Sunday, December 4, 2011

किस्ताबन्दीमा रोयल्टी तिर्ने क्यासिनो सञ्चालकको प्रतिबद्धता

काठमाडौं, १६ मंसिर 
 
सरकारलाई लामो समयदेखि करोडौ राजस्व (रोयल्टी) तिर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकले किस्ताबन्दीमा तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटन मन्त्रालयमा बिहीबार राति गरिएको छलफलमा क्यासिनो सञ्चालक किस्ताबन्दीमा रकम तिर्न सहमत भएका हुन् ।सबै क्यासिनो सञ्चालकले लाइसेन्स नवीकरण र रोयल्टी रकम तिर्न ०६९ असार मसान्तसम्मको समय मागेका छन् । यसअघि मंसिर ६ मा सार्वजनिक लेखासमितिले रोयल्टी नतिरेका नौवटा क्यासिनो १५ दिनभित्र बन्द गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिको निर्देशनपछि मन्त्रालयले क्यासिनो सञ्चालकलाई छलफलमा बोलाएको हो ।
छलफलमा होटल अन्नपूर्णमा सञ्चालित क्यासिनो अन्नाका महाप्रबन्धक तप्तबहादुर विष्टले मन्त्रालयले किस्ताबन्दीमा रकम तिर्ने वातावरण मिलाइदिए क्यासिनो सञ्चालक रकम तिर्न तयार रहेको बताए । त्यस्तै, होटल हायातमा सञ्चालित क्यासिनो ताराका कार्यकारी निर्देशक नैला विष्टले क्यासिनो सञ्चालकको सरकारलाई राजस्व नतिर्ने नियत नभएको भन्दै सरकारले वातावरण बनाइदिए मिलेर रकम तिर्न तयार रहेको जानकारी दिइन् । ‘विविध कारणले समयमा रोयल्टी तिर्न सकिएन, उपयुक्त वातावरण भए अब तिर्न तयार छौ“,’ छलफलमा विष्टले भनिन् ।
सरकारको राजस्व तथा अन्य कर समय समयमा तिरिरहेका वेला तत्कालीन सञ्चालक नेपाल रिक्रिएसन सेन्टरले एकलौटी रकम उठाएर नतिरेका कारण क्यासिनो सञ्चालक मर्कामा परेको गुनासो उनले गरिन् । सेन्टरको नाममा दुई अर्ब रुपैया“भन्दा बढी सम्पत्ति सुरक्षित रहेको दाबी गर्दै उनले सम्पत्ति बेचेर भए पनि रोयल्टी तिर्न तयार रहेको बताइन् । राजस्व अनुसन्धान विभागले सेन्टरको नाममा कालिमाटीमा रहेको घरजग्गा लिलामीप्रक्रिया अगाडि बढाए पनि बिक्री हुनसकेको छैन ।
क्यासिनो ¥याडका महाप्रबन्धक प्रसन्नमान श्रेष्ठले गत वर्षसम्म नेपालका सबैजसो क्यासिनो सञ्चालक रहेका भारतीय नागरिक राजेश वाधवा बेपत्ता भएपछि उनीहरूले तिर्नुपर्ने रकम ५० करोड रुपैयाभन्दा बढी पुगेको बताए । वाधवाको स्वामित्वमा रहेको नेपाल रिक्रिएसन सेन्टरअन्तर्गत सञ्चालित क्यासिनो निर्बाध चलिरहे पनि रोयल्टी भने तिर्न अटेर गरिरहेका छन् । सरकारले पक्राउपुर्जी जारी गरेका वाधवा फरार छन् । रिक्रिएसन सेन्टरअन्तर्गत क्यासिनो नेपाल, तारा, एभरेस्ट र अन्ना चलिरहेका छन् ।
राजस्व अनुसन्धान विभागको पछिल्लो तथ्यांकअनुसार क्यासिनोको रोयल्टी बक्यौता ४९ करोड १ लाख लाख ८८ हजार ९ सय रुपैया पुगेको छ । त्यसमा ३३ करोड ४४ लाख ३७ हजार गत आव ०६७\६८ असार मसान्तसम्मको हो भने त्यसयता चालू आवको १६ करोड रुपैया रहेको छ ।
विभागका अनुसार कात्तिक मसान्तसम्म क्यासिनो अन्नाको १२ करोड ९५ लाख, क्यासिनो रोयलको ४ करोड ५२ लाख, क्यासिनो एभरेस्टको २ करोड १० लाख, क्यासिनो ताराको १ करोड ३४ लाख, क्यासिनो ¥याडको २ करोड ५ लाख र क्यासिनो भेनसको १ करोड ३६ लाख र क्यासिनो नेपालको १४ करोड ७३ लाख रोयल्टी बक्यौता छ । पोखराको क्यासिनो फूलबारी ८ करोड ९ लाख र क्यासिनो पोखरा ग्रान्डको १ करोड ८३ लाख रुपैया तिर्न बाकी छ । क्यासिनो सांग्रिलाको मात्र रोयल्टी बक्यौता छैन ।
छलफलमा पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले पटक–पटक ताकेता गर्दा पनि क्यासिनो सञ्चालक रोयल्टी तिर्न तयार नरहेको अवस्थामा उनीहरू किस्ताबन्दीमा तिर्न तयार हुनु सकारात्मक भएको बताए । मन्त्रालयले बारम्बार रोयल्टी तिर्न र लाइसेन्स नवीकरण गर्न आग्रह गरे पनि क्यासिनो सञ्चालकले अटेर गर्दै आएका थिए । क्यासिनोले प्रतिवर्ष २ करोड रुपैया“ रोयल्टी तिर्नुपर्छ ।

No comments:

Post a Comment