Friday, December 2, 2011

नेपालगन्जमा होटल बढी, पाहुना कम

नेपालगन्ज, १५ मंसिर

मध्य र सुदूरपश्चिमको केन्द्र नेपालगन्जमा होटल संख्या बढे पनि पाहुना बढ्न सकेका छैनन् । द्वन्द्वको समयमा खुलेका थुप्रै होटल अहिले पाहुना अभावमा बन्द हुने अवस्थामा छन् ।
द्वन्द्वका वेला मध्य र सुदूरपश्चिममा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि नेपागन्जमा केन्द्रित भएपछि यहा होटल खुल्ने क्रम बढेको थियो । ‘द्वन्द्व चलेको वेला मध्यपश्चिम र सुदूरपश्चिमको केन्द्र नेपालगन्ज बन्यो ।
हालै बन्द भएको नेपालगञ्ज न्यूरोड स्थित होटल प्रतिक ।
‘संयुक्त राष्ट्र संघ, लुथरन विश्व फेडेरसन, अनमिन, युएनएचसिआरजस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायका कार्यालय नेपालगन्जमा केन्द्रित भए । कार्यक्रम, गोष्ठी तालिम आदि नेपालगन्जमा हुन थाले । जसका कारण होटल खुल्ने क्रम बढ्यो,’ नेपालगन्ज न्युरोडस्थित होटल जिन्जरका सञ्चालक सुरेन्द्र कार्कीले भने । सोही समयमा होटल सञ्चालनका लागि ठुल्ठूला घर निर्माण गरिएको उनले जानकारी दिए । न्युरोडमा बनेका अधिकांश घरमा अहिले पनि होटल छन् ।
मधेस आन्दोलनसम्म पनि नेपालगन्जका होटलको व्यापार राम्रै रहेको होटल सञ्चालकहरू बताउछन् । तर, शान्तिप्रक्रिया सुरु भएपछि यहाको होटल व्यवसाय खस्कियो । नेपालगन्जमा केन्द्रित भएका गैरसरकारी संस्थाका कार्यालय सबै जिल्लामै विकेन्द्रित भए ।
बुद्ध एयर र यति एयरलाइन्सले सीधा धनगढी उडान थालेपछि नेपालगन्जका होटललाई झन् ठूलो मार प¥यो । नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर आवतजावत गर्ने सरकारी तथा गैरसरकारी कर्मचारी सीधै धनगढी जान थालेपछि होटल खाली हुन थालेको व्यवसायी बताउछन् ।
पछिल्लो ३ महिनामा मात्र नेपालगन्जमा मध्यमस्तरका ३ होटल बन्द भएका छन् । ३० लाख रुपैया“सम्म लगानी भएका यी होटल १५ देखि २० कोठा क्षमताका हुन् । केही होटल बन्द हुने क्रममा छन् । घर भाडामा लिएर होटल सञ्चालन गर्नेका लागि चर्को भाडादर अर्को समस्या हो । हालै मात्र बन्द भएको प्रतिक होटलका सञ्चालक राजेश थापा महगो घरभाडा र चर्को प्रतिस्पर्धाका कारण होटल बन्द गर्नुपरेको बताउ“छन् । ‘ग्राहक कम भएपछि धेरै सस्तोमा सेवा दिन थाले । भाडा तिर्नै नसक्ने अवस्था आएपछि बन्द गर्नुप¥यो,’ उनले भने । प्रतिकबाहेक होटल इरादा र होटल साइनो पनि हालै बन्द भएका छन् । घर भाडामा लिनुअघि ५ लाख रुपैया डिपोजिट राख्नुपर्ने प्रावधानका कारण भाडामा चलेका होटल टिक्न नसक्ने होटल सञ्चालकहरूको भनाइ छ ।
नेपालगन्जमा रेस्टुरेन्ट व्यवसाय पनि घट्दो क्रममा छ । दैनिक ५० हजार रुपैयासम्मको कारोबार गर्ने यहा“का रेस्टुरेन्टको अहिलेको कारोबार दैनिक १५ देखि २० हजार रुपैया“ मात्र छ । यहा करिब एक दर्जन स्तरीय रेस्टुरेन्ट छन् ।
होटल ट्राभल भिलेज, होटल सिद्धार्थ, किचेन हट, वाटिका र होटल स्नेहा यहा“का स्तरीय होटल हुन् । त्यस्तै, होटल जिन्जर, मारुती नन्दन, पिन्टु, डायमन्ड, ताज र रेसुङ्गा मध्यमस्तरका होटल हुन् । एयर कन्डिसनयुक्त कोठाको प्रतिरात १ हजार रुपैयासम्म पर्छ भने नन एसीको ३ देखि ५ सय रुपैया पर्छ ।
नेपालगन्जमा ठूलो लगानीमा पछिल्लोपटक होटल सिद्धार्थ सञ्चालनमा आएको छ । यसमा १५ करोड रुपैया“भन्दा बढी लगानी भएको बताइएको छ । ७५ जनाले रोजगारी पाइरहेको सिद्धार्थ तिन तारेस्तरको सुविधा दिने होटल हो । सिद्धार्थ ग्रुपले राजधानीमा समेत सिद्धार्थ कटेज सञ्चालन गरिरहेको छ । त्यस्तै, १५ करोडकै हाराहारीमा लगानी भएको किचेन हटले पनि ७५ जनालाई रोजगारी दिइरहेको छ । नेपालगन्जका होटलमा करिब ३ सयजनाले रोजगारी पाइरहेको अनुमान छ । यहाका होटलको मुख्य आम्दानी गैरसरकारी संस्थाका कार्यक्रम हुन् । पर्यटकको यहा खासै चहलपहल छैन । पर्यटन वर्षको कुनै प्रभाव छैन । आन्तरिक पर्यटक पनि निकै कम छन् । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बढ्न नसकेकाले पनि होटल टिक्न सकेका छैनन् । यहाबाट निकुञ्ज ८० किलोमिटर मात्र टाढा छ । नेपालगन्जमा काठमाडौंबाट बुद्ध एयरले दैनिक ७ वटा र यति एयरलाइन्सले दैनिक आठ उडान गर्छन् ।

No comments:

Post a Comment