Thursday, April 21, 2011

वायुसेवा निगम मेसिन नभएको फ्याक्ट्री


सुगतरत्न कंसाकार
कार्यकारी प्रमुख वायुसेवा निगम

चार महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलगायत निगमका ६ कर्मचारीमाथि मुद्दा हाल्दा धेरैले ‘यो मुलुकमा यस्तै हो’ भन्ने प्रतिक्रिया व्यक्त गरे । त्यसवेला मलाई पनि त्यस्तै लागेको थियो । जेलबाट छुटेपछिचाहि“ यो सा“च्चिकै पशुपतिनाथको देश हो भन्ने लाग्यो । पर्यटन मन्त्रालय, निगमका कर्मचारी र मिडियाको ‘सपोर्ट’मा म अगाडि बढेको थिए“ । जहाज खरिद प्रक्रिया पूर्ण पारदर्शी थियो, तर यहा“ त पारदर्शिताको व्याख्या नै अर्कै किसिमले भयो ।
सार्वजनिक लेखा समितिले पनि जहाज नकिन्ने भनेको थिएन । प्रक्रियामा मात्र त्रुटि छ भनेको थियो । लेखाको निर्णयले गर्दा अख्तियारलाई मुद्दा हाल्र्नैपर्ने बाध्यता थियो । लेखाको निर्णयलाई अख्तियारले ‘रिभ्यु’ गर्न सक्दैन । तर, विनाठोस आधार मुद्दा हालियो । मुद्दा हाल्नुअघि निगमको आर्थिक विनियमावलीसमेत पढिएन । तर, लेखा समिति र अख्तियार दुवै गलत सावित भए ।
तीनपटकको पेशीपछि अदालतले फैसला ग¥यो । पहिलोमा डकुमेन्ट झिकाउने निर्णय भयो । त्यसपछिका दुई बहसपछि फैसला भइहाल्यो । म ढुक्क थिए“, पक्षमै फैसला हुन्छ भन्नेमा । निगमका पक्षमा डा. भीमार्जुन आचार्य, कृष्णप्रसाद सापकोटा, शम्भु थापा र सर्वज्ञरत्न तुलाधारले बहस गरेका थिए ।
समयको चक्रले मलाई जेलसम्म पनि पु¥यायो । भनेको समयमा धरौटी नराख्दा दुई दिन जेल बस्नुप¥यो । झन्डै एक साता प्रहरी हिरासतमा बस्नुप¥यो । एक÷डेढ महिनामै सकिने मुद्दा व्यवस्थापनले असहयोग गरिदि“दा ढिलो भयो । व्यवस्थापनले समयमा एयरबसलाई खाता नम्बर पठाइदिएन । अदालतमा पैसा आइपुगेको जानकारी समयमा दिइएन । अदालतले दुईलाइनको प्रश्न सोध्दा दुई पेज लामो फेहरिस्त प्रस्तुत गरियो ।
मैले गल्ती पनि गरेको होइन र सजाय पनि पाएको छैन । मुद्दा हाल्दा र जेलै जानुपर्दा पनि मलाई चिन्ता लागेको थिएन । परिवारलाई पनि चिन्ता नलिन भनेको थिए“ । कर्मचारीको साथ थियो । व्यक्तिगत रूपमा तनाब भयो होला, तर मलाई मात्र भएन । सबैको साथ मस“ग थियो । भ्रष्टाचार केसमा मिडियाले कहिल्यै पनि पक्षमा बोलेका थिएनन्, तर म गलत नभएकाले मिडियाको पनि साथ पाए“ । वास्तवमा पौने ३ करोड जनताले नै मलाई साथ दिएको महसुस गरेको छु ।
एयरबसलाई दिएको लकअप मनी फिर्ता भएको कारण्ँ देखाएर अदालतले मलगायत ६ जनालाई नै सफाइ दिएको छ । मुद्दा पर्नेबित्तिकै निलम्बन भएको पद फैसलापछि बहाली भएको छ । अब हाम्रो ध्यान निगमलाई अगाडि बढाउनतिर हुनेछ । जति विदेशी एयरलाइन्स आए पनि पर्यटक बढ्दैनन् । त्यसका लागि राष्ट्रिय ध्वजाबाहक नै चाहिन्छ । प्रक्रिया सुरु भएको भए गत साता दोस्रो जहाज आइपुग्ने थियो । पहिलोले त उडान सुचारु ग्रिसक्थ्यो । तैपनि, हामीले हिम्मत हारेका छैनौ“ । ३ वर्षभित्रमा वार्षिक १४ अर्ब रुपैया“ कारोबार हुने संस्थान हुन्छ, निगम । अस्ट्रेलिया, न्युयोर्कसम्म नेपालको झन्डाअंकित जहाज पुग्छन् । कर्मचारीले बोनस खान पाउ“छन् । ४७ वटै मुलुकका विमानस्थलमा हाम्रा साना जहाज पुग्छन् । ५ जाना यात्रु चढाएर पनि सेवा सुचारु गर्छौं ।
पर्यटन राष्ट्रको सबैभन्दा ठूलो आय–आर्जनको उद्योेग हो र यसका लागि राष्ट्रिय ध्वजाबाहक वायुसेवालाई सबल बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । निगमका कर्मचारी तिनै हुन्, जसले लन्डन र जापानसम्म निगमको जहाज पु¥याएका थिए । अब पनि पु¥याउन सक्छन् । मेसिन नभएको ङ्खयाक्ट्रीजस्तो भएको छ, निगम अहिले । म मेसिन किन्छु र चलाउ“छु । अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएर मुलुकका दुर्गम क्षेत्रमा नाफारहित सेवा प्रवाह गर्ने मेरो उद्देश्य हुनेछ ।
पर्यटन वर्Èका लागि जहाज आवश्यक छ । त्यसैगरी, विदेशमा कामका लागि दैनिक एक हजारको संख्यामा जाने नेपाली र त्यसको आधार आउने गरेकाले पनि बजार विस्तार भइरहेको छ । तर, उनीहरू विदेशी जहाज चढ्न बाध्य छन् ।
निगम सुधारका काम मैले सुरुदेखि नै गर्दै आएको छु । म यहा“ आउनासाथै सुधारको प्रयास सुरु भएको हो । अब यसलाई तीव्रता दिन्छु । निगमलाई माथि ल्याउने काममा पूरा ध्यान जान्छ, अब मेरो । निगम सुधारका लागि मार्केटिङ, प्रचार–प्रसार र ब्रान्डिङमा जोड दिनु आवश्यक छ । २५ वर्षअघिसम्म निगम इन्डियन एयरवेजभन्दा माथि थियो । त्यतिवेलाको इमेज पुनस्र्थापना गर्न व्यवस्थापन, जनशक्ति र कर्मचारीको मानसिकतामा परिवर्तन गर्नुपर्छ । कर्मचारीको बानी–व्यहोरा, संस्कार र नैतिकताले कम्पनीको इमेजमा फरक पर्छ ।
विदेशी एयरलाइन्स आउने क्रम निकै बढेको छ । यो कुरा नराम्रो होइन, तर प्राथमिकता राष्ट्रिय ध्वजाबाहकलाई नै दिनुपर्छ । भारतमा पनि राष्ट्रिय ध्वजाबाहक सरकारकै नियन्त्रणमा छ, जापानमा पनि त्यही हो । सबै देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकलाई महŒव दिएका छन् । पर्यटक बढाउन राष्ट्रिय ध्वजाबाहकलाई नया“ गति दिनुपर्छ । निजी क्षेत्रका पनि स्वदेशीलाई नै प्राथमिकता दिनुपर्छ ।
उत्पादन क्षमता बढाएर मात्र पुग्दैन । त्यसको मार्केटिङ पनि राम्रो गर्नुप¥यो । निगमको मार्केटिङ कमजोर छ भन्ने गुनासो आइरहेकाले यसलाई सुधार्नु जरुरी छ । यसका लागि दक्ष जनशक्ति भर्ना गर्ने काम भइरहेको हो । २२ वर्षसम्म उत्पादन क्षमता बढाउन सकिएको थिएन । आन्तरिक सेवामा अहिले पनि वार्षिक १८ करोड घाटा छ । यो घाटा पूर्ति गर्न निगमको क्षमता वृद्धि गर्नुपर्छ ।
विभिन्न कारणले निगमको सेवा प्रभावकारी हुन सकिरहेको छैन । प्रमुख कारण त जहाजको कमी नै हो । दुईवटा मात्र जहाज भएकाले एउटा बिग्रिनेबित्तिकै कार्यक्षमतामा ५० प्रतिशत कमी आउ“छ । मेसिनरी चिज भएकाले बिग्रिनु स्वाभाविकै हो । ठूला एयरलाइन्सका पनि जहाज बिग्रिन्छन्, तर उनीहरूको धरै जहाज भएकाले समस्या पर्दैन । सरकारी स्वामित्वमा रहेका ३६ वटा संस्थानमध्ये प्रत्यक्ष रूपमा मल्टिनेसनल कम्पनीस“ग प्रतिस्पर्धा गर्ने निगम मात्र हो । उनीहरूस“ग प्रतिस्पर्धा गर्न निगमलाई सक्षम बनाउनुपर्छ ।

कुराकानीमा आधारित

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete