Thursday, April 21, 2011

सातवटामा दुइटा मात्र उड्छन्


काठमाडौं, ७ वैशाख
मुलुकका दुर्गम क्षेत्रमा सेवा पु¥याइरहेको नेपाल वायुसेवा निगमस“ग सातवटा ट्विनअटर जहाज भए पनि दुइवटा मात्र नियमित उडानमा रहेका छन् । पाइलट अभाव तथा सञ्चालन खर्च बढी भएका कारण निगमले कम जहाज उडाएको हो ।
५ वटा जहाज ग्राउन्डेड अवस्थामा रहेका र तीमध्ये दुईवटा सामान्य मर्मत गरेर चलाउन सकिने निगम इन्जिनियरिङ विभागले जनाएको छ । अपरेसन विभागका निर्देशक क्याप्टेन एसके शर्माले भने पाइलट अभाव भएकाले जहाज चलाउन नसकिएको बताए । निगममा हाल आन्तरिक उडानका लागि २ जना मात्र क्याप्टेन छन् । ‘पाइलट अभावकै कारण सामान्य मर्मत गरेर चलाउन सकिने जहाज पनि चलाउन सकिएको छैन,’ शर्माले भने । बोइङ चलाउने पाइलटलाई अनुरोध गरेर आन्तरिक उडान सुचारु गरिएको शर्माले बताए । पाइलट अभावकै कारण निगमले उडान गन्तव्य २५ बाट घटाएर २२ मा झारेको पनि उनको भनाइ छ ।
सञ्चालन खर्च बढी भएका कारण पनि ट्विनअटर बढी चलाउन नसकिएको निगम व्यवस्थापनको भनाइ छ । ‘जति बढी चलायो उति घाटा बढ्छ,’ निगमका एक अधिकारीले भने । चारवटासम्म जहाज चलाउन सकिने अवस्था रहे पनि घाटा बढ्ने डरले नचलाएको ती अधिकारीको भनाइ छ । अहिले निगमका ९एन एबियु र ९एन एबिओ मात्र सञ्चालनमा छन् । सुरुमा निगमस“ग १२ वटा ट्विनअटर थिए ।
निगमको आन्तरिक उडान अहिले मासिक १ करोड ५० लाख रुपैया“ घाटामा रहेको लेखा शाखाले जनाएको छ । सरकारले हालै बढाएको भाडादर लागू भएको भए बराबर हुने निगमको अनुमान छ । निजी वायुसेवास“गको चर्को प्रतिस्पर्धा, सस्तो भाडादर, माउन्टेन फ्लाइटमा कटौती तथा नाफामूलक क्षेत्रमा जान नसक्नुजस्ता कारणले आन्तरिक सेवाको घाटा बढ्दै गएको हो । आन्तरिकमा वार्षिक घाटा १८ करोड रुपैया“ नाघेको छ ।
निगमका अनुसार आन्तरिक उडान सुरुका केही वर्षबाहेक वर्षेनि घाटामा गइरहेको छ । दुर्गम क्षेत्रका जनताको सुविधाका लागि सरकारले अनुदान दिने हो भने मात्र आन्तरिक उडान सञ्चालन गर्न सकिने निगमले निष्कर्ष निकालेको छ । दुईवटा जहाजको आम्दानीले सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा निगम पुगेको छ । घाटा मात्र सहेर कहिलेसम्म चलाउने भन्ने समस्या रहेको पनि निगम अधिकारीहरू बताउ“छन् । नागरिक उड्डयन प्रधिकरणले समेत निजी कम्पनीलाई प्राथमिकता दिने गरेको आरोप उनीहरूको छ ।
‘निगमका अधिकांश गन्तव्य दुर्गम क्षेत्रमा भएकाले पूर्ण क्षमताका साथ चल्दैनन्, इन्धन बढी चाहिने भएकाले पूर्ण क्षमतामा यात्रु राख्न सकि“दैन । १९ सिटे जहाजमा १५ जनामात्र बोक्नुपर्ने बाध्यता छ,’ अपरेसन विभागका शर्माले भने । कतिपय स्थानमा त्योभन्दा कममात्र बोक्नुपर्ने हुन्छ । भू–बनोटका कारण यात्रु बोक्नुपर्दा सञ्चालन खर्च बढी रहेको शर्माको भनाइ छ ।
निगमले चालू आर्थिक वर्षमा आन्तरिक उडानमार्फत १ लाख ३ हजार ७ सय यात्रु बोक्ने र २७ करोड ११ लाख रुपैया“ आम्दानी गर्ने लक्ष्य राखेको छ । लक्ष्यअनुसारको आम्दानी हुने देखिए पनि घाटा नै हुने लेखा अधिकृत तारिणी दाहाल बताउ“छन् । आन्तरिक उडानका लागि जहाज थप गरी पर्यटकीय गन्तव्यमा जाने हो भने मात्र नाफा गर्न सकिने उनको भनाइ छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete