Wednesday, April 6, 2011

मन्त्रालयमा मुख देखाएर मन्त्रीहरु बेपत्ता


काठमाडौं, २२ चैत
एकजना मन्त्रीको भागमा पाँचवटा मन्त्रालय परेपछि सबै मन्त्रालयको काम भताभुंग भएको छ । सबैजसो मन्त्रालयमा मन्त्रीका 'नेमप्लेट' झुन्डिएका छन्, तर २० वटा मन्त्रालयका कर्मचारी फाइल बोकेर मन्त्री खोज्दै दौडिनुपर्ने अवस्था छ ।
चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री अध्यक्ष झलनाथ खनालसमेत आफ्नो जिम्मामा भएका मन्त्रालयमा एकपटक समेत गएका छैनन् । प्रधानमन्त्रीसँगै खनालले उद्योग, कृषि तथा सहकारी, गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएका छन् । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयमा मन्त्रीको सचिवालयसमेत बन्द गरिएको छ ।
अर्थ, ऊर्जा, सिँचाइ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री भरतमोहन अधिकारी अर्थबाहेक कुनै मन्त्रालय जाँदैनन् । 'एकपटक सामान्य निर्देशन दिएपछि मन्त्रीलाई हेर्न पाइएको छैन,' ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने । उनका अनुसार ऊर्जासम्बन्धी बैठक पनि अर्थ मन्त्रालयमै बस्छ ।
सुरुमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका गंगालाल तुलाधार आफूले पाएका अन्य मन्त्रालयमा जान भ्याएका छैनन् । विज्ञान तथा प्रविधि, संघीय मामिला, संसदीय व्यवस्था तथा संस्कृति र स्थानीय विकास मन्त्रालयमा उनी जाँदैनन् । 'कार्यभार सम्हालेपछि मन्त्रीज्यू एकपटक आउनुभएको थियो' विज्ञान प्रविधि मन्त्रालयका उपसचिव रमेश पुडासैनीले भने ।
सूचना तथा सञ्चार मन्त्रालय सहित कानुन तथा न्याय, भूमिसुधार तथा व्यवस्था र स्वास्थ्य र जनसख्या मन्त्रालयको जिम्मा पाएका कृष्णबहादुर महरा पनि आफ्नो जिम्मेवारीका मन्त्रालयमा कमै पुग्ने गरेका छन् । कार्यभार सम्हाल्न भने उनी एक एक पटक सबै मन्त्रालयमा गएका थिए ।
रक्षामन्त्री विष्णु पौडेलललाइ सामान्य प्रशासन, वन तथा भूसंरक्षण र वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । तर उनी रक्षाबाहेक अन्य मन्त्रालयमा एक पटक मात्र पुगेका छन् । उनको नेमप्लेट भने सबै मन्त्रालयमा झु्न्ड्याइएको छ । मन्त्रालयमा मन्त्रीको नेमप्लेट राखेपनि वेवसाइटमा फोटो राखिएको छैन । कतिपय मन्त्रालयले हतारमा कागजको नेमप्लेट राखेर मन्त्रीको स्वागत गरेका थिए ।
दुइवटा मन्त्रालयको मात्र जिम्मेवारी पाएका टोपबहादुर रायामाझी भने दुवै मन्त्रालयमा नियमित जाने गरेका छन् । उनले भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीकै बषर्ामान पुनले शान्ति तथा पुननिर्माण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पनि युवा तथा खेलकुदमा भने विरलै पुग्छन् ।
माओवादीकै खडु्गवहादुर विश्वकर्माले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र महिला बालिबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पनि नियमति रूपमा नै महिला मन्त्रालय पुग्छन् । उनले यसअघि पनि सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
मन्त्री नभएपछि कार्यकर्ता र सेवाग्राहिको भिडभाड हुने मन्त्रीका सचिवालय अहिले सुनसान छन् । सचिवालयका कर्मचारी पनि फूर्सदिला भएका छन् । उनीहरू फोन गरेर र हाइ काढेर दिन बिताउछन् । 'दैनिक दुइ तिन सय मानिस आउने सचिवालय अहिले सुनसान छ ।' गृह मन्त्रीको सचिवालयका एक कर्मचारीले भने । मन्त्रीको सचिवालयमा एक उपसचिव, एक अधिकृत सहित ४ जनाको दरवन्दि हुन्छ ।
मन्त्री नहुदा काम छिटो र प्रभावकारी भएको अनुभव कतिपयले गरेका छन् । 'काम परे मन्त्री आइहाल्छन् । अनावश्यक मान्छेको भिडभाड हुदैन ।' कर्मचारी भन्छन् । मन्त्री नआए पनि काम नरोकिएको कर्मचारीहरूको भनाइ छ । आइटी विज्ञहरू सूचना प्रविधिको प्रयोग गर्ने हो भने थोरै मन्त्रीले पनि धेरै मन्त्रालयको सजिलै काम गर्न सक्ने बताउछन् । भिडियो कन्प|mेन्स जस्ता प्रविधिको गरेर एकै ठाउमा बसेर अन्य मन्त्रालयको पनि वैठक गर्न सकिने र आवश्यक निर्देशन दिन सकिने उनीहरूको सुझाव छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete