Friday, December 2, 2011

पर्यटक आगमनमा २० प्रतिशतले वृद्धि

काठमाडौं, १५ मंसिर

सन् २०११ को नोभेम्बरमा हवाई मार्ग हुदै नेपाल आउने विदेशी पर्यटकको संख्यामा २०.३ प्रतिशतले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार नोभेम्बर महिनामा हवाई मार्गबाट ५८ हजार १ सय ५६ पर्यटक नेपाल भित्रिएका हुन् ।
गत वर्षको सोही महिनामा यो संख्या ४८ हजार ३ सय ३१ थियो । सन् २०११ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा हवाई मार्गबाट कुल ५ लाख १ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सरकारले एक वर्षमा ७ लाख पर्यटक हवाई मार्गबाट भिœयाउने लक्ष्य राखेको छ । स्थलमार्गबाट ३ लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको भए पनि हालसम्म कति भित्रिए भन्ने यकिन तथ्यांक सरकारसग छैन ।
नोभेम्बर महिनामा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक बढेका छन् । दक्षिण एसियाबाट यो महिना १३ हजार २ सय ९६ पर्यटक नेपाल भित्रिएका छन् । २०१० को नोभेम्बरमा यो संख्या ११ हजार ४ सय ८१ थियो । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकमा पनि वृद्धि भएको अध्यागमनले जनाएको छ । एसियाली मुलुकबाट सन् २०१० को नोभेम्बरमा ९ हजार ४ सय ७५ पर्यटक नेपाल आएकामा यस वर्षको नोभेम्बरमा यो संख्या १३ हजार ४ सय १८ पुगेको छ । चिनिया पर्यटकको वृद्धिदर उल्लेख्य छ । थाई पर्यटक भने घटेका छन् ।
युरोपियन बजारतर्फ यो महिना १८ हजार ७ सय ७६ पर्यटक भित्रिएका छन् । त्यस्तै, अमेरिकी पर्यटक ३ हजार २ सय ६२ आएका छन् । यो महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८१ हजार २ सय ६१ विदेशी पर्यटक बाहिरिएका छन् । २०११ को ११ महिनाको अवधिमा भने ५ लाख ६२ हजार २ सय ५ पर्यटक बाहिरिएको अध्यागमनले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय प्रचार सुरु


पर्यटन वर्ष सकिन एक महिना बा“की हु“दा बिबिसीबाट नेपाल पर्यटन बर्ष २०११ को विज्ञापन प्रसारण सुरु भएको छ । दक्षिण अफ्रिकी सहर डर्बानमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर यसै सातादेखि पर्यटन बर्षको विज्ञापन प्रसारण सुरु गरिएको हो । बिबिसीका टेलिभिजन, वेबसाइट र मोबाइलमा विज्ञापन हेर्न सकिन्छ ।
बिबिसीले युरोप, एसिया प्रशान्त र दक्षिण एसियाली देशहरूमा पर्यटन वर्Èका विज्ञापन प्रसारण सुरु गरेको पर्यटन वर्ष सचिवालयले जनाएको छ । ३० सेकेन्ड अवधिका विज्ञापन आगामी १६ सातासम्म प्रसारण  हुनेछन् । यसका लागि बिबिसीसग २ करोड ५४ लाख रुपैयामा सम्झौता भएको छ । 
अमेरिकी सञ्चारमाध्यम सिएनएनबाट पनि मंसिर तेस्रो सातादेखि विज्ञापन सुरु हुने बताइएको छ । सिएनएनसग १ करोड ३६ लाख रुपैयामा विज्ञापन प्रसारण सम्झौता भएको छ । बिबिसीले ४ करोड ५० लाख र सिएनएनले ३ करोड ५० लाख रुपैयाको विज्ञापन प्याकेजको प्रस्ताव पेस गरेका थिए ।
भारत र चीनमा प्रचार गर्न यसै साता सार्वजनिक प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको पर्यटन वर्ष सचिवालयले जनाएको छ । चीनमा आगामी जनवरी र भारतमा मार्चदेखि प्रचार–प्रसार सुरु गर्ने लक्ष्य सचिवालयको छ । सरकारले चालू आवमा पर्यटन बर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि १२ करोड रुपैया विनियोजन गरेको छ । यसमध्ये भारतका लागि ६ करोड, चीन ३ करोड र बाकी ४ करोड युरोप, अमेरिकालगायत देशमा प्रचार गर्न खर्च गर्ने योजना छ । गत आर्थिक बर्ष पर्यटन बर्षको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि छुट्याइएको १३ करोड रुपैया खर्च नभएपछि सो रकम चालू आवमा रकमान्तर गरिएको थियो ।

No comments:

Post a Comment