Saturday, March 10, 2012

जुत्ता बजारको नम्बर एक खेलाडी

२०५२ सालमा ललितपुरको कुम्भेश्वरमा ४ वटा सिलाइ मेसिनबाट शुरु भएको एउटा जुत्ता उत्पादक कम्पनि अहिले मुलुककै सबैभन्दा ठूलो भएको छ । तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाको धनगढी डिलरका रुपमा काम गरेका शिखर शु इन्डस्टीका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइको दावी अनुसार अहिले नेपालमा शिखर जुत्ताको नम्बर वान ब्रान्ड हो ।
शिखर चुरोटबाट प्रभावित भएर शुरुदेखि नै शिखर ब्रान्डमा जुत्ता बनाएका प्रसाइले २०६४ मा प्राली दर्ता गराएका थिए । त्यतिबेला बाँसबारीको जुत्ताको निकै राम्रो बजार थियो । अहिले यो बन्द भइसकेको छ । निजिकरण भएपछि आधुनिक बासबारीका आधुनिक मेसिन बेचिए ।
करिव ७० जिल्लामा रिटेल नेटवर्क भएको शिखरले पार्टी, क्याजुअल, युनिफर्म लगायतका सबैजसो सेगमेन्टका जुत्ता उत्पादन गर्छ । निकट भविष्यमै महिलाका लागी जुत्ता, स्याण्डल तथा प्रहरी र सेनाका लागी चाहिले डिएमएस बुट बनाउने कम्पनिको योजना छ । ‘महिलालाइ लक्षित गरेर थुपै्र मोडल ल्याउदै  छौं ।’ प्रसाइले भने ।
ग्राहकको विश्वासका कारण नै कम्पनि सफल भएको प्रवन्ध निर्देशक प्रसाइ बताउँछन् । ‘शिखरलाइ ब्रान्ड बनाउन निकै लामो समय लाग्यो । तर ब्रान्ड बनाउन जति गाह्रो छ, त्यसलाइ कायम राखिराख्न त्यो भन्दा धेरै गाह्रो छ ।’ उनले भने । उपभोक्ताको विश्वास कायम राख्न सँधै लागिपर्ने उनको प्रतिवद्धता छ । सहज रुपमा उपलब्ध हुने तथा विक्रीपछिको सेवा र प्रतिस्पर्धि मुल्यका कारण पनि शिखर उपभोक्ताको रोजाइ बनेको प्रसाइको अनुभव छ ।
कम्पनिले केहि महिना अघि मात्र जुत्ता उत्पादनका लागी अत्याधुनिक मेसिन स्थापना गरेको छ । यसले गर्दा उत्पादन छिटो भएको छ र लागत पनि घटेको छ । २ दिन लाग्ने काम ४५ मिनेटमा हुन्छ अहिले । यो स्तरको मेसिन अहिले कुनैपनि नेपाली कम्पनिसँग नभएको प्रसाइको दावी छ ।
बजारको माग अनुसार आपूर्ति गर्न अझै नसकिरहेको कम्पनिको भनाइ छ । नेपालमा बार्षिक करिव २५ प्रतिशतले जुत्ताको माग बढिरहेको अनुमान छ । यसमध्ये छालाका जुत्ताको बढि माग छ । कम्पनिले हालै गरेको सर्वेक्षण अनुसार नेपालमी जुत्ता बजारमा कुल मागको करिव ५५ प्रतिशत स्वदेशी उत्पादनले धानेको छ ।
नेपाली जुत्ता बजारमा शिखरको बजार हिस्सा सबैभन्दा बढि छ । यसका काठमाडौंको भोटाहिटि, न्यूरोड, बौद्ध, नयाँ बानेश्वर, माछापोखरी, नयाँ बसपार्क, पुरानो बसपार्क र पाटनमा तथा उपत्यका बाहिर विराटनगर, नेपालगन्ज पोखरा लगायतका मुख्मुख्य शहरमा शोरुम छन् ।
शिखरले विशेष गरि मध्यम वर्गलाइ लक्षित गरेको छ । कम्पनिका अनुसार बढि विक्री हुने सेगमेन्ट पनि यहि हो । शिखरले ६ सय देखि २२ सय रुपैया सम्मका जुत्ता उत्पादन गरिरहेको छ । सबै मोडलमा यसले ६ महिनाको सर्भिस सहितको वारेन्टी दिन्छ । हर घर जुत्तामा शिखर भन्ने नाराका साथ जुत्ता उत्पादन गरिरहेको शिखरका करिव ३ सय मोडलका जुत्ता बजारमा उपलबध छन् ।
जुत्ता बजारमा आफू बाहेक दोश्रो ठूलो प्लेयर नभएकोले प्रतिस्पर्धा नभएको कम्पनिको दावी छ । शिखरबाहेक फिटराइट, स्काइ तथा गोल्डस्टार नेपाली बजारमा बढि विक्री हुने जुत्ता हुन् । नेपाली बजारमा अधिपत्य जमाउने क्रममा रहेको शिखरले भारत र चिनमा समेत ब्रान्ड दर्ता गरिसकेको छ ।


