Tuesday, May 3, 2011

अप्रिलको पर्यटक आगमन उत्साहजनक


नया पत्रिका
काठमाडौं, १९ वैशाख
पर्यटन वर्ष २०११ को अप्रिलमा सबै क्षेत्रबाट आउने विदेशी पर्यटक बढेका छन् । दक्षिण एसिया, एसिया, युरोप र अमेरिकालगायतका सबै क्षेत्रबाट आउने पर्यटक यो महिना बढेका हुन् ।
२०११ को सुरुवातदेखि नै सकारात्मक रहेको पर्यटक आगमन चौथो महिनामा पनि कायम रहेको छ । अप्रिल महिनामा कुल ५१ हजार सय ६९ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हु“दै नेपाल भित्रिएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । यो संख्या २०१० को अप्रिल महिनाको तुलनामा ३४ दशमलब ३ प्रतिशतले बढी हो । सो महिना ३८ हजार ६ सय ९४ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए ।
अप्रिल महिनामा दक्षिण एसिया क्षेत्रको पर्यटक आगमन वृद्धिदर ३२ दशमलब ५ प्रतिशत छ । मुख्य बजार भारतबाट आउने पर्यटक ३८ दशमलब ३ प्रतिशतले बढेका छन् । यो महिना ११ हजार १ सय ८३ भारतीय पर्यटक हवाईमार्गबाट नेपाल आएका छन् । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरि“दैन । पछिल्ला केही महिनामा नेपाल पर्यटन बोर्डले भारतका विभिन्न सहरमा प्रचारात्मक अभियान सञ्चालन गरेको थियो । त्यस्तै भारतीय दैनिक जागरणमा ‘गर्मी से बेहाल, चलो नेपाल’ नामक अभियान सञ्चालन गरिएकोले भारतीय पर्यटक बढेको बोर्डको दाबी छ । पर्यटन वर्षमा भारतबाट २ लाख ५० हजार भारतीय पर्यटक भिœयाउने लक्ष्य राखिएको छ ।
अप्रिलमा अन्य दक्षिण एसियाली मुलुकहरू बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक पनि क्रमशः ५, ४ र ८४ प्रतिशतले बढेका छन् । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकका पर्यटक पनि गत वर्षको तुलनामा बढेका छन् । समग्रमा यो क्षेत्रको पर्यटक आगमन वृद्धिदर १८ दशमलब ४ प्रतिशत छ । भारतपछिको दोस्रो मुख्य बजार चिनिया“ पर्यटक ४२ दशमलब २ प्रतिशतले बढेका छन् । त्यस्तै जापानी पर्यटक १३ प्रतिशतले बढेका छन् भने थाइल्यान्ड, सिंगापुर र दक्षिण कोरियाबाट आउने पर्यटक पनि क्रमशः ५ दशमलब ६, ३७ दशमलब ३ र ३ दशमलब ७ प्रतिशतले बढेको अध्यागमन कार्यालयको तथ्यांकमा छ । मलेसियाली पर्यटक भने करिब १० प्रतिशतले घटेका छन् ।
युरोपियन बजारबाट २०११ को अप्रिलमा ४५ दशमलब ४ प्रतिशत बढी पर्यटक नेपाल आएका छन् । मुख्य सम्भावित बजारको रूपमा लिइएको बेलायत, फ्रान्स, जर्मनी, इटली, नेदरल्यान्ड, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड र रसियाबाट आउने पर्यटक बढेका छन् । बेलायती पर्यटक ५६ प्रतिशतले र स्पेनी पर्यटक ५ सय ८.६ प्रतिशतले बढेका छन् भने स्विडेनका पर्यटक ७० दशमलब ५ प्रतिशतले बढेका छन् ।
अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक पनि अप्रिलमा क्रमशः ४७ दशमलब ३ र ४६ दशमलब ७ प्रतिशतले बढेका छन् । त्यस्तै अमेरिकी पर्यटक २५ दशमलब ७ र क्यानडेली ३६ प्रतिशतले बढेका छन् । सरकारले भारत र चीनलाई प्राइमरी र युरोप तथा अमेरिकालाई सेकेन्डरी मार्केटको रूपमा प्रचार गरिरहेको छ ।
सन् २००९ को जुनदेखि सकारात्मक रहेको नेपालको पर्यटक आगमन वृद्धि हालसम्म पनि कायम छ । २०११ को जनवरीदेखि अप्रिलसम्म अन्तर्राष्ट्रिय पर्यटक आगमनको सरदर वृद्धिदर १८ दशमलब ४ प्रतिशत रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटन वर्षमा हवाईमार्गबाट ७ लाख पर्यटक ल्याउने लक्ष्य राखिएकोमा हालसम्म १ लाख ६८ हजार ९ सय ५८ पर्यटक नेपाल भित्रिएका छन् । मार्चमा यो संख्या १ लाख १६ हजार ९ सय ८९ थियो ।
गत महिना ५५ हजार ६ सय ३० विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हु“दै बाहिरिएका छन् । त्यस्तै ५६ हजार ६९ नेपाली सो मार्गबाट स्वेदश भित्रिएका छन् भने ६७ हजार २ यस ५१ नेपाली बाहिरिएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete