Thursday, May 5, 2011

नेवानि अध्यक्ष मै हुँ - सचिव


नया पत्रिका
काठमाडौं, २१ वैशाख
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल वायुसेवा निगम (नेवानि) सञ्चालक समितिका अध्यक्ष किशोर थापाले हाललाई कार्यकारी अध्यक्ष आफैं र कार्यकारी प्रमुख महाप्रबन्धक नै हुने निर्देशन दिएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार बसेको बैठकमा उनले सरोकारवालालाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
निगममा सुगतरत्न कंसाकार र कुलबहादुर लिम्बूबीच कार्यकारी विवाद चर्केपछि उनले बैठक बोलाएका थिए । महाप्रबन्धक लिम्बू, सञ्चालक समिति सदस्य तथा निगमका उच्च अधिकारीहरू उपस्थित बैठकमा उनले कार्यकारीका विषयमा विवाद नगर्न आग्रह गरे । समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिएका छन् । बुधबार नै महाप्रबन्धक लिम्बूको निर्देशनमा निगम व्यवस्थापनले कंसाकारको कार्यकक्षमा ताला लगाइदिएको छ । मन्त्रिपरिषद्ले अर्को निर्णय नगरेसम्म अध्यक्ष नरहेकोले कार्यालयमा ताला लगाइएको व्यवस्थापनको भनाइ छ ।
जहाज खरिद प्रकरणमा निलम्बनमा परेका कंसाकारले अदालतबाट सफाइ पाएलगत्तै स्वतः पदहाली भएको भन्दै कार्यभार सम्हालेका थिए । कंसाकारले पदबहाली गरेको दुई सातापछि लिम्बूले कंसाकार निगमको कर्मचारी नै नभएको विज्ञप्ति जारी गरेका छन् । बुधबार उनले कंसाकारले पद बहाली गरेको भन्ने भ्रम आमनागरिकमा पर्न गएको दाबी गरेका छन् । मन्त्रिपरिषद्ले मंसिर १२ मा पर्यटन मन्त्रालयका सचिव किशोर थापालाई निगमको कार्यकारी अध्यक्षमा नियुक्ति गरेको र उनी सो पदमा बहालै रहेको जिकिर लिम्बूले विज्ञप्तिमा गरेका छन् ।
कंसाकारलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को अर्को निर्णय नआएसम्म उनी निगमको कुनै पदमा नरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लिम्बूको नाम र हस्ताक्षर भने छैन । कंसाकारसग निगमसम्बन्धी कुनै कारोबार नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । कंसाकारसग गरिने कार्यालयसम्बन्धी कुनै पनि कारोबार गैरकानुनी हुने विज्ञप्तिमा उल्लेख छ । कंसाकारले भने अदालतबाट सफाइ पाएपछि आफू स्वतः कार्यकारी अध्यक्ष भएको बताउदै आएका छन् ।
एयरबस खरिदको बैना प्रकरणमा कमिसनलगायत अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेपछि गत पुस ९ मा कंसाकार निलम्बनमा परेका थिए । अदालतबाट सफाइ पाएपछि स्वतः पदमा पुनर्बहाली भएको भन्दै कंसाकारले कार्यकारी अध्यक्षको रूपमा पदवहाली गरेपछि महाप्रबन्धक कुलबहादुर लिम्बूले यसको विरोध गर्दै आएका छन् ।
थापालाई अर्को व्यवस्था नहुन्जेलका लागि नियुक्त गरिएकाले आफू अध्यक्ष भएको उनको भनाइ छ । निलम्बनमा परेपछि सरकारले गत माघमा अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समितिमा पर्यटनसचिव किशोर थापालाई कार्यकारी अध्यÔको जिम्मेवारी सुम्पे पनि सफाइ पाएपछि आफू अध्यÔ भएको उनले बताएका थिए । कंसाकारले पदबहाली गरेपछि लिम्बूले सरकारद्वारा थापाको अधिकार समाप्त भएको निणय नहुदासम्म कंसाकार बहाल हुन नसक्ने भन्दै मन्त्रालयलाई चिठी पठाएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete