Saturday, May 21, 2011

पर्यटनका लागी पूर्वाधार अभाव


नयाँ पत्रिका
गुल्मी १७ वैशाख
पर्याप्त पर्यटकीय सम्भावना भए पनि पूर्वाधार अभावमा गुल्मीमा पर्यटन विकास हुन सकेको छैन । जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनका लागि पर्यटनसम्बद्ध निकायले चासो नदेखाउँदा पर्यटन विकास हुन नसकेको हो ।

सदरमुकाम तम्घासमा सानाठूला गरी सयभन्दा बढी होटल भए पनि पर्यटकका लागि पर्याप्त नभएको होटल व्यवसायी बताउँछन् । होटल-क्षमता विस्तारका लागि तालिम व्यवस्था गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीेले जानकारी दिए । उनले होटल स्तरीकरणका लागि हालै ४० जनालाई तालिम दिइएको बताए ।

जिल्लामा आन्तरिक तथा विदेशी पर्यटक िभœयाउन पर्यटनमैत्री वातावरण बनाउन सदरमुकामवासीले सरसफाइमा जोड दिन थालेका छन् । ुसदरमुकाम तम्घासलाई सफा बनाउन सबै लागिपरेका छौँु स्थानीय होटल व्यवसायी पर्शुराम भुसालले भने ।
पर्यटनमैत्री वातावरण सिर्जना भए पनि पूर्वाधार अभावमा पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष भण्डारी बताउँछन् । ुस्थानीय उत्साही छन् तर पर्यटनलाई व्यवसाय बनाउन सक्ने अवस्था अझै भइसकेको छैनु भण्डारीले भने । पर्यटक आउन थालेपछि पूर्वाधार विस्तार हुने भएकाले त्यसका लागि काम सुरु गरिएको उनको दाबी छ ।

जिल्लामा पहिलोपटक साचालन गरिएको महोत्सवसँगै पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्न स्थानीय प्रयास सुरु गरिएको भण्डारीले बताए । ुकेही स्थानमा होमस्टे साचालनमा आइसकेका छन् सडक सुधारका काम भइरहेका छन् सदरमुकाम तम्घासदेखि रेसुंगासम्मको सडक पिच गर्ने काम प्राथमिकतामा छु उनले भने । तानसेनसम्म आएका पर्यटकलाई गुल्मीमा ल्याई २ रातसम्म बसाउन सकिए जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने भण्डारीको दाबी छ ।
पर्यटक लोभ्याउन गुल्मीमा रुरु तथा रिडी क्षेत्र विचित्रको गुफा रेसुंगाजस्ता गन्तव्य छन् । रुरुक्षेत्रलाई नेपालका चार धाममध्ये एक धामको रुपमा लिइन्छ । जिल्लामा प्रकृतिमा आधारित टे्रकिङ प्याराग्लाइडिङ रक क्लाइम्बिङजस्ता साहसिक पर्यटन विकास गर्न सकिने सम्भावना रहेको स्थानीय व्यवसायी बताउँछन् ।
नेपालमा पहिलोपटक कफी खेती सुरु भएको गुल्मीमा हाल सबैभन्दा बढी व्यावसायिक रुपमा कफी खेती हुने गरेको छ । आँपचौरमा उत्पादित कफी जापान र कोरिया निर्यात हुँदै आएको व्यवसायीको भनाइ छ ।
तानसेनदेखि तम्घाससम्म ७५ किलोमिटर पक्की सडक साचालनमा छ । गुल्मीमा पर्यटन विस्तारका लागि प्याकेज बनाउने पहल भइरहेको र टुर अपरेटरलाई त्यसका लागि आग्रह गरिएको भण्डारीले बताए ।
जिल्लालाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गरी प्याकेज बनाउन सकिने उनको सुझाब छ ।

गुल्मीमा पर्यटन विकासका लागि रुरु-रेसुंगा क्षेत्र पर्यटन विकास समिति जिल्ला विकास समिति गुल्मी उद्योग वाणिज्य संघलगायतका संघसंस्था कि्रयाशील छन् । स्थानीय निकायको सहयोगमा संघले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हालै एक साता लामो महोत्सव आयोजना गरेको थियो । स्थानीय उत्पादन र कलासंस्कृति प्रदर्शन गरिएको महोत्सवमा ४ करोड ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् ।
निर्माणको चरणमा रहेको सिमीचौर विमानस्थल साचालनमा आए जिल्लाको विकासमा केही सहयोग पुग्ने स्थानीय उद्यमीको विश्वास छ । ३० वर्षअघि नै विमानस्थल बनाउन पहल भए पनि हालसम्म निर्माण हुन नसकेको उनीहरुको गुनासो छ ।
५ वर्षअघि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदीप ज्ञवाली पर्यटनमन्त्री हुँदा विमानस्थल निर्माणका लागि बजेट छुट्याइए पनि पर्खाल लगाएर सम्याउनेबाहेक केही काम भएको छैन । ुविमानस्थल निर्माणका लागि थोरै बजेट छुट्याइन्छ त्यसले जग्गा वरिपरि तारबार लगाउनेबाहेक अरु भौतिक संरचना निर्माण गर्न पुग्दैनु स्थानीय व्यापारी राजेन्द्रप्रसाद श्रेष्ठले भने ।
चालू आर्थिक वर्षमा सिमीचौर विमानस्थलका लागि ५० लाख रुपैयाँ छुट्याइए पनि रकम कम भएकाले जग्गाको मुआब्जा दिन पनि नपुग्ने स्थानीय बताउँछन् । सामान्यतया एउटा विमानस्थल तयार गर्न करिब १० करोड रुपैयाँ लागत लाग्ने गर्छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete