Friday, December 30, 2011

मजदुर विवादले क्यासिनो सांग्रिला बन्द


लक्ष्मीप्रसाद खतिवडा
 काठमाडौं, १४ पुस

होटल सांग्रिलामा सञ्चालित क्यासिनो सांग्रिला बन्द भएको छ । मलेसियाली कम्पनीको स्वामित्व रहेको स्टार म्यानेजमेन्ट प्रालिले सञ्चालन गर्दै आएको क्यासिनो मजदुर विवादका कारण बन्द गरिएको हो ।
व्यवस्थापनले बिहीबार क्यासिनो बन्द भएको सूचना श्रम मन्त्रालय, श्रम विभाग तथा श्रम कार्यालय वागमतीलाई दिएको छ । स्टार म्यानेजमेन्टका निर्देशक बोधविक्रम पाण्डेले क्यासिनो बन्द भएपछि मलेसियाली कम्पनी फिर्ता जाने सम्भावना रहेको बताए । ‘लगानीकर्ताकै स्वीकृतिमा क्यासिनो बन्द गरेका हौ“, उनीहरू यहाको श्रम समस्याले चिन्तित छन्,’ पाण्डेले भने ।
स्टार म्यानेजमेन्टले गत वर्ष मात्र होटल व्यवस्थापनसग लिजमा क्यासिनो चलाउने सम्झौता गरेको थियो । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघस“ग आबद्ध केही मजदुरले गत नोभेम्बर १३ देखि नै क्यासिनोमा हड्ताल सुरु गरेका थिए । व्यवस्थापनलाई कुनै सूचना नै नदिई विनाकारण मजदुर हड्तालमा उत्रिएको व्यवस्थापन पक्षको आरोप छ । उनीहरूले नया युनियन खोल्न पाउनुपर्ने माग गरेका थिए । दर्ता भएको र हुनुपर्ने माग गर्दै आएको युनियनले काम बन्द गरेका कारण क्यासिनो बन्द गर्नुपरेको व्यवस्थापनको भनाइ छ ।
नोभेम्बर १८ देखि नै क्यासिनो बन्द गरेको व्यवस्थापनले क्यासिनो खोल्न मजदुर युनियनसग वार्ता गर्दै आएको छ । निर्देशक पाण्डेले मजदुर क्रियाकलापका कारण व्यावसायिक वातावरण खल्बलिएकाले व्यवसाय बन्द गर्नुको विकल्प नरहेको बताए । व्यवस्थापनले मजदुर समक्ष १४ बदे प्रस्ताव गरेको थियो ।
सांग्रिला बन्द भएपछि होटल सोल्टिस्थित क्यासिनो नेपाल सञ्चालनको प्रक्रिया पनि अगाडि बढ्न नसकेको स्टार म्यानेजमेन्टले बताएको छ । क्यासिनो नेपाल समेत सो कम्पनीले चलाउने बताएको थियो । क्यासिनो नेपाल व्यवस्थापन समितिसग स्टार मेनेजमेन्टले क्यासिनो सञ्चालन गर्ने लिखित सहमति गरिसकेको थियो । क्यासिनोमा कार्यरत ७ सय ७५ कर्मचारी घटाएर ५ सय बनाउने सहमति दुई पक्षबीच भएको थियो । क्यासिनो नेपालले आर्थिक बर्ष ०६७\६८ सम्ममा सरकारलाई तिनुपर्ने राजस्वबापतको बक्यौता रकम १४ करोड रहेको छ ।
सो क्यासिनोले ७ सय ७५ कर्मचारीलाई ११ महिनाको तलभत्ता, संचय कोÈ, होटललाई तिनुपर्ने वार्Èिक भाडालगायत रकम एकमुष्ट ६० करोडभन्दा बढी रहेको क्यासिनो व्यवस्थापन समितिले जानकारी दिएको छ । सो क्यासिनोका कर्मचारीले पाउनुपर्ने रकम मात्र ४५ करोड पुगेको छ । मजदुरको समस्या समाधान भए मात्र क्यासिनो नेपाल सञ्चालनको सम्भावना रहेको पाण्डेले बताए ।
क्यासिनो सांग्रिला सन् २००६ जुनदेखि सञ्चालनमा थियो । नेपाल रिक्रिएसन सेन्टरले चलाउदै आएको क्यासिनोलाई कानुनी रूपमा हटाएर व्यवस्थापनले स्टार म्यानेजमेन्टलाई जिम्मा दिएको थियो । डिसेम्बर २०१० देखि स्टार म्यानेजमेन्टले क्यासिनो व्यवस्थापनको जिम्मा लिएको थियो । ‘श्रम समस्याका कारण वर्षैभरि राम्रोस“ग चलाउन सकिएन,’ पाण्डेले भने । क्यासिनोमा ३० करोड लगानी भइसकेको उनले बताए । होटलस“ग भाडामा मिलाउने सहमतिमा व्यवस्थापनले ५ करोड रुपैया तिरेको उनले जानकारी दिए । त्यस्तै, आर्थिक वर्ष ०६८÷६९ को रोयल्टीबापतको २ करोड रुपैया“ पनि कम्पनीले सरकारलाई बुझाइसकेको छ । क्यासिनो सञ्चालकले हरेक आर्थिक वर्षको रोयल्टी २ करोड रुपैया“ अग्रिम रूपमा बुझाउनुपर्छ । आफूले व्यवस्थापन जिम्मा लिए देखिको सबै रकम तिरेर बन्द गर्न तयार रहेको निर्देशक पाण्डेले बताए ।
अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ क्यासिनो सांग्रिला इकाइका अध्यक्ष रामकृष्ण श्रेष्ठले भने मजदुर समस्यालाई बहाना बनाएर व्यवस्थापनले क्यासिनो बन्द गरेको आरोप लगाए । आफूहरू क्यासिनो खोल्ने पक्षमा रहेको उनले बताए ।
पछिल्लो समय विदेशी लगानीमा सञ्चालित कम्पनीहरू मजदुर आन्दोलनको शिकार भइरहेका छन् । यसअघि सूर्य नेपाल र वैशाली होटल मजदुर समस्याकै कारण बन्द भएका थिए । सूर्य नेपाल अहिले पनि बन्द छ भने होटल वैशाली समस्या समाधान भएपछि खुलेको छ ।

No comments:

Post a Comment