Tuesday, August 2, 2011

जुलाइमा पर्यटक २० प्रतिशत बढे


नया पत्रिका
काठमाडौं, १६ साउन
सन् २०११ को जुलाईमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटक संख्या गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जुलाई महिनामा हवार्ई मार्ग हुदै ३५ हजार २ सय १२ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जुलाईमा सो संख्या २९ हजार ३ सय ३८ थियो । जुलाईमा दक्षिण एसिया क्षेत्रबाट आउने पर्यटक २१.७ प्रतिशतले बढेको अध्यागमन कार्यालयको तथ्यांक छ । मुख्य बजार भारतबाट आउने पर्यटक २४.५ प्रतिशतले बढेका छन् । त्यस्तै, पाकिस्तानी ५८ प्रतिशत र श्रीलंकाली पर्यटक ७०.८ प्रतिशतले बढेका छन् । बंगलादेशी पर्यटक भने केही घटेका छन् । दक्षिण एसियाली मुलुकबाट यो महिना १४ हजार ३१ प्र्यटक हवार्ई मार्ग हदै नेपाल भित्रिएका छन् । दक्षिण एसिया बाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक वृद्धिदर जुलाई महिनामा ५६.६ प्रतिशत छ । भारतपछिको अर्को मुख्य बजार चीनबाट आउने पर्यटक सो महिनामा १२७.७ प्रतिशतले बढेका छन् । गत वर्षको जुलाई महिनामा हवाई मार्ग हदै १४ सय ५२ चिनिया पर्यटक नेपाल आएकोमा यो वर्षको जुलाईमा सो संख्या ३३ सय नाघेको छ । अन्य एसियाली मुलुक मलेसिया, सिंगापुर, दक्षिण कोरिया र थाइल्याण्डबाट आउने पर्यटक पनि यो महिनामा बढेका छन् । जापानी पर्यटक भने केही घटेका छन् । एसियाली मुलुकबाट जुलाईमा ७ हजार ५ सय ७० पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएको तथ्यांक छ । युरोपियन बजारतर्फ भने ५.६ प्रतिशतले पर्यटक घटेका छन् । बेलायत, फ्रान्स र बेल्जियमबाट आउने पर्यटक बढे पनि जर्मनी, नेदरल्याण्ड र स्पेनबाट आउने पर्यटक घटेका छन् । गत वर्षको जुलाईमा युरोपियन मुलुकबाट ७ हजार ८ सय ५५ पर्यटक नेपाल आएकोमा यो संख्या यो वर्षको जुलाईमा ७ हजार ४ सयमा झरेको छ । अमेरिका, अष्टे«लिया, र न्युजिल्यान्डका पर्यटक बढेका छन् । क्यानडेली पर्यटक भने केही घटेका छन् । यो वर्षको जुलाईमा २२ सय ६८ अमेरिकी पर्यटक हवार्ई मार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । समग्रमा सन् २०११ को जनवरीदेखि जुलाईसम्मको पर्यटक आगमन वृद्धिदर २४.३ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा कुल २ लाख ८० हजार ५ सय ७५ विदेशी पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएका छन् । पर्यटन वर्षमा सरकारले ७ लाख पर्यटक हवाई मार्गबाट नेपाल भिœयाउने लक्ष्य राखेको छ ।
‘पर्यटनप्रतिको जागरण मुख्य उपलब्धि’
मुलुकभर पर्यटनप्रतिको जागरण बढ्नुलाई अधिकारीले पर्यटन वर्षको मुख्य उपलब्धिको रूपमा लिनुपर्ने बताएका छन् । अभियानको ७ महिने समिक्षा गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटनमा लगानीकर्ता उत्साहित हुनु तथा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा सुधार हुनु अभियानका अन्य उपलब्धि भएको बताए । पर्यटन वर्षको घोषित १० लाख पर्यटक लक्ष्य पूरा हुन नसके पनि ७ लाख ५० हजार पर्यटक आउने निश्चित भएको दाबी उनले गरे । बोर्डको सहयोगमा ३ सयभन्दा बढी पर्यटन व्यवसायीले विश्वका विभिन्न मुलुकमा हुने पर्यटन मेला तथा टे«ड फेयरमा भाग लिएको उनले जानकारी दिए । पर्यटन वर्षको सात महिनाको अवधिमा बोर्ड तथा सचिवालयले २ दर्जन टे«ड फेयर तथा पर्यटन मेलामा भाग लिनुका ५ वटा सेल्स मिसन आयोजना गरेको छ । सो अवसरमा पर्यटन वर्ष प्रचारप्रसार उपसमितिका संयोजक रन्जित आचार्यले सरकारी प्रक्रियाका कारण समयमा प्रचारप्रसार गर्न नसकिएको बताउदै भारत र चिनका लागि पुनः टेन्डर गरिने र बिबिसी तथा सिएनएनबाट सेप्टेम्बरदेखि प्रचारप्रसार सुरु हुने जानकारी दिए । भारतमा युवा वर्ग साहसिक गतिविधिमा बढी रुचि राख्ने भएकोले सो वर्गलाई लक्षित गरेर अभियान सञ्चालन गरिने उनले बताए । पर्यटन वर्ष सचिवालयको सहयोगमा हालै भारतीय टेलिभिजन ‘च्यानल भी’ ले नेपालमा ‘परफेक्ट कपल’ नामक रियालिटी शो को १४ इपिसोड छायांकन गरेको छ । पर्यटन वर्ष मूल समितिका सदस्य रन्जनकृष्ण अर्यालले गत आवको फ्रिज भएको बजेट पनि पर्यटन वर्षका लागि उपलब्ध हुने भएकोले बजेटको कमी नहुने बताए । सरकारले चालू आवमा पर्यटन वर्षका लागि १२ करोड रुपैया छुट्याएको छ । गत आवको खर्च हुन नसकेको १३ करोड रुपैया“समेत सरकारले पर्यटन बोर्डलाई उपलब्ध गराइसकेको छ ।

No comments:

Post a Comment