Friday, August 5, 2011

अर्काको नाममा टिकट काट्नेलाई ४७ हजार जरिवाना

नयाँ पत्रिका

काठमाडौं, १९ साउन

राजस्व अनुसन्धान विभागले नक्कली हवाई टिकट बिक्री गर्ने ट्राभल लाइट प्राइभेट लिमिटेडबाट ४७ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ । गत पुसमा भएको तारा दुर्घटनामा मृत्यु भएका भुटानी नागरिकको टिकट जारी गर्ने कम्पनीबाट सो रकम असुल गर्न विभागले सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएको हो ।

सो ट्राभल एजेन्सीले नक्कली नाममा टिकट काटेर राजस्वमा हानी पुर्‍याएको ठहर गर्दै जरिवानास्वरूप रकम असुल गराउने निर्णय भएको विभागले जनाएको छ ।

सोहीसम्बन्धमा छानबिन गर्न गठित समितिले भने कानुन स्पष्ट नभएको भन्दै टिकट बिक्रेता र तारा एयरलाई उन्मुक्ति दिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण्ा अर्यालको संयोजकत्वमा गठित समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल कानुन परिमार्जन गर्न सरकारलाई सुझाब दिएको छ ।

सुरक्षाको हिसाबले पनि अर्काको नाममा यात्रा गर्नु संवेदनशील हुने भएकोले ऐन संशोधन गर्न सिफारिस गरिएको समितिका सदस्य बुद्धिसागर लामिछानेले बताए । समितिले पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई प्रतिवेदन बुझाइसके पनि सार्वजनिक भएको छैन ।

गैरसैनिक हवाई उडान ऐन ०१५ मा अर्कैको नाममा टिकट जारी गर्ने एजेन्सी तथा विमान कम्पनीलाई के कारबाही गर्ने सम्बन्धमा कुनै उल्लेख नभएकोले कारबाही सिफारिस गर्न नसकिएको उनको भनाइ छ । 'एजेन्सी र तारा एयरलाई कारबाही गर्न कानुन स्पष्ट नभएको समितिले ठहर गरेको छ,' उनले भने ।

समितिलाई १५ दिनको कार्यअवधि दिइए पनि बिमा प्रक्रिया विवादित बनेपछि लामो समय लागेको थियो । समितिका सदस्यमा नागरिक उड्डयन प्राधिकरण्ाका भरतराज ढकाल, गृह मन्त्रालयका एकमण्ाि नेपाल, त्रिभुवन विमानस्थलका एसपी सुरेश बस्नेत र सदस्य-सचिव प्राधिकरण्ाका बुद्धिसागर लामिछाने छन् ।

यात्रु बिमासम्बन्धी प्रक्रिया जारी रहेकाले मृतकले बिमा पाउने वा नपाउने विषयसमेत अन्यौलमा छ । टिकटमा नक्कली नाम प्रयोग गरेकै कारण्ा मृतक भुटानी नागरिकले बिमा रकम पाउन सकेका छैनन् । तारा एयरले बिमा गरेको लन्डनस्थित बिमा कम्पनीले यसका लागि नेपालमा कन्सल्ट्यान्टसमेत पठाएको छ ।

अहिले पनि दैनिक सयौँ व्यक्तिले अर्काको नाममा हवाई यात्रा गरिरहेको बताइन्छ । तर, तारा एयरमा विदेशीले नेपालीको नाममा यात्रा गरेको खुलेपछि सो विषय बाहिर आएको थियो । जहाजको टिकट काट्दा नेपाली नाममा काटेका कारण्ा उनीहरूलाई पहिचान गर्न सुरुमा अप्ठ्यारो भएको थियो ।

विदेशीका लागि बढी पैसा लाग्ने भएपछि यी यात्रुले नेपाली नाम लेखाएको बताइएको छ ।

खोटाङको हलेसीमा तिर्थ यात्रा गरेर आएका भुटानी नागरिकहरूको तारा एयरको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

उनीहरू मध्ये १८ जना भुटानी र एक जना अमेरिकी पासपोर्ट लिएका तिब्बती शरण्ाार्थी हुन् । तारा एयरको ९ एन एएफएक्स नम्बरको जहाज खोटाङको लामीडाँडाबाट काठमाडौं आउने क्रममा ओखलढुंगामा दुर्घटनाग्रस्त भएको थियो ।

आफ्ना नागरिक दुर्घटनामा परेपछि भुटानबाट ९ जनाको एक उच्चस्तरीय टोली काठमाडौं आएको थियो । ट्राभल लाइटबाट उनीहरूले नेपालीमूलको नामबाट टिकट रुजु गराए पनि उनीहरू बस्दै आएको ठमेलस्थित पोतला गेस्ट हाउसको रेकर्डमा भुटानी नाम र थर देखिएपछि उनीहरूले नाम छलेर यात्रा गरेको खुलासा भएको थियो ।

No comments:

Post a Comment