Friday, August 12, 2011

अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि प्रस्ताव आह्वान


५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने

अन्तर्राष्ट्रिय हवाई सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य


४५ दिन भित्रमा प्रस्ताव पेश गर्नुपर्ने



लक्ष्मीप्रसाद खतिवडा\नयाँ पत्रिका
काठमाडौं २६ साउन
सरकारले अन्तर्राष्ट्रिय हवाई उडान गर्न निजी क्षेत्रलाइ सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएपछि पर्यटन मन्त्रालयले बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट प्रस्ताव आह्वान गरेको हो ।
सरकारको आह्वानपछि निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई कम्पनी स्थापना भई उडान प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको छ । अन्तर्राष्ट्रिय उडानका लागि निजी क्षेत्रले चासो व्यक्त गरेपछि सार्वजनिक आह्वान गरिएको हो मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । अन्तर्राष्ट्रिय उडानका लागि प्रतिस्पर्धा गराई छानेर अनुमति दिन प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव पेस गर्न सरकारले निश्चित सर्त तोकेको छ । मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार आन्तरिक उडान साचालनमा पाँच वÈ्रको अनुभवसहित ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् ।
त्यस्तै ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्नेछन् ।

सरकारको आह्वानपछि तोकिएको सर्त पूरा गरेर विभिन्न कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान अनुमति माग्न सक्ने मन्त्रालयले बताएको छ । गैरआवासिय नेपाली एनआरएनले पनि त्यसमा चासो राखेका छन् सहसचिव आचार्यले भने ।
जापानमा बसोबास गरिरहेका भुवन भट्टलगायतका गैरआवासीय नेपालीले अन्तर्राष्ट्रिय हवाई सेवाका लागि चासो राखेको बताइएको छ । त्यसका लागि उनीहरुले मन्त्रालयमा निवेदनसमेत दिइसकेका छन् ।
एनआरएनले जापानी लगानीकर्तासँगको सहकार्यमा भगवान बुद्ध एयरवेजको नाममा अन्तर्राष्ट्रिय विमान सेवा साचालन गर्न प्रस्ताव राखेको मन्त्रालय स्रोतले बताएको छ । हवाई नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाई सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।

त्यस्तै मुलुककै निजी क्षेत्रका ५ वटा आन्तरिक वायुसेवा कम्पनीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय विमानसेवा साचालनको प्रयास गरिरहेका छन् । बुद्ध यति अग्नि गुण्ँ र सिमि्रक एयरले बोइङको वाइड बडी जहाज ल्याउने गृहकार्य गरिरहेका भए पनि बुद्ध एयर त्यसबाट बाहिरिइसकेको छ ।

अन्तर्राष्ट्रिय उडान अनुमति पाउने कम्पनीले ५० लाख रुपैयाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । जुनकम्पनीको उत्कृष्ट मूल्यांकन हुन्छ त्यसले अन्तर्राष्ट्रिय उडान गर्न पाउछ । आचार्यले भने ।
उत्कृष्ट मूल्यांकनमा परेका दुई कम्पनीले यात्रुवाहक उडान गर्न पाउँछन् भने एउटा कम्पनीले कार्गो उडान गर्न पाउँछ । अनुमति पाउने कम्पनीले रुट रोयल्टीबापत प्रतिरुट ५ लाख रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै आवेदनका लागि ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।

सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण्ँका पाँच अधिकारी सदस्य रहने गरेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले विश्वका कुन-कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूण्र्ँ कागजपत्र ४५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ ।
तीन वर्षअघि गरिएको आह्वानमा बुद्ध युनिटी र डाइनामिक र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका थिए । त्यसमध्ये बुद्ध र श्रीले सेवा सुरु गरिसकेका छन् भने अन्य दुईको सेवा अन्योलमा छ । त्यसअघि निजी क्षेत्रका कस्मिक एयर एयर नेपाल यति एयर इन्टरनेसनललगायत कम्पनीले केही बर्ष अन्तर्राष्ट्रिय उडान गरेर सेवा बन्द गरेका थिए ।

No comments:

Post a Comment