Saturday, May 21, 2011

बुद्धजयन्तिले लुम्विनिका होटल भरिए


नया पत्रिका
लुम्बिनि, ३ जेठ
बुद्ध जयन्तीका कारण लुम्बिनीका अधिकांश होटल तथा लज भरिभराउ भएका छन् । २५ सय ५५ औं वुद्धजयन्तिका लागि आन्तरिक तथा वाह्य पर्यटक सोमवारदेखि नै आएकोले होटल खचाखच भएका हुन् ।
अहिले लुम्बिनिका होटलमा चिनिया, थाइ, भारतीय, कोरियन तथा श्रीलंकन पर्यटक बढि छन् । पछिल्लो बर्षको भन्दा यस वर्ष भारतीय पर्यटक बढेको व्यवासायी बताउछन् । यस्तै बुद्धजयन्तिले लुम्विनिमा आन्तरिक पर्यटक बढेको होटल बुद्धमायाका अर्थ प्रवन्धक चन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार आन्तरिक पर्यटकका रोजाइ भने मध्यम स्तरका होटल तथा लज हुने गरेका छन् ।
बुद्धजयन्तिका लागि करिब १ हजार पर्यटक आइपुगेको स्थानिय होटल व्यवसायिले बताएका छन् । लुम्बिनिका अधिकांश ठूला होटल तथा मध्यमस्तरका लज सोमबारदेखि बुधवारसम्म तीन दिनका लागि बुक भएको उनले बताए । लुम्विनिमा भर्खरै सञ्चालनमा आएको सनफ्लावर ट्राभलर्स लजले पनि तीन दिनका लागी सबै कोठा बुक भएको जानकारी दिएको छ । अन्य समयको तुलनामा अकुपेन्सी करिव ४० देखि ५० प्रतिशत हुने होटल अहिले भरिभराउ हुने गरेको होटलका व्यवस्थापक मोसी काओ ले बताइन् । ‘अन्य समयमा आधा कोठा मात्र भरिन्थे । अहिले सबै भरिएका छन् ।’ काओले भनिन् । यो ६ महीनाबाट सञ्चालनमा आएको चिनिया व्यवस्थापको होटल हो ।
तीनतारे सरहको सुविधा भएको बुद्धमायामा नर्मल र डिलक्स गरि ५० वटा कोठा छन् । अन्य समयमा ४० दखि ५० प्रतिशत अकुपेन्सी हुने गरेकोमा सो होटल पनि अहलिे भरिएको छ । लुम्बिनिमा अहिले पर्यटकको अफ सिजन भएपनि बुद्ध जयन्तीका कारण व्यापार बढेको छ ।
लुम्बिनिमा ठूला होटलको शुल्क प्रतिरात नेपालीका लागि ४ हजार रुपैया र विदेशीका लागि ६० देखि १ सय डलरसम्म पर्छ । मध्यम स्तरका होटल तथा लजले भने प्रतिरात नेपालीलाई ८ सय रुपैया र विदेशीलाई १ हजार देखि १२ सय रुपैया लिने गरेका छन् ।
बुद्ध जयन्तीका कारण लुम्बिनि भित्र रहेका विहार समेत भरिएका छन् । मापदण्ड अनुरुप बनाइएका चिनिया विहारले १२ जनासम्म मात्र राख्न पाउछन् भने अन्यले मापदण्ड मिचेर ३ सयसम्म पर्यटक राख्ने गरेका छन् । विहारमा भने अधिकांश भिक्षु बस्ने गरेका छन् । लुम्बिनि क्षेत्रभित्र मलेसिया, थाइल्याण्ड तथा श्रीलंका लगायतका सरकारले बनाएका दुइ दर्जन भन्दा बढि गुम्बा छन् ।
लुुम्बिनीमा सानाठूला गरि दुई दर्जन बढि होटल छन् । पछिल्ला केहि बर्षमा चार तारे स्तरसम्मको सुविधा दिने स्तरीय होटल खुल्न थालेको श्रेष्ठले बताए । पर्यटन वर्È लाई लÔित गरेर लुम्बिनीका होटलहरुले आन्तरिक पर्यटकलाई समेत लÔित गरी सेवा सुविधा उपलब्ध गराइरहेका छन् । लुम्बिनिको सबैभन्दा पुरानो होक्के होटलमा जापानीज शैलिका २० र पश्चिमेली शैलीका ७ गरी २७ कोठा छन् । त्यस्तै एक वर्È अघिदेखि सञ्चालनमा आएको लुम्निीको एक मात्र तीनतारे होटल लुम्बिनी कासाईले पनि आन्तरिक पर्यटकलाई लÔित गरी सेवा दिइरहेको छ । १३ करोड Ôेत्रफलमा फैलिएको होटलमा दुइटा भीभीआईपीसहित ३० वटा कोठा छन् ।
अर्को स्तरिय पार्क भिलेज होटलमा ५० कोठा छन् भने हालै निर्माण सम्पन्न भएको बेम्बो रिसोर्टमा २५ वटा कोठा छन् । पछिल्ले समय होटलले लगानि थप्पे क्रम बढेकोे छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete