Saturday, May 21, 2011

पर्यटन निती कार्यान्वयन भएन

नयाँ पत्रिका

काठमाडौं, २६ वैशाख

पर्यटन क्षेत्रको विविधीकरण र विस्तारद्वारा स्वरोजगार सिर्जना गरी गरिबी निवारण एवं जीवनस्तरमा सुधार गर्ने उद्देश्यले ल्याइएको पर्यटन नीति ०६५ प्रभावकारी रूपमा लागू हुन सकेको छैन । नीतिले लक्षित गरेका उपलब्धि हासिल गर्न सरकारले ठोस कार्यक्रम नल्याएका कारण नीति कार्यान्वयन हुन नसकेको हो । पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गरी सुरक्षित तथा नियमित हवाई तथा स्थल यातायातको माध्यमबाट पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले पर्यटन नीति ०६५ जारी भएको थियो ।

नीतिमा पर्यटन उद्योगले उपलब्ध गराउने सेवाको क्षमताका आधारमा ठूला, मझौला र साना उद्योगमा वर्गीकरण गरिने उल्लेख छ, तर अहिलेसम्म सरकारले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिए पनि वर्गीकरण गरेको छैन । पर्यटनले कुल गार्हस्थ उत्पादनमा पुर्‍याएको योगदान यकिन गर्ने पद्धतिको विकासका लागि 'स्याटलाइट एकाउन्टिङ सिस्टम' लागू गरिने उल्लेख भए पनि यसका लागि कुनै ठोस काम भएको छ्रैन ।

नेपाल पर्यटन बोर्डको उदासीनताका कारण स्याटलाइट एकाउन्टिङका लागि छुट्याइएको १५ लाख रुपैयाँ पि|mज हुने अवस्थामा पुगेको छ । तथ्यांक विभागसँग समन्वय गर्नुपर्ने भएकाले समयमा काम नभएको बोर्डको भनाइ छ । बोर्डले स्याटलाइट एकाउन्टिङका लागि नेसनल स्टाटिस्टिकल इन्स्िटच्युट नामक गैरसरकारी संस्थालाई जिम्मा दिएको, तर उसले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।

पर्यटन नीतिमा मुलुकको अर्थतन्त्रमा विकासको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको अवधारणासहित पर्यटन उद्योगको विकास एवं विस्तार गर्न गुरुयोजना तयार गरी आवधिक योजना तथा वाषिर्क कार्यक्रममा समावेश गर्ने उल्लेख छ । तर, हालसम्म पर्यटन गुरुयोजना तयार भएको छैन ।

पर्यटनसम्बन्धी सूचना एकीकृत गरी डिजिटल र अन्य तरिकाले उपलब्ध गराउन सूचना व्यवस्थापन प्रणाली अपनाइने र पर्यटनसम्बन्धी तथ्यांकलाई भरपर्दो तथा अद्यावधिक गराई निर्णय निर्माणको आधार बनाइने नीतिमा उल्लेख छ । तर, मन्त्रालयले नीतिअनुसार सूचना व्यवस्थापन प्रणाली तयार गरेको छैन । पर्यटन मन्त्रालयले भने केन्द्रीकृत सूचना प्रणाली तयार गर्न चालू वर्षको कार्यक्रममा बजेट छुट्याइएको र पर्यटकीय तथ्यांक अद्यावधिक र भरपर्दो बनाउन कार्यनीति तयार गर्ने काम भइरहेको बताएको छ ।

पर्यटन नीतिअनुसार त्रिवषर्ीय योजना -०६४/६५-०६६/६७) मा पर्यटक आगमन वाषिर्क ७ लाख पुर्‍याउने, पर्यटकको औसत बसाइ अवधि १३ दिन पुर्‍याउने, पर्यटन क्षेत्रबाट ३० करोड डलर विदेशी मुद्रा आर्जन गर्ने, कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतको योगदान पुर्‍याउने, १ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगार दिलाउनेजस्ता लक्ष्यसहितको कार्यक्रम उल्लेख छ । तर, सोअनुरूपको प्रगति

स्थिति छैन । 'कति प्रगति भयो भनेर विश्लेषण नै भएको छैन,' पर्यटन मन्त्रालयकै अधिकारीहरू भन्छन् । पर्याप्त स्रोत साधनको अभावमा तथ्यांक अद्यावधिक गर्न नसकिएको अधिकारीहरूको भनाइ छ ।

त्रिवषर्ीय योजनाको लक्ष्यअनुसार पर्यटकको सरदर आगमन ७ लाख पुगेको छैन । सन् २००९ मा करिब ५ लाख पर्यटक आएकोमा यो संख्या २०१० मा ६ लाख २० हजार पुगेको छ । सन् २०११ मा दस लाख पर्यटकको लक्ष्य राखिएकोमा पहिलो चार महिनासम्मको सरदर पर्यटक आगमन वृद्धिदर १८ प्रतिशत रहेको पर्यटन मन्त्रालय तथ्यांक शाखाले जनाएको छ । वर्षको पहिलो चार महिनामा हवाईमार्गबाट करिब १ लाख ८० हजार पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिवषर्ीय योजनामा पर्यटकको बसाइ अवधि १३ दिन पुर्‍याउने लक्ष्य राखिएको छ । सन् २००९ मा पर्यटकको सरदर बसाइ अवधि ११ दशमलव ३२ दिन थियो । २०१० को तथ्यांक नआइसकेको भए पनि ट्रेकिङका लागि आउने पर्यटक संख्या बढेकाले बसाइ अवधि बढ्ने अपेक्षा गरिएको पर्यटन मन्त्रालय तथ्यांक शाखाका उपसचिव रवि कायस्थ बताउँछन् । नयाँ टेकिङ रुटको विकास भएकाले बसाइ अवधि बढ्नसक्ने उनको अनुमान छ ।

त्रिवषर्ीय योजनामा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको थियो । नेपाल राष्ट्र बैंकको सन् २०१० को तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत छ । पर्यटन वर्ष २०११ अभियानका कारण यो प्रतिशत केही बढ्ने अपेक्षा बैंकको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०६६/६७ मा पर्यटन क्षेत्रबाट २८ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, चालू आवको पहिलो ६ महिनाको आम्दानी १३ अर्ब ५१ करोड रुपैयाँ छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete