Sunday, December 4, 2011

पर्यटन मन्त्रालयलाई लेखा समितिको निर्देशन

काठमाडौं, १६ मसिरसार्वजनिक लेखासमितिले नेपाल वायु सेवा निगमभित्र देखिएको अनियमितता सम्बन्धमा यथार्थ छानबिन गरी सात दिनभित्र जवाफसहित उपस्थित हुन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले निगमको लापरबाहीकै कारण फ्लाई अवे किट, टायर तथा ल्यान्डिङ गियर हराएको भन्दै जिम्मेवार कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
बैठकमा माओवादी सभासद् नारायण दाहालले निगमलाई धराशयी बनाउने अपराधी खुला रूपमा हि“डिरहेको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने बताए । अनियमितता छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ ।
एमालेका लालबाबु पण्डितले निगममा नक्कली नियुक्ति दिने अच्युतराज पहाडी, बिएन झा, ओमप्रकाश यादवलाई नियन्त्रणमा लिई कारबाही गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनीले डुब्न लागेको निगम जोगाउन पर्यटनमन्त्रीले पहल गनुपर्ने आवश्यकता औल्याए ।
छलफलमा सभासद्को प्रश्नको जवाफ दिदै पर्यटननमन्त्री लोकेन्द्र विष्ट मगरले छानबिनपछि दोषी देखिएका निगमका जुनसुकै पदाधिकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । प्रजातन्त्र स्थापनापछि पर्यटन मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री र निगमको व्यवस्थापन सम्हाल्ने कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकले गरेका काम–कारबाहीको फेहरिस्त सार्वजनिक गर्ने उनले घोषणा गरे । विगतका मन्त्रीले गरेको अपराधको दोष आफूले बोक्न नसक्ने बताउदै उनले निगमलाई सुधार्न सक्दो प्रयास गर्ने बताए ।
बैठकमा पर्यटन सचिव गणेशराज जोशीले अनियमितता गर्नेले नै निगमको छानबिन टोलीलाई सहयोग नगरेका र दोष अरूलाई पन्छाएर उम्कन खोजेको भन्दै छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको जानकारी दिए ।

No comments:

Post a Comment