Monday, August 22, 2011

र्‍याफि्टङमा 'रिम्स’ प्रणाली लागू गर्न माग

र्‍याफि्टङ व्यवसायीहरूको छाता संगठन नाराले रिम्स प्रणाली आवश्यक भएको ठहर गर्दै यसका लागि सरकारसँग आवश्यक नीतिगत व्यवस्था गर्न माग गरेको छ

नयाँ पत्रिका

काठमाडौं, ४ भदौ

र्‍याफि्टङ व्यवसायीहरूले र्‍याफि्टङ गर्ने विदेशी पर्यटकका लागि र्‍याफि्टङ व्यवस्थापन प्रणाली (रिम्स) लागू गर्न माग गरेका छन् । र्‍याफि्टङ व्यवसायमा देखिएका विकृति रोक्न यस क्षेत्रको राजस्व संकलन वृद्धि गर्न भन्दै व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

र्‍याफि्टङ व्यवसायीहरूको छाता संगठन नाराले रिम्स प्रणाली आवश्यक भएको ठहर गर्दै यसका लागि सरकारसँग आवश्यक नीतिगत व्यवस्था गर्न माग गरेको छ । नाराले विगत केही वर्षदेखि नै रिम्स प्रणालीको माग गर्दै आएको थियो ।

चालू आर्थिक वर्ष ०६८/६९ को बजेटमा समेत यसलाई समेट्न बारम्बार अनुरोध गरे पनि सम्बोधन नगरेको भन्दै व्यवसायीहरूले सरकारलाई तत्काल लागू गर्न दबाब दिएका छन् । र्‍याफि्टङ व्यवसायमा रहेका सबै समस्या रिम्स कार्डको व्यवस्थाबाट समाधान हुने दाबी नाराको छ । 'व्यावसाय व्यवस्थित गर्न यो प्रणाली आवश्यक छ । सरकारको राजस्वसमेत बढ्ने हुनाले सरकारले ध्यान दिनुपर्छ,' नाराका अध्यक्ष नानीकाजी थापाले भने । एक महिनाभित्र रिम्स कार्डलाई मान्यता दिन पर्यटन मन्त्रालयलाई अल्टिमेटमसमेत दिइएको उनले बताए ।

नारामा ६५ र्याफि्टङ कम्पनी आबद्ध छन् तर, पर्यटन मन्त्रालयले भने ३५ वटाले मात्र अनुमति पाएको जनाएको रिम्स प्रणाली लागू भएपछि सबै कानुनी प्रक्रियामा आउने कर छल्ने प्रवृत्ति पनि अन्त्य हुने दाबी नाराको 'रिम्स कार्डले मान्यता पाए व्यवसायको यकिन तथ्यांक राख्न सकिन्छ पर्यटकलाई थप सेवा, सुविधा पनि दिन सकिन्छ,' अध्यक्ष थापाले भने यसबाट राज्यलाई प्राप्त हुने राजस्व बढ्ने व्यावसायमा देखिएको विकृति हट्ने दाबी उनको रिम्स कार्ड लागू गर्न निर्देशिका बनाउने काम भइरहेको थापाले जानकारी दिए

नेपालमा १३ वटा नदी र्‍याफि्टङका लागि खुला गरिएको छ । व्यवसायीहरूका अनुसार नेपाल आउने कुल पर्यटकमध्ये करिब १५ प्रतिशत मात्र र्‍याफि्टङमा जान्छन् पर्यटन वर्षमा यो संख्यालाई २५ प्रतिशत पुर्‍याउने लक्ष्य व्यवसायीहरूको छ ।

यसअघि ट्रेकिङ व्यवसायमा पदयात्रा व्यवस्थापन प्रणाली -टिम्स) लागू भइसकेको छ । यसअन्तर्गत टे्रकिङमा जाने विदेशी पर्यटकले व्यक्ति १० अमेरिकी डलर तिर्नुपर्छ समूहमा जानेले भने प्रति टिम्स कार्ड २० अमेरिकी डलर तिनुपर्ने प्रावधान छ ।

र्‍याफि्टङका लागि भने कति शुल्क तिर्नुपर्ने भन्ने टुंगो लागि नसकेको नाराले जनाएको छ । व्यवसायीसँगको छलफलपछि यस विषयमा अन्तिम टुंगोमा पुगिने पर्यटन मन्त्रालयले जनाएको छ .

व्यवसायीको दवावपछि पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले रिम्स कार्ड लागू गर्नेबारे अध्ययनका लागि टोली गठन गर्न सचिव गणेशराज जोशीलाई निर्देशन दिएका छन् टोलीले नारा पर्यटन बोर्डसँग छलफल गरेर प्रतिवेदन तयार पार्नेछ मन्त्रीस्तरीय निर्णयबाट पारित भएपछि रिम्स कार्डले मान्यता पाउँछ

No comments:

Post a Comment