Wednesday, April 27, 2011

यसरी आउँछन् दश लाख पर्यटक


मुलुकले राष्टिय अभियानको रुपमा सन् २०११ लाइ पर्यटन बर्षको रुपमा मनाइरहेको छ । अभियानका विभिन्न उद्धेश्यमध्ये बर्षदिनमा १० लाख विदेशी पर्यटक ल्याउनु पनि हो । यो संख्या सन् २०१० को तुलनामा झण्डै दोब्बर हो । बर्षको पहिलो तिन महिनामा करिव १ लाख २० हजार पर्यटक नेपाल भित्रिएको तथ्याक छ । अझै अभठ लाख भन्दा बढि पर्यटक आउन बाकी छ । दश लाख पर्यटक यो बर्ष ल्याउन के के गर्नुपर्ला ?
प्रस्तुत त छ दश लाख पर्यटक ल्याउने दश उपाय ।
१.
सिमानासम्मै आइपुगेको रेलवेको नटवर्कलाइ सुधार गर्ने । पर्यटक बढाउन विरगन्जसम्म आइपुगेको रेल सेवाको राम्रो उपयोग गर्न सकिन्छ । यसलाइ स्तरिकरण गरेर पर्यटक मैत्री बनाउन सक्ने हो भने भारतमा आएका १० प्रतिशत पर्यटक नेपाल आउछन् । यसका लागी २ करोड खर्च गरे पुग्छ । तेश्रो देशका पर्यटक पनि स्थलमार्गबाट नेपाल आउन चाहन्छन् तर यसका लागी आवागमन सहज छैन । भारतमा पर्यटकको बसाइ अवधि ३० दिन छ । हामीकहा जम्मा ९ दिन छ । ३० दिन बस्ने पर्यटक ४ दिनको लागी नेपाल आए पनि निकै फाइदा हुन्छ । विरगन्ज पर्यटकीय हव बन्न सक्छ ।
२.
तराइमा कम्तिमा ३ वटा स्तरिय चिल्डेन पार्क खोल्ने । ८ देखि १६ बर्ष लाइ लक्षित गरेर भारतका सिमा नजिकका शहरमा थिम पार्क खोल्ने हो भने भारतिय पर्यटक छुट्ी मनाउन बच्चा लिएर यता आउछन् । यो उमेरका भारतिय वच्चा रिक्रिएसनमा बढि चाख राख्ने हुन्छन् ।
३.
त्रिभुवन अन्तरािष्टय विमानस्थललाइ स्तरिकरण गरि पूर्ण क्षमताका साथ सञ्चालन गर्ने । नेपाल आएका पर्यटकले सबैभन्दा पहिले देख्ने ठाउ“ टिआइए हो । यसको अवस्था जति राम्रो भयो पर्यटक त्यति आकर्Èित हुन्छन् । यहा“ पूर्वाधार अभाव छ । अस्तव्यस्तता छ । विमानस्थल सधैं व्यावसायिक हुनुपर्छ ।
४.
उपत्यकाबाहिरका कम्तिमा ५ वटा विमानस्थललाइ क्षेत्रिय अन्तरािष्टय विमानस्थलको रुपमा विकास गर्ने । काठमाडौं आउनु पर्यटकको रहर होइन बाध्यता हो । उपत्यकाबाहिर पनि अन्तराष्टिय विमानस्थल हुने हो भने छिमेकी मुलुकका पर्यटक काठमाडौं बाहिर आएर उतैबाट फर्किन्छन् । क्षेत्रिय स्तरका जनकपुर, पोखरा, भैरहवा जस्ता विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने हो भने काठमाडौमा चाप पनि कम हुन्छ र आवागमन पनि सहज हुन्छ । तर यसका लागी समय र लागत निकै लाग्छ ।

५.
कन्जुमर पब्लिसिटीमा जोड दिने । पर्यटन बोर्ड स्थापना भएको १२ बर्ष भइसकेपनि बोर्डले यो काम गर्न सकिरहेको छैन । पर्यटकको उद्गमस्थलमा बोर्ड पुग्न सकेकै छैन । पर्यटक बढाउन बजार रणनीति परिवर्तन गरी योजनाबद्ध, संगठित र पर्याप्त बजेटसहित अन्तराष्टिय पर्यटन बजार सम्म पुग्नुपर्छ । सिएनएन, विविसी, डिस्करभरी जस्ता च्यानलमा विज्ञापन गर्नुपर्छ । यसका लागी ठूलो रकम चाहिन्छ । भारतले सिएनएनसंग मात्रै ६० करोडको सम्झौता गरेको छ । मलेसियाले त्यो भन्दा बढिको सम्झौता गरेको छ । पर्यटन बर्ष प्रचारका लागी सरकारले १३ करोड छुट्याइएको छ जुन कन्जुमर पब्लिसिटीका लागी निकै सानो रकम हो ।
६.
नेपाल एयरलाइन्सलाइ सबल बनाउने । पर्यटकलाई उनीहरूको उद्गमस्थलबाट सीधै नेपाल ल्याउने राष्ट्रिय ध्वजावाहक कमजोर छ । नेपाल एयरलाइन्ससग कम्तिमा दुइवटा ठूला जहाज हुनुपर्छ । यूरोपका कम्तिमा दुइवटा गन्तव्यसम्म प्रत्यक्ष सम्पर्क हुनुपर्छ । प्रत्यक्ष हवाइ सम्पर्क भएका मुलुकबाट आउने पर्यटक अन्य मुलुकको तुलनामा बढि देखिन्छ । सन् १९९७ मा नेपाल एयरलाइन्सले जर्मनीको फ्रांकफर्ट सीधा उडान गर्दा जर्मनीबाट नेपाल आउने पर्यटक संख्या वार्षिक ४९ हजार थियो जब कि यो संख्या सन् २०१० मा १९ हजारमा सीमित भएको छ । त्यस्तै, निगमले फ्रान्स सेवा सञ्चालन गर्दा फ्रान्सेली पर्यटक संख्या वार्षिक ३३ हजार थियो भने अहिले २१ हजार हाराहारी मात्र छ ।
निगम लन्डन जा“दा बेलायती पर्यटक संख्या ४३ हजार थियो भने हाल ३२ हजारमा झरेको छ । निगम जापान जा“दा वार्षिक ४५ हजार जापानी पर्यटक नेपाल आउने गरेकामा हाल यो संख्या २० हजारमा झरेको छ । यसबाट पनि सीधा हवाइ सम्पर्कको असर पर्यटक आगमनमा प्रत्यक्ष रूपमा पर्ने देखिन्छ । टुर अपरेटरहरूले राष्ट्रिय ध्वजावाहकलाई बढी विश्वास गर्छन् ।
७.
निजी क्षेत्रलाइ प्रोत्साहन गर्ने । सरकारले होटल चलाउदैन । टाभल टेकिङका प्याकेज बेच्दैन । सरकारको काम पूर्वाधार तयार गर्ने हो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार प्रसार गर्दै पर्यटन मैत्री वातावरणको सृजना गर्ने र पर्यटन विकासका लागि अधिकत्तम पूर्वाधार विकास गर्ने काम सरकारको हो भने व्यवसायलाइ पर्यटन मैत्री बनाउने र पर्यटनको प्रतिफल गाउगाउसम्म पुयाउने काम निजी क्षेत्रको हो ।
८.
अफसिजनको प्रवद्र्धन गर्ने । अफ सिजनलाई प्रबद्र्धन गर्न विभिन्न गतिविधि गरिनुपर्छ । करिव ३० प्रतिशत पर्यटक अफ सिजनमा आउछन् । अफ सिजनमा बढी आउने भारतीय, स्पेनी र इटालियन पर्यटक हुन् । सिजनमा मात्र नभइ अरुबेला पनि पर्यटक ल्याउने कोशिस गर्नुपर्छ । बाहै्र महिना पर्यटक ल्याउन सकियो भने यो लक्ष्य पुरा गर्न सजिलो हुन्छ । यसका व्यवसायीहरुले सृजनशिल कार्यक्रमहरु सञ्चालन गर्न सक्छन् ।
९.
माइस (मिटिङ, इन्सेन्टिभ, अन्फ्रेन्स, इभेन्ट्स) पर्यटनलाइ जोड दिने । विस्तारै माइस पर्यटनको विस्तार भइरहेको छ । पाचतारे होटलको मुख्य आम्दानीको श्रोत माइस हुनसक्छ । प्राकृतिक सुन्दरतामा रमाउने र टेकिङमा जान चाहने पर्यटक विमानस्थलबाट सिधै वाहिर जान्छन् । सरकारले माइसलाइ प्रोत्साहन गर्न १ सय पर्यटक एकै कार्यक्रमका लागी ल्याउनेलाइ ५ लाख रुपैया प्रोत्साहन दिने निती ल्याएको छ । यसले व्यवसायीलाइ थप उत्साहित बनाएको छ । माइसका लागी होटलले क्षमता विस्तार गर्नुपर्छ ।
१०.
बन्द हड्ताल लगायतका अवरोधात्मक क्रियाकलापको अन्त्य गर्ने । राजनितीक दलहरुले पर्यटन बर्षभरि बन्द हड्ताल नगर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । व्यवसायीका लागी पर्यटक ल्याउने यो एउटा महत्वपूर्ण आधार हो । विदेशी टुर अपरेटरलाइ पनि यसले कन्फिडेन्स बढाएको छ । राजनितीक दलहरुको भूमिका अझै पनि प्रष्ट भइसकेको छैन तर अभियान सामाजिक रुपमा स्विकृत भइसकेकोले दलहरुलाइ नैतिक दवाव परेको छ । त्यसो त राजनितीक कुराले पर्यटक लाइ त्यति धेरै असर गर्दैन भन्ने तर्क गर्नेहरु पनि छन् । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको समय सन् २००३ मा पनि २ लाख ५० हजार पर्यटक नेपाल आएका थिए । द्धन्द्धको समयमा पनि पर्यटकलाइ ठूलो असर परेको थिएन ।

पर्यटन बर्ष मूल समितिका सदस्यसचिव प्रचण्डमान श्रेष्ठसंगको कुराकानीमा आधारित

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete