Tuesday, November 29, 2011

चिनिया जहाज ल्याउन सिफारिस



नया पत्रिका
काठमाडौं, १२ मंसिर

नेपाल वायुसेवा निगमको प्राविधिक टोलीले चिनिया जहाज प्राविधिक रूपमा उपयुक्त रहेको निष्कर्ष निकालेको छ । चीनबाट ल्याउने भनिएको जहाजको प्राविधिक परीक्षण गर्न गएको टोलीले निगम सञ्चालक समितिलाई यस्तो जानकारी गराएको हो ।
निगम अध्यक्ष मनरूप शाहीका अनुसार जहाज ल्याउने विषयमा सञ्चालक समितिमा छलफल जारी छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा प्राविधिक टोलीले जहाजबारे प्रस्तुतीकरण गरेको थियो । निगम सञ्चालक समिति सदस्य रञ्जनकृष्ण अर्यालले प्राविधिक प्रतिवेदन अध्ययन गरी निर्णय लिइने बताए । ‘प्रतिवेदन अध्ययनको क्रममा छ । अध्ययनपछि तालुकदार मन्त्रालयमा पठाउछौ,’ उनले भने । अर्यालका अनुसार प्रतिवेदन पर्यटनले अर्थमा पठाउछ र अर्थको स्वीकृतिपछि प्रक्रिया अगाडि बढ्छ ।
निगमले सबै प्रक्रिया पु¥याएर डिसेम्बर महिनामा हुने चिनिया प्रधानमन्त्री वेन जिया बाओको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच जहाज खरिदको हस्ताक्षर गर्ने योजना बनाएको छ । यसअघि दुई पक्षबीच जहाज अनुदान वा सहुलियतपूर्ण ऋणमा लिने भन्ने विषयमा उच्चस्तरीय वार्ता हुनेछ । चीनको नागरिक उड्डयन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच जहाजको सञ्चालन विषयमा छलफल हुनु आवश्यक छ । सञ्चालक समिति सदस्य अर्याल भने हस्ताक्षरको कुरा वार्ताप्रक्रिया कसरी अगाडि बढ्छ त्यसमा भरपर्ने बताउछन् । पर्यटन मन्त्रालय कानुन महाशाखा प्रमुखसमेत रहेका अर्यालले प्रक्रियागत रूपमा हेर्दा डिसेम्बरमै हस्ताक्षर हुने सम्भावना नरहेको बताए ।
जहाजको प्राविधिक पक्ष र व्यापारिक सम्भावनाबारे अध्ययन गर्न निगमको प्राविधिकतर्फका नायब महाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा ५ सदस्यीय टोली कात्तिक अन्तिम साता प्राविधिक टोली चीन गएको थियो । टोलीले पाचवटा एमए ६० आधा अनुदान वा सहुलियतपूर्ण ऋणमा लिन सिफारिस गरेको छ । कति जहाज दिने भन्ने निर्णय भने कम्पनीको उत्पादन क्षमतामा समेत भर पर्नेछ ।
