Monday, December 12, 2011

नेवानिले जहाज भाडामा दिने

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २५ मंसिर

 नेपाल वायुसेवा निगमले आफूसग रहेका सातवटा ट्विनअटर जहाजमध्ये दुईवटा लिजमा दिने निर्णय गरेको छ । निगमले लामो समयदेखि ग्राउन्डेड अवस्थामा रहेका जहाज भाडामा दिन लागेको हो ।
सन् २००२ देखि पूर्णरूपमा चल्न नसक्नेगरी ग्राउन्डेड अवस्थामा रहेका ९ एन एबिएम र ९ एन ए बी क्यु कलसाइनयुक्त जहाज भाडामा दिने निर्णय गरिएको निगम व्यवस्थापनले जनाएको छ । ‘जहाज जस्तो अवस्थामा छ, त्यस्तै रूपमा लिई चलाउन दिने निर्णय भएको छ,’ निगमका प्रवक्ता राजुबहादुर केसीले भने ।
कानुनबमोजिम दर्ता भई हाल सञ्चालनमा रहेका र तीन वर्षदेखि आर्थिक अवस्था मजबुत रहेको आन्तरिक वायुसेवा कम्पनीले निगमको जहाज भाडामा लिन सक्ने केसीले बताए । दश वर्षका लागि जहाज ‘ड्राई लिज’ मा दिन निगमले आइतबार १५ दिने सूचना प्रकाशित गरेको छ । जहाजको मर्मत लिजमा लिने कम्पनीले नै गर्नुपर्ने छ ।
निगमले ग्राउन्डेड भएका जहाजको ग्राउन्डेड इन्सुरेन्सको रकम तथा पार्किङ चार्ज अहिले पनि तिरिरहेको छ । ‘आम्दानी नभए पनि अनावश्यक खर्च रोकिएको छैन,’ केसीले भने । उनका अनुसार जहाजका धेरै पार्टपुर्जा पनि छैनन् । जहाजको ‘बडी’ मात्र बाकी रहेकाले ठाउ आगटेर राख्नुभन्दा भाडामा दिन उपयुक्त हुने निष्कर्ष निकालिएको उनले बताए । ट्विनअटर जहाज पाउन मुस्किल हुने र दर्तालगायतको काम झन्झटिलो हुने भएकाले निजी कम्पनीले जहाज भाडामा लिने अपेक्षा निगमको छ । हाल तारा एयरसग मात्र एउटा ट्विनअटर जहाज छ । दुर्गम क्षेत्रमा उडान गर्न उपयुक्त हुने यो जहाज संसारमै उत्पादन हुन छाडिसकेको छ ।
लिजमा लिने कम्पनीसग ट्विनअटर जहाज सञ्चालनका लागि जनशक्तिलगायत पूर्वाधार भएको हुनुपर्ने निगमको सर्त छ । निगमले आफ्ना जहाजको अनुमानित मूल्य १३ लाख ४४ हजार पाच सय आठ अमेरिकी डलर तोकेको छ । जहाज लिजमा लिने कम्पनीले यो रकम दश वर्षका लागि बैंक ग्यारेन्टीका रूपमा पेस गर्नुपर्ने छ । निगमले पहिलो सात वर्षसम्म प्रतिमहिना प्रतिजहाज २४ हजार अमेरिकी डलर भाडा तोकेको छ ।
सात वर्षपछि यसमा प्रतिमहिना २ हजार डलर थपिनेछ । यसमध्ये ५० प्रतिशत विमान मर्मत खर्च कटाएर ५० प्रतिशत निगमलाई भुक्तान गर्नुपर्ने सर्त छ । निगमको योजनाअनुसार जहाज भाडामा लगाएबापत उसलाई सात वर्षसम्म प्रतिजहाज प्रतिमहिना १२ हजार र त्यसपछि प्रतिमहिना १३ हजार अमेरिकी डलर आम्दानी हुन्छ । मर्मत–सम्भारको सम्पूर्ण खर्च भाडामा लिने कम्पनीले नै व्यहोर्नुपर्ने निगमको सर्त छ । त्यस्तै, बिमाको सम्पूर्ण रकम पनि कम्पनीले नै तिर्नुपर्ने छ । दश वर्षपछि जहाज फिर्ता गर्दा उड्ने कन्डिसनमा हुनुपर्ने पनि निगमको सर्त छ ।
जहाज दुर्घटना भएमा क्षतिपूर्तिबापत प्राप्त हुने बिमा रकम आधा–आधा बाड्ने प्रस्ताव निगमको छ । कम्तीमा एउटा विमान भाडामा रहेको अवधिभर निगमले तोकेको दुर्गम क्षेत्रमा उडान गर्नुपर्ने निगमको सर्त छ । अन्य सर्त वार्तामा सहमति भएबमोजिम हुने निगमले जनाएको छ ।
दुर्गम क्षेत्रमा सेवा पु¥याइरहेको निगमसग सातवटा ट्विनअटर जहाज भए पनि तीनवटा मात्र नियमित उडानमा छन् । पाइलट अभाव तथा सञ्चालन खर्च बढी भएका कम जहाज उडाउनुपरिरहेको निगमको भनाइ छ । निगममा हाल आन्तरिक उडानका लागि दुईजना मात्र क्याप्टेन छन् । दुईवटा जहाज सामान्य मर्मत गरेर चलाउन सकिने निगम इन्जिनियरिङ विभागले जनाएको छ । निगमले हाल २२ वटा गन्तव्यमा सेड्युल उडान गरिरहेको छ । निगमको आन्तरिक उडान अहिले मासिक एक करोड पाच लाख रुपैया घाटामा रहेको लेखा शाखाले जनाएको छ । सुरुमा निगमसग १२ वटा ट्विनअटर थिए । यसमा १९ जना यात्रु अट्छन् । निगमसग रहेका ट्विनअटर जहाज ४० बर्षअघि अनुदानमा क्यानाडाबाट ल्याइएको हो ।

No comments:

Post a Comment