Tuesday, August 16, 2011

सिम्रिकले ल्यायो नयाँ हेलि











निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक सिमि्रक एयरले नयाँ हेलिकोप्टर ल्याएको छ । कम्पनीले एएस ३५० बी ३ प्लस मोडलको अत्याधुनिक हेलिकोप्टर ल्याएको हो ।

उच्च हिमाली क्षेत्रमा उडान भर्न सक्ने यो हेलिकोप्टरमार्फत पर्वतीय उडानका साथै पर्वतीय उद्धार र धार्मिक प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ । कैलाश मानसरोवर, मुक्तिनाथ, दामोदर कुण्ड, लुम्बिनी, पाथीभरा, हलेसी, खप्तडलगायतका धार्मिक गन्तव्यमा चार्टर उडान सञ्चालन गरिने सिमि्रक एयरका महाप्रबन्धक योगराज कँडेलले जानकारी दिए ।

फ्रान्समा निर्मित यो हेलिकोप्टरले १ हजार ४ सय किलोसम्मको भार बोक्न सक्छ । हेलिकोप्टरले नेपाल नागरिक उड्डन प्राधिकरणबाट ९ एन एजेभी रजिस्टे्रसन नम्बर प्राप्त गरेको छ । सिमि्रकले ल्याएको हेलिकोप्टर नेपालमा उपलब्ध हेलिकोप्टरमध्ये सबैभन्दा नयाँ भएको दाबी एयरलाइन्सको छ । युरोकप्टर कम्पनाीले जनवरी २०११ मा यसको निर्माण गरेको हो ।

६ सिट क्षमताको हेलिकोप्टर उडानका लागि तयारी अवस्थामा त्रिभुवन विमानस्थलमा राखिएको र २२ अगस्टदेखि व्यावसायिक उडान भर्ने कम्पनीले जनाएको छ । दक्ष चालक र आधुनिक प्रविधिका कारण विश्वसनीय र सुरक्षित हुने विश्वास कम्पनीको छ ।

सन् २०१२ भित्र ५ वटा हेलिकोप्टर पुर्‍याउने कम्पनीको लक्ष्य रहेको महाप्रबन्धक कँडेलले बताएका छन् । यसअन्तर्गत २०१२ को जनवरीमा र जुलाईमा युरोकप्टरको नयाँ २ मोडल खरिद गर्ने योजना रहेको उनले जानकारी दिए । यसका लागि कम्पनीले युरोकप्टर साउथ इस्ट एसियासँग सम्झौतासमेत गरिसकेको छ । २०५८ सालदेखि सेवा सुरु गरेको सिमि्रक एयरले मुलुकका सुगम र दुर्गम दुवै क्षेत्रमा हेलिकोप्टरमार्फत सेवा पुर्‍याइरहेको छ ।

No comments:

Post a Comment