एमए ६० र वाइ १२ दुवै जहाज चीनमा बनेको भए पनि युरोपियन र अमेरिकन पार्टपुर्जा तथा क्यानेडियन इन्जिन प्रयोग भएको प्राविधिक टोलीले बताएको छ । वाइ १२ चीनको नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गरेको जहाज भएकोले नेपालका लागि पनि उपयुक्त रहेको प्राविधिक बताउछन् । जहाजको सबैजसो पक्षबारे बुझेकाले दुवै प्रकृतिका जहाज कम्तीमा २५ वर्ष उडान योग्य रहेको प्राविधिक टोलीको दाबी छ ।
चीनको जियान एयरक्र्याफ्ट इन्डस्ट्रियल कर्पोरेसनले निर्माण गरेको यो जहाज टर्वोप्रप इन्जिनयुक्त छ । सोही कम्पनीले निर्माण गरेको एमए ६० जहाज एयरबस, बोइङ तथा एटिआरजस्ता जहाजमा प्रयोग हुने पार्टपुर्जाबाट बनेको प्राविधिक टोलीले सञ्चालक समितिलाई जानकारी गराएको छ । चीनबाट आठ जहाज ल्याउने निगमको प्रस्तावलाई स्वीकृति दिदै अर्थ मन्त्रालयले चीनलाई चिठी लेखिसकेको छ । निगम व्यवस्थापनले १९ सिट Ôमताका साना पाच र ५० देखि ७० सिट Ôमताका ठूला तीन जहाज चीनबाट अनुदान र सहुलियतपूणर ऋण्ँमा लिइदिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अर्थमा प्रस्ताव पठाएको थियो । चिनिया दूतावासका उच्चअधिकारीस“ग समेत छलफल गरेर सबै जहाज अनुदानमा दिन आग्रह गरिएको निगम व्यवस्थापनले जनाएको छ ।
निगमले ल्याउन खोजेको सानो जहाजको मूल्य एउटाको ५० लाख अमेरिकी डलर र ठूलो एउटाको १ करोड ६० लाख अमेरिकी डलर पर्ने बताइएको छ । सहुलियतपूर्ण ऋणमा लि“दा पहिलो पा“च वर्Èसम्म ऋण्ँ तिर्नु पर्दैन । निगमले दुई दशकदेखि एउटा पनि जहाज किन्न सकेको छैन । हाल निगमस“ग रहेका ६ ट्विनअटर जहाज ४० वर्ष अघि अनुदानमै क्यानाडाबाट ल्याइएको हो । यसमध्ये २ वटा अहिले पनि उडिरहेका छन् । निगमले दुर्गम Ôेत्रमा उडान गरिरहेको यो जहाज संसारमै उत्पादन हुन छोडिसकेको छ ।
लेखाले बोलायोयसैबीच संसद्को सार्वजनिक लेखा समितिले निगमको जहाजबाट सामान हराएको सम्बन्धमा छलफल गर्न सरोकारवालालाई मंगलबार बोलाएको छ । लेखाले पर्यटन मन्त्रालयका सचिव, निगम अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरूलाई बोलाएको हो । गत कात्तिक तेस्रो साता विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट निगमका आन्तरिक उडान गर्ने ट्विनअटर जहाजमा प्रयोग हुने दुईवटा ल्यान्डिङ गियर हराएका थिए । सामान थाई एयरवेजबाट कार्गो गरी ल्याइएको थियो । त्यस्तै, कात्तिक २२ गते बोइङ ७५७ जहाजका टायर ग्राउन्डेड अवस्थामा विमानस्थलबाटै हराएका थिए । केही समयदेखि नै निगमको जहाजका विभिन्न पार्टपुर्जा हराउने क्रम जारी छ ।

Monday, November 28, 2011

जुम्लामा बिकेन जापानी चामल

लक्ष्मीप्रसाद खतिवडा 
जुम्ला, ११ मंसिर

जापान सरकारले अनुदानमा दिएको चामल जुम्लामा बिक्री हुन छाडेको छ । स्थानीय बजारमा चामल उपलब्ध हुन थालेपछि जापानी चामल बिक्री हुन छाडेको हो । बिहानैदेखि उपभोक्ताको लाइन लाग्ने सदरमुकाम खलंगास्थित नेपाल खाद्य संस्थानको कार्यालय आजकल सुनसान छ । मागभन्दा आपूर्ति बढी हुन थालेपछि चामल सड्ने अवस्थामा पुगेको छ ।
खाद्य संस्थान जुम्ला शाखा प्रमुख जयराज ओझाका अनुसार आर्थिक वर्ष ०६८\६९ का लागि ३१ हजार क्विन्टल चामल माग गरिएको छ । तर, अघिल्लो आवकै १३ हजार क्विन्टल चामल बिक्री हुन बा“की छ । दसै तिहार राहत कार्यक्रमअन्तर्गत जापानी चामलमा प्रतिकिलो १० रुपैया“ छुट दिइएको भए पनि उपभोक्ताको खासै आकर्षण देखिएन । यसअघि सधै“ दसै“मा चामलको हाहाकार हुन्थ्यो । बजारमा सहजै चामल उपलब्ध हुन थालेपछि सरकारी अनुदानको चामलका लागि जुम्लावासीले मरिहत्ते गर्न छाडेका छन् । कात्तिक अन्तिम सातासम्म ७ सय क्विन्टल चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । पर्याप्त मात्रामा चामल बिक्री हुन छाडेपछि गत असोजमा बसेको जिल्लाको सर्वदलीय बैठकले १५ हजार क्विन्टल चामल सदरमुकाम खलंगामा राखेर बाकी डोल्पाको काइगाउ मुगु र सिञ्जाकोट डिपोमा पठाउने निर्णय गरेको थियो ।
गत वर्षसम्म खाद्यको चामल लिन जिल्ला विकास समिति, गाउ विकास समिति तथा जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य थियो । बिहान ७ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था थियो, तर अहिले खाद्य गोदाम दिनभर सुनसान रहन्छ । ‘टाढाबाट फाट्टफुट्ट ग्राहक आउछन् । बजारका उपभोक्ता खाद्यमा आउ“दैनन्,’ स्थानीय अमरबहादुर रोकायाले भने । यसअघि टाढाबाट आउने उपभोक्तालाई १५ किलो र नजिककालाई १० किलो चामल दिने गरिएकोमा अहिले क्रमशः ३० र २० किलो दिने गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ओझाले गोदाममा प्रशस्त चामल रहेको बताए । ‘गोदाममा चामल पर्याप्त छ । थप आउने क्रम जारी छ,’ ओझाले भने । आफ्नो गोदाममा चामल नअटेपछि कार्यालयले अन्यत्र १७ वटा गोदाम भाडामा लिएको उनले जानकारी दिए ।
बजारमा पाइने अन्य चामलभन्दा खाद्यको चामल १५ रुपैया“ सस्तो छ र तर गुणस्तरीय नहुने भएकाले उपभोक्ताको रोजाइमा जापानी चामल पर्ने गरेको छैन । खाद्य संस्थानबाट अहिले दैनिक १५÷२० किलो चामल मात्र बिक्री हुन्छ । स्थानीय कालीबहादुर रोकायाले खाद्यको चामल मीठो नहुने भएकाले केही मह“गो तिरेरै भए पनि बजारे चामल खरिद गर्ने गरेको बताए । ‘अहिले खाद्यको भन्दा अन्य चामल बढी बिक्री हुन्छ,’ उनले भने । नेपालगन्ज तथा सुर्खेतबाट ट्रक र ट्रयाक्टरबाट चामल आउन थालेपछि बजारमा चामलको अभाव हुन छाडेको उनले जानकारी दिए । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सुर्खेत तथा नेपालगन्जबाट व्यापारीले जुम्लाका गाउ“मा चामल पु¥याउन थालेका छन् । खाद्य संस्थानको चामल वितरण प्रणाली झन्झटिलो भएकाले उपभोक्ताले चामल बजारबाटै खरिद गर्ने गरेका छन् । खलंगा बजारमा २५ किलो चामलको १२ सय रुपैया“ पर्छ । एक किलो चामल नेपालगन्जबाट जुम्ला सदरमुकाम खलंगा पु¥याउन ट्रकले १० रुपैया“ र ट्र्याक्टरले ४ रुपैया लिन्छ ।

Sunday, November 27, 2011

पर्यटन बर्ष : अपेक्षा र उपलब्धि

लक्ष्मीप्रसाद खतिवडा
khatiwadalp@gmail.com

अन्तराष्ट्रिय जगतमा मुलुकको छवि विगि्रएको र मुलुकभित्र पनि राजनितीक अस्थिरताले गाँजेको बेला सरकारले घोषणा गरेको महत्वाकांक्षी राष्ट्रिय अभियान पर्यटन बर्ष समापनको सँघारमा छ । राजनीतिक अन्योल हटेको र सरकार व्यवसायीबीचको सहकार्य राम्रो भएको भए नेपालको पर्यटन इतिहासमा पर्यटन बर्ष अभियान ऐतिहासिक हुने थियो । पर्यटन बर्षको सफलता असफलताका बारेमा मुल्यांकनहरु भइरहेका छन् । पर्यटनमार्फत नेपालको अर्थतन्त्रले कोल्टे फेर्न सक्ने विश्वास गरिएको यो अभियान एउटा कोणबाट हेर्दा सफल नदेखिए पनि एउटा सकारात्मक वेभ भने पर्यटन बर्षले ल्याएको छ । 
पर्यटन बर्षको माध्यमबाट यस क्षेत्रलाइ अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा स्थापित गराउने सरकारको योजना थियो । सिमित भौतिक पूर्वाधार पर्यटक मैत्री वातावरण तथा पर्यटकका लागी खर्च गर्ने ठाउँको अपर्याप्तताका कारण पर्यटनलाइ ग्रामिण तहसम्म पुर् याएर आमजनताको आयको माध्यम बनाउने सरकारी लक्ष्य आफैंमा चुनौतिपूर्ण हो । यद्यपी लामो समयसम्म गति लिन नसकेको र काठमाडौं पोखरा चितवन लगायत केही गन्तब्यमा खुम्चिएको पर्यटनको बजारलाइ विस्तार गर्न केहि हदसम्म भए पनि पर्यटन बर्ष अभियानले सहयोग पुर् याएको छ । पर्यटन नेपालको एउटा यस्तो उद्योग हो जसले सारा मुलुकवासीलाई नै पाल्न सक्छ । यो कुरा बुझाउन लामो समय लाग्नेछ र त्यो बाटोको प्रस्थानविन्दुका रुपमा पर्यटन बर्षलाइ लिन सकिन्छ ।
पर्यटन बर्षको घोषणा ४ वटा सी का लागी गरिएको थियो । पहिलो सी हो कमिटमेन्ट अर्थात् प्रतिबद्धता । पर्यटनप्रति राष्ट्र र सम्पूर्ण निजी क्षेत्रको प्रतिबद्धता छ भन्ने सन्देश दिन पर्यटन बर्ष घोषणा कार्यक्रममा सबैले प्रतिबद्धता जाहेर गरे । राजनीतिक प्रतिबद्धताविना अभियान सफल हुन नसक्ने ठहर गरेर व्यवसायीहरुले यसलाई पर्यटन बर्ष सुरुवातको पूर्वसर्तका रुपमा लिएका थिए । पर्यटन बर्षको बहानामा सबै राजनीतिक दल एकै ठाउँमा आए । दोश्रो सी हो कन्फिडेन्स विल्डिङ अर्थात् आत्मविश्वास अभिवृद्धि । विगत दस बर्षमा पर्यटन क्षेत्र निकै सुस्तायो । पर्यटकलाई र पर्यटक ल्याउने अपरेटरलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आत्मविश्वास दिलाउन एउटा अभियानको आवश्यकता भयो । 
तेश्रो सी हो कोअडिर्नेसन अर्थात् समन्वय । पर्यटनको विकासका लागि सबै निकायबीच समन्वय जरुरी हुन्छ । बाटो बनाउने एउटा निकाय छ फोहोर उठाउने अर्कै निकाय छ । अरु पूर्वाधार तयार गर्ने अरु नै निकाय छन् । यी सबैको समन्वयबाट मात्र पर्यटकमैत्री वातावरण सम्भव छ । चौथो सी हो क्यापासिटी विल्डिङ अर्थात् क्षमता अभिवृद्धि । पर्यटन उद्योग र सामान्य जनताको पनि पर्यटनका लागि क्षमता अभिवृद्धि गर्नु पर्यटन बर्षको अर्को महत्वपूर्ण उद्धेश्य हो । दस बर्षसम्म यो उद्योगले गति लिन सकेन । होटलले लगानी थप गर्न आँट गरेनन् । तर पर्यटन बर्षको बहानामा होटलले क्षमता बढाएका छन् । माग बढेपछि क्षमता पनि बढेको छ ।
पाँचौँ सी पनि छ जुन सरकार र निजी क्षेत्रले गर्न सकिरहेको छैन । त्यो हो कन्जुमर पब्लिसिटी । १३ बर्षदेखि पर्यटन बोर्डले टे्रड पब्लिसिटी मात्र गरिरहेको छ । पर्यटन बर्षसँगै सरकारले पहिलोपटक कन्जुमर पब्लिसिटीका लागि रकम छुट्याएको थियो । तर विभिन्न कारणले यो खर्च हुन सकेको छैन । पर्यटन बर्ष सकिन लाग्दा पनि यसको अन्तराष्ट्रिय प्रचार प्रसार हुन सकेको छैन ।
सरकारले पर्यटन बर्षमार्फत् पर्यटन क्षेत्रको मोडल परिवर्तन गर्ने प्रयास गरेको छ तर गोल्डेन ट्रांयगलमा सिमित पर्यटन व्यवसायलाई अन्य क्षेत्रमा विस्तार गर्ने प्रयास सार्थक पार्न पर्यटन बर्षमा आउने १० लाख पर्यटकमध्ये ४० प्रतिशतलाई वैकल्पिक गन्तव्यमा पुर् याउने सरकारी योजना योजनामै सिमित रह्यो । 
कृषिप्रधान मुलुकमा एकैपटक पर्यटनले तल्लो तहका जनतासम्म आर्थिक क्रान्ति ल्याउने कुराको पर्याप्त आधार छैनन् । ८० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको मुलुकमा पर्यटनलाई कृषि जीवनसँग नजोडी ग्रामिण क्षेत्रसम्म यसको लाभ पुग्नै सक्दैन । किसानको उत्पादन होटल रेष्टुरेन्टले किन्दैमा तिनको जीवनमा आर्थिक क्रान्ति भइहाल्दैन । यसका लागि वास्तविक रुपमै उनीहरु पर्यटन व्यवसायमा आवद्ध हुनुपर्छ । 
पर्यटक आगमनले देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे जनतालाई बुझाउने र त्यसबाट हुने आम्दानीको हिस्सा उनीहरुसम्म पुर् याउने सबैभन्दा उपयुक्त माध्यमका रुपमा सरकारले होमस्टेलाई लिएको छ । अव्यवस्थित रुपमा साचालित होमस्टे व्यवस्थित र नियमित बनाउन होमस्टे कार्यविधि ल्याइएको छ । होमस्टेका पनि आफ्नै चुनौती छन् । स्थानीय बासिन्दालाई विश्वासमा लिन सकिएन भने होमस्टेको अवधारणा सफल नहुने र संस्कृतिमा समेत अतिक्रमण हुन सक्ने खतरा उत्तिकै छ । 
पर्यटन बर्षमा घोषित थुप्रै लक्ष्य अधुरा छन् । विमानस्थल अगाडि पर्यटन बर्ष ल्यान्डमार्क बनाउने सरकारको योजना योजनामै सिमित रह्यो । कमजोर राष्ट्रिय ध्वजावाहक तथा युरोप तथा अमेरिकासम्म सिधा हवाई सम्पर्क अभावका कारण २०११ मा १० लाख पर्यटक नेपाल भित्रिने कुरामा स्वयं अभियानकर्ताहरु नै निश्चिन्त थिएनन् । संख्यात्मक हिसावले हेर्दा पर्यटन बर्षको १० महिना वितिसक्दा हवाइ मार्गबाट ४ लाख ४३ हजार १ सय ८ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा २१।७ प्रतिशतले बढि हो । यो वृद्धिदरले १० लाखको लक्ष्य पुरा हुने देखिदैन । 
अन्तराष्ट्रिय प्रवद्र्धनमा ढिलाइ सुस्त गतिको पूर्वाधार निर्माण तथा पर्यटनमैत्री वातावरण निर्माण हुन नसक्नु जस्ता कारणले यही बर्ष ठूलो उपलब्धि नदेखिए पनि आगामी बर्षहरुका लागि अधार तयार हुने निश्चित छ । नेपाल भ्रमण बर्षको क्रममा सन् १९९८ मा भएको प्रचारका कारण १९९९ मा १९९८ मा भन्दा बढी पर्यटक आएका थिए । २०११ को प्रचार प्रसारले २०१२ मा १० लाखभन्दा बढी पर्यटक आउने दाबी सरकारी अधिकारी र पर्यटन व्यवसायीको छ । 
पर्यटन बर्षभरि बन्द हड्ताल नगर्ने राजनीतिक दलको लिखित प्रतिबद्धता अभियानका लागि सकारात्मक पक्ष हो । एकिकृत नेकपा माओवादी नेतृत्वको सरकारले घोषणा गरेको पर्यटन बर्षको सफलताका लागि १९ दलले १४ फागुन २०६६ मा टुँडिखेलमा शान्तिदीप बालेर सन् २०११ भर बन्द हडताल नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए । पर्यटन बर्षमा राजनीतिक दलको भूमिका सपोर्टिभ नदेखिए पनि अभियान सामाजिक रुपमा स्विकृत भइसकेपछि दलहरुलाई नैतिक दबाब भने परेकै हो । त्यसो त राजनीतिक अवस्थाले पर्यटकलाई त्यति धेरै असर गर्दैन भन्ने तर्क गर्नेहरु पनि छन् । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको समय सन् २००३ मा पनि दुई लाख ५० हजार पर्यटक नेपाल आएका थिए । 
हिमाल आरोहण ट्रेकिङ साहसिक पर्यटन जंगल सफारी आदिका लागि नेपाल सबैभन्दा उपयुक्त हो भन्ने विश्वव्यापी प्रचार गर्ने काम भइरहेकै छ । पर्यटन बर्षमा नयाँ उत्पादन तथा गन्तव्यको पहिचान गर्नु आवश्यक थियो । माउन्टेन बाइक बन्जी जम्प रक-क्लाइम्बिङ र् याफ्टिङ एभिएसन स्पोर्टस् कायाकिङ चरा अवलोकन आदिलाई फोकस गरेर पर्यटक आकर्षण गर्न सकिन्थ्यो तर अपेक्षाकृत रुपमा यस्तो हुन सकेन । 
११ महिनाको पर्यटक आगमन तथ्यांकले केही उत्साहित बनाए पनि गुणस्तरीय पर्यटक आगमनमा कमी भएकाले पर्यटन क्षेत्रले खासै उपलब्धि हासिल नगरेको जानकारहरु बताउछन् । स्तरिय पर्यटक ल्याउनु र उनीहरुको नेपाल बसाइँको अवधि बढाउन सक्नु पनि पर्यटन विकासको महत्वपूर्ण कडी हो । भारत बंगलादेश र चिनियाँ पर्यटकको संख्यात्मक वृद्धिले नेपाली पर्यटनमा ठूलो असर नपर्ने दाबी केही व्यवसायीको छ । यसको अर्थ युरोप अस्ट्रेलिया तथा अमेरिकी पर्यटकको नेपालतर्फ आकर्षण बढाउनु जरुरी छ तर त्यसका लागि नेपालबाट सम्बन्धित राष्ट्रसम्म सिधा हवाई सम्र्पक नहुनु प्रमुख समस्या बनेको छ ।
राष्ट्रिय अभियानका लागी राष्ट्रिय संकल्प जरुरी हुन्छ । पर्यटन बर्ष देशकै अर्थतन्त्रलाई उठाउने उद्धेश्यसाथ घोषणा भएकाले सरकारका सबै निकायले यसलाई आआफ्नो योजनामा पारी कार्यसम्पादन गर्नुपर्छ । काठमाडौं महानगरपालिकाले नियमित फोहोर नउठाउँदा बढेको दुर्गन्धित वातावरण देखेर न्युजविकले गुडबाई सांगि्रला लेख्यो । अहिले पनि फोहोरको समस्या उस्तै छ । 
पछिल्ला केही बर्षमा मुलुकमा भएका राजनीतिक परिवर्तनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरे । तर ऐतिहासिक परिवर्तनको दिगोपनका लागी आर्थिक क्रान्ति जरुरी छ । आर्थिक क्रान्तिको माध्यम पर्यटन हुनसक्छ । अन्य क्षेत्रको तुलनामा थोरै लगानी छोटो समय र ग्रामिण तथा सहरी दुवै क्षेत्रमा प्रतिफल पुग्न सक्ने क्षेत्र हो पर्यटन । पर्यटनले जनतालाई आर्थिक विकल्प दिन सक्छ । यहाँ पर्यटनका लागि चाहिने पर्याप्त आकर्षण छन् । पर्यटन विकासबाट आर्थिक क्रान्ति सम्भव छ यसका लागी खाचो छ सार्थक प्रयासको ।  
घोषित उद्धेश्य
आन्तरिक द्धन्द्ध र अस्थिरताले सिथिल बनेको पर्यटन क्षेत्रलाइ पुनजिर्वित गर्नु
एक बर्षमा हवाइ मार्गबाट ७ लाख र स्थलमार्गबाट ३ लाख पर्यटक भित्र्याउनु
पर्यटनलाइ आर्थिक उपार्जनको मुख्य माध्यम बनाउनु
नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशतलाइ ग्रामिण क्षेत्रमा पुयाउनु
होमस्टेको विकास गर्नु
नाराआर्थिक क्रान्तिका लागी पर्यटन
पर्यटनका लागी संगसंगै
समृद्धिका लागी पर्यटन
समृद्धिका लागी स्थायित्व
पाहुनाको स्वागत सत्कार नेपालीको संस्कार
नेचुरल्ली नेपाल वान्स इज नट इनफ
मुख्य उपलब्धिराष्टिय अभियानको रुप ग्रहण गर्नु
पर्यटन उद्योगमा करोडौंको लगानी थपिनु
ग्रामिण तहसम्म पर्यटन बर्षको सन्देश पुग्नु
नया गन्तव्यको चासो बढ्नु
आन्तरिक पर्यटकका लागी प्याकेजको शुरुवात
राजनितिक दलहरु एउटै माचमा उभिएर पर्यटनको बाधक नबन्ने प्रतिवद्धता व्यक्त
गर्नु
होमस्टे व्यवस्थापनका लागी कार्यवििध
पर्यटक आगमनमा २२ प्रतिशतले वृद्धि
चुनौति
कमजोर राष्टिय ध्वजाबाहक
अव्यवस्थित अन्तराष्टिय विमानस्थल
झन्झटरहित सडक यातायातको अभाव
तेश्रो मुलुकसंग सिधा हवाइ सम्पर्क नहुनु