Saturday, August 6, 2011

पर्यटक सेवा शुल्कबाट २८ करोड


लक्ष्मीप्रसाद खतिवडा\नयाँ पत्रिका
काठमाडौं, २० साउन

आर्थिक बर्ष २०६७\६८ मा नेपाल घुम्न आएका पर्यटकबाट २८ करोड २२ लाख ५८ हजार रुपैया सेवा शुल्क संकलन भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटक सेवा शुल्क वापत सो रकम संकलन गरेको हो । यो रकम गत आर्थिक बर्षको भन्दा ५ करोड रुपैयाले बढि हो । गत आव मा बोर्डले बोर्डले पर्यटन सेवा शुल्कबाट २३ करोड ११ लाख २३ हजार रुपैया आम्दानी गरेको थियो ।
सरकारले पर्यटकका लागि जारी गरेको शेवा शुल्क बुझाउने प्रक्रिया परिवर्तन गरि हवाई टिकटमै सेवा सुल्क वापतको रकम उठाउने निर्णय गरेपछि बोर्डले विमान कम्पनिबाटै यो शुल्क उठाउछ । यसअघि पर्यटक स्वयंले बोर्डलाई सेवा सुल्क बुझाउनु पर्ने व्यवस्था थियो ।
गत आवको भन्दा करिव १० करोड रुपैया बढि आम्दानी भएको बोर्डले जनाएको छ । नेपाल आउने तथा टेकिङमा जाने पर्यटक बढेका कारण बोर्डको आम्दानी बढेको हो । त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट बाहिरिने हरेक विदेशी पर्यटकबाट बोर्डले प्रतिव्यक्ति ५ सय रुपैया सेवा शुल्क उठाउछ । त्यस्तै टेकिङमा जाने पर्यटकले पनि पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिन बोर्डलाइ निश्चित शुल्क बुझाउनु पर्छ । पर्यटन व्यवसायीले व्यवसाय प्रवद्र्धनका बोर्डबाट सदस्यता लिन चाहेमा विदेशीले बार्षिक १ हजार डलर र स्वदेशीले ३० हजार रुपैया शुल्क तिर्नुर्ने प्रावधान छ ।
पर्यटक सेवा शुल्क बाहेक बोर्डले गत आवमा टिम्स कार्ड विक्री तथा हल भाडाबाट करिव १० करोड रुपैया संकलन गरेको छ । टिम्स कार्डको विक्रीबाट ८ करोड ७० लाख ७२ हजार तथा हलभाडा बाट ९० लाख रुपैया संकलन भएको बोर्डले जनाएको छ । यसबाट बोर्डको कुल आम्दानी ३४ करोड पुग्ने देखिएको छ । गत आवमा बोर्डले पर्यटक सेवा शुल्क २३ करोड ११ लाख, टिम्स कार्ड विक्रीबाट १ करोड ९१ लाख तथा हलभाडाबाट.८५ लाख रुपैया आम्दानी गरेको थियो । चालु आवमा बोर्डले ३८ करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेको छ ।
टिम्सकार्ड विक्रीबाट उठेको रकममध्ये एक तिहाइ मात्र बोर्डले उपयोग गर्न पाउछ । बाकी दुई तिहाइ मध्ये आधा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले प्राप्त गर्छ भने आधा पदयात्रा क्षेत्रको सुधार कार्यमा खर्च गर्नुपर्ने प्रावधान छ ।
पर्यटन बोर्डको आम्दानी
आर्थिक बर्ष आम्दानी
२०६३\६४ १८ करोड २६ लाख ५५ हजार ५ सय
२०६४\६५ २० करोड ६ लाख ४५ हजार
२०६५\६६ १९ करोड
२०६६\६७ २३ करोड २४ लाख ८५ हजार
२०६७\६८ ३४ करोड
२०६८\६९ ३८ करोड (लक्ष्य)
श्रोत नेपाल पर्यटन बोड

कुल बजेटमध्ये बोर्डले पर्यटकीय उत्पादनमा १४ प्रतिशत, मार्केटिङमा २२ प्रतिशत, जनसम्पर्क तथा पब्लिसिटीमा १६ प्रतिशत, अध्ययन अनुन्धान तथा योजनामा ३ प्रतिशत, संस्थागत कार्यक्रमका लागी ५ प्रतिशत र प्रशासनिक कामका लागी १५ प्रतिशत खर्च गर्छ । त्यस्तै पोखरा क्षेत्रिय कार्यालयका लागी २ प्रतिशत बजेट छुट्याने गरेको छ भने १० प्रतिशत रकम सञ्चित कोषमा राख्ने गर्छ ।
पर्यटन बर्ष सचिवालय अन्तर्गत बोर्डले गत आवमा पर्यटन बर्ष २०११ उद्घाटन कार्यक्रममा २ करोड ७५ लाख, क्षमता अभिवृद्धिमा २ करोड, पर्यटकीय उत्पादनको प्याकेजिङ तथा प्रमोसनमा ४ करोड २५ लाख र प्रशासकिय कार्यमा १ करोड रुपैया खर्च गरेको छ । त्यस्तै आव २०६६\६७ मा पर्यटन बर्षको औपचारिक घोषणा, आन्तरिक प्रवद्र्धन, अन्तराष्ट्रिय प्रवद्र्धन लगायतका शिर्षकमा १ करोड ९७ लाख रुपैया खर्च भएको बोर्डले जनाएको छ । बोर्डले पर्यटन बर्षको सचिवालयको रुपमा पनि काम गरिरहेको छ । कुल आम्दानीको ७५ प्रतिशत रकम पर्यटन प्रवद्र्धनका लागि खर्च गरिदै आएको बोर्डको दावी छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तत्कालिन हवाइ विभाग विघटन गरेर बोर्डको स्थापना भएको हो ।

No comments:

Post a Comment