शब्द/तस्विर : लक्ष्मीप्रसाद खतिवडा

दुरसञ्चार मालिक विश्वक धनी

एजेन्सीहरु
मेक्सिकोको एक टेलिकम कम्पनिका मालिक विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिमा दरिएका छन् । टेलम्याक्स नामक कम्पनिका मालिक कार्लोस स्लिम हेलुलाइ अमेरिकी विजनेस म्यागजिन फोब्र्सले धनिको सूचिमा नम्बर एकमा राखेको हो । उनी विगत ३ बर्षदेखि पहिलो नम्बरमा छन् । फोब्र्सका अनुसार ७२ बर्षिय कार्लोसको सम्पत्ति ६९ अर्व अमेरिकी डलर छ । गत बर्ष उनको सम्पत्ति ७४ अर्व डलर थियो ।
हरेक बर्ष धनीहरुको सूची सार्वजनिक गर्ने फोब्र्सका अनुसार कार्लोसको सबैभन्दा ठूलो व्यवसाय टेलिकम्युनिकेसन हो भने वित्तिय संस्था, खनिज, रियलस्टेट, निर्माण जस्ता क्षेत्रमा पनि उनको ठूलो लगानी छ । सन् १९९० को अन्त्यतिर सरकारी स्वामित्वमा रहेको मेक्सिकोको टेलिफोन कम्पनी टेलम्याक्स निजीकरण भएपछि उनले यसको व्यवस्थापन सम्हालेका थिए । उनको युरोप र अमेरिकी टेलिफोन कम्पनीमा समेत लगानी रहेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्
दोश्रो धनिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । ५६ वर्षिय गेट्ससँग ६१ अर्ब डलर बराबरको सम्पत्ति छ । गत बर्ष उनीसँग ५६ अर्व डलर सम्पत्ति थियो भने फोब्र्सको सूचिमा दोश्रो नम्बरमै थिए । तेश्रो स्थानमा अमेरिकी नागरिक वारेन बफेट छन् । उनीसँग ४४ अर्ब डलर बराबरको सम्पत्ति छ । गत बर्ष पनि यहि स्थानमा रहेका वफेटसँग ५० अर्व डलर थियो ।
चौथो धनीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट छन् । उनीसँग ४१ अर्व डलर सम्पत्ति छ । ३७.५ अर्व डलर सम्पत्ति सहित पाँचौ स्थानमा स्पेनका आमासियो ओर्टेगा छन् । गत बर्ष पाँचौं स्थानमा अमेरिकाका ल्यारी इलिसन थिए । यस बर्ष इलिसन छैठौं स्थानमा झरेका छन् । फोब्र्सका अनुसार सातौं स्थानमा आइका बाटिस्टा, आठौंमा स्टेफन पेर्सन छन् । एसियाली अरवपतिमा हङकङका ली का शिंग सबैभन्दा अगाडी छन् । उनी नवौं नम्बरमा छन् । दशौं स्थानमा भने जर्मनीका कार्ल अल्र्बेच्ट छन् ।
गत बर्ष छिमेकी भारतका दुइ व्यापारी पहिलो दश स्थानमा रहेकोमा यस बर्ष दुवै बाहिरिएका छन् । गत बर्ष छैठौं स्थानमा रहेका भारतिय स्टिल व्यापारी लक्ष्मी मित्तल यस बर्ष २१ औं नम्बरमा पुगेका छन् । । गत बर्ष नवौं स्थानमा रहेका भारतिय व्यापारी मुकेश अम्बानी यस बर्ष १९ औं नम्बरमा झरेका छन् । भारतकै सफ्टवेयर व्यापारी अजिम प्रेमजी ४१ औं नम्बरमा छन् । अनिल अम्बानी ११८ औं नम्बरमा पुगेका छन् ।


