Tuesday, November 29, 2011

चिनिया जहाज ल्याउन सिफारिस



नया पत्रिका
काठमाडौं, १२ मंसिर

नेपाल वायुसेवा निगमको प्राविधिक टोलीले चिनिया जहाज प्राविधिक रूपमा उपयुक्त रहेको निष्कर्ष निकालेको छ । चीनबाट ल्याउने भनिएको जहाजको प्राविधिक परीक्षण गर्न गएको टोलीले निगम सञ्चालक समितिलाई यस्तो जानकारी गराएको हो ।
निगम अध्यक्ष मनरूप शाहीका अनुसार जहाज ल्याउने विषयमा सञ्चालक समितिमा छलफल जारी छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा प्राविधिक टोलीले जहाजबारे प्रस्तुतीकरण गरेको थियो । निगम सञ्चालक समिति सदस्य रञ्जनकृष्ण अर्यालले प्राविधिक प्रतिवेदन अध्ययन गरी निर्णय लिइने बताए । ‘प्रतिवेदन अध्ययनको क्रममा छ । अध्ययनपछि तालुकदार मन्त्रालयमा पठाउछौ,’ उनले भने । अर्यालका अनुसार प्रतिवेदन पर्यटनले अर्थमा पठाउछ र अर्थको स्वीकृतिपछि प्रक्रिया अगाडि बढ्छ ।
निगमले सबै प्रक्रिया पु¥याएर डिसेम्बर महिनामा हुने चिनिया प्रधानमन्त्री वेन जिया बाओको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच जहाज खरिदको हस्ताक्षर गर्ने योजना बनाएको छ । यसअघि दुई पक्षबीच जहाज अनुदान वा सहुलियतपूर्ण ऋणमा लिने भन्ने विषयमा उच्चस्तरीय वार्ता हुनेछ । चीनको नागरिक उड्डयन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच जहाजको सञ्चालन विषयमा छलफल हुनु आवश्यक छ । सञ्चालक समिति सदस्य अर्याल भने हस्ताक्षरको कुरा वार्ताप्रक्रिया कसरी अगाडि बढ्छ त्यसमा भरपर्ने बताउछन् । पर्यटन मन्त्रालय कानुन महाशाखा प्रमुखसमेत रहेका अर्यालले प्रक्रियागत रूपमा हेर्दा डिसेम्बरमै हस्ताक्षर हुने सम्भावना नरहेको बताए ।
जहाजको प्राविधिक पक्ष र व्यापारिक सम्भावनाबारे अध्ययन गर्न निगमको प्राविधिकतर्फका नायब महाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा ५ सदस्यीय टोली कात्तिक अन्तिम साता प्राविधिक टोली चीन गएको थियो । टोलीले पाचवटा एमए ६० आधा अनुदान वा सहुलियतपूर्ण ऋणमा लिन सिफारिस गरेको छ । कति जहाज दिने भन्ने निर्णय भने कम्पनीको उत्पादन क्षमतामा समेत भर पर्नेछ ।
एमए ६० र वाइ १२ दुवै जहाज चीनमा बनेको भए पनि युरोपियन र अमेरिकन पार्टपुर्जा तथा क्यानेडियन इन्जिन प्रयोग भएको प्राविधिक टोलीले बताएको छ । वाइ १२ चीनको नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गरेको जहाज भएकोले नेपालका लागि पनि उपयुक्त रहेको प्राविधिक बताउछन् । जहाजको सबैजसो पक्षबारे बुझेकाले दुवै प्रकृतिका जहाज कम्तीमा २५ वर्ष उडान योग्य रहेको प्राविधिक टोलीको दाबी छ ।
चीनको जियान एयरक्र्याफ्ट इन्डस्ट्रियल कर्पोरेसनले निर्माण गरेको यो जहाज टर्वोप्रप इन्जिनयुक्त छ । सोही कम्पनीले निर्माण गरेको एमए ६० जहाज एयरबस, बोइङ तथा एटिआरजस्ता जहाजमा प्रयोग हुने पार्टपुर्जाबाट बनेको प्राविधिक टोलीले सञ्चालक समितिलाई जानकारी गराएको छ । चीनबाट आठ जहाज ल्याउने निगमको प्रस्तावलाई स्वीकृति दिदै अर्थ मन्त्रालयले चीनलाई चिठी लेखिसकेको छ । निगम व्यवस्थापनले १९ सिट Ôमताका साना पाच र ५० देखि ७० सिट Ôमताका ठूला तीन जहाज चीनबाट अनुदान र सहुलियतपूणर ऋण्ँमा लिइदिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अर्थमा प्रस्ताव पठाएको थियो । चिनिया दूतावासका उच्चअधिकारीस“ग समेत छलफल गरेर सबै जहाज अनुदानमा दिन आग्रह गरिएको निगम व्यवस्थापनले जनाएको छ ।
निगमले ल्याउन खोजेको सानो जहाजको मूल्य एउटाको ५० लाख अमेरिकी डलर र ठूलो एउटाको १ करोड ६० लाख अमेरिकी डलर पर्ने बताइएको छ । सहुलियतपूर्ण ऋणमा लि“दा पहिलो पा“च वर्Èसम्म ऋण्ँ तिर्नु पर्दैन । निगमले दुई दशकदेखि एउटा पनि जहाज किन्न सकेको छैन । हाल निगमस“ग रहेका ६ ट्विनअटर जहाज ४० वर्ष अघि अनुदानमै क्यानाडाबाट ल्याइएको हो । यसमध्ये २ वटा अहिले पनि उडिरहेका छन् । निगमले दुर्गम Ôेत्रमा उडान गरिरहेको यो जहाज संसारमै उत्पादन हुन छोडिसकेको छ ।
लेखाले बोलायोयसैबीच संसद्को सार्वजनिक लेखा समितिले निगमको जहाजबाट सामान हराएको सम्बन्धमा छलफल गर्न सरोकारवालालाई मंगलबार बोलाएको छ । लेखाले पर्यटन मन्त्रालयका सचिव, निगम अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरूलाई बोलाएको हो । गत कात्तिक तेस्रो साता विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट निगमका आन्तरिक उडान गर्ने ट्विनअटर जहाजमा प्रयोग हुने दुईवटा ल्यान्डिङ गियर हराएका थिए । सामान थाई एयरवेजबाट कार्गो गरी ल्याइएको थियो । त्यस्तै, कात्तिक २२ गते बोइङ ७५७ जहाजका टायर ग्राउन्डेड अवस्थामा विमानस्थलबाटै हराएका थिए । केही समयदेखि नै निगमको जहाजका विभिन्न पार्टपुर्जा हराउने क्रम जारी छ ।

No comments:

Post a Comment