Sunday, December 18, 2011

पर्यटन बोर्ड सिइओ छनोट अन्योलमा

तीन महिनामा पनि प्रक्रिया सकिएन

काठमाडौं, १ पुस

कात्तिक दोस्रो सातादेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट प्रक्रिया अन्योलमा परेको छ । तीन महिनाअघि नै सिइओ छनोट प्रक्रिया सुरु भए पनि छनोट समितिकै सदस्यको म्याद सकिएपछि प्रक्रिया लम्बिने भएको हो । समितिलाई बोर्ड सञ्चालक समितिले १५ दिनभित्र तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको थियो ।
सिइओ छनोट गर्न भदौ अन्तिम साता समिति गठन गरिएको थियो । छनोट समितिले असोज २ मा ३५ दिने सूचना जारी गरी दरखास्त मागेको थियो । १८ जनाको दरखास्त परेकामा पहिलो चरणमा १२ जना छानिएका थिए ।
छनोट प्रक्रिया नसकिदै समितिका संयोजक र दुई सदस्यको पदावधि मंसिर १५ मा सकिएको छ । उनीहरू पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य हुन् । सञ्चालक समिति सदस्यहरूको म्याद सकिएको एक साताभन्दा बढी भइसके पनि नया सदस्य नियुक्त भएका छैनन् । यसका लागि छुट्टै सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । समितिमा सरकारका एक प्रतिनिधि र २ जना पर्यटन विज्ञ रहने प्रावधान छ । समितिले सदस्यका लागि नाम सिफारिस गरेपछि मात्र सिइओ छनोट प्रक्रिया अगाडि बढ्न सक्छ । सिफारिस समितिले ५ जना छनोट गरी सरकारलाई सिफारिस गर्छ । तीमध्ये पर्यटनमन्त्रीले ३ जनालाई सदस्य नियुक्त गर्छन् ।
पर्यटन बोर्ड सञ्चालक समितिमा ११ सदस्य रहन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहने समिति सदस्यमा अध्यागमन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहन्छन् । बा“की ५ सदस्य निजी क्षेत्रबाट नियुक्त हुन्छन् । सिइओ भने सञ्चालक समितिको सदस्यसचिव हुने प्रावधान छ ।
हाल हाल सञ्चालक समितिमा अध्यक्ष र दुई सदस्य छन् । निजी क्षेत्रको तर्फबाट नियुक्त पर्यटन व्यवसायी ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापाको समयावधि २ बर्ष बाकी छ । निजी क्षेत्रका थप ३ प्रतिनिधि चयन गरेपछि मात्र सञ्चालक समिति पूर्ण हुन्छ ।
सदस्यको पदावधि सकिने भएपछि पर्यटनमन्त्री लोकेन्द्र विष्टले सिइओ छनोटप्रक्रिया हाललाई रोक्न निर्देशन दिएका थिए । समितिले पहिलो चरणमा १८ जनामध्ये १२ जना छनोट गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि मिति तोकेको थियो ।
सिइओ छनोट गर्न भदौ अन्तिम साता नै समिति गठन भएको थियो । विगतमा सिइओको कार्यकाल करिब एक साता बाकी हुदा मात्र छनोट समिति गठन गर्ने गरिए पनि यसपटक डेढ महिना कार्यकाल बाकी छदै छनोट समिति गठन गरिएको थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी तथा पूर्वपर्यटनमन्त्री हिसिला यमीको दबाबमा बोर्ड सञ्चालक समितिले समिति गठन गरेको थियो । समितिमा बोर्ड सञ्चालक सदस्य गणेश सिंखडा, निमी शेर्पिनी र ध्रुवनारायण श्रेष्ठ सदस्य थिए । पछि श्रेष्ठलाई हटाएर अर्का सदस्य अग्नि कडेललाई ल्याइएको थियो । सिंखडा र शेर्पालाई पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समय तत्कालीन पर्यटनमन्त्री यमीले आफ्नो कार्यकालमा बोर्ड सञ्चालक सदस्य नियुक्त गरेकी थिइन् भने श्रेष्ठलाई माधवकुमार नेपाल सरकारका पर्यटनमन्त्री शरतसिंह भण्डारीले नियुक्त गरेका थिए ।
मंसिर पहिलो साताभित्र नया“ सिइओ छनोट गर्ने समितिको दाबी थियो । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल प्रवद्र्धनका लागि रणनीति तथा कार्यक्रम बनाउने, नया पर्यटन गन्तव्य पहिचान र विकास गर्ने, सरकार र अन्य निकायसग समन्वय गर्ने, बार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नेलगायत जिम्मेवारी नया सिइओको हुनेछ ।
सिइओका लागि आवेदन दिनेमा बोर्डकै वरिष्ठ निर्देशकदेखि मन्त्रालयका सहसचिव, पर्यटन व्यवसायी तथा पर्यटनविद् छन् । बोर्ड सिइओका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरी पर्यटन क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । बोर्डको सिइओ पदावधि ४ वर्Èको हुने र तलब तथा सुविधा वार्ताबाट तय गरिने पर्यटन बोर्ड नियमावलीमा उल्लेख छ ।

No comments:

Post a Comment