Sunday, January 8, 2012

नेपाल टेलिकमको बजार हिस्सा घट्दै

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २२ पुस

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको बजार हिस्सा घट्न थालेको छ । निजी क्षेत्रको कम्पनी एनसेल आक्रामक बजार रणनीतिका साथ अगाडि आएकाले टेलिकमको बजार हिस्सा घट्न थालेको हो ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दूरसञ्चार बजारमा नेपाल टेलिकमको बजार हिस्सा ४९ प्रतिशत छ । एनसेलको बजार हिस्सा ४५ प्रतिशत छ भने युटिएलको ४ प्रतिशत छ । बा“की २ प्रतिशत बजार हिस्सा ग्रामीण दूरसञ्चार कम्पनीको छ । दुई महिना अघिसम्म टेलिकमको बजार हिस्सा ५० प्रतिशत थियो भने एनसेलको बजार हिस्सा ४४ प्रतिशत थियो । साउन मसान्तसम्म सो प्रतिशत क्रमशः ५१ प्रतिशत र ४३ प्रतिशत थियो ।
प्राधिकरणको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म नेपाल टेलिकमका कुल ग्राहक ७१ लाख ८० हजार २ सय ८५ पुगेका छन् भने एनसेलका ६६ लाख ८६ हजार ८ सय ७१ पुगेका छन् । असोजसम्म त्यस्तो संख्या क्रमशः ७० लाख ४६ हजार २ सय १६ र ६३ लाख ३४ हजार ११ थियो ।
एक महिनामा टेलिकमले १ लाख ३४ हजार ६९ ग्राहक थपेकामा एनसेलले ३ लाख ५२ हजार ८ सय ६० ग्राहक थपेको छ । एनसेलले जिएसएम प्रविधिमा मोबाइल सेवा मात्र सञ्चालन गरिरहेको छ भने टेलिकमले फिक्स्ड लाइन, जिएसएम र सिडिएम प्रविधिमा सेवा सञ्चालन गरिरहेको छ । युटिएलको बजार हिस्सा ४ प्रतिशत छ । अन्य सेवा प्रदायकको बजार हिस्सा भने १ प्रतिशत हाराहारी छ ।
कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार देशका सयमध्ये ५५ जनामा दूरसञ्चार सेवा पुगेको छ । आधारभूत टेलिफोन, मोबाइल तथा अन्य प्रविधिमार्फत कुल जनसंख्याको ५५.४१ प्रतिशतमा दूरसञ्चार पह“ुच पुगेको हो । यो प्रतिशत असोज मसान्तसम्म ५३.५० थियो । पछिल्लो तथ्यांकअनुसार टेलिफोन प्रयोगकर्ताको कुल संख्या १ करोड ४७ लाख ५४ हजार ५ सय १७ पुगेको छ । मोबाइल पहु“च उल्लेख्य बढेकाले टेलिघनत्व पनि बढेको हो । कुल टेलिफोन प्रयोगकर्तामध्ये ४९.२१ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् ।
कात्तिक मसान्तसम्म मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ३१ लाख १ हजार ५ सय ५१ पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मोबाइलका उपभोक्तामध्ये १ करोड २२ लाख ४३ हजार ५ सय ७० जिएसएम मोबाइलका छन् । नेपालमा ११ वर्Èअघि जिएसएम प्रविधिको मोबाइल भित्रिएको हो । सिडिएमए प्रयोगकर्ता भने ८ लाख ५७ हजार ९ सय ८१ छन् । सिडिएमए विस्तार पनि सुस्त गतिमा छ । एक महिनामा करिब ६ सय मात्र प्रयोगकर्ता थपिएका छन् ।
मोबाइल सेवाको विस्तार उत्साहजनक देखिए पनि आधारभूत टेलिफोनको विस्तार भने सुस्त छ । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म ८ लाख ४४ हजार ८ सय १६ मात्र फिक्स्ड लाइन टेलिफोन वितरण भएको छ । तथ्यांकले कुल जनसंख्याको ३.१७ प्रतिशतमा मात्र त्यस्तो सेवा पुगेको देखाएको छ ।
इन्टरनेट प्रयोगकर्ताको संख्या ३७ लाख ५१ हजार ४ सय ४१ पुगेको छ । तथ्यांकले १४.९ प्रतिशत जनतामा इन्टरनेट पहु“च विस्तार भएको देखाएको छ । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता जिपिआरएसका छन् । इन्टरनेटका ग्राहकमध्ये सबैभन्दा बढी ३४ लाख ३६ हजार ५ सय ६४ जिपिआरएसका छन् । मोबाइल उपभोक्ता बढेकाले जिपिआरएसमार्फत इन्टरनेट चलाउनेको संख्या बढेको हो । एडिएसएलका ग्राहक भने ७६ हजार ७ सय ४० मात्र छन् ।
कात्तिकसम्म विभिन्न दूरसञ्चार कम्पनीका जिपिआरएस प्रयोगकर्ता ३० लाख ५९ हजार ९ सय ५८ पुगेको प्राधिकरणको तथ्यांक छ । एडिएसएलका प्रयोगकर्ता भने ७४ हजार मात्र छन् । कुल इन्टरनेट प्रयोगकर्तामध्ये ५८ प्रतिशत एनसेलका छन् भने ३८ प्रतिशत टेलिकमका छन् ।
प्राधिकरणले हालसम्म आधारभूत टेलिफोनका लागि ३, मोबाइलका लागि २, नेटवर्क सभिर्स प्रोभाइडरका लागि ९ , भिस्याटका लागि १ सय, इन्टरनेट सेवाका लागि ४९, ग्रामीण दूरसञ्चारका लागि १ सय ८ दुई, लिमिटेड मोबिलिटीका लागि १ सय ८ कम्पनीलाई लाइसेन्स दिएको छ ।

नाटामा नया नेतृत्व

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाट्टा) ले डा“फे ट्राभल्सका प्रबन्ध निर्देशक पवित्रकुमार कार्कीको नेतृत्वमा नया नेतृत्व चयन गरेको छ । नाट्टाको ४८औ वार्षिक साधारणसभाले सर्वसम्मत कार्कीको अध्यक्षतामा १४ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
नया“ कार्यसमितिमा डाइनामिक सर्बिसेजका मधुसूधन आचार्य प्रथम उपाध्यक्ष, ब्लुबर्ड ट्राभल्सका शम्भुराज पाठक द्वितीय उपाध्यक्ष, सी एन्ड स्काई टुर्सका अच्युत गुरागाइ“ महासचिव र एक्मे होलिडेका सन्तोष गौतम कोषाध्यक्षमा सर्वसम्मत भएका छन् ।
त्यस्तै, हिमाल रेजनका गोकुल केसी सचिव, लिबरल टुर्सका नवराज सापकोटा सहकोषाध्यक्ष र सदस्यमा राजा शाक्य, चित्रबहादुर गुरुङ, सांगे गुरुङ, दिपेन्द्रकुमार घिमिरे, जिस्वां तुलाधर, विवेक विजयानन्द र सविता भट्टराई रहेका छन् ।
शुक्रबार आयोजित वार्षिक साधारणसभामा पर्यटनमन्त्री लोकेन्द्र विष्टले पर्यटन प्रवद्र्धनका लागि नया“ नीति र योजना ल्याउने तयारी भएको बताए । उनले नेपालको पर्यटन विकासका लागि नया“ जहाज खरिद गर्नुपर्ने र आन्तरिक विमानस्थल सुधार गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव गणेशराज जोशीले पर्यटन क्षेत्रमा क्रियाशील संघ संस्थाले एकत्रित रूपमा महासंघ गठन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्ध पर्यटन विकासमा नाट्टालाई सक्रिय भूमिकाका लागि तयार हुन सुझाब दिए ।
कार्यक्रममा नाट्टा सगरमाथा पुरस्कार २०११ बाट एभिया क्लबकी अध्यक्ष नताशा श्रेष्ठ, जापानमा नेपालको पर्यटन र कला संस्कृति प्रवद्र्धन गरेबापत नाट्टा भाष्कर पुरस्कारबाट जिज्ञानकुमार थापालाई सम्मान गरियो ।
त्यस्तै, पर्यटन बोर्डमा रहेर पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलेको भन्दै बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठलाई मानार्थ आजीवन सदस्यता प्रदान गरियो कार्यक्रममा नाट्टामा २५ वर्ष पूरा गर्ने ट्राभल एजेन्सी एवं पर्यटन पत्रकार संघ (जाट नेपाल) का अध्यक्ष हरिराज जोशी, नागरिक दैनिकका पत्रकार सुशील भट्टराई र न्युज ट्वान्टी फोरलाई सम्मान गरिएको थियो ।

विमानस्थल अनुगमनका लागि समिति 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार तथा अनियमितता बढेको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य ज्योति अधिकारीको संयोजकत्वमा पा“च सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
समितिमा प्राधिकरणको आधिकारिक टे«ड युनियनका अध्यक्ष दमन रावल, मजदुरका तर्फबाट जगत सिम्खडा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव मातृकाप्रसाद मरासिनी सदस्य छन् । एकजना सदस्य भने पछि थपिने बताइएको छ । समितिले विमानस्थलभित्र हुने अनियमितताबारे मन्त्रालयलाई रिपोर्टिङ गर्नेछ ।
त्यस्तै, विमानस्थलको भौतिक पूर्वाधार र अन्य काम–कारबाही गर्ने तथा यात्रुका सामान हराए वा चोरिएको थाहा पाए कारबाही गर्न मन्त्रालयलाई सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ । समितिलाई जुनसुकै वेला, जस्तोसुकै अवस्थामा पनि छानबिन गर्ने र छड्के चेकजा“च गर्ने अधिकारसमेत दिइएको मन्त्री विष्टले बताए ।

No comments:

Post a Comment