Monday, May 23, 2011

राजनीतिक प्रभाव पर्यटन व्यवसायमा पनि


नयाँ पत्रिका
काठमाडौं, ८ जेठ
संविधानसभाको म्याद सकिने दिन नजिकि“दै गएपछि यसको प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ । विभिन्न्न माग राखेर लगातार रूपमा बन्द–हड्ताल हुन थालेपछि यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा देखिएको व्यवसायीहरूले बताएका छन् ।
राजनीतिक दलले गरेको लिखित प्रतिबद्धताविपरीत बन्द–हड्ताल हुन थालेपछि पर्यटन व्यवसायी आत्तिएका छन् । ‘बन्द–हड्ताल नहुने विश्वासका साथ पर्यटन वर्ष घोषणा भयो । बन्द हुन थालेपछि यसमा गम्भीर असर परेको छ,’ पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भने । व्यवसायीले बन्द–हड्ताल नगर्ने लिखित प्रतिबद्धतालाई पर्यटन वर्ष घोषणाको पूर्वसर्त मानेका थिए ।
बारम्बार बन्द हुन थालेपछि पर्यटन व्यवसायी राजनीतिक दललाई आफ्नो प्रतिबद्धता स्मरण गराउने मनस्थितिमा पुगेका छन् । व्यवसायीले पर्यटन वर्षको औपचारिक घोषणापूर्व संविधानसभामा प्रतिनिधित्व गर्ने १७ दलस“ग लिखित प्रतिबद्धता लिएका थिए । अन्य भ्रातृ संगठन र राजनीतिक समूहले पनि बन्द गर्न थालेपछि उनीहरूलाई समेत लिखित प्रतिबद्धता गर्न लगाउने तयारी भइरहेको बताइएको छ । पर्यटन वर्ष सुरु भएयता दुई दर्जनभन्दा बढी साना–ठूला बन्द भइसकेका छन् ।
‘राजनीतिक अस्थिरता र असुरक्षाको प्रत्यक्ष असर पर्यटन व्यवसायमा तत्काल पर्ने संकेत देखिएको छ,’ पर्यटन व्यवसायी तथा नाट्टाका महासचिव मधुसूदन आचार्यले भने । बन्दको असर पर्यटन क्षेत्रमा लामो पर्ने उनी बताउ“छन् । ‘असुविधा भोगेर फर्केको पर्यटकले अरूलाई यहा“ आउन सल्लाहा दि“दैन,’ उनले भने । उपत्यका बन्दका कारण आइतबार पर्यटकका गतिविधिमा असर परेको व्यवसायीले बताएका छन् ।
बन्दका कारण अधिकांश पर्यटक आफू बसेको होटलबाहिर निस्केर अन्य गतिविधिमा संलग्न हुन पाएका छैनन् । आइतबारका दृश्यावलोकन र सांस्कृतिक प्रदर्शनीका सबै गतिविधि स्थगित गरिएको नाटोले जनाएको छ । इन्धन अभावले सुचारु रूपमा सवारी साधन चल्न नसक्ने अवस्था रहेकोमा त्यसमाथि बन्दका कारण्ँ भ्रमण्ँमा आएका पर्यटक दृश्यावलोकनमा जान नपाई बसाइ छोट्याउन बाध्य भएको व्यवसायीको भनाइ छ ।
राजनीतिक प्रभाव होटल बुकिङमा पनि देखिएको छ । होटल संघ नेपाल हानका अनुसार जेठ १४ को पूर्वसन्ध्यामा आएर केही होटलका बुकिङ रद्द भएका छन् । बन्द–हडतालका कारण सुरÔाको प्रत्याभूति दिलाउन गाह्रो पर्ने र पर्यटकमा मनोवैज्ञानिक प्रभाव पर्ने व्यवसायीको भनाइ छ ।
बन्द–हडतालको शृंखला बढेपछि विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्दा सचेत हुन आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेका छन् । संविधान निर्माण्ँमा भइरहेको अन्योल र बन्दको शृंखला बढेको भन्दै अस्ट्रेलियन सरकारले गत महिना नै नेपाल भ्रमण्ँ गर्दा सचेत रहन आफ्ना नागरिकलाई सूचित गरेको थियो । संविधान निर्माण्ँको म्याद नजिकिएकोले लगातार राजधानीलगायत प्रमुख सहरमा बन्द, हडताल र हिंसात्मक गतिविधि हुन सक्ने भएकाले सावधान रहन सूचित गरिएको एड्भाइजरीमा उल्लेख छ । उसले अहिलेसम्म ट्राभल एड्भाइजरी अपडेट गरेको छैन ।
गत महिना नै अमेरिकाले पनि नेपाललाई लिएर कडा एड्भाइजरी जारी गरेको थियो । यसअघि पर्यटन वर्ष घोषणा भएकै दिन पनि अमेरिकाले ट्राभल एड्भाइजरी अपडेट ग¥यो भने बेलायत सरकारले पनि १९ मेमा ट्राभल एड्भाइजरी अपडेट गरेको थियो ।
यसैबीच पर्यटन व्यवसायीले उपत्यका बन्दको विरोधमा आइतबार ¥याली निकाले । बन्द होइन संविधान भन्ने नारासहित ठमेलको सञ्चयकोषबाट सुरु भएको ¥याली दरबारमार्ग, सहिदगेट, रत्नपार्क हु“दै पुनः ठमेलमै पुगेर टुंगिएको थियो । बन्दले सबैभन्दा छिटो प्रभाव पार्ने पर्यटन क्षेत्र भएको भन्दै व्यवसायीले यसबाट पर्ने असरले नेपालको छविसमेत बिग्रिने बताए । ¥याली समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले बन्द–हड्लालको संस्कृति नै गलत भएको भन्दै बन्दकर्ताको उद्देश्य जायज भए पनि माग पूरा गराउन अपनाइएको शैलीको विरोध गरे । कोणसभामा व्यवसायीहरूले बन्दको शृंखला अन्त्य गर्न आग्रह गर्दै नरोकिए प्रतिकार गर्ने चेतावनी दिए । पर्यटन बोर्ड, पर्यटन वर्ष सचिवालय तथा हान, नाट्टा, नाटो, टानलगायतका पर्यटनसम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै पर्यटन र समग्र आर्थिक क्षेत्रलाई असर पर्ने बन्द–हडतालका कार्यक्रम नगर्न बन्द आयोजकलाई आग्रह गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete