Sunday, January 1, 2012

५१ मध्ये २८ विमानस्थल घाटामा

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १६ पुस


नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गरेका मुलुकभरका ५१ विमानस्थलमध्ये २८ विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । दुर्गम क्षेत्रका विमानस्थलमा यात्रु चाप कम हुनु तथा विमानस्थल सेवाशुल्क न्यून भएका कारण विमानस्थल घाटामा गएका हुन् ।
मुलुकभर सञ्चालित विमानस्थलमध्ये २८ घाटामा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण्ँका अनुसार यात्रु चहलपहल बढी हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १० विमानस्थल मात्र नाफामा छन् । आव ०६७\६८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, लुक्ला, सिमरा, पोखरा, भैरहवा, जोमसोम, सुर्खेत र धनगढी विमानस्थल मात्र सञ्चालन नाफामा रहेको प्राधिकरण अर्थ विभागले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी नाफा कमाउने विमानस्थलमध्येमा पर्छ । प्राधिकरणको कुल आम्दानीमध्ये करिब ९० प्रतिशत त्रिवि विमानस्थलको हुने गर्छ । गत आर्थिक वर्षमा त्रिभुवन विमानस्थलले २ अर्ब ४९ करोड १५ लाख ९१ हजार रुपैया आम्दानी गरेको थियो । विमानस्थलको वार्षिक सञ्चालन खर्च भने ५५ करोड हाराहारी हुने गरेको प्राधिकरणले जनाएको छ ।
घाटामा सञ्चालित अधिकांश विमानस्थल दुर्गम क्षेत्रका हुन् । निजी विमान कम्पनी पर्यटक नजाने दुर्गम क्षेत्रमा जान नचाहने भएकाले हवाई चहलपहल कम हुने गरेको छ । नेपाल वायु सेवा निगमले मात्र नियमित उडान भर्ने दुर्गम क्षेत्रका थुप्रै विमानस्थलमा भौतिक पूर्वाधार तथा धावनमार्ग उपयुक्त नभएको भन्दै निजी वायु सेवा कम्पनीले आंशिक उडान मात्र गर्ने गरेका छन् ।
त्यस्तै, दुर्गम क्षेत्रका विमानस्थलको यात्रु सेवाशुल्क सरकारले जेठदेखि घटाएर प्रतियात्रु ५ रुपैयामा झारेको छ । दुर्गमका विमानस्थलमा गैरहवाई (ननएरोनटिकल) आम्दानी नहुने भएकाले पनि घाटा बढी हुने गरेको प्राधिकरणको भनाइ छ ।
खर्च तुलनामा आम्दानी कम भएका मुलुकभरका विमानस्थलबाट प्राधिकरणलाई गत आवमा ६ करोड १९ लाख ६५ हजार रुपैया नोक्सान भएको थियो । गत आवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका आन्तरिक विमानस्थलबाट २ अर्ब ६९ करोड ५५ लाख ३५ हजार रुपैया आम्दानी भएको प्राधिकरणले जनाएको छ । मुलुकभरका विमानस्थल सञ्चालनका लागि ७५ करोड ६२ लाख ७९ हजार रुपैया खर्च भएको थियो ।
घाटा भए पनि सामाजिक उत्तरदायित्वका कारण दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपानेले बताए । ‘सरकारको नीतिअनुसार प्राधिकरणले दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउन विमानस्थल सञ्चालन गरिरहेको छ,’ न्यौपानेले भने ।
सरकारले दुर्गम क्षेत्रमा हवाई सेवा सुदृढ गर्ने नीति लिएका कारण प्राधिकरणले त्यसमा जोड दिएको उनले बताए । बन्द अवस्थाका १५ विमानस्थल सञ्चालनका लागि स्थानीयदेखि सभासद्, मन्त्री र प्रधानमन्त्रीसम्मले दबाब दिने गरेको प्राधिकरण्ँको भनाइ छ । सरकारी स्वामित्वमा सञ्चालित प्राधिकरण्ले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विमानस्थल निर्माण र सञ्चालन गर्दै आएको छ ।
हाल मुलुकभर एउटा अन्तर्राष्ट्रिय, ४ क्षेत्रीय हब, ४२ अन्य, आन्तरिक र ४ वटा निर्माणाधीन गरी ५१ विमानस्थल रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये ३४ विमानस्थलमा मात्र हवाई सेवा सञ्चालनमा  छ ।
सञ्चालन प्रकृति, हवाई ट्राफिक, भौतिक पूर्वाधार तथा उपलब्ध सेवा सुविधाका दृष्टिले प्राधिकरणले मुलुकभरका विमानस्थललाई ७ वर्गमा वर्गीकरण गरेको छ । पहिलो वर्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ भने दोस्रोमा विराटनगर, नेपालगन्ज, गौतमबुद्ध र पोखरा विमानस्थल पर्छन् ।
त्यस्तै, तेस्रोमा सिमरा, भरतपुर, जोमसोम, लुक्ला, जुम्ला, जनकपुर र चन्द्रगढी विमानस्थल छन् । धनगढी, लामिडा“डा, सुर्खेत र तुम्लिङ्टार चौथो वर्गमा पर्छन् भने बझाङ, बाजुरा, भोजपुर, रुम्जाटार, चौरझारी, सिमिकोट, डोल्पा, सांफेबगर महेन्द्रनगर, मनाङ, मेघौली, फाप्लु, रामेछाप, रुकुम र ताप्लेजुङ विमानस्थललाई प्राधिकरणले पाचा वर्गमा राखेको छ ।
डोटी, दार्चुला, बैतडी, टीकापुर, दाङ र राजविराज छैटौ“ वर्गमा पर्छन् भने सातौ“ वर्गका विमानस्थलमा ढोेरपाटन, गोरखा, बाग्लुुङ, जिरी, रोल्पा, स्याङबोचे र लाङटाङ विमानस्थल छन् । छैटौ“ वर्गका विमानस्थलमा उडान सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति रहे पनि नियमित उडान हुन सकेको छैन भने सातौ“ वर्गमा पर्ने विमानस्थलमा लामो समयदेखि हवाई सेवा बन्द भइसकेको छ । उडान सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति उपलब्ध छैन ।
नाफामा भएका विमानस्थल
विमानस्थलको नाम नाफा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल    १९३२८७५५५१.८६
पोखरा विमानस्थल २१९०२७५४.८२
चन्द्रगढी विमानस्थल १०७७३१८८.३२
विराटनगर विमानस्थल ७१४५७५३.०९
लुक्ला विमानस्थल ५४४३८४४.९२
भैरहवा विमानस्थल २८१७१४९.९७
जोमसोम विमानस्थल १९००९८६.८४
सुर्खेत विमानस्थल  ५२५८१६०.७३
सिमरा विमानस्थल ७५०५४९.६९
धनगढी विमानस्थल ५०२७१९.७५
स्रोत: प्राधिकरण अर्थ विभाग

No comments:

Post a Comment