Wednesday, December 21, 2011

विमानस्थलमा आधुनिक सूचना प्रणाली

काठमाडौं, ५ पुस

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ‘चेक इन’ का लागी ‘कमन युजर टमिर्नल इक्युप्मेन्ट (क्युट)’ प्रणाली लागु भएको छ । स्विट्जरल्याण्डको सूचना सञ्जाल निर्माण कम्पनी ‘सिटा’ ले विमानस्थलमा यो प्रणाली जडान गरेको हो ।
क्युट प्रणली अन्तर्गत यात्रुले जुनसुकै काउन्टरमा सबै विमान कम्पनीको उडान, आवागमन र यात्रुबारे जानकारी पाउन सक्छन् । त्यस्तै चेक इनका लागी पनि सम्बन्धित विमान कम्पनिकै काउन्टरमा लाइन लाग्नु पर्दैन । यसलाइ एकद्धार प्रणली पनि भनिन्छ । यो प्रणाली लागु भएपछि यात्रुको बोर्डिङ पास तथा ब्यागेजमा ‘बारकोड’ प्रयोग गरिन्छ । सामानमा भएको बारकोडबाट ट्रान्जिटको समयमा स्वत सामान अर्को जहाजमा ट्रान्सफर हुन्छ भने बोर्डिङ पासमा भएको बारकोडले यात्रु छुटेको थाहा हुन्छ । चेक इन काउन्टरभित्र भित्र छिर्न बोडिङ पास ‘स्वाप’ गर्नुपर्ने हुन्छ ।
क्युट लागु भएपछि यात्रु चेक इन काउन्टरको संख्या २४ वाट बढेर ३६ पुग्ने विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ । यसबाट यात्रु चाप स्वत घट्ने त्रिभुवन विमानस्थलका महाप्रवन्धक रतिशचन्द्र लाल सुमनले बताए । विमानस्थल टर्मिनलमा यात्रुको चाप बढिरहेको बताउदै उनले यसका लागी आधुनिक व्यवस्थापन प्रणाली आवश्यक भएकोमा जोड दिए । ‘औसतमा बार्षिक १०.२ प्रतिशतले यात्रु बढिरहेका छन् ।’ सुमनले भने । सन् २००४ मा विमानस्थलले १५ लाख यात्रुलाइ सेवा पुयाएको जानकारी दिदै उनले यो संख्या २०१० मा २७ लाख पुगेको बताए । सन् २०१५ सम्ममा यो संख्या ५० लाख र २०२८ सम्ममा ९० लाख पुग्ने अनुमान व्यवस्थापनको छ । दिल्ली विमानस्थलले बार्षिक ३० मिलियन, सिंगापुर विमानस्थलले ४० मिलियन तथा हिथ्रो विमानस्थलले ९० मिलियन यात्रु लाइ सेवा पुयाइरहेको बताइएको छ ।
त्रिभुवन विमानस्थल टर्मिनलको क्षमता प्रतिघण्टा १३ सय ५० यात्रुलाइ सेवा पुयाउने हो । टर्मिनल २४ सै घण्टा सञ्चालनमा आउने र कुनै पनि सेवामा लाइन लाग्नु नपरे बार्षिक ८७ लाख यात्रुलाइ सेवा पुयाउन सक्ने दावी महाप्रवन्धकको छ । विमानस्थलभित्र ३१ वटा विभिन्न निकायले यात्रुलाइ सेवा उपलब्ध गराउछन् । त्यस्तै विमानस्थलमा प्राधिकरण, प्रहरी, राष्टिय अनुसन्धान विभाग, भन्सार, कृषि क्वारेन्टाइन कार्यालय तथा श्रम विभागको डेस्क छ ।
विमानस्थलमा क्युट प्रणाली जडान गरिएको बारे जानकारी दिन मंगलवार आयोजित कार्यक्रममा सिटाका भारत तथा दक्षिण एसिया निर्देशक मनिश जयकृष्णले विमानस्थलमा धेरै सेवाप्रदायकले एउटै भौतिक संरचना प्रयोग गरिरहेकाले चुस्त व्यवस्थापन हुनु आवश्यक भएको बताए । विमानस्थलमा भएको लगानी उठ्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए तर यसका लागी कति लगानी भयो भन्ने चाहि उनले खुलाएनन् । क्युट प्रणाली जडानको सम्पूण लागानी सिटाको हो । दुइ पक्षविच ७ बर्षका लागी सम्झौता भएको बताइएको छ । त्यसपछि सञ्चालनको जिम्मा विमानस्थल व्यवस्थापनलाई जानेछ । यो प्रणाली जडान गर्न कम्पनिले २००९ मा टेन्डर हालेको थियो भने २०१० मा प्राधिकरणसंग सम्झौता गरि उपकरण जडान गर्न शुरु गरेको थियो । यसअघि डिपार्चर कन्ट्रोल सिस्टम (डीसीएस) मार्फत् यात्रु व्यवस्थापनको काम हुने गरेको थियो ।
क्युट प्रणाली प्रयोग गरेवापत प्रतियात्रु एक डलर शुल्क लिने सहमति प्राधिकरण र सिटाविच भएको छ । यो शुल्क विमान कम्पनिले टिकटमा नै समावेश गर्न सक्छन् । एक डलरमध्ये ७.५ सेन्ट प्राधिकरणले प्राप्त गर्छ । ३४ सेन्ट लाइसेन्स शुल्क छुट्याइन्छ भने बाकी सिटाको हुने सम्झौतामा उल्लेख छ । क्युट प्रणाली बाट प्राधरकणलाइ बार्षिक करिव ४ करोड रुपैया आम्दानी हुने विमानस्थल व्यवस्थापनले जनाएको छ ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले विमानस्थलमा धेरै कुरा सुधार गर्न बाकी रहेको बताए । सुरक्षा जाचका लागी आधुनिक मेशिन ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । विमानस्थल व्यवस्थापन चुस्त बनाउन त्यहाको चेन अफ कमान्डको जिम्मा महाप्रवन्धकलाइ दिनुपर्ने उनको भनाइ छ । विमानस्थलमा धेरैवटा निकाय भएकोले समन्वयको समस्या रहेको उनले बताए ।
प्राधिरकणका महानिर्देशक रामप्रसाद न्यौपानेले १० वटा विमान कम्पनिले क्युट प्रणाली अपनाइसकेको र ८ वटा यसको प्रक्रियामा रहेको जानकारी दिए । हाल २८ वटा विदेशी विमान कम्पनिका जहाजले त्रिभुवन विमानस्थलमा उडान गरिरहेका छन् । आकाश र जमिन दुवैमा चाप बढेको बताउदै उनले क्युट प्रणाली लागु भएपछि जमिनको चाप कम हुने विश्वास व्यक्त गरे । भएकै पूर्वाधारको अधिकतम प्रयोग गरेर नया नया सुविधा थप्न प्राधकरण प्रयासरत रहेको उनले बताए ।

No comments:

Post a Comment