Thursday, August 25, 2011

स्वामित्व विवादले हेलिकोप्टर अलपत्र

लक्ष्मीप्रसाद खतिवडा

नया पत्रिका काठमाडौं, ७ भदौ मुक्तिनाथ एयरले अमेरिकाबाट ल्याएको हेलिकोप्टरका पार्टपुर्जा त्रिभुवन विमानस्थलमा कन्टेनरमै थन्किएको छ । नेपालमै एसेम्बल (जडान) गर्ने गरी ल्याइएको पार्टपुर्जा दुई कम्पनीबीचको स्वामित्व विवादका कारण थन्किएको हो ।

हेलिकोप्टर खरिद गर्ने कम्पनी मुक्तिनाथ एयर र हेलिकोप्टर निर्माता कम्पनी रोबिन्सनको नेपाली एजेन्ट स्काइटेक हेली सफारीबीच स्वामित्व विवाद चर्किएको हो । स्काई टेकले हेलिकोप्टरका पार्टपुर्जा खरिद गर्न मुक्तिनाथलाई आग्रह गरेको छ । तर, मुक्तिनाथले भने हेलिकोप्टर नै कम्पनीको नाममा नामसारी गर्नुपर्ने माग गरेको छ । स्काई टेक रोबिन्सन हेलिकप्टरको नेपालस्थित एजेंट हो । एजेन्टमार्फत नै हेलिकप्टर खरिद गर्नुपर्ने भएकोले मुक्तिनाथले स्काई टेकमार्फत अर्डर गरेको बताएको छ । हेलिकोप्टर मुक्तिथानको पैसामा स्काई टेकको नाममा प्रतीतपत्र (एलसी) खोलेर ल्याइएको हो ।
मुक्तिनाथले निर्माता कम्पनी रोबिन्सनबाट अगस्ट ४ मै ‘एसेम्बल’ गर्ने कर्मचारी आउने बताए पनि अहिलेसम्म आएका छैनन् । हेलिकोप्टर एसेम्बल गर्ने प्राविधिक आई नपुगेकाले स्काई टेकले कन्टेनरको जिम्मेवारी विमानस्थल व्यवस्थापनलाई दिए पनि स्वामित्व विवादका कारण एसेम्बल हुन नसकेको बताएको छ । गत साउन पहिलो साता हेलिकोप्टरका पार्टपुर्जा खोलेर भारतको कोलकाता हुदै कन्टेनरमा काठमाडौं ल्याइएको थियो । हेलिकप्टर विमानस्थलको धावनमार्ग पूर्वपट्टी वायुसेवा सञ्चालन विभागको
सुरक्षामा छ । विभागका प्रशासकीय अधिकृत विष्णु नेपालका अनुसार पार्किङ दस्तुर तिर्ने गरी स्काई टेकले प्राधिकरणलाई कन्टेनर जिम्मा लगाएको हो ।
हेलकोप्टर एसेम्बल हुन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्काइटेकलाई मंगलबार दुई महिना हेलिकोप्टरको कन्टेनर विमानस्थलमा राखेबापतको भाडा तिर्न पत्र काटेको छ । प्राधिकरणका अनुसार कम्पनीले विमानस्थलमा ओगटेको जग्गाबापतको भाडाबापत मासिक ५० हजार रुपैया“ तिर्नुपर्छ । प्राधिकरणले कम्पनीलाई कति समय हेलिकोप्टर विमानस्थलमा राख्ने हो त्यसको भाडा अग्रिम रूपमा भुक्तानी गर्न पनि आग्रह गरेको छ । कम्पनीका अनुसार करिब ५ करोड रुपैयामा आर ४४ मोडेलको हेलिकोप्टरका पार्टपुर्जा ल्याइएको हो ।
विज्ञहरूका अनुसार यो नेपालका लागि नया हेलिकोप्टर हो । नेपालमा उडिरहेका हेलिकप्टरमा प्रयोग हुने इन्धनको सट्टा यसमा ‘एभिजी एएस’ नामक इन्धन प्रयोग हुन्छ । नेपाल आयल निगमस“ग यो इन्धन नभएकोले प्राधिकरणले कम्पनीलाई आफैं इन्धन आपूर्ति गर्ने अनुमति दिएको छ । चार सिट क्षमताको यो हेलिकोप्टरलाई ‘इक्युरियल फेमिली’ भनिन्छ । पर्यटकीय सेवाका लागि हेलिकोप्टर ल्याएको कम्पनीको भनाइ छ । प्राधिकरण्ले पोखरालाई आधार मानेर सो हेलिकोप्टरलाई सेवा सञ्चालनको अनुमति दिएको छ ।
प्राधिकरण्को उडान अनुमति शाखाका अनुसार मुक्तिनाथ एयर र स्काई टेक हेली सफारीको वायुसेवा सञ्चालन अनुमतिपत्र (एओसी) म्याद गत असार मसान्तमै सकिएको छ । मुक्तिनाथले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको हवाई उडान सञ्चालन इजाजतपत्रको समयावधिसमेत सकिने अवस्थामा छ । इजाजतपत्र नवीकरणका लागि दुई महिना थप गरिएको मन्त्रायलले जनाएको छ । कम्पनीले ०६६ मा हवाई उडान सञ्चालन अनुमति पाएको हो । मुक्तिनाथ र स्काइटेक दुवै अहिलेसम्म सञ्चालनमा आएका छैनन् । स्वामित्वको टुंगो नलाग्दा पाइलटलाई तालिमसमेत दिन नसकिएको र थप दुईवटा हेलिकोप्टर ल्याउनुपर्नेमा त्यो प्रक्रिया पनि अगाडि नबढेको व्यवस्थापनले बताएको छ । मन्त्रालयका अनुसार कुनै पनि आन्तरिक हवाई सेवा कम्पनीस“ग न्यूनतम तीन वटा एयरक्र्याफ्ट हुनुपर्छ ।

No comments:

Post a Comment