Tuesday, June 28, 2011

आन्तरिक पर्यटकले धानिदै हेलम्बु















नयाँ पत्रिका
हेलम्बु, १३ असार
कुनै वेला विदेशी पर्यटकबाट हुने आम्दानीले चल्ने हेलम्बुका होटल तथा लज पछिल्लो समयमा आन्तरिक पर्यटकबाट धानि“दै छ । आन्तरिक पर्यटक बढ्न थालेपछि यहा“को होटल व्यवसाय विस्तार हुन थालेको हो ।
विदेशी पर्यटकले मात्र नधान्ने निष्कर्ष निकालेर हेलम्बुका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई सहुलियत शुल्कमा सेवा दिन थालेका छन् । केही वर्षअघिसम्म आन्तरिक पर्यटकलाई बास बस्न समस्या हुने हेलम्बुमा अहिले दुई सय रुपैया“मा एकछाक खान र एकरात सुत्न पाइन्छ ।
आन्तरिक पर्यटकबाट पनि राम्रो आम्दानी हुने देखेपछि यहा“का होटल व्यवसायीले ‘दुई सयमा दुवैथोक’ अभियान नै सुरु गरेका छन् । स्वदेशी पर्यटकलाई लक्षित गरेर उनीहरूले यो अभियान सुरु गरेका हुन् । यसअघि आन्तरिक पर्यटकले सामान्यतया एकछाक खाना र एकरात सुताइको ५ सय रुपैया“ तिर्नुपथ्र्यो । ‘पर्यटकीय सिजनमा नेपाली आए बस्न समस्या हुन्थ्यो । अहिले नेपालीलाई पनि प्राथमिकता दिन थालेका छन्,’ स्थानीय शिक्षक तोयानाथ गौतमले भने ।
दुई वर्षदेखि हेलम्बुमा विदेशी पर्यटक घटेको जानकारी दिदै उनले पर्यटन विकासका लागि कसैले लगानी नगरेको र पर्याप्त प्रचार–प्रसार हुन नसकेका कारण पर्यटक घटेको हुन सक्ने उनको भनाइ छ । केही वर्षअघिसम्म टे«किङका लागि फ्रान्सेली, जापानी तथा जर्मन पर्यटक हेलम्बु पुग्थे । ‘होटल नपुगेर चौरमा पनि बस्नुपर्ने अवस्था थियो । द्वन्द्वकालमा पनि यहा पर्यटक घटेका थिएनन्, तर अहिले घटे,’ शिक्षक गौतमले भने ।
विदेशी पर्यटकलाई पुनः आकर्षित गर्न हेलम्बुका व्यवसायीले उनीहरूलाई पनि छुट दिने बताएका छन् । विदेशीले यहाको सिस्नोको तरकारी र ढिडो मन पराउने उनीहरूको अनुभव छ । ‘सिजनमा पर्यटकको कमी थिएन । कुइरे आउदा खुव फाइदा हुन्थ्यो ।’ होटल तार्केघ्याङका सञ्चालक कल्साङ लामाले भने ।
पर्यटक बढ्ने अनुमानमा यस क्षेत्रमा यसै वर्ष मात्र आधा दर्जन होटल तथा लज थपिएका छन् । त्यस्तै, यसै वर्षदेखि हेलम्बुमा पहिलोपटक होमस्टे सञ्चालनमा आएको छ । तार्केघ्याङ गाउका १० वटा घरमा होमस्टे सुरु गरिएको छ ।
होमस्टेमा २० जना पर्यटक बस्न सक्छन् । होमस्टेमा खाएको र सुतेको २ सय ५० रुपैया तोकिएको छ । होमस्टे सञ्चालनपछि आन्तरिक पर्यटक बढेका छन् । गाउमा होमस्टे सुरु भए पनि यसबारे स्थानीयवासी त्यत्ति जानकार छैनन् । ‘कोही पाहुना आएमा हामीसग जस्तो छ त्यस्तै खुवाउने गरेका छौ“ । तर, होमस्टे भनेको के हो हामीलाई थाहा छैन,’ स्थानीय बासिन्दा यशोदा तामाङले भनिन् ।
हेलम्बुमा आधा दर्जनजति होटल तथा लज छन् । होटल माउन्टेन भ्यू र होटल तार्केघ्याङ यहा“का राम्रा होटल हुन् । ह्योल्मो समुदायको बाहुल्य रहेको गाउमा पाहुनालाई खादा ओढाएर स्वागत गर्ने चलन छ । तामा, पित्तल, ढलौट, सिल्बर, स्टिल, सिसा र प्लास्टिकका भाडावर्तनको सजावट र धुवारहित चुलो यहाका होटल र होमस्टेका आकर्षण हुन् ।
हेलम्बु पुग्ने केही पर्यटक तिब्बत जानका लागि यही बाटो भएर अघि बढ्ने गरेका छन् । खान र बस्नका साथै भरपर्दो गाइड भएमा उनीहरू केही समय बढी बस्ने यहँका होटल व्यवसायी बताउछन् ।

Monday, June 27, 2011

आयो नानो
















नया पत्रिका
काठमाडौं, १२ असार
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानो कार अव नेपालमा पनि उपलब्ध भएको छ । टाटा मोटर्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नानो नेपाली बजारमा ल्याएको हो ।
काठमाडौंमा पहिलोपटक गत जेठ १८ मा सार्वजनिक गरिएको नानोको बुकिङ आइतवारदेखि खुला गरिएको कम्पनिले जानकारी दिएको छ । कम्पनि मातहतका १४ वटा शोरुम तथा सिप्रदीका अधिकृत बिक्रेता शोरुम मार्फत नानो नेपालभरि बिक्री हुने छ ।
आइतवार आयोजित कार्यक्रममा टाटा मोटर्सको प्यासेन्जर भेहिकल्स अन्तर्गत अन्तराष्ट्रिय व्यापार विभागका प्रमुख जोनी ओम्मन तथा सिप्रदी टेडिङका अधिकारीहरुले नानो औपचारिक रुपमा सार्वजनिक गर्दै बुकिङ खुला गरिएको घोषणा गरे ।
नेपालमा टाटा नानो प्रवेशका अवसरमा बोल्दै ओम्मनले नानोको आरामदायक सुविधा, कार्यक्षमता तथा सजिलै मोडिन सक्ने क्षमताका नेपालका उपभोक्ताका लागि आदर्श कार हुनसक्ने विश्वास व्यक्त गरे । उपभोक्ताको सेवा तथा सुविधाका लागि देशभरि पूर्वाधार निर्माण गरिसकेको बताउदै उनले ग्राहक सेवामा कुनै कमि नआउने प्रतिवद्धता व्यक्त गरे ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबराले नानोको नेपाल प्रवेशबट उपभोक्ताले स्टाइलयुक्त तथा सुविधायुक्त कारको आनन्द लिन र लाभ उठाउन पाउने बताए । यसबाट कम्पनिले टाटा मोटर्ससग मिलेर प्यासेन्जर भेहिकलको बजारलाई विस्तार गरि नयाँ उचाइमा पु¥याउने उनले प्रतिबद्धता व्यक्त गरे ।
कम्पनिका अनुसार नेपालमा टाटा नानोको सुरुवाती मूल्य ७ लाख ९८ हजार रुपैया हुनेछ । पहिलो चरणमा आइतवारदेखि १० दिनसम्म बुकिङ्ग खुल्ला गरिएको कम्पनिले जनाएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले ग्राहकको प्रतिक्रिया हेरेर अर्को बुकिङ खोलिने बताए । बुकिङका लागी नानो स्टयान्डर्डको १० हजार, नानो सीएक्सको २० हजार र नानो एलएक्सको ३० हजार रुपैया तोकिएको छ । मासिक न्यूनतम ११ हजार रुपैयाको किस्तामा नानो किन्न सकिने छ । किस्ताबन्दीका लागी १० वटा बैकसंग सहकार्य गरिएको र जुलाइको अन्तिम साताबाट डेलिभरी गरिने कम्पनिले जनाएको छ । १५ देखि १८ प्रतिशत व्याजमा किस्ताबन्दीको सुविधा उपलब्ध छ ।
पारिवारिक कारको रुपमा प्रस्तुत गरिएको नानोमा चारजना आरामले बस्न सकिन्छ । १ सय ८० एमएम ग्राउन्ड स्पेस भएको नानो अधिकतम १ सय ४ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । नानोले प्रदुषण मापदण्ड २०५६ पुरा गरेको बताइएको छ ।
भारतमा सस्तो भएपनि विभिन्न शुल्कका कारण नेपालमा भने महगो भएको कम्पनिले जनाएको छ । सवारी साधन नेपाल भित्र्याउन ७६ प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क,, १३ प्रतिशत भ्याट, ५ प्रतिशत सडक दस्तुर तथा १६ हजार ५ सय रुपैया सवारी शुल्क तिर्नुपर्छ । यसमा बैंकको ब्याज, विमा, कम्पनिको नाफा आदि जोड्दा मुल्य महगो हुन जाने सिप्रदीका राणाले बताए । नेपालमै कार एसेम्बलिङ गर्न प्रारम्भिक रुपमा अध्ययन भइरहेको राणाले जानकारी दिए ।
इन्जिन क्षमता ६ सय २४ सिसी रहेको नानोमा पा“च गियर छन् भने अगाडि र पछाडि दुवै पाङग्रामा ड्रम ब्रेक छ । टायर ट्युबलेस छन् । नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध छन् ।
हिटरसहितको एयर कन्डिस्नर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउ“, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो ङ्खयुल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्ने लगायत विशेÈता नानोमा छन् । नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक सबै सिटमा बेल्ट, इन्ट्रयुजन बिमलगायत सुरक्षा सुविधा छन् ।
टाटा नानोको नेपाल प्रवेशलाई लक्षित गरेर टाटा मोटर्स र सिप्रदीले गत जेठ १८ देखि नानो यात्रा नेपाल नामक देशव्यापी ¥यालीको थालनी गरेको थियो । यात्राका क्रममा दुई वटा टाटा नानोले १५ ऐतिहासिक स्थानको भ्रमणसहित करिब ४० हजार किलोमिटर यात्रा पुरा गर्ने कम्पनिले जनाएको छ । हालसम्म ६ हजार किलोमिटर पूरा भइसकेको जानकारी दिदै कम्पनिले यात्राबाट उपभोक्तालाइ नानोको सबलता र विश्वसनियताको प्रत्यक्ष प्रमाण दिइरहेको दावी गरेको छ ।
टाटा मोटर्स नेपालसग विगत ३६ वर्षदेखि आवद्ध छ । नेपालमा टाटाका ईन्डिका जिटा, ईन्डिका भीटू, ईन्डिका भिस्टा, ईन्डिगो सीएस, मान्जा, सुमो, सफारी र आरिया मोडलका प्यासेन्जर भेहिकल उपलब्ध छन् । टाटाको लागी नेपाल तेश्रो ठूलो बजार हो । भारतवाहिर श्रीलंकापछि नेपालमा नानो विक्री गरिएको हो ।
टाटा मोटर्स भारतको अटोमोबाइल कम्पनी हो । यसको कुल आर्जन सन् २०१०÷११ मा २७ अर्ब अमेरिकी डलर थियो । यसका बेलायत, दक्षिण कोरिया, थाइल्यान्ड र स्पेनमा सहायक र संगठित कम्पनी छन् । भारतभरिमा ५९ लाख टाटा सवारीसाधन सञ्चालनमा छन् । त्यस्तै यो विश्वकै चौथो ठूलो ट्रक उत्पादक र तेस्रो ठूलो बस उत्पादक हो ।
सिप्रदी टेडिङ सवारीसाधन र यससँ सम्बन्धित कारोबार गर्ने मुलुककै अग्रणी कम्पनि हो । सिप्रदीको वार्षिक आम्दानी १५ करोड अमेरिकी डलर भन्दा बढि रहेको बताइएको छ । सिप्रदीले सन् १९८२ देखि टाटा मोटर्सको नेपालका लागि वितरकको काम गर्दै आएको छ । कम्पनीका नेपालभरि ९ वटा बिक्री कार्यालय, ५ वटा क्षेत्रीय सर्भिस सेन्टर, १० प्यासेन्जर भेहिकल र १५ कमर्सियल भेहिकल का अधिकृत बिक्रेता तथा सर्भिस सेन्टर र ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल छ ।

Sunday, June 26, 2011

विमानस्थल समस्याले पर्यटन बर्ष प्रभावित हुनसक्ने


नया पत्रिका
काठमाडौं, ११ असार
पछिल्ला केहि दिन विभिन्न कारणले जहाज उडान तथा अवतरण अवरुद्ध हुदै आएको त्रिभुवन अन्तराष्टिय विमानस्थल शनिबार पनि दुइ घण्टा बढी अवरुद्ध रह्यो । विमानस्थलको भिओआर डिएमइ नामक उपकरण्ँमा खराबी आएपछि विमानस्थलमा जहाज उडान तथा अवतरण रोकिएको हो ।
विमानको उचाइ र दुरी देखाउने सो यन्त्रमा खराबी देखिएपछि विहान ९ देखि १२ बजेसम्म कुनै पनि जहाजले उडान तथा अवतरण गर्न सकेनन् । यन्त्रमा आएको खरावीका कारण ८ वटा उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । तिन वटा अन्तराष्टिय उडान अन्यत्रै डाइभर्ट भएका थिए भने अन्यको उडान डिले गरिएको थियो ।
मुम्बइबाट आएको जेट एयरवेजको जहाज लखनउ विमानस्थल डाइभर्ट भएको थियो भने एयर चाइनाको जहाज ल्हासा डाइभर्ट गरिएको थियो । त्यस्तै स्पाइसजेटको जहाज दिल्ली नै फर्किएको बताइएको छ । आन्तरिक उडान तथा अवतरणमा भने समस्या नआएको विमानस्थलले जनाएको छ ।
लामो दुरीमा रहेका केही जहाजले पूर्व जानकारी पाएपछि काठमाडौंको उडान ढिलो सुरु गरेका थिए । विमानस्थलले विहान नौ देखि दिउसो १ बजेसम्मका लागी जहाजको उडान तथा अवतरण रोकिएको जानकारी दिएको थियो । त्यस अवधिमा पनि भिजिविलिटीका आधारमा नेपाल वायु सेवा निगमको एउटा जहाज अवतरण गरेको थियो भने इन्डियन एअरलाइन्सको एउटा जहाज उडेको थियो । भिओआर डिएमइको अभावमा जहाज उडान तथा अवतरण गर्नु जोखिमपूर्ण मानिन्छ ।
यसअघि गत जेठ पहिलो साता मात्र विमानस्थल प्रशासनले अन्तराष्टिय उडान तथा अवतरण सहज गराउन स्याटेलाइट नेभिगेसनमा आधारित मेसिन (आरएनपी एआर) अवतरण् प्रणाली जडान गर्ने निर्णय गरेको थियो । यो प्रविधिबाट विमान उडिरहेको उचाइ, सीधै अगाडि आउन सक्ने अवरोध, एयरपोर्टको अवस्था र अन्य सूचना प्राप्त हुन्छ । तर अहिलेसम्म यो प्रविधि जडान हुन सकेको छैन ।
हालको यान्त्रिक अवतरण् प्रणाली (भिओर डिएमइ एप्रोच) मा नजिक रहेका विमानस्थलका उपकरण्ँद्धारा प्राविधिकले चालकलाई भौगोलिक र जहाजको अवस्थाबारे जानकारी दिई जहाज उडान गर्न निर्देशन दिने गर्छन् । यसलाई परम्परागत एप्रोच मानिन्छ । अन्तराष्टिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार सबै अन्तराष्टिय विमानस्थलमा स्याटेलाइटमा आधारित उडान र अवतरण् प्रणाली आवश्यक छ ।
यसअघि गत साता मात्र विमानस्थलको रनवे क्षतिग्रस्त हुदा अन्तराष्टिय उडान प्रभावित भएको थियो । मुलुकले पर्यटन बर्ष मनाइरहेको बेला एक मात्र अन्तराष्टिय विमानस्थलमा पटक पटक विमानसेवा प्रभावित हु“दा मुलुकको छवि बिग्रेको पर्यटन व्यवसायीहरु बताउछन् । निजी क्षेत्रले पर्यटन बर्ष घोषणा भएदेखि नै विमानस्थल सुधारमा जोड दिदै आएको छ । सरकारले पर्यटन बर्षमा हवाइ मार्गबाट ७ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
पर्यटन वर्È मनाइरहेका बेला विदेशी पर्यटक लोभ्याउने प्रयास सबै क्षत्रबाट हुनुपर्नेमा उनीहरुको प्रवेशबिन्दुका रुपमा रहेको विमानस्थलमै बारम्बार समस्या आएपछि अन्तराष्टिय बजारमा नकारात्मक प्रचार भएको र यसबाट विदेशी विमान कम्पनीको नेपाल आकर्Èण्ँ समेत घट्ने टाभल व्यवसायी बताउछन् ।
विमानस्थलमा समस्या आएकोले लागत बढेको भन्दै विदेशी विमान कम्पनिले क्षतिपूर्ति माग्ने तथा नेपाल उडान नै स्थगन गर्न सक्ने सम्भावना रहेको व्यवसायीहरुको दावी छ । विमानस्थलमा आएको समस्याका कारण पछिल्लो एक सातामा मात्र चारवटा कम्पनिका करिव एक दर्जन जहाज डाइभर्ट भएका छन् । उडान डाइभर्ट गरेर यात्रु अन्यत्र लैजानु परेपछि पर्यटकलाइ सास्ती हुने र उनीहरुले वैकल्पिक गन्तव्य रोज्न सक्ने व्यवसायीको आशंका छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले शुक्रवारे मात्र विमानस्थल निरिक्षण गरेर त्यहा रहेका कमी कमजोरी सच्याउन कडा निर्देशन दिएका थिए ।