन् । जल वेचेर नै करोडौं आम्दानी गर्न सकिन्छ । भारतका मन्दिरहरुमा नियमित रुपमा धार्मिक सांस्कृतिक प्रदर्शनीहरु हुन्छन् । हजारौं मानिस टिकट काटेर यस्ता शो हेर्न जान्छन् । हामीकहा यस्ता कार्यक्रम भएको पाइदैन । धार्मिक पर्यटकका लागी राम्रा होटल छैनन् । धर्मशालाहरु स्तरिय छैनन् । यसले गर्दा स्तरिय पर्यटक आउन सकिरहेका छैनन् । तारे स्तरका धार्मिक गेष्टहाउस बनाएर स्तरिय धार्मिक पर्यटकको आकर्षण बढाउन सकिन्छ ।
पशुपतिनाथलाइ पञ्चधामका रूपमा मान्यता दिन भारत सरकारलाई पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । सरकारले पनि यसका लागी चासो देखाउनु पर्छ । हिन्दू धर्मका चारधाम यमुनोत्री, गंगोत्री, बद्रिनाथ र केदारनाथ सबै भारतमा छन् । पशुपति नाथ पाचौं धामको रुपमा स्थापित भएमा हिन्दुहरुको यहा ओइरो लाग्छ । बलिउड अभिनेता अमिताभ बच्चन तिरुपतिमा बार्षिक ५ करोड भन्दा बढि चढाउछन् । यस्ता थुप्रै दानी छन् जसलाइ पशुपतिनाथ ल्याउन सके नेपालले राम्रो आम्दानी गर्न सक्छ । यो आम्दानी परोपकारी काममा खर्च गर्ने हो अरु पनि उत्प्रेरित हुन्छन् । भारतले वागमती सफाई परियोजनामा पनि चासो देखाएको छ । लाखौं हिन्दुको सेन्टिमेन्ट जोडिएको वागमती लाइ सफा र स्वच्छ बनाउन सक्ने हो पर्यटकीय आकर्षण बढ्ने निश्चिित छ ।
पशुपतिनाथका साथै लुम्बिनि र जकनपुरको विकासमा पनि जोड दिन आवश्यक छ । यि दुवै ठाउका विमानस्थलको सुधार गर्नुपर्छ । भैरहवा विमानस्थललाइ क्षेत्रिय अन्तराष्टिय विमानस्थलको रुपमा विकास गर्न एडिविको सहयोगमा काम भइरहेको छ । यसलाइ तिव्रता दिनुपर्छ । जनकपुरलाइ पनि भारतका प्रमुख शहरहरुसम्म उडान गर्न सकिने गरि सुधार गर्नुपर्छ । यसो गदा त्रिभुवन अन्तरािष्टय विमानस्थलको चाप पनि घट्छ भने तराइमा पनि पर्यटनको विकास हुन्छ । बौद्धमार्गीको बाहुल्यता भएको श्रीलंकाका पर्यटकलाइ लुम्बिनिमा बढाउन सकिन्छ । लुम्बिनिलाइ बौद्धमार्गीले जिवनमा एकपटक पुग्नैपर्ने स्थानका रुपमा लिन्छन् । यो कुराको प्रचारप्रसार व्यापकरुपमा गर्नुपर्छ । सन् २०११ मा नै श्रीलंकाले पनि पर्यटन बर्ष मनाइरहेको छ । नेपालले सहकार्य गर्न सक्छ । धार्मिक पर्यटकको खर्च र बसाइ अवधि बढाउन आकर्षक धार्मिक प्याकेजको आवश्यकता छ ।
आसियान मुलुकहरुले वौद्ध दर्शन, धर्म र सांस्कृतिक आदानप्रदानका लागि भारतसग नजिकको सम्पर्क स्थापित गरेका छन् । वौद्ध धार्मिक पर्यटक र वौद्ध दर्शन तथा संस्कृतिको अध्ययन अनुसन्धान गर्ने अध्येताहरु भारतलाई तथ्यहरूको स्रोत मान्छन् । नेपालमा पनि बौद्ध धर्मसम्बन्धि अध्ययनका लागी थुपै्र विषयवस्तु र सामग्रीहरु छन् तर हामीले वौद्ध दर्शन, धर्म र संस्कृतिको केन्द्र नेपाल हुन सक्छ भत्रे सन्देश विश्व सामु पुयाउन सकिरहेका छैनौ । त्यसका लागि नेपालमा आन्तरिक अध्ययन अनुसन्धानको अभाव छ । वौद्ध पर्यटक र अनुसन्धानकर्तालाई भारत आउदा मात्रै पनि नेपाल भ्रमण र अनुसन्धानका लागि आकर्षण गर्न सकिन्छ ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा तिव्वतको मानसरोवरालाइ प्रमोसन गरिरहेका टाभल टुर कम्पनिहरुले मुलुककै मुक्तिनाथ, गोसाइँकुण्ड, पाथीभरा, हलेसी जस्ता गन्तव्यलाइ प्राथमिकता दिनुपर्छ । यसका लागी भारतिय पर्यटकलाइ लक्षित गरेर विशेष प्याकेज सञ्चालन गर्न सकिन्छ । सन् २०१० मा भारतीय धार्मिक पर्यटक करिब १५ प्रतिशत बढेको अनुमान छ । यो संख्यालाइ पर्यटन बर्षमा २५ प्रतिशत सम्म पुयाउन सकिन्छ ।
बुद्ध जन्मेको देश भएर पनि लुम्बिनी बुद्धमार्गीको गन्तव्य बन्न सकिरहेको छैन । हिन्दुको सबैभन्दा प्रमुख तिर्थस्थल पशुपतिनाथमा १ अर्ब भन्दा बढी हिन्दुहरु आकर्षित हुन सकेका छैनन् । बैष्णवको तीर्थस्थल मुक्तिनाथको उचित प्रमोसन भएको छैन । धार्मिक पर्यटनको विकासका लागी थुपै्र सम्भावना छन् जसको विकास गर्नु आवश्यक छ । पर्यटन बर्ष अभियान यसका लागी राम्रो अवसर पनि हो ।

३ सयले ज्यान गुमाइसके सगरमाथाको काखमा


नया पत्रिका
काठमाडौं, १५ जेठ
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न विश्वभरबाट सयौं आरोहिहरु नेपाल आउछन् । सगरमाथा चढ्न सरकारबाट अनुमति लिने व्यक्तिको संख्या बर्षैपिच्छे बढ्दो क्रममा छ । संगसंगै सगरमाथामा दुर्घटनाहरु पनि बढिरहेका छन् । सगरमाथा आरोहणजस्तो जोखिमपूर्ण कामलाइ सहज रुपमा लिइदिनाले आरोहणका क्रममा हरेक बर्ष मासिनसहरुको मृत्यु हुन थालेको छ ।
सगरमाथा आरोहणका क्रममा सन् २००९ मा ५ जना आरोहिको मृत्यु भएको थियो । सन् २०१० मा भने कुनै आरोहिको पनि मृत्यु भएन । यस बर्ष सन् २०११ मा एक जना नेपाली र २ विदेशी गरि ३ जना आरोहिले सगरमाथामा ज्यान गुमाएको पर्यटन मन्त्रालय पर्यटन उद्योग महाशाखाले जनाएको छ । सगरमाथामा हालसम्म कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कसैसंग छैन । तर सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण भएदेखि हालसम्म करिव ३ सय जनाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएको जानकारहरु बताउछन् । करिव ५ हजार जना सगरमाथा पुगी सकेका छन ।
सगरमाथा आरोहण जस्तो साहसिक कामलाइ सहज रुपमा लिइदिनाले दुर्घटना हुने गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा सगरमाथा आरोहि आङछिरिङ शेर्पा बताउछन् । दुर्घटनाको पहिलो कारण भने मौसमको खरावी हो । त्यस्तै पछिल्ला केहि बर्षमा किर्तिमानको होड पनि दुर्घटनाको कारण बनेको छ । सगरमाथा आरोहणका लागी पर्याप्त तयारी पूर्व सावधानी आवश्यक रहेको अनुभब विज्ञहरुको छ ।
दुर्घटना बढेपनि सगरमाथा चुम्न चाहनेहरुको उत्साह भने घटेको छैन । विगतको दाजोमा अहिले सगरमाथा आरोहण सहज भएकोले सगरमाथा चढ्नु फेसन जस्तै भएको छ । त्यहा पुग्ने बाटोका बारेमा गाइडहरुलाइ पूर्व जानकारी हुनु तथा अप्ठ्यारो बाटोमा सगरमाथा प्रदुषण नियन्त्रण समितिले व्यवसायिक रुपमा पुल निर्माण गरिदिएकोले आरोहण सहज भएको आरोहिहरु बताउछन् । समितिले विचमा पर्ने खरपस तथा अप्ठ्यारो बाटोमा भ¥याङ र डोरी राखिदिएको सगरमाथा आरोहि संघले जनाएको छ । यसलाइ आरोहिले निश्चित शुल्क तिरेर प्रयोग गर्ने गर्छन् । बाटो सहज र परिचित हुन थालेकोले सगरमाथामा किर्तिमानको होड चलेको पर्वतारोहण विज्ञहरु बताउछन् ।
यो सिजनमा सगरमाथा आरोहि र सहयोगी शेर्पा सहित झण्डै १ हजारले सगरमाथा पुग्न प्रयास गरेका थिए । यसमध्ये अधिकांशले सफलता पाएका छन् । सन् २०१० मा २५ टोलीले र सन् २००९ मा २४ टोलीले सगरमाथा आरोहणका लागी अनुमति लिएका थिए । त्यस्तै सन् २००८ मा ३३ टोलीले अनुमति पाएका थिए । सगरमाथा आरोहण गर्ने टोलीले प्रतिव्यक्ति १० हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । पर्वतारोहणसम्बन्धी नियमावली ०५९ र नेपाली आरोहीलाई रोयल्टी छुट दिने मापदण्ड ०६४ अनुसार नेपालीलाई भने विशेष अवस्थामा पर्यटन मन्त्रालयको सिफारिसबाट मन्त्रिपरिषद्को निणर्यले रोयल्टी छुट दिन सक्ने व्यवस्था छ ।
रोयल्टीबाहेक सगरमाथा आरोहण गर्न ५० लाखभन्दा बढी खर्च हुने आरोहीको भनाइ छ । ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहणका लागि ७५ दिनको म्याद दिइन्छ । यो समयमा आरोहण गर्न नसके पुन अनुमति लिनुपर्छ । सगरमाथा आरोहणमा अधिकांश आरोहिले प्रयोग गर्ने दक्षिण पूर्वि रुट हो । यो रुटलाइ सजिलो रुटको रुपमा लिइन्छ । मन्त्रालयले अनुमति दिदा नै रुट तोकेर दिने गर्छ ।
ककनीमा तेन्जिङ हिलारी स्तम्भ
सगरमाथाका प्रथम आरोही तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्मृति स्तम्भ ककनीमा स्थापना गरिएको छ । ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यानमा नेपाल पर्वतारोहण संघले स्तम्भ निर्माण गरेको हो । चौथो अन्तरािष्टय सगरमाथा दिवसको अवसरमा आइतवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशराज जोशीले स्तम्भको अनावरण गरेका ह्न ।
स्तम्भ अनावरण गर्दै सचिव जोशीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई पर्वतीय पर्यटन प्रर्वद्धनको महत्वपूर्ण माध्यम बनाउन कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पर्वतारोहण सङ्घका अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले ककनीको उद्यान केन्द्रमा साहसी पर्वतारोहीहरूको स्तम्भ निर्माणका साथै पार्क, वनभोज स्थल, सम्मेलन केन्द्र निर्माण गर्ने गुरुयोजना तयार गरिएको बताए । ककनीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न नेपाल भ्रमण बर्ष सन् १९९८ मा सरकारले १ सय ४४ रोपनी जग्गा संघलाइ उपलब्ध गराएको थियो ।
सगरमाथा पुरस्कार मिङ्मालाई
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा पुरस्कार २०६८ विश्वका सबै अग्ला हिमालको आरोहण गरी कीर्तिमान कायम गरेका अरोही मिङ्मा शेर्पालाई प्रदान गरेकोे छ । शेर्पालाई नगद १ लाख र प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनले विश्वका ८ हजार मिटर माथिका सबै हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका छन् । यस्ता हिमाल विश्वभर १४ वटा छन् ।
मन्त्रालयले हरेक २ वर्षमा नेपालको पर्यटकीय क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाइ यस्तो पुरस्कार प्रदान गर्दे आएको छ । गत बर्ष यो पुरस्कार सबैभन्दा धेरै पटक सगरमाथाको अरोहण गरी कीर्तिमान कायम गरेका आप्पा शेर्पालाई प्रदान गरिएको थियो ।
त्यस्तै मन्त्रालयले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वस्थशिविर सञ्चालन गर्दे आएका अमेरिकी चिकित्सक लुआन फेअरलाई ५० हजार राशीको पुरस्कार प्रदान गरेको छ ।
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटकीय सस्थाले आइतवार चौथो अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाए । औपचारिक कार्यक्रममा सन् २०११ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहण गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय आरोहीलाइ सम्मान गरिएको थियो भने विश्व बन्यजन्तु कोष र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा ल्याइएको ग्रिन हाइकर नामक पर्या—पर्यटन प्याकेज सार्वजनिक गरिएको छ ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले नेपालको पर्यटनको विकासका लागि विभिन्न सङ्घ सस्थाको सहकार्यमा ल्याइने पर्यटकीय प्याकेज नै महत्वपूर्ण हुने बताए । उनले नेपालमा भएका पर्यटकीय विविधतालाई उचित ढङ्गले प्रयोग गर्दै जान सकेको खण्डमा आगामी १० वर्षमा नै नेपाललाई विश्वका नमूना पर्यटकीय गन्तव्य बनाउन सकिने दावी गरे ।

Friday, May 27, 2011

जहाज पार्टपुर्जा खोज्ने प्रतिवेदन गायब


नया पत्रिका
काठमाडौं, १२ जेठ
नेपाल वायुसेवा निगम (नेवानि) को जहाजबाट पार्टपुर्जा हराएको सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दुई साता बित्दा पनि पर्यटन मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।
समितिले २९ वैशाखमै पर्यटन मन्त्रालयका सचिव किशोर थापालाई प्रतिवेदन बुझाएको थियो । थापा अहिले निर्वाचन आयोगमा सरुवा भइसकेका छन् । हालसम्म प्रतिवेदन सार्वजनिकसमेत भएको छैन । प्रतिवेदन संवेदनशील भएकाले सार्वजनिक नगरिएको मन्त्रालयको भनाइ छ । प्रतिवेदनमा पार्टपुर्जा चोरीमा निगमकै उच्च अधिकारीको संलग्नता किटानी गरिएको स्रोतको दाबी छ ।
सामान मेसिनको प्रयोग गरेर चोरी भएको र विमानस्थलबाट सामान बाहिर निकाल्ने कन्भेयरबेल्टबाट बाहिर निकालेर गायव गरिएको प्रतिवेदनले औल्याएको छ । ‘कारबाहीका लागि सुझाब दिएका छौ, तर मन्त्रालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन,’ समितिका एक सदस्यले भने । प्रतिवेदनले निगमभित्रका संरचना सुधारलगायतका थुपै्र विषय उठाए पनि कार्यान्वयन नभएको उनी बताउछन् । नियमित रूपमा सामान चेकजाच गर्नुपर्नेमा महिनौदेखि नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सामान हराएको १९ दिनपछि निगमको सरोकारवाला पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको थियो । उपसचिव प्रभा वैद्यको संयोजकत्वमा गठित चार सदस्यीय समितिमा निगमका दुई र नेपाल नागरिक उड्डयन प्राधिकरण्का एक अधिकारी सदस्य थिए । १५ दिनभित्र प्रतिवेदन बुझाउने अवधि दिइएकोमा दुई महिनामा प्रतिवेदन बुझाइएको थियो । मन्त्रालयले यसअघि फागुन १६ मा निगम व्यवस्थापनलाई हराएका पार्टपुर्जाबारे तुरुन्त यथार्थ विवरण् बुझाउन निर्देशन दिएको थियो ।
त्यति ठूलो सामान चोरी हुदा निगम व्यवस्थापनले आन्तरिक छानबिनसमेत नगरेकोमा कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् । दुईजना हाकिमको लडाइ“ले सामान हराएको विषय ओझेलमा परेको निगम अधिकारीहरू बताउ“छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको निगमको बोइङ ९ एन एसिए जहाजबाट गत फागुनको पहिलो साता साढे ४ करोड रुपैया“भन्दा बढी मूल्य पर्ने पार्टपुर्जासहितको बाकस हराएको थियो । ग्राउन्डेड जहाजको नियमित परीÔण् गर्ने क्रममा निगमका इन्जिनियरहरूले बाकस नभएको थाहा पाएका थिए । फ्लाइट अल्वेज किट (एफए किट) भनिने बाकसमा जहाजका पांग्रा, ग्यास सिलिन्डर, सानातिना औजार, फ्युल फ्लो गभर्नरलगायत जहाजका जगेडा पार्टपुर्जा राखिन्छ ।
बाकस हराएपछि निगमले नया दिल्ली, हङकङ, बैंकक, क्वालालम्पुर, दुबई र दोहा सेक्टरमा पत्राचार गरी किट बाकसबारे जानकारी मागेको थियो । ती सेक्टरबाट आफ्ना विमानस्थलमा किट बाकस नरहेको जानकारी आएको प्रतिवेदनमा उल्लेख छ ।
करिब दुई दशकअघि पनि जहाजको किट बाकस यसैगरी हराएको र जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा भेटिएको थियो । बाकसभित्रका सामान ७५७ मोडेलकै जहाज भएका कम्पनीले मात्र किन्छन् ।