नयाँ पत्रिका
काठमाडौं, १५ माघ
सरकारले सन् २००८ अक्टोबरमा नेपाल पर्यटन वर्ष घोषणा गरेपछि पर्यटन क्षेत्रमा प्रवेश गर्नेको संख्या र लगानी दुवै बढेको छ । पर्यटन वर्षसँगै सरकार र मातहतका पर्यटनसम्बद्ध निकाय तथा पर्यटन उद्योगसँग आबद्ध व्यवसायी र श्रमिक सबैको सहभागिता बढेपछि सन् २०१० मा नेपाली पर्यटन उद्योगमा लगानी विस्तार भएको हो ।
पर्यटन वर्ष सफलताका लागि पर्यटन उद्योगको विकास र विस्तार सकारात्मक भएको व्यवसायीको भनाइ छ । पर्यटन उद्योग नेपाली अर्थतन्त्रको प्रमुख आधार भएकोमा उनीहरू सहमत छन् । 'करिब आठ लाख नेपाली पर्यटन उद्योगमा प्रत्यक्ष सरोकार राख्छन्,' ट्राभल तथा टुर एजेन्सीको छाता संगठन नाटाका अध्यक्ष अर्जुनप्रसाद शर्मा भन्छन् ।
पर्यटन उद्योगको विस्तार र विकास गर्नसके राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने उनको दाबी छ । विश्व बजारमा नेपाली पर्यटन व्यवसायको प्रवर्द्धनका लागि अझै धेरै काम बाँकी रहेको शर्मा बताउँछन् ।
नेपालको पर्यटन उद्योगलेे कुल गार्हस्थ उत्पादन जिडिपीमा तीन प्रतिशत योगदान पुर्याएको अनुमान छ । २०१० मा जिडिपी केही प्रतिशत घटेको बताइए पनि वास्तविक तथ्यांक आइसकेको छैन । पर्यटन क्षेत्रको वास्तविक आम्दानी र यसले जिडिपीमा पुर्याउने योगदानबारे लेखाजोखा गर्ने पर्यटन स्याटेलाइट एकाउन्टिङ सिस्टम लागू गर्ने प्रयास हुँदै आएको छ ।
मन्त्रालयका उपसचिव रविप्रसाद कायस्थ सिस्टम पूर्णरूपमा लागू हुन कम्तीमा पाँच वर्ष लाग्ने बताउँछन् । केन्द्रीय तथ्यांक विभाग तथा राष्ट्र बैंकसँगको सहकार्यमा काम गरिरहेको मन्त्रालयले जनाएको छ । यसै वर्ष राष्ट्रिय जनगणना भएकाले प्रश्नावलीमा पर्यटनसम्बन्धी प्रश्नसमेत राख्ने तयारी गरिएको छ ।
रोजगारीको मुख्य आधार पर्यटन उद्योग प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुवैले जोड दिनुपर्ने सरकारी अधिकारी बताउँछन् । सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन क्षेत्र सञ्चालन हुँदै आएको छ । 'सरकारले पूर्वाधार निर्माण गर्छ व्यवसायीले सेवा प्रदान गर्छन्,' पर्यटन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्की भन्छन्, 'पर्यटन वर्ष अभियान पर्यटनलाई उद्योगका रूपमा स्थापित गर्ने अवसर हो ।' नेपालमा उद्योगका रूपमा विस्तार हुन थालेको पर्यटन क्षेत्रलाई स्थायित्व दिन थप व्यवस्थित गर्नुपर्नेमा पर्यटन व्यवसायीको जोड रहँदै आएको छ । 'पर्यटनलाई उद्योगका रूपमा स्थापित गर्न पर्यटकले पाउने सेवासुविधाको स्तरमा वृद्धि हुनु आवश्यक छ । उपलब्ध सेवासुविधाको समीक्षा गर्दै त्यसलाई थप गुणस्तरीय र विश्वसनीय बनाउन सक्नुपर्छ,' नाटा अध्यक्ष शर्माको भनाइ छ ।
आन्तरिक पर्यटन विस्तार उद्योग स्थापित गर्ने अर्को मुख्य आधार हो । अहिले पनि प्रमुख पर्यटकीय गन्तव्यमा ५० प्रतिशत पर्यटक आन्तरिक हुने गरेका छन् । अफ सिजनमा त्यस्तो संख्या ७० प्रतिशतसम्म पुग्ने गरेको छ । 'आन्तरिक पर्यटक वृद्धिले पर्यटन क्षेत्रको प्रतिफल स्थानीयस्तरसम्म पुर्याउन सहयोग पुग्छ,' पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक योगेन्द्र शाक्य भन्छन् ।
नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशतलाई ग्रामीण क्षेत्रसम्म पुर्याउन सरकारले होमस्टे अवधारणा ल्याएको छ । अवधारणा सफल भए पर्यटन क्षेत्रको प्रतिफल वास्तविक रूपमा ग्रामीण क्षेत्रसम्म पुग्नसक्ने शाक्यको भनाइ छ । हालसम्म ४४ युनिट होमस्टे कानुनी दायरामा आएका छन् । होमस्टे व्यवस्थित गर्न सबै दायरामा आउनुपर्ने सरकारी अधिकारी बताउँछन् ।
पर्यटन उद्योगकोे विकासले मुलुकको राष्ट्रिय अर्थतन्त्र सबल हुन सक्छ । त्यसका लागि राजनीतिक स्थायित्व त्यतिकै महत्त्वपूर्ण छ । 'पर्यटन व्यवसायीले पर्यटन वर्ष शुभारम्भका लागि राजनीतिक प्रतिबद्धतालाई पूर्वसर्त बनाएका थिए । पर्यटन वर्ष शुभारम्भमा कम्तीमा एक वर्षसम्म बन्द हडताल नगर्ने लिखित प्रतिबद्धता गरेका प्रमुख तीन दलसहित संविधानसभाका १९ दलका नेताले प्रतिबद्धता पूरा गरे पर्यटन मात्र नभएर समग्र आर्थिक क्षेत्रका लागि वरदान हुनेछ,' संयोजक शाक्यको निष्कर्ष छ ।
पर्यटन उद्योगसँग प्रत्यक्ष सम्बन्धित हवाई सेवामा समेत पछिल्लो समय निकै उत्साह बढेको छ । विदेशी विमान सेवा कम्पनीले नेपालमा सेवा विस्तार गर्नु पर्यटन उद्योगका लागि सकारात्मक अवसर हो भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको कमजोर स्थिति पर्यटन उद्योगका लागि चुनौती हो । एसियाका सबै देशको पर्यटन विस्तारमा हवाई सेवाको ठूलो योगदान रहँदै आएको छ ।
'हवाई सेवाको प्रत्यक्ष सम्बन्ध पर्यटनसँग भएकाले यसको विकासले पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने गर्छ,' निजी क्षेत्रको अग्रणी एयरलाइन्स बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन् ।
राष्ट्रिय ध्वजावाहक कमजोर हुँदा त्यसको असर पर्यटन उद्योगमा पर्ने उनी स्विकार्छन् । पर्यटन उद्योगलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गरी रोजगारी अवसर सिर्जना गर्न पूर्वाधारका साथै क्षमता अभिवृद्धिमा जोड दिनु आवश्यक हुने बताउँदै त्यसका लागि राजनीतिक प्रतिबद्धता र सरकार/निजी क्षेत्र सहकार्य पूर्वसर्त रहेको बस्नेतको भनाइ छ ।
२०१० सम्ममा नेपालको पर्यटन उद्योग संख्या
५ तारे होटल १०
४ तारे होटल २
३ तारे होटल २४
२ तारे होटल ४५
१ तारे होटल ३६
पर्यटक स्तरका होटल तथा रिसोर्ट ६३०
जम्मा ७४७
होमस्टे युनिट ४४
क्यासिनो १०
गेमिङ क्लब (मिनि क्यासिनो) ३
टाभल एजेन्सी १७५०
ट्रेकिङ एजेन्सी १२४०
र्याफि्टङ एजेन्सी ९
टुर गाइड २६६३
टे्रकिङ गाइड ६७४७
रिभर गाइड ५७
स्रोत ः पर्यटन उद्योग महाशाखा
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete