Thursday, May 12, 2011

सगरमाथामा किर्तिमानको, होड आप्पाले चढे २१ पल्ट


नयाँ पत्रिका

काठमाडौं, २८ वैशाख

सगरमाथा चढ्ने आरोही बढ्दै गएपछि नयाँ-नयाँ रेकर्ड बनाएर गिनिजबुकमा नाम लेखाउने होडबाजी चलेको छ ।विगतको तुलनामा हिमाल चढ्न सहज हुन थालेकाले नाम कमाउने होड चलेको हो ।
नेपालमा सबैभन्दा बढी विश्व कीर्तिमान हिमाल चढेरै बनेकोेे छ । सबैभन्दा कम र बढी उमेरमा, सबैभन्दाछिटो, सबैभन्दा धेरैपटकलगायत अन्य प्रकारले सगरमाथा चढी नेपाली आरोहीले कीर्तिमान बनाएका छन् ।

विनाअक्सिजन दसपटक सगरमाथा चढेका आङ्रिता शेर्पा हिमचितुवाका नामले विश्वमै चिनिएका छन् । सबैभन्दाधेरैपटक सगरमाथा चढेर 'सुपर शेर्पा' अर्थात् आप्पा शेर्पाले विश्व कीर्तिमान राखेका छन् । उनले २१ पटकसगरमाथाको चुचुरोमा झन्डा फहराएका थिए । आठ घन्टा १० मिनेटमा सगरमाथा चढेर पेम्बा दोर्जे शेर्पाले विश्वरेकर्ड बनाएका छन् । उनले दुवै मोहडाबाट एउटै मौसममा सगरमाथामा चढेर कीर्तिमान कायम गरेका हुन् ।


लामो समयसम्म सगरमाथाको चुचुरोमा बसेका स्वर्गीय बाबुछिरी शेर्पाको नाम पनि गिनिज बुकमा उल्लेख छ ।उनी २२ घन्टा सगरमाथाको चुचुरोमा बसेका थिए । त्यसअघि उनले १६ घन्टा ५६ मिनेटमा सगरमाथा चढी विश्वकीर्तिमान राखेका थिए । १६ वर्षकै उमेरमा सगरमाथा चढेपछि पेम्बाछिरी शेर्पाको नाम विश्व रेकर्डमा दर्ता भएकोथियो । यसअघि शम्भु तामाङले १८ वर्षको उमेरमा सगरमाथा चढी गिनिजबुकमा नाम लेखाएका थिए । उनीहरूकोरेकर्डलाई १३ वर्षे जोर्डन रोमेरोले तोडेका छन् । तर, उनी चिनियाँ मोहडाबाट सगरमाथा चढेका हुन् ।


तीन मिनेटसम्म सगरमाथामा नांगै बसेको दाबी गरेका लाक्पाथार्के शेर्पाको नाम पनि गिनिजबुकमा उल्लेख छ ।उनले माइनस ४० डिग्री सेल्सियसमा नांगै बसेको बताएका छन् । सगरमाथाको चारै मोहडाबाट सगरमाथा चढेरकुसाङ शेर्पाले पनि गिनिजबुकमा नाम लेखाएका छन् । त्यस्तै ७६ वर्ष ११ महिनाको उमेरमा सगरमाथा चढेकामीनबहादुर शेरचनको नाम पनि गिनिजबुकमा लेखिएको छ । उनको रेकर्ड तोड्न असफल प्रयास गरेका ८२वषर्ीय शैलेन्द्रकुमार उपाध्यायको हालै सगरमाथा चढ्ने क्रममा मृत्यु भएको थियो ।


महिलाका तर्फबाट पहिलोपटक सगरमाथा चढेकी थिइन्- जुन्को तावेई -जापान) ले । नेपालका तर्फबाट भनेपासाङल्हामु शेर्पा पहिलोपटक सगरमाथा चढेकी थिइन् । बाबुछिरी शेर्पाले सगरमाथामा सुतेर तथाविनाअक्सिजन २१ घन्टा बिताएर कीर्तिमान बनाएका छन् । तेम्बाछिरी शेर्पाले सबैभन्दा कम उमेरमा सगरमाथाचढी कीर्तिमान कायम गरेका थिए । उनले १६ वर्षमै सगरमाथा चढेका थिए । पहिलो पत्रकार आरोहीको रेकर्डराखेका छन्- आङ्छिरिङ शेर्पाले । मोनी मुलेपती र पेम्बादोर्जी शेर्पाले सगरमाथाको चुचुरोमा बिहे गरी कीर्तिमानबनाएका छन् । जोन रोक र रोक बेटान्ड -बाबु-छोरा) ले एकैसाथ सगरमाथा चढी कीर्तिम्ाान बनाएका थिए ।


गाह्रो काम भए पनि पर्याप्त तालिम र आधुनिक उपकरणका कारण आरोहण सहज हुन थालेपछि सगरमाथा चढेरकीर्तिमान राख्न होडबाजी चलेको आरोहीहरू बताउँछन् । सगरमाथा चढ्ने उत्सुकताले नेपालीहरू आरोहणका लागिउत्साहित हुन थालेको उनीहरूको भनाइ छ ।


पर्वतारोहणका लागि पहिलेजस्तो आवश्यक सामग्री अभाव नभएको व्यवसायीहरूकोअनुभव छ । 'अहिलेआवश्यक सामान र उपकरण भाडामा समेत पाइन्छन् भने प्रायोजक पाउनसमेत गाह्रो नभएको,' एसियनटे्रकिङका अध्यक्ष आङ्छिरिङ शेर्पाले भने । पछिल्लो समयमा सगरमाथा आरोहणका लागि तालिम लिनथालिएको उनले बताए । केही समयको सैद्धान्तिक र प्रयोगात्मक तालिमपछि सगरमाथा आरोहणका लागिपठाउने गरिएको उनले जानकारी दिए । पर्याप्त प्रशिक्षण, उपकरण र आर्थिक स्रोत भएमा जोकसैले सगरमाथाचढ्न सक्ने अवस्था सिर्जना भएको छ । तर, स्वास्थ्य र मौसमले साथ दिनुपर्छ ।


यसैबीच, कीर्तिमानी आरोही आप्पा शेर्पाले २१औँ पटक सगरमाथा चढेर आफ्नो कीर्तिमान आफैँ तोडेका छन् ।बुधबार बिहान सवा नौ बजे उनले सगरमाथामा पाइला टेकेको पर्यटन मन्त्रालयले पुष्टि गरेको छ । उनीसँगै चारनेपाली शेर्पा, एक स्विस र एक अमेरिकीसमेतले सगरमाथा चढेको मन्त्रालयले जनाएको छ ।


एसियन टे्रकिङको व्यवस्थापनमा इको एभरेस्ट एक्सपिडिसनको सफाइ अभियानका लागि २३ चैतमा उनीसगरमाथा आधारशिविर गएका थिए । उनले तीन वर्षदेखि लगातार एक्सपिडिसनको सफाइ अभियानलाईसघाउँदै आएका छन् । एसियन ट्रेकिङका अध्यक्ष आङ्छिरिङ शेर्पाका अनुसार उनले मंगलबार राति १० बजे सातहजार नौ सय मिटरको उचाइबाट यात्रा थालेका थिए । योे सगरमाथाको अन्तिम आधार शिविर हो ।

पहिलोपटक सन् १९९० मा सगरमाथा चढेका शेर्पाले सन् १९९२ मा दुईपटक सगरमाथा चढी कीर्तिमान बनाएकाथिए । सन् १९९९ मा दसौँपटक आरोहण गरी शेर्पाले बनाएको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete