सौर्य दैनिक
काठमाडौं, ७ साउन । पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय
अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने संकेत देखिएको छ । विमानस्थल निर्माणका
लागि टेन्डर बुझाएका चिनियाँ कम्पनीले प्रस्ताव गरेको रकम सरकारी
अनुमानभन्दा करिब ११ अर्ब रुपियाँ बढी भएपछि विमानस्थल निर्माण अन्योलमा
परेको हो ।सरकारले गरेको प्रारम्भिक अध्ययनमा विमानस्थल बनाउन १८ करोड अमेरिकी डलर अर्थात् करिब १५ अर्ब ८४ करोड रुपियाँ लाग्ने अनुमान गरिएको थियो । तर, सबैभन्दा कम रकम प्रस्ताव गरेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले ३० करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २६ अर्ब ८४ करोड रुपियाँमा विमानस्थल निर्माण गर्ने प्रस्ताव गरेको छ । अन्य कम्पनीको प्रस्ताव योभन्दा पनि बढी छ । यो कम्पनीबाहेक सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एन्ड इलेट्रिक कर्पोरेसनले पनि विमानस्थल निर्माणका लागि वित्तीय प्रस्ताव हालेका थिए ।
प्रस्ताव मूल्यांकन समितिले सबै कम्पनीको वित्तीय प्रस्ताव खोलेर आफ्नो राय
नागरिक उड्ययन प्राधिकरणलाई बुझाइसकेको छ । प्राधिकरण सञ्चालक समितिले
टेन्डर परेका तीन कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गरेर कम वित्तीय
प्रस्ताव हुनेलाई छनोट गर्ने निर्णय गरेको छ । तर टेन्डर रकम अनुमानभन्दा
निकै बढी देखिएकाले थप छलफल भइरहेको प्राधिकरण सञ्चालक समिति सदस्य ज्योति
अधिकारीले बताए ।
चीनको एक्जिम बैंकबाट ऋण लिएर बनाउने भनिएको विमानस्थल इन्जिनियरिङ, प्रोकुरमेन्ट र कन्सट्रक्सन (इपिसी) मोडलबाट बनाउनुपर्ने छ । ०३१ सालमा नै पोखराको छिनेडाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो । तर, सरकारी बजेट अभाव र दातृ निकाय फेला नपर्दा विमानस्थल निर्माण अलपत्र पर्दै आएको छ । प्राधिकरणले यसअघि जापानी दातृ निकाय जाइकाको सहयोगमा १२ अर्ब ७७ करोड ५० लाख रुपियाँमा फोर डी स्तरको विमानस्थल निर्माणको प्रस्ताव हाले पनि त्यो पास हुन सकेन ।
पछि चीन सरकारले त्यहाँको एक्जिम बैंकमार्फत सहुलियत ऋणमा विमानस्थल बनाउने भएपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वान गरेको थियो । चीनले इपिसी अवधारणाअन्तर्गत चिनियाँ सरकारले निर्माणमा चासो देखाएको हो । यो अवधारणाअनुसार डिजाइनदेखि निर्माणसम्मको काम उनीहरूले नै गर्ने छन् । आफूले लगानी गर्ने विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले नै पाउनुपर्ने सर्त चीनको छ ।
आर्थिक सर्वेक्षण ०६८/६९ का अनुसार विमानस्थलका लागि अधिग्रहण गरिएको तीन हजार एक सय ६ रोपनी जग्गामा गतवर्ष आली तथा कान्लालाई सम्याई ग्रेडिङ गरिएको र पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । चालु आव ०६९/७० मा रनवे स्टिपको लागि आंशिक रूपमा माटोको कार्यको लागि ठेकेदार छनोट प्रक्रियामा रहेको र विमानस्थल निर्माणका लागि थप चार सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको सर्वेक्षणमा उल्लेख छ ।
सरकारले ल्याएको एक तृतीयांश बजेटमा पोखरा विमानस्थल निर्माणलाई समेत राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख छ ।

कर्मचारी विरोधमा
काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्राधिकरणले धान्न नसक्ने भन्दै कर्मचारीले विरोध गरेका छन् । संस्था डुब्ने गरी विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन नहुने प्राधिकरणमा कार्यरत कर्मचारी संगठनको भनाइ छ ।
प्राधिकरणमा सक्रिय राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी संगठन र तराई मधेश कर्मचारी युनियनले संयुक्त विज्ञप्ति निकालेर सरकारले प्राधिकरणको भविष्य नै अन्धकार हुने गरी पोखरा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएकामा आपत्ति जनाएका छन् ।
प्राधिकरण स्वायत्त निकाय हुनाले यस संस्थाले आफ्नो विषयमा आफैं निर्णय गर्न पाउने कानुनी र मौलिक अधिकारमा कुण्ठित हुने गरी र संस्थाका करिब एक हजार कर्मचारीलाई आघात पुग्ने गरी काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघले प्रस्तावक कम्पनीलाई प्राधिकरणको लागत इस्टिमेटको परिधिभित्र रही निर्माण सञ्चालन हस्तान्तरण (बुट) मोडलमा विमानस्थल निर्माण तथा सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग गरेको छ । प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल असर नपर्ने गरी सार्वजनिक निजी साझेदारीलगायत उपयुक्त विकल्प अवलम्बन गर्नुपर्ने सुझाव उसले दिएको छ । कुल पुँजी नौ अर्ब चार करोड वार्षिक आय तीन अर्ब रुपियाँ भएको प्राधिकरण विमानस्थल निर्माण गर्न र ऋण तथा त्यसको व्याज तिर्न सक्षम नरहेको संघको भनाइ छ ।
प्राधिकरणको आम्दानी सरकारबाट लिएको ऋणको ब्याज तिर्न, विमानस्थल सञ्चालन र निर्माण गर्न तथा तलबभत्तामै ठिक हुने गरेकाले प्राधिकरणको कुल पुँजीभन्दा तीन गुणा ठूलो परियोजना सञ्चालन गर्नै नहुने कर्मचारीको माग छ । सरकारले चीनबाट अन्य प्रयोजनको लागि लिएको ऋणसमेत पोखरा विमानस्थल निर्माणका नाममा प्राधिकरणलाई महँगो ब्याजमा थोपर्ने प्रयास गरेको आरोप कर्मचारीको छ । प्राधिकरण उच्च अधिकारीहरू पनि यो कुरामा सहमत छन् तर राजनीतिक निर्णय भए रोक्न नसकिने उनीहरू बताउँछन् ।

No comments:
Post a Comment