Sunday, May 8, 2011

पाहुना अब पर्यटक


असल मुंग्रे केरा कि त मही हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुपमा नतर कसरी खानु यसरी
भुटी ल्यायौ थालमा मकइ तिमीले क्यान यसरी ।।

करिब एक सय ६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको वेला एउटा घरमा भुटेको मकै खान दिदा यो श्लोक रचेका रहेछन् । कामविशेषले वा यत्तिकै घुम्न जादा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साझका पाहुना देउता हुन् भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिन्छ ।
विशेषगरी, ०५२ अघिसम्म नेपालका अधिकांश जिल्लामा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउथ्यो । घरबेटीको आत्मीय व्यवहार पाउथ्यो । तर, माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पयो । कसैको घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो ।
द्वन्द्वका कारण बन्द भएका दैला अतिथि र आतिथ्यताका लागि पुनः खुल्न थालेका छन् । आप्नो दैलोमा पाहुनाको स्वागत गर्न वर्तमान पुस्ता जुर्मुराएको छ । तर, फरक के छ भने पाहुना अब पर्यटक भएका छन् । आन्तरिक पर्यटक । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम गर्न अबको पुस्ता लागिपरेको छ । केचनाका नेपालीले पनि पर्यटक बनेर कालापानीको भ्रमण गर्न थालेका छन् । आफ्नै नागरिकलाई पराइ ठान्नुपर्ने अवस्थाको अन्त्य भएपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न गाउवासी आतुर छन् ।
पर्यटकका लागि गाउ–गाउमा पूर्वाधार बन्न थालेका छन् र त्यसमा स्थानीय जनताको सक्रियता बढेको छ । गाउ पर्यटक मैत्री बन्न थालेको छ । यस्तै पर्यटक मैत्री बनेको गाउमध्येको एक हो, गोरखाको बेतिनी गाउ । मनकामना मन्दिरबाट २० मिनेटको पैदलयात्रामा पुग्न सकिने मगर जातिको बाहुल्यता रहेको बेतिनीमा होमस्टे सञ्चालन गनृ स्थानीयवासी तयार छन् । बेतिनीमा पर्यटकले स्थानीय संस्कृतिको आनन्द लिन सक्छन् । आन्तरिक पर्यटकलाई लक्षित गरेर गाउ–गाउका प्रत्येक घरमा सफा सुत्ने कोठा, शौचालय र स्नानघरको व्यवस्था गरिएको छ । यसबाट आन्तरिक पर्यटक आकर्षित हुने सम्भावना त छ नै उनीहरू आफै
लाई पनि फाइदा पुगेको छ ।
उता, मनकामनादेखि गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिरसम्म सांस्कृतिक पदमार्गको विकास गरिएको छ । प्रकृतिले बिछ्याएको हरियो कार्पेटमा हिड्नुको मज्जै अर्को छ । डाडातलतिर देखिएका सुन्तलाका बोट फुल्ने तरखरमा छन् । प्रथम सहिद लखन थापाको गाउमा पुग्दा देशभक्तिको भावना जागृत भएर आउछ । मनकामना मन्दिर घुमेर सिढी उक्लेपछि यो पदमार्ग सुरु हुन्छ ।
एघार सय फिटमाथिका गोरेटा बाटा नागबेली देखिन्छन् । बादल छोपिएको अवस्थामा पर क्षितिजतिर मोबाइल टावर देखिन्छ र त्योभन्दा पर लहरै हिमाल । यो पदमार्ग पदयात्राका लागि बनाइएको नितान्त नयँ गन्तव्य हो । कुमारी पदमार्ग भएकाले बाटाहरू राम्ररी व्यवस्थित भइसकेका छैनन् । मनकामना मन्दिरबाट तेर्सो र उकालो लागेपछि भेटिने बक्रेश्वर महादेव र डाडाको सिद्धगुफा धार्मिक पर्यटनका लागि उपयुक्तस्थल हुन् । सिद्धगुफामा ‘भ्युटावर’ राखेर त्यहीबाट अवलोकनको चाजो मिलाउन सकिने सम्भावना प्रशस्तै देखिन्छ ।
मन्दिरबाट पैदलै गोरखाबजारसम्म पुग्न बनाइएको ‘मनकामना–गोरखकाली सांस्कृतिक पदयात्राले बाह्यभन्दा आन्तरिक पर्यटनका लागि अझ उपयुक्त हुने देखिएको छ । यो पदमार्ग आन्तरिक पर्यटनकै लागि हो,’ जोमसोम ट्राभल्सका राजाराम बस्नेतले भने । उता गोरखाको उत्तरी क्षेत्र वारपाकमा पर्यटनको विकास गर्ने उद्देश्यले संगठित भएका उत्साहित महिला सेभेन सिस्टर नामले चर्चित हुन थालेका छन् । उनीहरूकै पहलमा वारपाकका २० वटा घरमा होमस्टे सुरु भइसकेको छ । दैनिक ४० जना पर्यटक होमस्टेमा बस्न सक्छन् । यसलाई विस्तार गर्ने योजनामा उनीहरू छन् ।
गोरखामा नुब्री सांस्कृतिक युवा उत्थान समिति, धार्जे मनास्लु पर्यटन विकास समिति, एडभेन्चर ग्रामिण विकास कार्यक्रम, चुम कल्याण समिति, गोर्खा समाज सेवा केन्द्र, मस्र्याङ्दी बा“ध तथा अकलादेवी पर्यटन विकास समितिलगायतका संघसंस्था पर्यटन विकासमा लागिपरेका छन् ।
त्यसो त सन् १९९८ मा मनाइएको नेपाल भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटनको लहर सुरु भएको थियो । विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुम्नकै लागि निस्कने नेपाली पनि बढेका थिए । रारा, डोल्पा, बन्दिपुर, माइपोखरीलगायतका स्थानमा हुने महोत्सवले पनि आन्तरिक पर्यटनलाई सघाएका थिए । तर, द्वन्द्वस“गै आन्तरिक पर्यटकको चहलपहल स्वात्तै घट्यो ।
पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर हुदैन । यो तथ्य बुझ्न थालेका छन्, गाउलेले । त्यसैले त उनीहरू आन्तरिक पर्यटक भियाउन लागिपरेका छन् । आतिथ्यता नेपालीको विशेषता हो । यसैलाई मन पराएर विदेशी आउछन् । एक अनौपचारिक तथ्यांकअनुसार, ७० प्रतिशतभन्दा बढी विदेशी पर्यटक नेपालको आतिथ्यता मन पराएर पुनः नेपाल घुम्न आउछन् ।
पर्यटनको अवधारणा नआइसकेको भए पनि एक ठाउका मानिस अर्को ठाउमा जाने निकै पुरानो चलन हो । खुम्बुका बासिन्दा जाडो महिनामा हिउ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि पहाड चढ्थे । रेस्टुरेन्टमा गएर खाने सहरिया जमात गाउ“को संस्कृतिमा रमाउन होमस्टे बस्न चाहन्छ । संस्कृतिको पनि व्यवसायीकरण हुन थालेको छ । पाहुना देउता हुन् उनीहरूसग पैसा लिनुहदैन भनेर आन्तरिक पर्यटन हुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न चितवनमा हजारौ“ खर्च गर्ने पर्यटकले गोरखाका मगरको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ ।
पर्यटक भएर कुनै ठाउमा पुग्नु त्यस ठाउको प्रकृति र संस्कृतिसग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । घुम्न चाहने आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिन्छ भनेर बुझाउन अझै बाकी छ । यसका लागि पर्याप्त प्रचार–प्रसारको खाचो छ । सरकारले सबैलाई पर्यटनसग जोड्न पर्यटनका लागि सगसगै भन्ने नारा लिएको छ । तर, प्रचार–प्रसार दस लाख पर्यटक ल्याउने सांख्यिक उद्देश्यमा केन्द्रित छ । गाउ–गाउसम्म पर्यटन पुग्न सकेकै छैन । करोडा रुपैया अन्तर्राष्ट्रिय प्रचारका लागि खर्च भइरहेको छ । संस्कृतिको व्यवसायीकरण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भनेर बुझाउन पर्याप्त प्रचार–प्रसारको खाचो छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विदेशी मात्र पर्यटक हुन् भन्ने मान्यतलाई पुर्णरूपमा हटाउन आवश्यक छ । आन्तरिक पर्यटनलाई ग्रामिण क्षेत्रको वैकल्पिक आर्थिक स्रोत बनाउन सकिन्छ । दिनभर काम गरेर पनि उनीहरूले साझ पर्यटकको सेवा गरेर आर्थिकोपार्जन गर्न सक्छन् । आन्तरिक पर्यटनको प्रवद्र्धन गरेर मात्र पर्यटनका लागि सगसगै भन्ने सरकारी नारा सार्थक बनाउन सकिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete