Friday, May 27, 2011

जहाज पार्टपुर्जा खोज्ने प्रतिवेदन गायब


नया पत्रिका
काठमाडौं, १२ जेठ
नेपाल वायुसेवा निगम (नेवानि) को जहाजबाट पार्टपुर्जा हराएको सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दुई साता बित्दा पनि पर्यटन मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।
समितिले २९ वैशाखमै पर्यटन मन्त्रालयका सचिव किशोर थापालाई प्रतिवेदन बुझाएको थियो । थापा अहिले निर्वाचन आयोगमा सरुवा भइसकेका छन् । हालसम्म प्रतिवेदन सार्वजनिकसमेत भएको छैन । प्रतिवेदन संवेदनशील भएकाले सार्वजनिक नगरिएको मन्त्रालयको भनाइ छ । प्रतिवेदनमा पार्टपुर्जा चोरीमा निगमकै उच्च अधिकारीको संलग्नता किटानी गरिएको स्रोतको दाबी छ ।
सामान मेसिनको प्रयोग गरेर चोरी भएको र विमानस्थलबाट सामान बाहिर निकाल्ने कन्भेयरबेल्टबाट बाहिर निकालेर गायव गरिएको प्रतिवेदनले औल्याएको छ । ‘कारबाहीका लागि सुझाब दिएका छौ, तर मन्त्रालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन,’ समितिका एक सदस्यले भने । प्रतिवेदनले निगमभित्रका संरचना सुधारलगायतका थुपै्र विषय उठाए पनि कार्यान्वयन नभएको उनी बताउछन् । नियमित रूपमा सामान चेकजाच गर्नुपर्नेमा महिनौदेखि नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सामान हराएको १९ दिनपछि निगमको सरोकारवाला पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको थियो । उपसचिव प्रभा वैद्यको संयोजकत्वमा गठित चार सदस्यीय समितिमा निगमका दुई र नेपाल नागरिक उड्डयन प्राधिकरण्का एक अधिकारी सदस्य थिए । १५ दिनभित्र प्रतिवेदन बुझाउने अवधि दिइएकोमा दुई महिनामा प्रतिवेदन बुझाइएको थियो । मन्त्रालयले यसअघि फागुन १६ मा निगम व्यवस्थापनलाई हराएका पार्टपुर्जाबारे तुरुन्त यथार्थ विवरण् बुझाउन निर्देशन दिएको थियो ।
त्यति ठूलो सामान चोरी हुदा निगम व्यवस्थापनले आन्तरिक छानबिनसमेत नगरेकोमा कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् । दुईजना हाकिमको लडाइ“ले सामान हराएको विषय ओझेलमा परेको निगम अधिकारीहरू बताउ“छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको निगमको बोइङ ९ एन एसिए जहाजबाट गत फागुनको पहिलो साता साढे ४ करोड रुपैया“भन्दा बढी मूल्य पर्ने पार्टपुर्जासहितको बाकस हराएको थियो । ग्राउन्डेड जहाजको नियमित परीÔण् गर्ने क्रममा निगमका इन्जिनियरहरूले बाकस नभएको थाहा पाएका थिए । फ्लाइट अल्वेज किट (एफए किट) भनिने बाकसमा जहाजका पांग्रा, ग्यास सिलिन्डर, सानातिना औजार, फ्युल फ्लो गभर्नरलगायत जहाजका जगेडा पार्टपुर्जा राखिन्छ ।
बाकस हराएपछि निगमले नया दिल्ली, हङकङ, बैंकक, क्वालालम्पुर, दुबई र दोहा सेक्टरमा पत्राचार गरी किट बाकसबारे जानकारी मागेको थियो । ती सेक्टरबाट आफ्ना विमानस्थलमा किट बाकस नरहेको जानकारी आएको प्रतिवेदनमा उल्लेख छ ।
करिब दुई दशकअघि पनि जहाजको किट बाकस यसैगरी हराएको र जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा भेटिएको थियो । बाकसभित्रका सामान ७५७ मोडेलकै जहाज भएका कम्पनीले मात्र किन्छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete