Wednesday, December 14, 2011


पर्यटन मन्त्रीका अल्पकालिन र दिर्घकालिन योजना

नयाँ पत्रिका
काठमाडौं, २७ मंसिर

पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले आफ्ना अल्पकालिन तथा दिर्घकालिन योजनाहरु सार्वजनिक गरेका छन् । मन्त्री भएको ३५ दिनपछिअ ाफ्नो हालसम्मको कामको समिक्षा गर्दै उनले भावी योजना सार्वजनिक गरेका हुन् ।
पर्यटन क्षेत्र अन्र्तगत तत्काल गरिने कार्यमा मुलुकभर रहेका पर्यटकीय सम्भावनाको सन्तुलित विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले अगाडि बढाएको १७ वटा पर्यटन केन्द्रको गुरु योजना तयार गरिने उनले बताए । बारा जिल्लाको निजगढमा बन्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउने मन्त्री मगरको योजना छ । विमानस्थल निर्माणका लागी सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइडले पेश गरेको प्रतिवेदनका आधारमा सरकारले छलफल गरि प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
क्यासिनोको इजाजत तथा सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्न नियमावलीको मस्यौदा तयार भएको उनले बताए । पर्यटन र नागरिक उड्डयनको अन्योन्याश्रित सम्बन्धलाई दृष्टिगत गरी आन्तरिक र बाह्य हवाई सेवालाई सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डको सुविधा अनुरुप संचालन गर्ने आफ्नो योजना रहेको उनले सुनाए । पर्यटन सम्बन्धी अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न मिडिया हाउसको छनोट अन्तिम चरणमा पुगेको मन्त्री मगरले जानकारी दिए । चीनमा त्यहाँको नववर्षको समय र भारतका लागि गर्मीयामको शुरु समयलाई लक्षित गरि सो अगावै प्रचार प्रसारको कार्य गर्ने योजना रहेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक विमानस्थलको टर्मिनल भवनलाई विस्तार गरि सेवा सुविधा बढाउने, पुराना पर्यटक ट्याक्सीलाई विस्थापन गरि नयाँ ट्याक्सी सेवा संचालन गर्ने, एयर ट्राफिक चाप सहज बनाउन विमानस्थलमा ‘एटोमेसिन’ को प्रयोग गर्ने लगायतका काम तत्काल गरिने उनले जनाए ।
भुउपग्रहमा आधारित अत्याधुनिक अवतरण प्रणाली (आरएनपी–एआर) लागु गरि अन्तर्राष्ट्रिय उडान संचालन सुरक्षित र भरपर्दो बनाउने, जापान सरकारको सहयोगमा भट्टेडाँडामा नयाँ राडार जडान गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाई गर्नुका साथै विमानस्थल वरिपरि क्षेत्रमा सौन्दर्यीकरणको कार्य गर्ने लगायतका योजना मन्त्रीका छन् ।
कर्णाली लगायत पहाडी एंव दुर्गम जिल्लाका विमानस्थलहरुको सुधार तथा सुदृढिकरणका लागि चालु आबमा १ अर्ब बढी रकम बिनियोजन गरिएको तथा धनगढी र सिमरा विमानस्थलमा दुई महिनाभित्र रात्रि उडान सेवा सुविधा संचालन गर्ने योजना रहेको मन्त्री मगरले बताए ।
तुम्लिङ्गटार र सिमिकोट विमानस्थलमा थप प्रविधि जडान गर्ने र नेपालगंज, सिमरा तथा गौतमबुद्ध विमानस्थमा विमानहरुलाई दिशा र दुरी देखाउने भिओर/डीएमई उपकरण जडान गर्ने तत्कालको योजना रहेको मगरले जानकारी दिए ।
नेपाल वायुसेवा निगमका लागी सुगम र दुर्गम क्षेत्रमा उडान गर्न कम्तिमा ५ वटा विमान खरिद गर्ने कार्य भइरहेको उनले जानकारी दिए । पश्चिमा मुलुक र छिमेकी मुलुकसँग पनि विमान खरिद बारे कुरा अगाडी बढिसकेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी र सुगम र दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्न ६०/७० सिटे तथा १९ सिटे जहाज हेरिएको उनले बताए ।
निगममा कर्पोरेट संस्कारको विकास र अनुशासन कायम गरि निगमलाई व्यवसायिक सफलता तर्फ डो¥याउन राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्ने परिपाटी कडाइका साथ अवलम्बन गरिने दाबी उनले गरे ।
दीर्घकालिन योजना अन्र्तगत नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमनकारी र सेवा प्रदायकको कार्यलाई छुट्टा छुट्टै गरी कार्यको विशिष्टीकरण गर्ने, त्रिभुवन विमानस्थलको विमान चापलाई कम गर्न राजधानी नजिक आन्तरिक विमानस्थलको खोजि गर्ने, दुर्गमका विमानस्थलमा क्रमिक रुपले कालेपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए । निगमका लागि लामोदूरीका क्षेत्र तथा बजारलाई लक्षित गरि वाइड बडी विमान खरिद गर्ने, निगमको सेवालाई पूर्ण रुपमा सूचना प्रविधिमा रुपान्तरण गर्ने उनको योजनामा उल्लेख छ ।
पर्यटन वर्ष २०११ को अन्त्यसँगै पर्यटन दशकको घोषणा गरि सन् भिजन २०२० लाई अगाडि बढाउँदै २० लाख पर्यटक भित्र्याउने, ५ वर्षमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालन गर्न सकिने गरि निर्माण कार्य अघि बढाउने दीर्घकालिन योजनामा छन् । ६ महिना काम गर्न दिए आफूले धेरै काम गर्न सक्ने दावी मन्त्री मगरको छ ।


काभ्रेमा विमानस्थल बनाउन अध्ययन शुरु

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका लागि काभ्रे जिल्लामा विमानस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले काभ्रेको पाचखाल र बालुवा गाविसमा  अध्ययन थालेको हो ।
अध्ययनका लागी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक दिनेश श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति समेत गठन गरिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर सहितको मन्त्रालयको उच्चस्तरीय टोलीले सो स्थानको स्थलगत अध्ययन गरीसकेको छ । स्थलगत अध्ययनपछि मन्त्री विष्टले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साघुरो हुदै गएकोले पूर्वी क्षेत्रको आन्तरिक उडानका लागि काभ्रे उपयुक्त हुन सक्ने भएकोले अध्ययन सुरु गरिएको बताए ।
मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालका अनुसार नया विमानस्थल निर्माणका लागि बनेपा नजिकको नागीडाडामा पनि अध्ययन गरिने छ । आन्तरिक उडानलाई व्यवस्थित गर्न सकिएमा त्रिभुवन विमानस्थलको क्षमता बढाएर अन्तराष्ट्रिय उडानका लागि मात्रै प्रयोग गर्न सकिने मन्त्रालयको योजना रहेको उनले बताए । अध्ययन समितिले प्रतिवेदन तयार गरेपछि अन्य प्रक्रिया अगाडि बढ्ने अर्यालले जानकारी दिए ।

No comments:

Post a Comment