Monday, November 28, 2011

जुम्लामा बिकेन जापानी चामल

लक्ष्मीप्रसाद खतिवडा 
जुम्ला, ११ मंसिर

जापान सरकारले अनुदानमा दिएको चामल जुम्लामा बिक्री हुन छाडेको छ । स्थानीय बजारमा चामल उपलब्ध हुन थालेपछि जापानी चामल बिक्री हुन छाडेको हो । बिहानैदेखि उपभोक्ताको लाइन लाग्ने सदरमुकाम खलंगास्थित नेपाल खाद्य संस्थानको कार्यालय आजकल सुनसान छ । मागभन्दा आपूर्ति बढी हुन थालेपछि चामल सड्ने अवस्थामा पुगेको छ ।
खाद्य संस्थान जुम्ला शाखा प्रमुख जयराज ओझाका अनुसार आर्थिक वर्ष ०६८\६९ का लागि ३१ हजार क्विन्टल चामल माग गरिएको छ । तर, अघिल्लो आवकै १३ हजार क्विन्टल चामल बिक्री हुन बा“की छ । दसै तिहार राहत कार्यक्रमअन्तर्गत जापानी चामलमा प्रतिकिलो १० रुपैया“ छुट दिइएको भए पनि उपभोक्ताको खासै आकर्षण देखिएन । यसअघि सधै“ दसै“मा चामलको हाहाकार हुन्थ्यो । बजारमा सहजै चामल उपलब्ध हुन थालेपछि सरकारी अनुदानको चामलका लागि जुम्लावासीले मरिहत्ते गर्न छाडेका छन् । कात्तिक अन्तिम सातासम्म ७ सय क्विन्टल चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । पर्याप्त मात्रामा चामल बिक्री हुन छाडेपछि गत असोजमा बसेको जिल्लाको सर्वदलीय बैठकले १५ हजार क्विन्टल चामल सदरमुकाम खलंगामा राखेर बाकी डोल्पाको काइगाउ मुगु र सिञ्जाकोट डिपोमा पठाउने निर्णय गरेको थियो ।
गत वर्षसम्म खाद्यको चामल लिन जिल्ला विकास समिति, गाउ विकास समिति तथा जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य थियो । बिहान ७ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था थियो, तर अहिले खाद्य गोदाम दिनभर सुनसान रहन्छ । ‘टाढाबाट फाट्टफुट्ट ग्राहक आउछन् । बजारका उपभोक्ता खाद्यमा आउ“दैनन्,’ स्थानीय अमरबहादुर रोकायाले भने । यसअघि टाढाबाट आउने उपभोक्तालाई १५ किलो र नजिककालाई १० किलो चामल दिने गरिएकोमा अहिले क्रमशः ३० र २० किलो दिने गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख ओझाले गोदाममा प्रशस्त चामल रहेको बताए । ‘गोदाममा चामल पर्याप्त छ । थप आउने क्रम जारी छ,’ ओझाले भने । आफ्नो गोदाममा चामल नअटेपछि कार्यालयले अन्यत्र १७ वटा गोदाम भाडामा लिएको उनले जानकारी दिए ।
बजारमा पाइने अन्य चामलभन्दा खाद्यको चामल १५ रुपैया“ सस्तो छ र तर गुणस्तरीय नहुने भएकाले उपभोक्ताको रोजाइमा जापानी चामल पर्ने गरेको छैन । खाद्य संस्थानबाट अहिले दैनिक १५÷२० किलो चामल मात्र बिक्री हुन्छ । स्थानीय कालीबहादुर रोकायाले खाद्यको चामल मीठो नहुने भएकाले केही मह“गो तिरेरै भए पनि बजारे चामल खरिद गर्ने गरेको बताए । ‘अहिले खाद्यको भन्दा अन्य चामल बढी बिक्री हुन्छ,’ उनले भने । नेपालगन्ज तथा सुर्खेतबाट ट्रक र ट्रयाक्टरबाट चामल आउन थालेपछि बजारमा चामलको अभाव हुन छाडेको उनले जानकारी दिए । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सुर्खेत तथा नेपालगन्जबाट व्यापारीले जुम्लाका गाउ“मा चामल पु¥याउन थालेका छन् । खाद्य संस्थानको चामल वितरण प्रणाली झन्झटिलो भएकाले उपभोक्ताले चामल बजारबाटै खरिद गर्ने गरेका छन् । खलंगा बजारमा २५ किलो चामलको १२ सय रुपैया“ पर्छ । एक किलो चामल नेपालगन्जबाट जुम्ला सदरमुकाम खलंगा पु¥याउन ट्रकले १० रुपैया“ र ट्र्याक्टरले ४ रुपैया लिन्छ ।

No comments:

Post a Comment