विश्वका १० धनी
नाम                      सम्पत्ति         उमेर        स्रोत                नागरिकता

१. कार्लोस स्लिम    ६९ अर्व डलर    ७२ बर्ष        दुरसञ्चार          मेक्सिको
२. विल गेट्स         ६१ अर्व डलर    ५६ बर्ष        माइक्रोसफ्ट        अमेरिका
३. वारेन वफेट       ४४ अर्व डलर    ८१ बर्ष        वर्कशायर हाथवे   अमेरिका
४. बर्नार्ड आर्नल्ट    ४१ अर्व डलर    ६३ बर्ष        एलभिएमएच      फ्रान्स
५. एमान्सीओ ओर्टेगा ३७.५ अर्व     ७५ बर्ष         जारा                   स्पेन
६. ल्यारी इलिसन  ३६ अर्व डलर    ६७ बर्ष        ओराकल               अमेरिका
७. इक बाटिस्टा    ३० अर्व डलर     ५५ बर्ष        माइनिङ ओयल      ब्राजिल
८. स्टेफेन पर्सन    २६ अर्व डलर     ६४ बर्ष        एच एण्ड एम          स्विडेन
९. लि का शिङ       २५.५ अर्व डलर   ८३ बर्ष        विभिन्न                हङकङ
१०. कार्ल अल्वर्ट    २५.४ अर्व डलर   ९२ बर्ष        अल्दी                    अमेरिका

Thursday, March 8, 2012

वनारस-काठमाडौँ प्याकेज घोषणा

वनारस, २४ फागुन
नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयर र वनारसको ट्राभल एजेन्सी क्लासिक होलिडेजले वनारस तथा नेपालका विभिन्न गन्तव्य समेटेर संयुक्त धार्मिक प्याकेज ल्याएका छन् । वनारसका विश्वनाथ, अन्नपूणणा, सारनाथ तथा नेपालका पशुपतिनाथ र मुक्तिनाथलगायतका धार्मिकस्थल समेटेर सो प्याकेज ल्याइएको हो ।

वनारस र नेपालको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्दै भ्रमण प्याकेज ल्याइएको अधिकारीहरु बताउाछन् । ‘हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन नै हो, व्यावसायिक नाफा त छादैछ ।’ बुद्ध एयरका वनारस प्रबन्धक उद्धव सुवेदीले भने । वनारस आउने विदेशी पर्यटकलाई नेपालसम्म पुर्‍याउने उद्देश्यले नेपालको पनि प्रवर्द्धन गरिएको उनले बताए ।
बुद्ध एयरले हालै काठमाडौ वनारस सिधा उडान सुरु गरेको छ । तत्काल नाफा हुन नसके पनि वनारसमा बजार बनाउने योजना कम्पनीको छ । सिजनमा अकुपेन्सी ८० प्रतिशत हुने व्यवसायीको अपेक्षा छ । जुनदेखि सेप्टेम्बरसम्म वनारसका लागि मुख्य पर्यटकीय सिजन हो । दैनिक करिब एक हजार विदेशी पर्यटक वनारस आउने गरेको तथ्याङ्क छ । अफसिजनमा भारतीयलाई लक्षित गरिने तर सिजनमा विदेशी नै प्राथमिकतामा पर्ने सुवेद बताउाछन् । भारतमा स्कुल बिदा हुने समय आएकाले नेपाललाई बिदा मनाउने गन्तव्यका रूपमा प्रचार गर्ने कम्पनीको योजना छ ।
वनारसबाट काठमाडौ जाने टिकट ०१२ भरिका लागि सिरिज बुकिङ भइसकेको कम्पनीले जनाएको छ । जापानी, जर्मन तथा बेलायती पर्यटक वनारसबाट काठमाडौ जाने गरेको ट्राभल एजेन्सी सञ्चालकहरूको भनाइ छ ।
क्लासिक होलिडेजका निर्देशक अम्बुज के. नारायनले पशुपतिनाथलाई केन्द्रमा राखेर नेपालको प्रमोसन गरिरहेको बताए । कम्पनीले विश्वनाथ टु मुक्तिनाथको प्याकेजसमेत बनाएको छ । यो २५ हजार भारतीय रुपियां को प्याकेज हो । यसमा वनारसदेखि काठमाडौ र पोखरादेखि जोमसोमसम्मको हवाई टिकटका साथै होटलबास र काठमाडौा वनारसको टिकट समावेश छ ।
नेपालका लागि भारतका ठूला टुर अपरेटरले पनि चासो देखाएको निदेर्शक नारायनले बताए । ‘बुद्ध एयरसागको सहकार्यमा सबै वर्गका लागि प्याकेज ल्याउंछैा’ उनले भने । हाल भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले साताको चार दिन वनारस-काठमाडौ उडान गरिरहेको छ । तर, एयर इन्डियाको भाडादर बुद्धको भन्दा निकै कम छ । भारतीय यात्रु भाडामा सम्झौता नगर्ने भएकाले बुद्ध नै रोज्ने कम्पनीको दाबी छ ।
प्रबन्धक सुवेदीले पर्याप्त अध्ययन गरेर मात्र वनारस उडान सुरु गरिएकाले सफलता मिल्ने विश्वास व्यक्त गरे । यसअघि बुद्धले गरेका भुटानको पारो र भारतको लखनउ उडान व्यावसायिक रूपले सफल हुन सकेको छैन । एयर इन्डियाको वनारस काठमाडौ एकतर्फी भाडादर १३ हजार भारतीय रुपियां छ भने बुद्ध एयरको करिब नौ हजार मात्र छ । वनासरमा गङ्गा आरति, विश्वनाथ मन्दिर, वनारस हिन्दु विश्वविद्यालय, सिटी साइट टुर, सारनाथ आदि नेपालीका लागि प्रमुख गन्तव्य हुन् । बुद्ध धर्मावलम्बीका लागि भने सारनाथ प्राथमिकतामा पर्ने गर्छ ।
लुम्बिनी जान चाहने बुद्ध धर्मावलम्बीका लागि क्लासिक होलिडेजले विशेष प्याकेज तयार गरेको छ । ‘बसबाट भैरहवा जान झन्झटिलो भएकाले पर्यटक काठमाडौं हुंदै जान चाहन्छन् । यसका लागि बुद्ध एयर उपयुक्त विकल्प हुन सक्छ,’ क्लासिकका निर्देशक नारायनले भने । नेपालमा बुद्ध एयर चढिसकेका विदेशी यात्रुका लागि बुद्ध एयर परिचित भएकाले उनीहरूको रोजाइमा पर्ने उनको दाबी छ । यात्रु चाप बढेमा अतिरिक्त उडान थप्ने र ७२ सिट क्षमताको एटिआर ७२ जहाज प्रयोग गर्ने योजना बुद्ध एयरको छ ...