Tuesday, April 19, 2011

एयरपोर्टमा चेकइन गर्न शुल्क तिर्नुपर्ने


काठमाडौं, ५ वैशाख
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरािष्टय विमानस्थलमा कमन यूजर टर्मिनल इक्युपमेन्ट (क्युट) सिस्टम लागु गर्ने तयारी गरेको छ । निजी कम्पनिमार्फत् प्राधिकरणले यो सिस्टम लागु गर्न लागेको हो ।

प्राधिकरणले सिस्टम लागु गर्न सिता एण्ड कम्युनिकेसन नामक कम्पनिलाइ ठेक्का दिइसकेको बताइएको छ । केहि महिना अघि प्राधिकरणले क्युट सिस्टम लागु गर्न टेन्डर आहवन गरेको थियो तर विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल वायुसेवा निगमले विरोध गरेपछि स्थगित भएको थियो । क्युट पनि ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत नै पर्ने भएकोले निगमले विरोध गर्दै टेन्डर प्रक्रियामा भाग पनि लिएको थिएन ।
स्थगित भएको टेन्डर पुन खोलेर प्राधिकरणले क्युटको जिम्मा सिता एण्ड कम्युनिकेसनले दिएको हो । यो सिस्टम आगामी जुनदेखि लागु गर्ने तयारी प्राधिकरणले गरेको छ । क्युट सिस्टम लागु गर्ने निर्णय शरद् सिंह भण्डारी पर्यटन मन्त्री भएकै बेला भएको बताइएको छ । क्युट सिस्टम लागु भएपछि जुनसुकै विमान कम्पनिको टिकट लिएका यात्रुले जुनसुकै कम्पनिको काउन्टरबाट चेक इन गर्न सक्छन् । तर यसका लागी एक डलर शुल्क तिर्नुपर्नेछ । एक डलरमध्ये ७० सेन्ट कम्पनिले प्राधिकरणलाइ तिर्नेछ । अहिले क्युटको सट्टा डिपार्चर कन्टोल सिस्टम डिसिएस लागु भएको छ जसमा यात्रुले चेकइन शुल्क तिर्नुपर्दैन ।
एयरलाइन्सले १० प्रतिशत तिर्नुनपर्ने
उता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै विदेशी एयरलाइन्सले निगमलाइ तिर्दै आएको १० प्रतिशत अतिरिक्त चार्ज तिर्नु नपर्ने निर्णय गरेको छ । मन्त्रालयले २३ चैतमा यो निर्णय गरेको हो । मन्त्रालय स्रोतका अनुसार यो निर्णय नेकपा माओवादीका ख्डगबहादुर विश्कर्मा पर्यटन मन्त्री भएपछि भएको हो ।
मन्त्रालयको परिपत्रपछि निगम व्यवस्थापनले नेपाल आउने सबै विदेशी विमान कम्पनिलाइ शुल्क तिर्नु नपर्ने परिपत्र जारी गरेको छ । गत मार्च १ देखि नै लागु हुनेगरि परिपत्र जारी भएको स्रोतको दावी छ । निगमले विदेशी एयरलाइन्ससग ग्राउन्ड ह्यान्डलिङको सम्झौता गर्दा उनीहरुले १० प्रतिशत अतिरिक्त चार्ज तिर्नुपर्ने सम्झौता गरेको छ ।
नया व्यवस्थाबाट निगमलाइ बार्षिक १४ करोड रुपैया घाटा हुने भएको छ । ‘राष्ट्रिय ध्वजाबाहकलाइ घाटा हुने गरि विदेशी एयरलाइन्सको हितमा मन्त्रीले निर्णय गर्नु दुखलाग्दो कुरा हो ।’ निगमका एक अधिकारीले भने । पर्यटन मन्त्री र निगम महाप्रवन्धकको मिलेमतोमा निगम डुबाउन यस्तो निर्णय भएको आरोप कर्मचारीहरुको छ । पर्यटन मन्त्री प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुन्छ भने निगम महाप्रवन्धक सदस्य रहने व्यवस्था छ ।
ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानीको १० प्रतिशत निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ तिर्नुपर्छ । यसबाहेक उपकरण राखेवापत र ठाउ प्रयोग गरेवापतको चार्ज, अफिस चार्ज, काउन्टर चार्ज, ह्यान्गर चार्ज आदि समेत निगमले प्राधिकरणलाइ बुझाउछ । सबै चार्ज र खर्च कटाएर करिव २० प्रतिशत मात्र ग्राउन्ड ह्यान्डलिङबाट नाफा भइरहेको निगमले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा विभिन्न कम्पनिका जहाजको ग्राउन्ड ह्यान्डलिङबाट निगमले बार्षिक १ अर्व ४० करोड रुपैयाभन्दा बढि आम्दानी गर्छ । चालु आर्थिक बर्षमा ग्राउन्ड ह्यान्डलिङबाट १ अर्व ५१ करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेकोमा १ अर्व ३५ करोड रुपैया आम्दानी भइसकेको निगमले जनाएको छ । गत आवमा निगमले १ अर्व ४० करोड आम्दानी ग्राउन्ड ह्यान्डलिङबाट गरेको थियो । ग्राउन्ड ह्याण्डलिङका लागी विमानस्थलमा प्राविधक अप्राविधक गरि करिव ५ सय कर्मचारी कार्यररत रहेको निगमले जनाएको छ । उपकरणका लागी मात्र निगमले करिव ५ अर्व रुपैया लगानी गरेको छ ।
ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत यात्रु तथा सामानको चेक इन, कुरियर मेलको व्यवस्थापन, कार्गो व्यवस्थापन, यात्रुलाइ काउन्टरबाट जहाजसमम पुयाउने र जहाजबाट बाहिर सम्म ल्याउने लगायतका सेवा पर्दछन् । त्यस्तै पुस व्याक लगायतका प्राविधक ह्यान्डलिङ समेत निगमले गर्छ । ग्राउन्ड ह्यान्डलिङका लागी निगमले प्राधिकरणसग सन् २००८ देखि २०१३ सम्म ५ बर्षको लागी सम्झौता गरेको थियो ।
नेपाल आउने २७ वटा विदेशी विमान कम्पनिमध्ये थाइ एयरवेज र इन्डियन एयरलाइन्सले भने ग्राउन्ड ह्यान्डलिङको काम आफैं गर्छन् । विमानस्थलले निर्धारण गरेको मापदण्ड पुरा गरेपछि विमान कम्पनि आफैले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउछन् । तर यसका लागी निगम, प्राधिकरण र मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

Monday, April 18, 2011

१० लाखको हल्ला !


सरकारले सन् २०११ मा १० लाख पर्यटक ल्याउने लक्ष्यसहित अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिइरहेको छ । तर, केहि पर्यटन व्यवसायी भने १० लाखको हल्लाले पर्यटकलाई असर पर्न सक्ने बताइरहेका छन् । पर्यटक संवेदनशील हुने भएकाले १० लाखलाई धेरै महव दिन नहुने भनाइ उनीहरूको छ ।
ट्रेकिङ व्यवसायी आङछिरिङ शेर्पा १० लाखको हल्लाले पर्यटकमा एक किसिमको त्रास छाएको बताउछन् । ‘पर्यटकलाई सानोतिनो कुराले पनि असर पार्छ, धेरै हल्ला भए पर्यटक आउदैनन्,’ शेर्पा भन्छन् । होटल तथा विमान कम्पनीले बुकिङ सकिएको हल्ला गरेपछि पर्यटकलाई टिकट र होटलमा बास नपाइएला भन्ने डर रहेको उनको दावी छ । ‘होटल प्याक भए पर्यटक कसरी आउछन् ? शेर्पा प्रश्न गर्छन् । प्रायजसो पा“चतारे होटल तथा नेपाल आउने विमान कम्पनीले अप्रिल, मे तथा जुनका लागि ८० प्रतिशत बुकिङ भइसकेको बताएका छन् । यही अवस्था कायम रहे ‘पिक’ सिजनमा कोठा पाउन गाह्रो हुने होटल सञ्चालक बताउछन् ।
सन् १९८० को दशकमा हिमालमा पर्यटकको भीड बढेको हल्ला फैलिएपछि पर्यटक घटेको स्मरण गर्दै शेर्पाले आगामी दिनमा पनि त्यस्तो स्थिति आउन सक्नेतर्फ सचेत रहन सुझाब दिए । ‘पर्यटकमा १० लाखको सूचनामात्र गइरहेको छ, अन्य कुरालाई पनि महŒव दिएर प्रचारप्रसार गर्नुप¥यो,’ शेर्पाले भने ।
होटल व्यवसायीले हाल अकुपेन्सी ८० प्रतिशतसम्म रहेको जानकारी दिएका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बरबाहेक अन्य महिनालाई पर्यटन क्षेत्रमा ‘अफसिजन’ मानिन्छ । कुल पर्यटकमध्ये करिब ३५ प्रतिशत अफ सिजनमा आउ“छन् । अहिले नै ८० प्रतिशत अकुपेन्सी रहेको अवस्थामा मुख्य सिजनमा धान्न नसकिने सञ्चालकहरू बताउ“छन् । सरकारी अधिकारी भने आएका पर्यटकमध्ये ४० प्रतिशतलाई ग्रामीण क्षेत्रमा पु¥याउने लक्ष्य राखिएकाले होटल अभाव नहुने दाबी गर्छन् । यसका लागि सरकारले होमस्टेको अवधारणा ल्याएको छ ।
ट्राभल व्यवसायी पर्यटकले प्याकेज बुकिङ गर्नुअघि धेरै सोधखोज गर्न थालेको बताउ“छन् । ‘पर्यटक बढी सचेत भएका छन्, सेवासुविधाबारे धेरै चासो राख्छन्,’ एक ट्राभल एजेन्सी सञ्चालक भन्छन् । पर्यटकको मागका साथै क्षमता पनि बढाउनुपर्नेमा व्यवसायीको जोड छ । काठमाडौंलगायत अन्य पर्यटकीय गन्तव्यका होटलÔमता जोड्दा वर्Èभरिमा १० लाख पर्यटक धान्न पर्याप्त रहेको दाबी होटल संघ नेपालको छ ।
पर्यटन वर्षका राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्य पर्यटन वर्È सफलताको मापदण्ड १० लाख पर्यटकलाई मात्र बनाउन नहुने बताउ“छन् । १० लाख पर्यटक भिœयाउने अभियानको लक्ष्य भएपनि गन्तव्य नभएको उनको भनाइ छ । ‘अभियानको मुख्य उद्देश्य फस्टाउ“दो पर्यटन उद्योेगलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गराउनु हो, १० लाख नै सफलताको मापदण्ड पक्कै होइन । १० लाख आए राम्रो हो तर आएनन् भनेर अतालिनुपर्ने अवस्था छैन,’ शाक्य भन्छन् । २०११ मा १० लाख पर्यटक भिœयाउने र यो संख्यालाई बढाएर २०२० मा २० लाख पु¥याउने लक्ष्य सरकारको छ ।
व्यवसायीहरू पर्यटकको संख्यामा भन्दा गुणस्तरमा जोड दिनुपर्ने बताउ“छन् । ‘आएका पर्यटकलाई सन्तुष्ट बनाउनु महŒवपूर्ण कुरा हो । एउटा खुसी भएर फर्केको पर्यटकले थप दुईजना पर्यटक यहा“ पठाउ“छ भने असन्तुष्ट पर्यटकले दुईजनालाई यहा“ आउनबाट रोक्छ,’ सांग्रिला ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक अशोक पोखरेलले भने । पर्यटकको बसाइअवधि लम्ब्याउनु र खर्च बढाउनु अभियानको मुख्य लक्ष्य हुनुपर्ने उनको भनाइ छ । हाल नेपाल आउने पर्यटकको सरदर बसाइ अवधि ९ दिन र खर्च सय डलरभन्दा कम छ ।

Friday, April 15, 2011

पर्यटनःपरिवर्तनको आशा


प्रचण्डमान श्रेष्ठ

प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

मुलुकमा पछिल्ला केही वर्षमा महŒवपूर्ण राजनीतिक परिवर्तन भए । जनताले राजनीतिक अधिकार प्राप्त गरे । तर, ऐतिहासिक परिवर्तनको दिगोपन राजनीतिबाट मात्र सम्भव छैन । राजनीतिक अधिकारप्राप्त भयो, तर आर्थिक रूपमा नेपालीको जीवनस्तर उकासिन सकेको छैन । आर्थिक गतिविधिको विस्तार हुन सकेको छैन । अन्य क्षेत्रको तुलनामा थोरै लगानी, छोटो समय र ग्रामीण तथा सहरी दुवै क्षेत्रमा प्रतिफल पुग्न सक्ने क्षेत्र हो, पर्यटन । पर्यटनले जनतालाई आर्थिक विकल्प दिन सक्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हुन्छ र यसको जगेर्ना गर्दै आर्थिक उपार्जन पनि गर्न सकिन्छ । पर्यटन राज्यको राजस्वको महŒवपूर्ण स्रोत पनि हो । यो क्षेत्रले २५ प्रतिशत राजस्वमा योगदान गरेको छ ।
नेपालमा पर्यटनका लागि चाहिने पर्याप्त आकर्षण छन् । लगानी नै नगरी भएकै चिजको पर्यटकीय सदुपयोग गरेर आर्थिकोपार्जन गर्न सकिन्छ । राज्यले दिनुपर्ने आर्थिक ‘डेलिभरी’ छिटो दिन सकिने क्षेत्र हो, पर्यटन । मुलुकको आर्थिक केन्द्रबिन्दु पर्यटन बन्न सक्छ । आर्थिक परिवर्तनको बलियो माध्यम पर्यटन बन्न सक्छ भन्ने ठहर गरेरै सरकारले पर्यटन वर्ष राष्ट्रिय अभियानको घोषणा गरेको हो । पर्यटन वर्षको माध्यमबाट यस क्षेत्रलाई अर्थतन्त्रको महŒवपूर्ण हिस्साका रूपमा स्थापित गराउने सरकारको योजना छ ।
पर्यटन ग्रामीण जनताका लागि आर्थिकोपार्जनको वैकल्पिक माध्यम बन्न सक्छ । अतिरिक्त आम्दानीको स्रोत हुन सक्छ । भएकै क्षमता प्रयोग गरेर आम्दानी गर्न सकिन्छ । एउटा शिक्षकले गाउ“मा आएको आन्तरिक पर्यटकलाई केही घन्टा घुमाइदिएर आम्दानी गर्न सक्छ । एउटा किसानले आफ्नो घरमा पाहुना राखेर मसला किन्ने खर्च जुटाउन सक्छ । अब संस्कृतिको व्यवसायीकरण गर्ने वेला भएको छ । अतिथिदेवो भव भन्ने हाम्रो संस्कृति छ । पाहुनाको सत्कार गर्नुपर्छ, सेवा गर्नुपर्छ । तर, यसबापत केही शुल्क लिन सकिन्छ । हामी सबै जातिको आ–आफ्नै संस्कृति छ । यही संस्कृति पर्यटकलाई देखाएर आम्दानी गर्न सकिन्छ र यसलाई संस्कृतिको जगेर्नामा उपयोग गर्न सकिन्छ । ग्रामीण क्षेत्रसम्म पर्यटनप्रतिको चेतना जगाउने र यसलाई वैकल्पिक रोजगारीको माध्यम बनाउने उद्देश्य पर्यटन वर्ष अभियानको हो ।
पर्यटन वर्षलाई हामीले ४ वटा ‘सी’ मा बाडेका छा । पहिलो सी हो ‘कमिटमेन्ट’ अर्थात् प्रतिबद्धता । पर्यटनप्रति राष्ट्र र सम्पूर्ण निजी क्षेत्रको प्रतिबद्धता छ भन्ने सन्देश दिन पर्यटन वर्ष घोषणा कार्यक्रममा सबैले प्रतिबद्धता जाहेर गरेका छन् । राजनीतिक प्रतिबद्धताविना अभियान सफल हुन नसक्ने ठहर गरेर यसलाई पर्यटन वर्ष सुरुवातको पूर्वसर्तका रूपमा लिइएको थियो । पर्यटन वर्षको बहानामा सबै राजनीतिक दल एकै ठाउ“मा आउनु महŒवपूर्ण उपलब्धि होे । राजनीतिक दलले बन्द, हडताल नगर्ने प्रतिबद्धता जनाएर पर्यटन वर्षलाई साथ दिएका छन् ।
दोस्रो ‘सी’ हो ‘कन्फिडेन्स विल्डिङ’ अर्थात् आत्मविश्वास अभिवृद्धि । विगत दस वर्षमा पर्यटन क्षेत्र निकै सुस्तायो । पर्यटकलाई र पर्यटक ल्याउने अपरेटरलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आत्मविश्वास दिलाउनु अभियानको मुख्य उद्देश्य हो ।
तेस्रो ‘सी’ हो ‘कोअर्डिनेसन’ अर्थात् समन्वय । पर्यटनको विकासका लागि सबै निकायबीच समन्वय जरुरी छ । बाटो बनाउने एउटा निकाय छ, फोहोर उठाउने अर्कै निकाय छ, अरू पूर्वाधार तयार गर्ने अरू नै निकाय छन् । यी सबैको समन्वयबाट मात्र पर्यटकमैत्री वातावरण सम्भव छ । पर्यटन वर्ष अभियानका लागि केन्द्रदेखि जिल्लासम्म विभिन्न निकायबीचको समन्वयमा संरचना निर्माण भएका छन् । प्रधानमन्त्रीको संयोजकत्वमा रहेको राष्ट्रिय पर्यटन परिषद् सक्रिय भएको छ । पर्यटनमन्त्रीको संयोजकत्वमा समन्वय समिति छ । यसअन्तर्गत विभिन्न उपसमिति छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पर्यटन समिति छ ।
चौथो ‘सी’ हो– ‘क्यापासिटी विल्डिङ’ अर्थात् क्षमता अभिवृद्धि । पर्यटन उद्योग र सामान्य जनताको पनि पर्यटनका लागि क्षमता अभिवृद्धि गर्नु पर्यटन वर्षको अर्को महŒवपूर्ण उद्देश्य हो । दस वर्षसम्म यो उद्योगमा विस्तार हुन सकेन । होटलले लगानी थप गर्न आ“ट गरेनन् । तर, अब क्षमता बढाउन थालेका छन् । पा“चतारे होटलले मात्र क्षमता विस्तारमा करोडौ“ लगानी गरेका छन् । माग बढेपछि क्षमता पनि बढाइएको छ ।
सामान्य जनताको क्षमता अभिवृद्धि गर्न होमस्टेको अवधारणा ल्याइएको छ । पर्यटक आगमनले देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे जनतालाई बुझाउने र त्यसबाट हुने आम्दानीको हिस्सा उनीहरूमा पुयाउने सबैभन्दा उपयुक्त माध्यमका रूपमा होमस्टेलाई लिइएको छ । होमस्टेले सामान्य जनतालाई पनि पर्यटनमा समाहित गरेको छ । पर्यटन के हो बुझ्न थालेका छन् । होमस्टेका कतिपय नकारात्मक पक्ष पनि छन्, तर गाउ“–गाउ“मा होमस्टेको उत्साह छ । क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको छ । होमस्टे व्यवस्थित गर्न कार्यविधि लागू गरिएको छ । गाउ“ पर्यटकमैत्री हुन थालेका छन् । ग्रामीण क्षेत्रसम्म सरसफाइको चेतना फैलिएको छ । सबै पर्यटक पा“चतारे होटलमा बस्दैनन् । यसका लागि क्षमता पनि पर्याप्त छैन । सरकारले पर्यटन वर्षमा आउने दस लाख पर्यटकमध्ये ४० प्रतिशतलाई ग्रामीण क्षेत्रमा पु¥याउने लक्ष्य राखेको छ । यसका लागि होमस्टे सहायक बन्न सक्छ ।
पाचौ“ ‘सी’ पनि छ, जुन हामीले गर्न सकिरहेका छैनौ“ । त्यो हो– ‘कन्जुमर पब्लिसिटी’ । १२ वर्षदेखि हामीले ‘टे«ड पब्लिसिटी’ मात्र गरिरहेका छौ“ । कन्जुमरसम्म हामी पुग्न सकेका छैनौ“ । निजी क्षेत्रले यो गर्न सक्दैन, किनकि यसका लागि पर्याप्त स्रोत–साधन चाहिन्छ । पर्यटन वर्षस“गै सरकारले पहिलोपटक कन्जुमर पब्लिसिटीका लागि रकम छुट्याएको छ । तर, यो पर्याप्त छैन । पर्यटन वर्ष सुरु भएको तीन महिना बितिसकेकाले पब्लिसिटी ढिलो भइसकेको छ ।
पर्यटन वर्षमा दस लाख पर्यटक ल्याउने लक्ष्य छ । तर, दस लाख आउन नसके पनि यो आगामी वर्षका लागि आधार बन्न सक्छ । १९९८ मा भएको नेपाल भ्रमण वर्षको प्रचारले गर्दा १९९९ मा अहिलेसम्मकै बढी पर्यटक आए । २०११ को प्रचार–प्रसारले २०१२ मा बढी पर्यटक आउ“छन् ।
पर्यटन भनेको पा“चतारे होटल मात्र होइन । पर्यटन क्षेत्रमा जसको उत्पादन खपत भएको हो उसैले प्रतिफल नपाइरहेको अवस्था छ । पर्यटनलाई विस्तार गर्न जरुरी छ । ८० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको मुलुकमा पर्यटनलाई कृषि जीवनस“ग नजोडी ग्रामीण क्षेत्रसम्म यसको लाभ पुग्दैन । कृषकको उत्पादन होटल, रेस्टुरा“ले किन्दैमा तिनको जीवनमा आर्थिक क्रान्ति भइहाल्दैन । यसका लागि त वास्तविक क्षेत्रसम्म पर्यटनको प्रभाव विस्तार हुनु जरुरी छ । पर्यटकको संख्या बढाएर मात्र पुग्दैन । पर्यटकको बसाइअवधि र खर्च पनि बढाउनु आवश्यक छ । पर्यटनले नेपाली समाजमा उत्साह, उमंग ल्याउनुपर्छ ।
नेपाली पर्यटनका थुप्रै सम्भावना छन् । हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन, जंगल सफारी आदिका लागि नेपाल सबैभन्दा उपयुक्त गन्तव्यका रूपमा परिचित भइसकेको छ । यसका साथै नया“ उत्पादन तथा गन्तव्यको पनि पहिचान भइरहेको छ । माउन्टेनबाइक, वन्जी जम्प, रक–क्लाइम्विङ, ¥याटिङ, एभिएसन स्पोर्टस, कायाकिङ, चरा अवलोकन आदिलाई फोकस गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
हिन्दू र बौद्ध धर्मको उद्गमस्थलका रूपमा रहेको नेपालमा धार्मिक पर्यटनको पनि त्यत्तिकै सम्भावना छ । हिन्दूहरूका लागि पशुपतिनाथ र बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी आकर्षक गन्तव्य बन्न सक्छन् । विश्वका एक अर्ब हिन्दूमध्ये केही प्रतिशतलाई मात्र नेपाल ल्याउन सके पनि पर्याप्त हुन्छ । त्यस्तै लुम्बिनमा आउने पर्यटकलाई एकरात बसाउन सक्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।
राजनीतिक अस्थिरतालाई मात्र दोष दिएर पर्यटनको विकास हु“दैन । चरम द्वन्द्वको समयमा पनि २००३ मा २ लाख ५० हजार पर्यटक आएका थिए । चीन र भारतमा बढेको पर्यटक फ्लोको फाइदा नेपालले उठाउनुपर्छ । नेपालको नाम सुनेका र एक÷दुईपटक आइसकेकालाई फोकस गर्नुपर्छ ।
पर्यटन वर्ष २६ वटै मन्त्रालय, निजी Ôेत्र र आमजनताको आङ्खनै अभियान भएकाले सबै जुर्मुराउनुपर्ने आवश्यकता छ । लामो समयसम्म गति लिन नसकेको र काठमाडौं, पोखरा, चितवनलगायत केही गन्तव्यमा खुम्चिएको पर्यटन बजारलाई विस्तार गर्न केही हदसम्म भए पनि गति दिन पर्यटन वर्ष अभियानले सहयोग पुग्ने निश्चित छ ।
कुराकानीमा आधारित