Monday, May 30, 2011

३ सयले ज्यान गुमाइसके सगरमाथाको काखमा


नया पत्रिका
काठमाडौं, १५ जेठ
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न विश्वभरबाट सयौं आरोहिहरु नेपाल आउछन् । सगरमाथा चढ्न सरकारबाट अनुमति लिने व्यक्तिको संख्या बर्षैपिच्छे बढ्दो क्रममा छ । संगसंगै सगरमाथामा दुर्घटनाहरु पनि बढिरहेका छन् । सगरमाथा आरोहणजस्तो जोखिमपूर्ण कामलाइ सहज रुपमा लिइदिनाले आरोहणका क्रममा हरेक बर्ष मासिनसहरुको मृत्यु हुन थालेको छ ।
सगरमाथा आरोहणका क्रममा सन् २००९ मा ५ जना आरोहिको मृत्यु भएको थियो । सन् २०१० मा भने कुनै आरोहिको पनि मृत्यु भएन । यस बर्ष सन् २०११ मा एक जना नेपाली र २ विदेशी गरि ३ जना आरोहिले सगरमाथामा ज्यान गुमाएको पर्यटन मन्त्रालय पर्यटन उद्योग महाशाखाले जनाएको छ । सगरमाथामा हालसम्म कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कसैसंग छैन । तर सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण भएदेखि हालसम्म करिव ३ सय जनाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएको जानकारहरु बताउछन् । करिव ५ हजार जना सगरमाथा पुगी सकेका छन ।
सगरमाथा आरोहण जस्तो साहसिक कामलाइ सहज रुपमा लिइदिनाले दुर्घटना हुने गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा सगरमाथा आरोहि आङछिरिङ शेर्पा बताउछन् । दुर्घटनाको पहिलो कारण भने मौसमको खरावी हो । त्यस्तै पछिल्ला केहि बर्षमा किर्तिमानको होड पनि दुर्घटनाको कारण बनेको छ । सगरमाथा आरोहणका लागी पर्याप्त तयारी पूर्व सावधानी आवश्यक रहेको अनुभब विज्ञहरुको छ ।
दुर्घटना बढेपनि सगरमाथा चुम्न चाहनेहरुको उत्साह भने घटेको छैन । विगतको दाजोमा अहिले सगरमाथा आरोहण सहज भएकोले सगरमाथा चढ्नु फेसन जस्तै भएको छ । त्यहा पुग्ने बाटोका बारेमा गाइडहरुलाइ पूर्व जानकारी हुनु तथा अप्ठ्यारो बाटोमा सगरमाथा प्रदुषण नियन्त्रण समितिले व्यवसायिक रुपमा पुल निर्माण गरिदिएकोले आरोहण सहज भएको आरोहिहरु बताउछन् । समितिले विचमा पर्ने खरपस तथा अप्ठ्यारो बाटोमा भ¥याङ र डोरी राखिदिएको सगरमाथा आरोहि संघले जनाएको छ । यसलाइ आरोहिले निश्चित शुल्क तिरेर प्रयोग गर्ने गर्छन् । बाटो सहज र परिचित हुन थालेकोले सगरमाथामा किर्तिमानको होड चलेको पर्वतारोहण विज्ञहरु बताउछन् ।
यो सिजनमा सगरमाथा आरोहि र सहयोगी शेर्पा सहित झण्डै १ हजारले सगरमाथा पुग्न प्रयास गरेका थिए । यसमध्ये अधिकांशले सफलता पाएका छन् । सन् २०१० मा २५ टोलीले र सन् २००९ मा २४ टोलीले सगरमाथा आरोहणका लागी अनुमति लिएका थिए । त्यस्तै सन् २००८ मा ३३ टोलीले अनुमति पाएका थिए । सगरमाथा आरोहण गर्ने टोलीले प्रतिव्यक्ति १० हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । पर्वतारोहणसम्बन्धी नियमावली ०५९ र नेपाली आरोहीलाई रोयल्टी छुट दिने मापदण्ड ०६४ अनुसार नेपालीलाई भने विशेष अवस्थामा पर्यटन मन्त्रालयको सिफारिसबाट मन्त्रिपरिषद्को निणर्यले रोयल्टी छुट दिन सक्ने व्यवस्था छ ।
रोयल्टीबाहेक सगरमाथा आरोहण गर्न ५० लाखभन्दा बढी खर्च हुने आरोहीको भनाइ छ । ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहणका लागि ७५ दिनको म्याद दिइन्छ । यो समयमा आरोहण गर्न नसके पुन अनुमति लिनुपर्छ । सगरमाथा आरोहणमा अधिकांश आरोहिले प्रयोग गर्ने दक्षिण पूर्वि रुट हो । यो रुटलाइ सजिलो रुटको रुपमा लिइन्छ । मन्त्रालयले अनुमति दिदा नै रुट तोकेर दिने गर्छ ।
ककनीमा तेन्जिङ हिलारी स्तम्भ
सगरमाथाका प्रथम आरोही तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्मृति स्तम्भ ककनीमा स्थापना गरिएको छ । ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यानमा नेपाल पर्वतारोहण संघले स्तम्भ निर्माण गरेको हो । चौथो अन्तरािष्टय सगरमाथा दिवसको अवसरमा आइतवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशराज जोशीले स्तम्भको अनावरण गरेका ह्न ।
स्तम्भ अनावरण गर्दै सचिव जोशीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई पर्वतीय पर्यटन प्रर्वद्धनको महत्वपूर्ण माध्यम बनाउन कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पर्वतारोहण सङ्घका अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले ककनीको उद्यान केन्द्रमा साहसी पर्वतारोहीहरूको स्तम्भ निर्माणका साथै पार्क, वनभोज स्थल, सम्मेलन केन्द्र निर्माण गर्ने गुरुयोजना तयार गरिएको बताए । ककनीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न नेपाल भ्रमण बर्ष सन् १९९८ मा सरकारले १ सय ४४ रोपनी जग्गा संघलाइ उपलब्ध गराएको थियो ।
सगरमाथा पुरस्कार मिङ्मालाई
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा पुरस्कार २०६८ विश्वका सबै अग्ला हिमालको आरोहण गरी कीर्तिमान कायम गरेका अरोही मिङ्मा शेर्पालाई प्रदान गरेकोे छ । शेर्पालाई नगद १ लाख र प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनले विश्वका ८ हजार मिटर माथिका सबै हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका छन् । यस्ता हिमाल विश्वभर १४ वटा छन् ।
मन्त्रालयले हरेक २ वर्षमा नेपालको पर्यटकीय क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाइ यस्तो पुरस्कार प्रदान गर्दे आएको छ । गत बर्ष यो पुरस्कार सबैभन्दा धेरै पटक सगरमाथाको अरोहण गरी कीर्तिमान कायम गरेका आप्पा शेर्पालाई प्रदान गरिएको थियो ।
त्यस्तै मन्त्रालयले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वस्थशिविर सञ्चालन गर्दे आएका अमेरिकी चिकित्सक लुआन फेअरलाई ५० हजार राशीको पुरस्कार प्रदान गरेको छ ।
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटकीय सस्थाले आइतवार चौथो अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाए । औपचारिक कार्यक्रममा सन् २०११ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहण गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय आरोहीलाइ सम्मान गरिएको थियो भने विश्व बन्यजन्तु कोष र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा ल्याइएको ग्रिन हाइकर नामक पर्या—पर्यटन प्याकेज सार्वजनिक गरिएको छ ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले नेपालको पर्यटनको विकासका लागि विभिन्न सङ्घ सस्थाको सहकार्यमा ल्याइने पर्यटकीय प्याकेज नै महत्वपूर्ण हुने बताए । उनले नेपालमा भएका पर्यटकीय विविधतालाई उचित ढङ्गले प्रयोग गर्दै जान सकेको खण्डमा आगामी १० वर्षमा नै नेपाललाई विश्वका नमूना पर्यटकीय गन्तव्य बनाउन सकिने दावी गरे ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete