Tuesday, April 19, 2011

एयरपोर्टमा चेकइन गर्न शुल्क तिर्नुपर्ने


काठमाडौं, ५ वैशाख
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरािष्टय विमानस्थलमा कमन यूजर टर्मिनल इक्युपमेन्ट (क्युट) सिस्टम लागु गर्ने तयारी गरेको छ । निजी कम्पनिमार्फत् प्राधिकरणले यो सिस्टम लागु गर्न लागेको हो ।

प्राधिकरणले सिस्टम लागु गर्न सिता एण्ड कम्युनिकेसन नामक कम्पनिलाइ ठेक्का दिइसकेको बताइएको छ । केहि महिना अघि प्राधिकरणले क्युट सिस्टम लागु गर्न टेन्डर आहवन गरेको थियो तर विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल वायुसेवा निगमले विरोध गरेपछि स्थगित भएको थियो । क्युट पनि ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत नै पर्ने भएकोले निगमले विरोध गर्दै टेन्डर प्रक्रियामा भाग पनि लिएको थिएन ।
स्थगित भएको टेन्डर पुन खोलेर प्राधिकरणले क्युटको जिम्मा सिता एण्ड कम्युनिकेसनले दिएको हो । यो सिस्टम आगामी जुनदेखि लागु गर्ने तयारी प्राधिकरणले गरेको छ । क्युट सिस्टम लागु गर्ने निर्णय शरद् सिंह भण्डारी पर्यटन मन्त्री भएकै बेला भएको बताइएको छ । क्युट सिस्टम लागु भएपछि जुनसुकै विमान कम्पनिको टिकट लिएका यात्रुले जुनसुकै कम्पनिको काउन्टरबाट चेक इन गर्न सक्छन् । तर यसका लागी एक डलर शुल्क तिर्नुपर्नेछ । एक डलरमध्ये ७० सेन्ट कम्पनिले प्राधिकरणलाइ तिर्नेछ । अहिले क्युटको सट्टा डिपार्चर कन्टोल सिस्टम डिसिएस लागु भएको छ जसमा यात्रुले चेकइन शुल्क तिर्नुपर्दैन ।
एयरलाइन्सले १० प्रतिशत तिर्नुनपर्ने
उता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै विदेशी एयरलाइन्सले निगमलाइ तिर्दै आएको १० प्रतिशत अतिरिक्त चार्ज तिर्नु नपर्ने निर्णय गरेको छ । मन्त्रालयले २३ चैतमा यो निर्णय गरेको हो । मन्त्रालय स्रोतका अनुसार यो निर्णय नेकपा माओवादीका ख्डगबहादुर विश्कर्मा पर्यटन मन्त्री भएपछि भएको हो ।
मन्त्रालयको परिपत्रपछि निगम व्यवस्थापनले नेपाल आउने सबै विदेशी विमान कम्पनिलाइ शुल्क तिर्नु नपर्ने परिपत्र जारी गरेको छ । गत मार्च १ देखि नै लागु हुनेगरि परिपत्र जारी भएको स्रोतको दावी छ । निगमले विदेशी एयरलाइन्ससग ग्राउन्ड ह्यान्डलिङको सम्झौता गर्दा उनीहरुले १० प्रतिशत अतिरिक्त चार्ज तिर्नुपर्ने सम्झौता गरेको छ ।
नया व्यवस्थाबाट निगमलाइ बार्षिक १४ करोड रुपैया घाटा हुने भएको छ । ‘राष्ट्रिय ध्वजाबाहकलाइ घाटा हुने गरि विदेशी एयरलाइन्सको हितमा मन्त्रीले निर्णय गर्नु दुखलाग्दो कुरा हो ।’ निगमका एक अधिकारीले भने । पर्यटन मन्त्री र निगम महाप्रवन्धकको मिलेमतोमा निगम डुबाउन यस्तो निर्णय भएको आरोप कर्मचारीहरुको छ । पर्यटन मन्त्री प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुन्छ भने निगम महाप्रवन्धक सदस्य रहने व्यवस्था छ ।
ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानीको १० प्रतिशत निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ तिर्नुपर्छ । यसबाहेक उपकरण राखेवापत र ठाउ प्रयोग गरेवापतको चार्ज, अफिस चार्ज, काउन्टर चार्ज, ह्यान्गर चार्ज आदि समेत निगमले प्राधिकरणलाइ बुझाउछ । सबै चार्ज र खर्च कटाएर करिव २० प्रतिशत मात्र ग्राउन्ड ह्यान्डलिङबाट नाफा भइरहेको निगमले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा विभिन्न कम्पनिका जहाजको ग्राउन्ड ह्यान्डलिङबाट निगमले बार्षिक १ अर्व ४० करोड रुपैयाभन्दा बढि आम्दानी गर्छ । चालु आर्थिक बर्षमा ग्राउन्ड ह्यान्डलिङबाट १ अर्व ५१ करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेकोमा १ अर्व ३५ करोड रुपैया आम्दानी भइसकेको निगमले जनाएको छ । गत आवमा निगमले १ अर्व ४० करोड आम्दानी ग्राउन्ड ह्यान्डलिङबाट गरेको थियो । ग्राउन्ड ह्याण्डलिङका लागी विमानस्थलमा प्राविधक अप्राविधक गरि करिव ५ सय कर्मचारी कार्यररत रहेको निगमले जनाएको छ । उपकरणका लागी मात्र निगमले करिव ५ अर्व रुपैया लगानी गरेको छ ।
ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत यात्रु तथा सामानको चेक इन, कुरियर मेलको व्यवस्थापन, कार्गो व्यवस्थापन, यात्रुलाइ काउन्टरबाट जहाजसमम पुयाउने र जहाजबाट बाहिर सम्म ल्याउने लगायतका सेवा पर्दछन् । त्यस्तै पुस व्याक लगायतका प्राविधक ह्यान्डलिङ समेत निगमले गर्छ । ग्राउन्ड ह्यान्डलिङका लागी निगमले प्राधिकरणसग सन् २००८ देखि २०१३ सम्म ५ बर्षको लागी सम्झौता गरेको थियो ।
नेपाल आउने २७ वटा विदेशी विमान कम्पनिमध्ये थाइ एयरवेज र इन्डियन एयरलाइन्सले भने ग्राउन्ड ह्यान्डलिङको काम आफैं गर्छन् । विमानस्थलले निर्धारण गरेको मापदण्ड पुरा गरेपछि विमान कम्पनि आफैले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउछन् । तर यसका लागी निगम, प्राधिकरण र मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete