Wednesday, February 2, 2011

२०१० मा लक्ष्यभन्दा डेढ लाख कम पर्यटक


नयाँ पत्रिका

काठमाडौं, १८ माघ

सरकारले राखेको लक्ष्यभन्दा करिब डेढ लाख कम पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१० मा ७ लाख ४५ हजार ७ सय ८० विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य राखेकोमा ६ लाख २ हजार ८ सय ५५ ले मात्र भ्रमण गरेका छन् ।

लक्ष्यको तुलनामा यो १ लाख ४२ हजार ९ सय २५ कम हो । २००९ को तुलनामा २०१० मा पर्यटक संख्या ४६ दशमलव ३ प्रतिशतले बढाउने लक्ष्य सरकारले निर्धारण गरेकोमा १८.२ प्रतिशत बढी पर्यटक आएका छन् । सरकारले २०१० मा सबैभन्दा बढी १ लाख ६४ हजार १ सय १८ भारतीय पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । यो संख्या २००९ को तुलनामा ५० प्रतिशतले बढी हो । भारतीय पर्यटक ५० प्रतिशत बढ्ने लक्ष्य राखिएकोमा २४ प्रतिशतले मात्र बढेका छन् ।

भारतबाट २०१० मा १ लाख १६ हजार ३ सय २१ पर्यटक नेपाल आएका छन् । २००९ मा यो संख्या ९३ हजार ८ सय ८४ थियो । पर्यटन वर्ष २०११ मा भारतीय पर्यटकको संख्या २ लाख ६२ हजार ५ सय ८८ र बजार हिस्सा २६.२६ प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको छ ।

दोस्रो बजारको रूपमा रहेको चिनबाट पनि लक्ष्यभन्दा १७ हजार कम पर्यटक आएका छन् । २०१० मा ६० हजार ८ सय ५५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य राखेकोमा ४३ हजार १ सय १९ जना मात्र आएका छन् । यो संख्या २००९ को तुलनामा ३३.६ प्रतिशतले बढी हो ।

त्यतिखेर ३२ हजार २ सय ७२ चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए । सरकारले भने चिनियाँ पर्यटक ६० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो । सरकारले २०१० मा भारत र चिनबाट गरी २ लाख २४ हजार ९ सय ७३ पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा १ लाख ५९ हजार ४ सय ४० जना भित्रिएका छन् । यो संख्या २०११ म्ाा ३ लाख ६३ हजार ९ सय १२ पुग्ने अनुमान छ ।

२०११ को लक्ष्य

मुलुक हवाई मार्गबाट स्थलमार्गबाट जम्मा वृद्धि हिस्सा

भारत २६२५८८ २६२५८८ ६० प्रतिशत २६.६

चिन ५४६५१ ४६६७३ १०१३२४ ६६.५ १०.१३

सार्क मुलुक ४३८३४ ७८०५६ १२१८९० २७.५ १२.९

एसिया सार्कबाहेक ७०८४९ ३६५८२ १०७४३१ १७.४ १०७४

युरोप २१६२९७ ३२३६६ २४८६६३ २८.८ २४.८७

ओसेनिया २२६८० २९३७ २५६१७ १९.७ २.५६

उत्तर अमेरिका ५९११७ ५९३४ ६५१११ २२.९ ६.५१

अन्य ४५१५५ २२२२१ ६७३७६ १.७ ६.७४

जम्मा ७७५२३१ २२४७६९ १०००००० ३४.१ १००

जनवरीमा ३३ हजार पर्यटक आए

काठमाडौं/ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भएको नेपाल पर्यटन वर्ष २०११ को जनवरीमा ३२ हजार ९ सय १४ पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । यो संख्या २०१० को जनवरीमा २६ हजार ७१ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार जनवरीमा हवाई मार्गबाट आउने विदेशी पर्यटक अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.२ प्रतिशतले बढेका छन् । भारतबाट जनवरीमा ७ हजार ९ सय ५ पर्यटक नेपाल आएका छन् । यो ३५.५ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही महिनामा यो संख्या ५ हजार ८ सय ३६ थियो ।

अन्य मुलुकतर्फ बंगलादेशी र पाकिस्तानी पर्यटक बढेका छन् । पाकिस्तानी पर्यटक १३.३ प्रतिशत र बंगलादेशी १० प्रतिशतले बढेका छन् । यद्यपि श्रीलंकाली पर्यटक भने ४७.५ प्रतिशतले घटेका छन् । समग्रमा सार्क क्षेत्रका पर्यटक २८.८ प्रतिशतले बढेको छ । सार्कबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक जनवरीमा ३६.६ प्रतिशतले बढेका छन् । एसियाली मुलुकतर्फ चिनियाँ पर्यटकको वृद्धि उत्साहजनक छ ।

चिनियाँ पर्यटक यो महिनामा ८० प्रतिशतले बढेका छन् । २०१० को जनवरीमा १ हजार ७ सय ८३ चिनियाँ पर्यटक नेपाल आएकोमा यो संख्या २०१० को जनवरीमा ३ हजार २ सय ३ पुगेको छ । जापान, मलेसिया, सिंगापुर, थाइल्यान्ड र दक्षिण कोरियाका पर्यटक क्रमशः ८.२, ५१.९, २९.१ र २०.३ प्रतिशतले बढेका छन् ।

इुरोपियन बजारतर्फ समग्र पर्यटक आगमन वृद्धिदर १४.६ प्रतिशत छ । बेलायत, जर्मनी, नेदरल्यान्ड र रसियाका पर्यटक क्रमशः ७.५, ३५.३, ४८.९ र ४०.३ प्रतिशतले बढेका छन् । पान्स, इटली र स्विट्जरल्यान्डका पर्यटक भने केही घटेका छन् । अस्टे्रलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिकाका पर्यटक पनि यो महिनामा बढेका छन् ।

No comments:

Post a Comment